२०८२ कार्तिक २७
२०८२ कार्तिक २७

समाजवादी प्रेस संगठन रौतहटद्वारा पत्रकार ठाकुरमाथि भएको सामाजिक वेइज्जतीप्रति आपत्ति

बज्जिकाञ्चल संवाददाता,राैतहट,भदौ १६ । 

समाजवादी प्रेस संगठन नेपाल, जिल्ला कार्य समिति रौतहटले एक प्रेस विज्ञप्ति जारी गर्दै संगठनका नेता तथा नागरिक दैनिकका रौतहट संवाददाता मदन ठाकुरमाथि सामाजिक सञ्जालमार्फत गरिएको चरित्र हत्या र सामाजिक बेइज्जतीप्रति गम्भीर आपत्ति जनाएको छ ।

संगठनका अनुसार केही व्यक्तिहरूले फेसबुक जस्ता सामाजिक सञ्जालमा भिडियो बनाएर पत्रकार ठाकुरलाई तथानाम बदनाम गर्ने नियतले प्रचारप्रसार गरेको र यसबाट उनको सामाजिक प्रतिष्ठामा आँच पुर्याउने प्रयास भएको आरोप लगाइएको छ ।

संगठनका अध्यक्ष दिनेश यादव ‘संगम’ द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “पत्रकारमाथि गरिएको यस्तो किसिमको बदनामपूर्ण गतिविधि प्रेस स्वतन्त्रता र व्यावसायिक मर्यादाविरुद्धको कार्य हो ।

यस घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाही गरिनुपर्छ भन्ने हाम्रो जोडदार माग छ।” संगठनले सम्बन्धित सरकारी निकायसँग तत्काल छानबिन गरेर दोषीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन पनि आग्रह गरेको छ ।

समाजवादी प्रेस संगठनले पत्रकारको सम्मान र संरक्षणका पक्षमा आफू सधैं दृढतापूर्वक उभिएको भन्दै यस्ता घटनाले लोकतान्त्रिक मुल्य–मान्यता र प्रेस स्वतन्त्रतामा आघात पुर्याउने चेतावनी दिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।