२०८२ फाल्गुन २१
२०८२ फाल्गुन २१

तस्करी,अपराध र निर्वाचन सुरक्षामा कडाइ गर्ने एसपी रिमालको प्रतिबद्धता

 

प्रेमचन्द्र झा,राैतहट,माघ २१ गते । 

रौतहट। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) सिताराम रिमालले तस्करी, अपराध र अवैध गतिविधि कुनै पनि हालतमा सह्य नहुने स्पष्ट पारेका छन्। बुधबार जिल्ला प्रहरी कार्यालय रौतहटले आयोजना गरेको परिचयात्मक तथा भेटघाट कार्यक्रममा बोल्दै एसपी रिमालले प्रहरी इमान्दार र व्यवसायिक भएर काम गरे दाग नलाग्ने दाबी गर्दै आफ्नो विगतको ट्र्याक रेकर्ड राम्रो रहेको बताए।


उनले जनताको अपेक्षाअनुसार काम गरिरहेको उल्लेख गर्दै अश्लील गीत–संगीत बजाइने डिजे नियन्त्रण, बाकस बोकेर भागेको स्थानमा विशेष निगरानी तथा निर्वाचन सुरक्षाप्रति उच्च सतर्कता अपनाइने बताए। जेन्जि आन्दोलनका क्रममा लुटिएका हतियार प्रयोग हुन सक्ने आशंका रहेकाले आगामी निर्वाचन चुनौतीपूर्ण रहेको उनको भनाइ थियो।
एसपी रिमालले मोटरसाइकल दुर्घटना तथा सवारीसाधन प्रयोगमा देखिएको लापरबाही नियन्त्रण गर्न प्रहरी निगरानी, सचेतना र कारबाहीलाई थप प्रभावकारी बनाइने जानकारी दिए। “प्रहरी सुते अपराध बढ्छ, प्रहरी जागे अपराध घट्छ,” भन्दै उनले अपराध नियन्त्रणका लागि जाहेरीका आधारमा जघन्य अपराधीलाई कस्टडीमा राखेर कारबाही गरिएको दाबी गरे। गैर–व्यवसायिक काम नगरेको र प्रहरीबाट पत्रकारलाई आवश्यक सबै सूचना प्रदान गरिने पनि उनले स्पष्ट पारे।
चुनावविरोधी गतिविधि रोक्न जुनसुकै सुरक्षाका उपाय अपनाइने बताउँदै उनले सामाजिक सञ्जालको दुरुपयोग पनि ठूलो चुनौतीको रूपमा रहेको उल्लेख गरे। होली पर्वलाई समेत निर्वाचन सुरक्षाको दृष्टिकोणबाट संवेदनशील रूपमा हेरिएको उनको भनाइ थियो।


कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष सञ्जय कार्कीले प्रहरी “प्रहरीकै हैसियतले” काम गर्नुपर्ने धारणा राखे। वरिष्ठ पत्रकार प्रभात कुमार झाले नेपाल लजदेखि जिल्ला प्रहरी कार्यालयसम्म टेम्पु पार्किङ गरिएको, भारतीय गाडी राजनीतिक दलले झण्डासहित प्रयोग गर्नु दुखद रहेको तथा अवैध मदिरा उत्पादन गर्ने कारखाना ठाउँ–ठाउँमा रहेकोतर्फ प्रहरीको ध्यानाकर्षण गराए।
त्यस्तै पत्रकार चञ्चल झाले प्रहरी व्यापारीका साथै सर्वसाधारण जनताको सुरक्षामा निष्पक्ष रूपमा काम गर्नुपर्ने बताए। प्रविणकुमार शर्मा, विना श्रीवास्तव, यादव राज पुरी, आलोक पाण्डेय, राकेश यादव, ओमप्रकाश यादव, प्रविण टिबडेवाल र रविन्द्र साहलगायत पत्रकारहरूले बाकस बोकेर भागेको स्थानमा प्रहरी अझ सजग हुनुपर्ने सुझाव दिएका थिए।
कार्यक्रममा पत्रकार र प्रहरीबीच जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण र निर्वाचन सुरक्षाका विषयमा खुला छलफल भएको थियो।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।