२०८२ मंसिर १
२०८२ मंसिर १

कटहरिया बजारमा सम्भावित अराजकता रोक्न सर्वपक्षीय बैठक सम्पन्न

आरके श्रीवास्तव,रौतहट, भदौ २६ गते  । 

रौतहट जिल्लाको विभिन्न स्थानहरूमा जारी निषेधाज्ञा र कर्फ्यूका बाबजुद केही व्यक्तिहरूले आन्दोलनको नाममा तोडफोड, लुटपाट र अशान्ति मच्चाउने प्रयास गरिरहेको आशङ्का गरिएको छ ।

 

यसै सन्दर्भमा कटहरिया बजारमा सम्भावित अप्रिय घटनाहरूको पूर्वानुमान गर्दै आज बिहीबार एक सर्वपक्षीय बैठक सम्पन्न भएको छ । उक्त बैठकमा व्यापारी, समाजसेवी, युवा, पत्रकार तथा सुरक्षा निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । बैठकमा सम्भावित घटनाको समीक्षा गर्दै सुरक्षा व्यवस्थालाई मजबुत बनाउने निर्णय लिइएको जनाइएको छ ।

 

ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई धर्मेन्द्र पौडेलले सबै नगरवासीलाई आ–आफ्नो स्थानबाट शान्ति कायम राख्न र सुरक्षामा सहयोग गर्न अपिल गरेका छन् । साथै, सार्वजनिक तथा निजी सम्पत्तिको सुरक्षा र अराजक गतिविधि रोक्न सबैलाई सचेत रहन अनुरोध गरिएको छ ।

 

“सार्वजनिक सम्पत्ति हाम्रो आफ्नै सम्पत्ति हो । देश जोगाउन सबैको सक्रिय भूमिका आवश्यक छ,” प्रमुख पौडेलले भन्नुभयो । उहाँले यस्ता घटनामा संलग्न व्यक्तिहरूलाई समझाई बुझाई रोक्ने प्रयास गर्न र आवश्यक परेमा तुरुन्तै प्रहरीलाई खबर गर्न आग्रह गर्नुभएको छ ।

 

नगरवासीहरूलाई अनैतिक वा हिंसात्मक गतिविधि हुन नदिने, शान्ति र सुरक्षाको वातावरण कायम गर्न जिम्मेवारीपूर्वक व्यवहार गर्न पनि बैठकले अनुरोध गरेको छ ।

 

बैठकमा प्रमुख पाैडेलले अब गस्तीलाई तिव्रता दिने जसमा सबैजनाकाे सहयाेग आवश्यक रहेको बताएका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।