२०८२ कार्तिक २७
२०८२ कार्तिक २७

कटहरियाका मेयर प्रत्यासी नसरूदिन अन्सारीको छेदीचाैककाे दुर्गापूजामा सहभागिता र सहयोग

आरके श्रीवास्तव,रौतहट,असाेज १३ गते । 

राैतहटकाे कटहरिया नगरपालिका वडा नम्बर २ स्थित छेदीचोकमा भव्य रुपमा सञ्चालन भइरहेको दुर्गापूजामा नेकपा माओवादी केन्द्र कटहरियाका नगर अध्यक्ष तथा मेयर पदका प्रत्यासी नसरूदिन अन्सारीले पूजा स्थलमै पुगेर आर्थिक सहयोग गरेका छन् ।

 

धार्मिक तथा सांस्कृतिक एकता प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित दुर्गापूजामा अन्सारीले सहभागी भई पूजास्थलमा उपस्थित श्रद्धालुहरूसँग भेटघाटसमेत गरेका थिए । उनले समितिलाई नगद आर्थिक सहयोग हस्तान्तरण गर्दै यस्तो धार्मिक–सांस्कृतिक पर्वले समुदायमा भाइचारा र सहिष्णुताको सन्देश दिने बताए ।

उनको उपस्थितिले आयोजक समिति र स्थानीय श्रद्धालुहरू उत्साहित भएको बताइएको छ । दुर्गा पूजा समितिका सदस्यहरूले अन्सारीलाई धन्यवाद दिँदै भविष्यमा समेत यस्ता कार्यक्रमहरूमा निरन्तर साथ र सहयोगको अपेक्षा व्यक्त गरेका छन् ।

 

दुर्गा पूजा छेदीचोकमा गत वर्षदेखि भव्य रूपमा मनाइँदै आएको छ र यस वर्ष पनि स्थानीय युवा तथा बासिन्दाहरूको सक्रियतामा कार्यक्रम सन्चालन भइरहेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।