२०८२ मंसिर १
२०८२ मंसिर १

गरूडा नगर उद्योग वाणिज्य सङ्घद्वारा विजयादशमीको अवसरमा शुभकामना आदानप्रदान 

बज्जिकाञ्चल संवाददाता,राैतहट,असाेज १२ गते । 

हिन्दू समुदायको महान पर्व विजयादशमी, तिहार तथा छठको पावन अवसरमा गरूडा नगर उद्योग वाणिज्य सङ्घ परिवार, रौतहटले विशेष शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । संघका अध्यक्ष सतीश साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालयका डीएसपी शंकर आचार्य प्रमुख अतिथिकाे रूपमा सहभागी हुनुहुन्थ्यो ।

 

विशिष्ट अतिथिको रूपमा दुधियाबार सशस्त्र प्रहरी बलका प्रमुख इन्सपेक्टर रामचन्द्र लागेजु, गरूडा नगरपालिका मेयर पदका प्रत्याशी द्वय ब्रिजकिशोर राय यादव,दीपक यादव, गरूडा नगरपालिका पूर्व उपमेयर  रंगिला देवी जसवाल, सुनचाँदी व्यवसायी महासङ्घ मधेस प्रदेशका अध्यक्ष रामजी साह सुनार, उद्योग वाणिज्य सङ्घका भूतपूर्व अध्यक्ष रामभरोस यादव र हरिन्द्रप्रसाद जसवाल, श्री नमुना माध्यमिक विद्यालयका अध्यक्ष सन्तोष सीह लगायत समाजसेवी, व्यापारी, राजनीतिकर्मी तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको गरूडा समाजसेवी छठु प्रसाद साहले जानकारी गराउनु भएको हाे ।

 

कार्यक्रममा वक्ताहरूले नेपाली समाजको एकता, सहकार्य र मेलमिलापको सन्देश बोकेको यस्ता पर्वहरूले सामाजिक सद्भावलाई बलियो बनाउने धारणा व्यक्त गरेका छन् । साथै, देश-विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई पर्वको अवसरमा मङ्गलमय शुभकामना व्यक्त गरिएको थियो ।

 

कार्यक्रमको अन्त्यमा गरूडा नगर उद्योग वाणिज्य सङ्घ परिवारले सबै अतिथि तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै, यस्ता कार्यक्रमले नगरको समृद्धि र सहकार्यको भावना बढाउने विश्वास व्यक्त गर्‍यो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।