२०८३ असार १८
२०८३ असार १८

हरुवा–चरुवा समुदायको जीविकोपार्जनका लागि देवाही गोनाहीको उचिडिहमा बाख्रा वितरण

शिवनाथ कुशवाहा ,रौतहट,१७ गते असार ।
रौतहटको देवाही गोनाही नगरपालिका–७, उचिडिहमा हरुवा–चरुवा लगायत लक्षित वर्गको जीविकोपार्जनमा टेवा पु¥याउने उद्देश्यले बाख्रा वितरण कार्यक्रम सम्पन्न भएको छ ।

युवा नेता पूण्य प्रताप पटेलको विशेष पहलमा भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्र रौतहटको ५ लाख रुपैयाँ बजेट सहयोग तथा श्री जहरी माइ कृषक हरुवा–चरुवा कृषक समूह, देवाही गोनाही–७ को आयोजनामा २० वटा बाख्रा वितरण गरिएको हो ।

समूहका अध्यक्ष बुनिलाल रामका अनुसार कार्यक्रमबाट हरुवा–चरुवा समुदायका लक्षित लाभग्राहीलाई बाख्रा प्रदान गरिएको छ। यसले उनीहरूको आयआर्जन वृद्धि तथा आर्थिक सशक्तीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रममा भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्र रौतहटका कार्यालय प्रमुख इन्दु राय यादवले पशुपालनमार्फत आत्मनिर्भर बन्न लाभग्राहीलाई आग्रह गर्दै सरकारी सहयोगको प्रभावकारी सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता पूण्य प्रताप पटेलले लक्षित समुदायको आर्थिक अवस्था सुधारका लागि आफू निरन्तर पहलरत रहेको बताउनुभयो। उहाँले हरुवा–चरुवा, दलित, विपन्न तथा पछाडि परेका समुदायको उत्थानका लागि यस्ता आयमूलक कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सरकारी निकायसँग समन्वय गरी यस्ता कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले वितरण गरिएका बाख्राको उचित स्याहार–सम्भार गरी व्यावसायिक रूपमा पशुपालन गर्न लाभग्राहीलाई आग्रह समेत गर्नुभयो।

कार्यक्रममा देवाही गोनाही नगरपालिका–८ का वडा अध्यक्ष विजय पटेल, वडा सदस्य राजेन्द्र राउत, नेकपा (एमाले) रौतहटका उपाध्यक्ष युवा नेता रुपेश पटेल, जसपा नगर अध्यक्ष बिरबहादुर, दिनेश यादव, संस्थाकी सचिव जलमुखिया देवी लगायत स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

आयोजकका अनुसार यस्ता कार्यक्रमले हरुवा–चरुवा समुदायको जीवनस्तर सुधार गर्न तथा व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।