२०८२ कार्तिक २७
२०८२ कार्तिक २७

जेनजी समूहमा पूर्वप्रधानन्यायाधीश कार्कीको माग

काठमाडौं ।

नेपाली सेनाको सहजीकरणमा हुन लागेको वार्तामा अभिभावकत्व लिइदिनका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कील‍ाई जेनजी प्रतिनिधिहरूले आग्रह गर्ने भएका छन्।

यसअघि धेरै समूहमा बाँडिएका जेनजीको छलफलपछि सुशीला कार्कीलाई आग्रह गर्ने समझदारी बनेको हो।

उनीहरूको भर्चुअल छलफलहरूमा सुशीला कार्कीहरूलाई अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व गरिदिन पनि आग्रह गर्नुपर्ने आवाजहरू उठेका छन्।

भर्चुअल बैठकहरू विभिन्न समूहमा भइरहेको र ती छलफलमा सुशीला कार्कीबारे कुरा उठेको छ।
अहिलको परिस्थितिमा निष्ठावान, निर्भिक र सर्वस्वीकार्य व्यक्ति सुशीला कार्की नै हुने छलफलमा सहभागी जेनजीहरूले बताएका छन्।

सुशीला कार्कीले नमानेमात्रै वैकल्पिक नाममा जानुपर्ने उनीहरूको भनाइ छ।

गैरराजनीतिक, स्वतन्त्र र प्रभावशाली व्यक्तिको जसले राष्ट्रपति, प्रधानसेनापति र अन्तर्राष्ट्रिय समुदायसँग पनि छलफलमा गर्न सक्ने व्यक्तिको हिसाबले कार्कीलाई रोजिएको भनिएको छ।

जेनजीहरूको ७ हजार ७१६ जनाले मतदात गर्दा ५० प्रतिशतभन्दा धेरै सुशीला कार्कीको पक्षमा देखिएका छन्।  वर्णन

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।