२०८३ असार २४
२०८३ असार २४

रौतहटको गढीमाई नगरमा राजस्व छली, तीन जना र निर्माण कम्पनीविरुद्ध मुद्दा

काठमाडौँ । रौतहटको गढीमाई नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शुभाषकुमार ठाकुरसहित तीन जना तथा भाग्यमणी कन्स्ट्रक्सन कम्पनी प्रालिविरुद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

अनुसन्धानअनुसार आर्थिक वर्ष २०७६/७७ का लागि लक्ष्मीपुर–धर्मपुरघाट क्षेत्रको बालुवा, गिट्टी र ग्राभेल उत्खनन, सङ्कलन, बिक्री तथा निकासीको ठेक्का एक करोड पाँच लाख रुपैयाँमा भाग्यमणी कन्स्ट्रक्सन कम्पनीलाई स्वीकृत गरिएको थियो। तर कम्पनीले सम्झौताअनुसार पूरा रकम नबुझाई धरौटी मिलानसहित ४० लाख ५० हजार रुपैयाँ मात्र दाखिला गरेको थियो । बाँकी ६४ लाख ५० हजार रुपैयाँ दाखिला हुन बाँकी रहेकै अवस्थामा सम्पूर्ण रकम बुझाएको देखाउँदै कबोल रकमको १० प्रतिशत छुटसमेत दिई गलत टिप्पणी र प्रतिवेदनका आधारमा ठेक्का स्वीकृत गरी सम्झौता गरिएको अख्तियारको आरोप छ ।

यस्तै, मूल्य अभिवृद्धि करबापत तिर्नुपर्ने १३ लाख ६५ हजार रुपैयाँसमेत दाखिला नगरेको देखिएको छ। यसबीच ठेकेदारले २२ हजार ४३५ घनमिटर नदीजन्य पदार्थ उत्खनन तथा निकासी गरी एक करोड १० लाख ९१ हजार ३०३ रुपैयाँ १२ पैसा बराबरको लाभ लिएको अनुसन्धानबाट खुलेको छ ।

अख्तियारका अनुसार प्रचलित कानुन, ठेक्का सूचना र सम्झौताका सर्तविपरीत ठेकेदार कम्पनीलाई गैरकानुनी लाभ पुर्‍याउने तथा नेपाल सरकार र गढीमाई नगरपालिकालाई ७८ लाख १५ हजार रुपैयाँ बराबरको राजस्व नोक्सानी पुर्‍याउने कार्य भएको पुष्टि भएपछि संलग्न प्रतिवादीविरुद्ध आज विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो।

संलग्न प्रतिवादीहरुमा गढीमाई नगरपालिका, रौतहटका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शुभाष कुमार ठाकुर, गढीमाई नगरपालिका, रौतहटका तत्कालीन लेखा प्रमुख कामेश्वर सहनी, भाग्यमणी कन्स्ट्रक्सन कम्पनी प्रा.लि., तथा उक्त कम्पनीका मुख्य भई काम गर्ने राधेश्याम साह रहेका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।