२०८२ मंसिर १
२०८२ मंसिर १

निवर्तमान अर्थमन्त्री यादवद्वारा काँग्रेस नेताहरूसँग भेटघाट

आरके श्रीवास्तव,राैतहट,कार्तिक १४ गते ।
मधेस प्रदेश सरकारका निवर्तमान अर्थमन्त्री सुनिलकुमार यादव (जितेन्द्र) ले आज नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गरेका छन् । उनले कटहरिया र जमुनिया लगायतका स्थानहरूमा पुगेर स्थानीय नेताहरूसँग समसामयिक राजनीतिक अवस्था, विकासका प्राथमिकता र पार्टी सुदृढीकरणका विषयमा छलफल गरेका हुन् ।

भेटका क्रममा अर्थमन्त्री यादवले प्रदेश सरकारमा रहेर आर्थिक पारदर्शिता, समावेशी विकास र मधेस प्रदेशको आर्थिक सशक्तीकरणका लागि गरेका कामहरूको जानकारी दिएका थिए । उनले आगामी दिनमा पनि जनताका समस्या समाधानमा आफू सधैं प्रतिबद्ध रहने बताएका छन् ।

सो क्रममा यादवले कटहरिया वडा नं. २ निवासी प्रहरी हवलदार विजय राय यादव सँग पनि भेट गरेका थिए । साथै, भेटघाट कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति तथा कटहरिया नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता, नेता राकेश गिरी, महादेव साह लगायतका स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

अर्थमन्त्री यादवले भेटघाटका क्रममा पार्टीभित्र एकता र जनताप्रति उत्तरदायित्वलाई प्राथमिकता दिन सबैलाई आग्रह गरेका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।