ओम प्रकाश यादव,राैतहट,भदौ ६ गते ।
रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवालले जनताको समस्या बुझ्न जनताको घरदैलोमा व्यस्त हुन थालेका छन्।
मेयर जयसवालले नगरको विभिन्न गाउँ टोलमा गएर आम जनतासंग प्रत्यक्ष भेटघाट गरी उनीहरुको समस्या, जिज्ञासा, आवस्यकता, बुझिरहेका छन्।
जनताको हरेक समस्या समाधान गर्ने र आवस्यकता पुरा गर्ने उद्देश्यले आफूले जनताको घरदैलोमा जान थालेको मेयर जयसवालले बताए ।
सबै जनता कार्यालयमा आएर समस्या राख्न नसक्ने भएको तथा जनताको बीचमा नगई जनताको आवश्यकता र समस्या बुझ्न नसकिने भएको हुँदा आफू घरदैलोमा गएर जनताको कुरा सुन्ने काम गरिरहेको उनले बताए।
नगरपिताको हैसियतले निर्वाचित नगर प्रमुख स्वयंम जनताको बीचमा गएर उनीहरूसँग प्रत्यक्ष सम्वाद गरी समस्या बुझ्नुु आम जनताको लागि गौरवको विषय हो, निर्वाचित जनप्रतिनिधिले जनताको बीचमा गएर जनतासंग भेटघाट र छलफल गर्नुपर्छ ।
जनप्रतिनिधि जनतासंग भाग्ने होइन जनताको बीचमा गएर जनताको कुरा सुन्ने, समस्या बुझ्ने र समाधान गर्ने साहस, आँट राख्न सक्नुपर्दछ ।
गरुडा नगर प्रमुख जयसवालले आज गरुडा न.पा.–९ श्रीपुर र रघुनाथपुरका बिभिन्न टोल–टोलमा पुगेर स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गर्दै समस्या, आवश्यकता र विकासका प्राथमिकताहरू बुझ्ने प्रयास गरेका हुन् ।
जनताको आवश्यकता र समस्या बुझ्न आफू जनताको घरदैलोमा पुग्ने गरेको मेयर जयसवाल बताउँछन् ।
जनताको साथ र सुझावका आधारमै नगरलाई अझ समृद्ध र सक्षम बनाउन निरन्तर प्रयासरत रहने उनले बताए।
जनताबाट प्राप्त हुने सुझावको आधारमा आफू अगाडि बढ्दै जनताको हरेक इच्छा आकांक्षा पूरा गर्ने उनले प्रतिबद्धता जनाए।
घरदैलो सकेपछि जनताको हरेक समस्या समाधान गर्न कुनै कसर बाँकी नराख्ने बताउँदै उनले जनताको हरेक आवस्यकता पुरा गरेर छाड्ने उद्घोष गरे ।








