२०८२ मंसिर १
२०८२ मंसिर १

नारायणघाट-मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो, वैकल्पिक बाटो प्रयोग गर्न सवारी चालकलाई आग्रह

काठमाडौँ,०७ गते असोज ।

तुइन खोलामा ठूलो पहिरो खसेपछि नारायणघाट-मुग्लिन सडक आवागमन पूर्ण रूपमा बन्द भएको छ। सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यका अनुसार मंगलबार खसेको पहिरो शुक्रबारको भन्दा ठूलो छ। उक्त पहिरो पन्छाउन बुधबारसम्म लाग्ने अनुमान गरिएको छ।

‘आजैबाट पन्छाउने काम सुरु हुन्छ तर अँध्यारो भएपछि रोक्नुपर्छ। बुधबार बिहानैदेखि फेरि काम सुरु गरिन्छ,’ उनले भने।

 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा डीएसपी रवीन्द्र खनालका अनुसार सडक अवरुद्ध भएपछि दुबै तर्फका सवारीसाधन रोकिएका छन्। लगातार पहिरो खस्ने क्रम जारी भएकाले उनले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरे।

सभार हिमाल प्रेस

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।