२०८२ कार्तिक २७
२०८२ कार्तिक २७

सेतो कपालाई कालो बनाउन बारहमासी फूलको पेस्ट बनाएर लगाउनुहोस्

 

के तपाईलाई थाहा छ, बाह्र बारहमासी फूलले कपाल सम्बन्धी समस्या समाधानका लागि कत्तिको फाइदा पुर्‍याउन सक्छ भनेर ?

 

आजकल सानै उमेरमा कपाल झर्नु र सेतो हुनु युवा पुस्ताका लागि समस्याको कारण बनेको छ । यसबाट छुटकारा पाउन मानिसहरु केमिकलजन्य पदार्थको प्रयोग गरिरहेका छन् ।

 

तर यदि तपाइँ सस्तो र दिगो समाधान चाहनुहुन्छ भने, तपाइँ ‘फ्लावर हेयर डाई’ (flower hair dye) बनाएर सेतो कपाल र खैरो कपाल कालो बनाउन सक्नुहुन्छ। यदि तपाइँ कपाल सेतो भएर फूल्न सुरु गरेको मात्र छ भने यसको प्रयोगले कपाल छिट्टै कालो बनाउन सकिन्छ ।  त्यसो भए जानौं कि यसलाई बनाउन के के चीजहरू आवश्यक छन्।

 

आवाश्यक सामाग्रीहरु

– २०  देखि ३० वटा  फूलहरू

– १५ देखी २० वटा पातहरू

– २ चम्चा चिया पति

– ०१ थैली कफी

 

बनाउने तरिका

– यसलाई बनाउनको लागि सबैभन्दा पहिले आधा कप पानीमा चियाको पात हालेर राम्ररी उमाल्नुहोस् । त्यसपछि यसलाई फिल्टर गर्नुहोस् र चिसो गर्न राख्नुहोस्। चिसो भएपछि त्यसमा फूल र पातहरू मिसाएर ग्राइन्डरमा राम्ररी पीस्नुहोस्। त्यसपछि एउटा कचौरामा पेस्ट निकालेर कफीमा राम्ररी मिलाउनुहोस्।

 

– यदि तपाइँ यसलाई अझ प्रभावकारी बनाउन चाहनुहुन्छ भने, यसलाई फलामको प्यानमा २ घण्टासम्म छोप्नुहोस्। वास्तवमा, फलामकाे प्यानमा प्रशस्त मात्रामा आइरन हुन्छ, जुन कपालका लागि आवश्यक पोषक तत्वहरूमा समावेश हुन्छ। यसले कपाललाई प्राकृतिक कालो रंग दिन सजिलो बनाउँछ।

 

कसरी लगाउने ?

अब कपाल डाई ब्रसको मद्दतले यसलाई कपालमा लगाउनुहोस् र १ घण्टासम्म छोड्नुहोस्। त्यसपछि हल्का शैम्पूले कपाल धुनुहोस्। यसरी तपाईले सदाबहार फूलबाट बनेको प्राकृतिक हेयर डाई हप्तामा दुई पटक लगाउनुभयो भने चाँडै तपाईको सेतो कपालमा कालो रंगको तह आउन थाल्छ र तपाईले बिना कुनै हिचकिचाहट आफ्नो कपाल खुला राख्न सक्नुहुनेछ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।