२०८२ चैत्र ११
२०८२ चैत्र ११

फतुवा विजयपुर र कटहरियामा मनाइयो विश्व क्षयरोग दिवस

आरके श्रीवास्तव, रौतहट, चैत १० गते । 

विश्व क्षयरोग दिवस (World TB Day) को अवसरमा आज फतुवा विजयपुर नगरपालिका तथा कटहरिया नगरपालिकामा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सम्पन्न भएका छन् । “हो! हामी क्षयरोग अन्त्य गर्छौं, राष्ट्रिय अभियान हाम्रो योगदान” भन्ने नाराका साथ कार्यक्रमहरू आयोजना गरिएको हो ।

फतुवा विजयपुर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख प्रमोद प्रसाद गुप्ताले क्षयरोग (टीबी) सम्बन्धी विस्तृत जानकारी दिँदै रोगबाट बच्ने उपायहरूबारे स्पष्ट पार्नुभयो । उहाँले समयमै पहिचान, नियमित औषधि सेवन तथा जनचेतनाको अभाव हटाउन सके क्षयरोग नियन्त्रण सम्भव रहेको बताउनुभएको छ ।

कार्यक्रममा स्वास्थ्य सह-संयोजक रमेश प्रसाद यादवले “राष्ट्रिय अभियान, हाम्रो योगदान” भन्ने नारालाई आत्मसात गर्दै क्षयरोग अन्त्यका लागि सबै नागरिकले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले समुदायस्तरमै सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी, विश्व क्षयरोग दिवसकै अवसरमा कटहरिया नगरपालिका स्वास्थ्य शाखाले पनि विशेष कार्यक्रम आयोजना गरी दिवस मनाएको छ । स्वास्थ्य संयोजक दिनेश प्रसाद यादवले नगरपालिकाको प्रांगणमा आयोजित कार्यक्रममा क्षयरोग सम्बन्धी जनचेतनामूलक सन्देशहरू प्रवाह गर्दै रोगको समयमै परीक्षण र उपचारमा जोड दिनुभयो ।

कार्यक्रमहरूमा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । यस्ता कार्यक्रमहरूले क्षयरोग विरुद्धको अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ । फतुवा विजयपुरमा भएको कार्यक्रममा याेजना शाखा प्रमुख सुधिर यादव,आईटि शाखा प्रमुख हंसराज यादव सहित नगरपालिकाका कर्मचारी सहभागी थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।