२०८२ मंसिर १
२०८२ मंसिर १

गरुडामा भीषण तोडफोड र आगजनी ः मेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष पूर्णरूपमा ध्वस्त

चन्दन यादव, रौतहट २९ गते भदौ ।

गरुडामा भीषण तोडफोड र आगजनी ः मेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष पूर्णरूपमा ध्वस्त भएको हो । रौतहटको गरुडा नगरपालिकाको कार्यालयमा व्यापक तोडफोड, लुटपाट र आगजनी भएको छ । जेनजीहरुले आक्रमण गर्दै नगर प्रमुख कन्थमनी प्रसाद जयसवाल र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा आगो लगाएका हुन् । भीषण आगलागीका कारण दुवै कोठा जलेर पूर्णरूपमा ध्वस्त भएका छन् ।

 

यता उपमेयरको कार्यकक्षमा भने सामान्य तोडफोड मात्र भएको देखिएको छ । आगलागीका कारण तीनै कोठाको पर्खालमा ठूलो क्षति पुगेको छ । अन्य शाखाहरूमा समेत तोडफोड र आगजनी हुँदा कार्यालयभित्रका कागजात, सामग्री र फर्निचर जलेर नष्ट भएको छ । प्रारम्भिक अनुमान अनुसार करोडौं रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।

 

स्थानीयको भनाइ अनुसार, आकस्मिक रूपमा सुरु भएको घटनाले करिब सबै शाखा प्रभावित पारेको छ । आगलागी नियन्त्रणमा ल्याउन प्रयत्न भए पनि क्षतिको परिमाण निकै ठूलो भएको देखिएको छ ।

 

 

हाल गरुडा नगरपालिकाको कार्यालय पूर्ण रूपमा अवरुद्ध बनेको छ र सेवाग्राहीलाई कुनै सेवा दिन नसक्ने अवस्था उत्पन्न भएको छ ।

 

नगर प्रमुख र प्रशासनिक अधिकृतको कोठा जलेर नष्ट भएको भिडियो सार्वजनिक भएको छ । यस घटनापछि स्थानीय निकायमा सुरक्षाको सवाल फेरि उठेको छ । अनुसन्धान र दोषी पहिचानको प्रक्रिया सुरु भएको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।