आरके श्रीवास्तव,राैतहट,असाेज १८ गते ।
रौतहट जिल्लाको कटहरिया नगरपालिका–२ हथियाहीमा चट्याङ लागेर दुई किशोरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बुधवार साँझ करिब ६:३० बजे चट्याङ लाग्दा दुई जना किशोरले ज्यान गुमाएका हुन् ।
मृत्यु हुनेमा स्थानीय १७ वर्षीय सेहराज लहेरी र १६ वर्षीय नविन यादव रहेका छन् । दुवै जना एकै स्थानमा रहेका बेला चट्याङ परेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीका अनुसार चट्याङ लागेर मृत्यु भएको पुष्टि गरेका छन् ।
यस सम्बन्धमा कटहरिया वडा नम्बर २ का वडा अध्यक्ष हरिन्द्र साहका अनुसार बाढी हेर्न गएकाे बेला अचानक चट्याङ खसेकाे थियो । जसमा लहेरीकाे घटना स्थलमै मृत्यु भएको हाे भने यादवकाे उपचारका लागि कटहरिया लैजाने क्रममा बाटाेमै मृत्यु भएको बताएका छन् ।
वर्षा र चट्याङको समयमा सावधानी अपनाउन प्रहरी प्रशासनले सर्वसाधारणलाई अनुरोध गरेको छ । कटहरिया आसपासमा आज बेलुका चट्याङले गर्दा धेरै बेरसम्म मानिसहरू त्रसित बनेका थिए ।








