२०८२ मंसिर १
२०८२ मंसिर १

चितवनमा उपचाररत घाइते यात्रुहरूलाई मधेशका मुख्यमन्त्री साेनलको विशेष ध्यान

 

आरके श्रीवास्तव,राैतहट,१४ गते कार्तिक । 

रौतहटको दुर्गा भगवती गाउँपालिका–पिपराबाट काठमाडौं जाँदै गरेको डल्फिन रात्री बस दुर्घटनामा परेपछि मधेस प्रदेश सरकार सक्रिय भएको छ । दुर्घटनामा घाइते भएका यात्रुहरूको उपचार भईरहेको छ भने मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको असुविधा नहोस् भनेर चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल (सीडीओ) सँग सीधा समन्वय गरेका छन् ।

 

मुख्यमन्त्री सोनलले भने, “घाइते यात्रुहरूको उपचारमा कुनै कमी हुन दिनु हुँदैन् । प्रदेश सरकार पूर्ण रूपमा तयार छ र आवश्यक सहयोग तुरुन्त उपलब्ध गराइनेछ।” हाल उपलब्ध विवरण अनुसार, दुर्घटनामा घाइते भएका मध्ये १५ जना चितवन मेडिकल कलेजमा,१३ जना नेसनल सिटी अस्पतालमा, र ५ जना भरतपुर अस्पतालमा गरि ३३ जना घाइते उपचाररत छन् ।  दुर्घटनाको खबरले सम्पूर्ण समुदायलाई दुःखी बनाएको छ ।

 

मुख्यमन्त्री साेनलले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।