२०८२ कार्तिक २७
२०८२ कार्तिक २७

राैतहटमा ‘प्रेस’ लेखिएका सवारी साधन हटाउने निर्णय,पूर्व अध्यक्ष साहको घोर आपत्ति

बज्जिकाञ्चल संवाददाता,रौतहट, भदौ १६ । 

नेपाल पत्रकार महासंघ रौतहट शाखाले जिल्लाभित्र ‘प्रेस’ लेखिएका सवारी साधनहरूमाथि कडाइ गर्ने निर्णय गरेको छ । शाखाको आज सम्पन्न बैठकले ‘प्रेस’को नाममा सवारी साधनको दुरुपयोग बढेको भन्दै अबदेखि त्यस्ता सवारी साधनहरूबाट ‘प्रेस’ लेखिएको शब्द हटाउने निर्णय लिएको हो ।

 

महासंघका अनुसार, संचारमाध्यमको हकमा कुनै सवारी साधन मिडिया हाउसको नाममा दर्ता भएको खण्डमा मात्र सम्बन्धित मिडिया हाउसको नाम उल्लेख गर्न सकिनेछ । आपतकालीन अवस्था, कर्फ्यू वा सवारी आवागमनमा प्रतिबन्धित अवस्थामा बाहेक अन्य सामान्य अवस्थामा ‘प्रेस’ लेखिएका सवारी प्रयोग नगर्न महासंघले अनुरोध गरेको छ ।

 

बैठकले जिल्ला ट्राफिक कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गर्दै ‘प्रेस’ लेखिएका सवारी साधनहरूको गहन जाँच गर्न समेत अनुरोध गरेको जानकारी गराइएको छ ।

 

पूर्व अध्यक्ष साहको आपत्ति

 

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष रविन्द्र साहले भने उक्त निर्णयप्रति घोर आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्, “विधानलाई अगिकार गर्नै हो कि? ट्राफिक प्रहरीको भूमिकामा पत्रकार बन्ने हो? अन्धो देशमा कानो राजा बन्ने प्रयास नगरियोस्।”

 

उनको भनाइमा, महासंघले आफ्नो मूल जिम्मेवारीभन्दा बाहिर जान खोजेको देखिन्छ । प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा सुनिश्चित गर्नुपर्ने संस्थाले ट्राफिक नियमन गर्ने शैली देखाउनु उपयुक्त नहुने साहको तर्क छ ।

 

रौतहटमा हाल ‘प्रेस’को नाममा सवारी दुरुपयोग भएको गुनासो व्यापक छ । तर यसप्रकारको निर्णयले कानुनी रूपमा वैध सवारी साधन र निष्पक्ष पत्रकारितामाथि असर पर्ने सम्भावनाबारे समेत बहस शुरु भएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।