२०८२ कार्तिक २६
२०८२ कार्तिक २६

फरार कैदीवन्दी सोमबारसम्म स्वेच्छिक रूपमा कारागार फर्किन राैतहट प्रहरीकाे आग्रह 

आरके श्रीवास्तव,राैतहट,असाेज १२ गते । 

देशभर भदौ २३ र २४ गते भएका प्रदर्शनहरूका क्रममा विभिन्न कारागारबाट भागी फरार भएका कैदीवन्दीहरूको विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक सूचना जारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गतको सूचना सम्प्रेषण शाखाबाट जारी सूचनामा भाद्र २३ र २४ मा देशभर फैलिएको अशान्तिपछि कारागारहरूबाट भागेका कैदीवन्दीहरूलाई आगामी सोमबार,

मिति २०८२ असोज २० गते सम्म स्वेच्छिक रूपमा कारागार फर्कन अन्तिम समयसीमा तोकिएको छ । यो सूचना कारागार व्यवस्थापन विभाग, कालिकास्थान काठमाडौं बाट प्राप्त च.न. २५०, मिति २०८२/०६/१० गतेको आधिकारिक पत्रको आधारमा जारी गरिएको हो । प्रहरीले भनेको छ — यदि तोकिएको म्यादभित्र फरार कैदीवन्दीहरू

नफर्किएमा उनीहरूविरुद्ध कारागार ऐन, २०७९ तथा अन्य प्रचलित कानुन अनुसार कडा कानुनी कारवाही गरिनेछ । त्यसैगरी, फरार व्यक्तिहरूलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिहरूलाई पनि कसूरदार ठहर गरी कानुनी दायरामा ल्याइने जिल्ला प्रहरी कार्यालय रौतहटले चेतावनी दिएको छ । सूचना प्रहरी उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय प्रमुख नेत्रमणि गिरीले हस्ताक्षर गरेका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।