२०८२ मंसिर १
२०८२ मंसिर १

कटहरियामा श्राेता मिलन समारोह तथा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न

आरके श्रीवास्तव,राैतहट,असाेज ०९ गते । 

मधेस रेडियो श्राेता संघ फतुवा बिजयपुर–१०, दुधिअवाकाे आयाेजनामा कटहरियामा श्राेता मिलन तथा शुभकामना अदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएकाे छ ।

नेपालीहरूकाे महान पर्व बडा दशैं आउँदै गरेको तिहार र छठ पर्वकाे शुभअवसरमा कटहरियाकाे प्रांगणमा बिहीबार याे कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रमकाे अध्यक्षता रामबाबु साहले गर्नुभयाे भने

प्रमुख अतिथिका रूपमा आम जनता पार्टी (आजपा)का नेता तथा फतुवा बिजयपुर नगरपालिकाका मेयर पदका प्रत्यासी बिजय यादव निर्विज सहभागी हुनुहुँदै कार्यक्रमलाई सम्बाेधन गर्नुभयाे ।

प्रमुख अतिथि यादवले बदलिँदो समयसँगै रेडियोका माध्यमहरूमा रूपान्तरण आए पनि रेडियोकाे महत्त्व अझै कम नभएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयाे, “रेडियोका सचेत श्राेताहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलिरहेका छन्। जेनजी आन्दोलनका बेला एकचोटि पुनः रेडियोकाे समझना गराएकाे थियो ।

रेडियोकाे छुट्टै महत्त्व छ ।” कार्यक्रममा विश्वास एफएमका सज्जाद अन्सारीले रेडियोका श्राेताहरू दिनप्रतिदिन बढ्दै गएकाे जानकारी दिनुभयो । बज्जिकाञ्चल एफएमका सञ्चालक राजु कुमार श्रीवास्तवले संघले रेडियोकाे अस्तित्व जोगाउन खेलेकाे भूमिकाकाे प्रशंसा गर्नुभयो ।

साे अवसरमा विभिन्न सञ्चार माध्यमका सञ्चालक, सम्पादक, पत्रकार तथा संघका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको याे कार्यक्रममा सागर ठाकुरले सन्चालन गर्नुभएको थियो ।

समारोहमा सहभागी वक्ताहरूले रेडियोकाे सामाजिक र सांस्कृतिक भूमिकाकाे चर्चा गर्दै यस्ता कार्यक्रमहरू माध्यमका लागि ऊर्जा र प्रेरणाकाे श्रोत हुने विचार व्यक्त गरेका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।