२०८२ मंसिर १
२०८२ मंसिर १

रौतहटमा बेल नेवतन भव्य रूपमा सम्पन्न, हजारौंको सहभागिता

बज्जिकाञ्चल संवाददाता,राैतहट, असोज १२
रौतहट जिल्लाका विभिन्न स्थानीय तहहरूमा बेल नेवतनको परम्परागत विधि भव्य रूपमा सम्पन्न भएको छ । सप्तमीको दिनको विशेष अवसर पारेर जिल्लाका १८ वटै स्थानीय तहमा बाजागाजा, झाँकी र सांस्कृतिक झिलिमिलीका साथ बेल नेवतन गरिएको हो ।

कटहरिया, फतुवा बिजयपुर, गरुडा, गुजरा, मौलापुर, माधवनारायण, देवाही गोनाही, गौर, मत्सरी, राजदेवी लगायतका स्थानहरूमा बेलको पूजा र नेवतन विधि स्थानीयवासी तथा भक्तजनहरूको उल्लेखनीय सहभागितामा सम्पन्न भएको छ ।

परम्पराअनुसार सप्तमीका दिन दुर्गा पूजाको विशेष विधिमा प्रयोग गरिने बेलपत्र बेलको रुखबाट तान्त्रिक विधिपूर्वक टिपेर ल्याउने चलन रहिआएको छ । षष्ठीका दिनबाटै विशेष पूजा आरम्भ गरिने यो विधिमा मन्दिरहरूबाट बेलको रुखसम्म विशेष झाँकी निकालिन्छ, जसमा सांस्कृतिक तामझाम, बाजागाजा र धार्मिक रीतिरिवाजहरूसहितको कार्यक्रम गरिन्छ ।

रौतहटको दुर्गा भगवती गाउँपालिका–३ मत्सरीस्थित प्रसिद्ध शक्तिपीठ दुर्गा मन्दिर र राजदेवी नगरपालिका–१ स्थित ऐतिहासिक राजदेवी मन्दिरमा समेत हजारौं श्रद्धालुहरूको सहभागितामा बेल नेवतन सम्पन्न भएको छ । दुर्गा पूजा अन्तर्गतको यो अनुष्ठान रौतहटमा विशेष महत्वका साथ मनाइन्छ ।

स्थानीयवासीका अनुसार बेल नेवतनको परम्परा पुस्तौंदेखि चलिआएको धार्मिक, सांस्कृतिक तथा सामाजिक एकताको प्रतीक हो । यो अवसरमा स्थान–स्थानमा मेलासमेत लाग्ने, भजन–कीर्तन हुने र सामूहिक पूजा गरिने परम्परा रहिआएको छ ।

यसरी बेल नेवतन मार्फत रौतहट जिल्लामा दुर्गा पूजाको प्रारम्भिक चरण धार्मिक श्रद्धा, तामझाम र भव्यताका साथ सम्पन्न भएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।