२०८२ फाल्गुन ६
२०८२ फाल्गुन ६

गोविन्द चौधरीको विजय सुनिश्चित गर्न गुजरामा निर्वाचन परिचालन समिति गठन

आरके श्रीवास्तव,राैतहट,२४ गते माघ । 

रौतहट जिल्लाको गुजरा नगरपालिकामा आगामी निर्वाचनलाई लक्षित गर्दै नगरस्तरीय निर्वाचन परिचालन तथा प्रचारप्रसार समिति गठन गरिएको छ । पूर्व वडा अध्यक्ष मो. आरिफ मिया दर्जीको अध्यक्षतामा ४५ सदस्यीय समिति गठन गरिएको हो ।

समितिले जनता समाजवादी पार्टी नेपाल राैतहट क्षेत्र नं. ३ का लोकप्रिय उम्मेदवार गोविन्द चौधरीलाई छाता छापमा मतदान गरी अत्यधिक मतका साथ विजयी गराउने उद्देश्य लिएको छ । संघीयता, समावेशिता तथा मधेशका सम्पूर्ण जनताको अधिकार सुनिश्चित गर्न र जनताको सशक्त आवाज संसदसम्म पुर्‍याउने लक्ष्यसहित समिति गठन गरिएको जसपा नेपालका युवा नेता पुनित रामले जानकारी गराएका हुन् ।

नवगठित समितिले घरदैलो अभियान, जनसम्पर्क, प्रचार–प्रसार तथा निर्वाचन व्यवस्थापनका विभिन्न गतिविधि सञ्चालन गर्ने जनाएको छ । स्थानीय स्तरमा संगठनलाई मजबुत बनाउँदै मतदातालाई सचेत गराउने कामलाई प्राथमिकतामा राखिने समितिका पदाधिकारीहरूले बताएका छन् ।

समितिका अध्यक्ष मो. आरिफ मिया दर्जीले लोकतन्त्र सुदृढीकरण र जनअधिकारको संरक्षणका लागि उम्मेदवार गोविन्द चौधरीको विजय आवश्यक रहेको उल्लेख गर्दै सबैलाई एकताबद्ध भएर अभियानमा जुट्न आग्रह गर्नुभयो ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।