२०८३ मंसिर १३
२०८३ मंसिर १३

काठमाडौं, १२ माघ ।

सर्वोच्च अदालतले एमसीसी परियोजना कार्यान्वयनमा रोक लगाउन माग राख्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

एमसीसी परियोजना कार्यान्वयनमा रोक लगाउन माग राख्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले दायर गरेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सर्वाेच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउत र बालकृष्ण ढकालको इजालासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै अन्तिम सुनुवाइका लागि पठाउने राय दिएको छ ।

गत १८ पुसमा न्यायाधीश ढकालको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्ष बोलाएर छलफल गर्ने आदेश गरेको थियो ।

०७८ फागुनमा एमसीसी परियोजनासम्बन्धी सम्झौतालाई संघीय संसदले अनुमोदन गरेपछि त्यसविरुद्ध वरिष्ठ अधिवक्ता भण्डारीले रिट दायर गरेका थिए । न्युजकारखाना

बारा, १२ माघ । 

नेपाली कम्युनिष्ट आन्दोलनको दोस्रो पुस्ताका क्रान्तिकारी एवं समाजसेवामा निरन्तर संल्गन रहेका छविचन्द्र ढकालको सम्झनामा स्मृतिग्रन्थ प्रकाशन भएको छ । स्मृतिग्रन्थको सार्वजनिकीकरण यही माघ २१ गते काठमाण्डौमा नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनााथ सभाकक्षमा हुँदै छ ।

 

यसलाई वरिष्ठ क्रान्तिकारीहरूको हातबाट सार्वजनिक गरिनेछ । छविचन्द्र ढकाल तनहुँ चुँदी सिम्पानीमा २००५ आश्विन १५ गते जन्म लिई लामो समय शिक्षक तथा २०३७/३८ सालको ऐतिहासिक शिक्षक आन्दोलनमा संलग्न रही जेल जीवन व्यतीत गरेका र नेपाल राष्ट्रिय शिक्षक संगठनमा जिल्ला अध्यक्ष एवं केन्द्रीय नेता समेत रहेका थिए ।

 

उनले पञ्चायती शासनकालमा प्रजातन्त्र र समाजवादको निम्ति मार्क्सवादी आन्दोलनमा जीवन अर्पण गरेका थिए । उनको जन्म २००५ सालमा आश्विन महिना १५ गतेका दिन पिता पण्डित मीननाथ ढकाल र माता मायादेवी ढकालको माहिलो पुत्रको रूपमा भएको थियो । उनले राजनीतिक कामको सिलसिलामा पढिरहेको पढाइलाई छोड्दै तत्कालीन समयमा “बुर्जुवा डिग्री बहिष्कार” को नारासाथ परिवर्तनको सङ्कल्प लिई लागिपरेका थिए ।

 

उनी एक राजनीतिक क्रान्तिकारीको साथै अथक समाजसेवी, शिक्षाविद् समेत थिए । उनले समाजशास्त्रीय महत्वका पुस्तकहरू पनि छोडेर गएका छन् । उनले बहुआयामिक रुपमा सामाजिक क्षेत्रमा समेत आफ्नो परिचय कायम राखेका छन् ।

 

प्रस्तुत स्मृतिग्रन्थ उनको एकल जीवनको गाथामात्र नभएर उनको पुस्ताको एक ऐतिहासिक झाँकी पनि हो । काठमाडौँमा सम्पन्न कार्यक्रम पछि उनको गृहजिल्ला तनहुँको सदर मुकाम दमौलीमा पनि कृति परिचर्चा ख्यातिप्राप्त व्यक्तित्वहरूबाट यही माघकै २४ गते सम्पन्न हुने छ । उनको देहावसान २०७५ भाद्र महिना १८ गते कलेजोको क्यान्सर रोगको कारणले काठमाडौँको मोडल हस्पिटलमा उपचारको क्रममा भएको थियो ।न्युजकारखाना

काठमाडौं, १२ माघ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षहरुबीच  संवादमा  जोड दिएका छन् ।

 

संयुक्त राष्ट्र संघको निशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको बताए।

निशस्त्रीककरण मामिलासम्बन्धी संयुक्त राष्ट्र संघको निकाय युएनओडिएका तर्फबाट उच्चस्तरीय प्रतिनिधि मण्डल नेतृत्व गरेकी मिस इजुमी नाकामित्सु सहितको टोलीसँग भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रियाको उदाहरणीय रहेको बताउँदै विश्व शान्तिका लागि संवाद मात्रै एकमात्र विकल्प भएकोमा जोड दिए ।

“नेपालको ऐतिहासिक शान्ति प्रक्रिया विश्वका मुलुकहरुका लागि उदाहरण बनेको छ,’ उनले भने, “अहिले विश्वका कैयन् क्षेत्र अत्यन्तै संवेदनशील अवस्थामा रहेका छन् । रुस–युक्रेन युद्ध, इजरायल–हमास द्वन्द्ध, लगायतका घटनाले विश्व शान्तिमा चुनौती थपेका छन् । तर हामी वार्ता र संवादका माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड दिन चाहन्छौं ।”

प्रधानमन्त्री प्रचण्डले अगाडि बुद्ध जन्मेको भूमि र शान्तिप्रिय देश नेपालले विश्वमा शान्ति स्थापनाका लािग बिभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा उल्लेख्य भूमिका खेल्दै आएको समेत स्मरण गराए ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्र संघको महासभामा अति कम विकसित देशहरुको नेतृत्वकर्ताको हैसियतले खेलेको भूमिकाका बारेमा समेत चर्चा गर्दै शान्ति स्थापनाका लागि संयुक्त राष्ट्र संघका प्रयासहरुमा सदैव साथ दिने र नेपालले विश्व शान्तिका लागि नेतृत्वदायी भूमिका खेल्ने बताए ।

“विश्व शान्ति तथा निसस्त्रीकरणका पक्षमा संयुक्त राष्ट्र संघले खेलेको भूमिका प्रशंसनीय छ,” उनले भने, “हामी संयुक्त राष्ट्र संघका हरेक कदममा साथ छौं र भविष्यमा पनि साथ रहने प्रतिबद्धता व्यक्त गर्दछौं ।”

संयुक्त राष्ट्र संघको प्रतिनिधि मण्डलका तर्फबाट बोल्दै इजुमी नाकामित्सुले निशस्त्रीकरण मामिलाको दक्षिण एशियाली केन्द्रको कार्यालय नेपालमा स्थापना गरेको जनाउँदै नेपाल दक्षिण एशियाली क्षेत्रमा शान्ति केन्द्र बन्ने अपेक्षा राखेको जनाइन् । “परमाणु हतियारले सुसज्जित छिमेकीहरुको बीचमा नेपाल शान्ति केन्द्र बन्ने अपेक्षा राखेर केन्द्रको स्थापना गरिएको हो,” उनले भनिन्, “नेपालले विगतमा झैं क्षेत्रीय र वैश्विक शान्तिका पक्षमा आफ्नो भूमिका प्रभावकारी खेल्ने अपेक्षा रहेको छ ।”

सो अवसरमा इजुमीले शान्ति मिसनमा दोश्रो योगदानकर्ता राष्ट्रका रुपमा नेपालले खेलेको भूमिकाको समेत प्रशंसा गरिन् ।

भेटवातर्थाका संयुक्त राष्ट्र संघको नेपालस्थित आवासीय प्रतिनिधि हाना सिंगर, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटा, परराष्ट्र मन्त्रालयका अधिकारी लगायतको उपस्थिति रहेको थियो ।न्युजकारखाना

काठमाडौं, १२ माघ ।

मंगल ग्रहमा पानी र जीवनको उपस्थिति पत्ता लगाउन वैज्ञानिकहरू निरन्तर प्रयासरत छन् ।

 

मंगल ग्रहमा पानीको बारेमा विभिन्न रिपोर्टहरू आएका छन् तर नयाँ अध्ययनले वैज्ञानिकहरूको लागि धेरै ढोका खोल्न सक्छ। यो खोजले मंगल ग्रहको भूमध्य रेखा नजिकको यो क्षेत्रमा बरफको सबैभन्दा ठूलो भण्डार रहेको देखाएको छ ।

 

सन् २००७ मा मार्स एक्सप्रेसले पहिलो पटक मेडुसे फोसिल फॉर्मेशन (एमएफएफ) परीक्षण गरेको लगभग १६ वर्षपछि वैज्ञानिकहरूले अन्तरिक्षयानको उन्नत मंगल ग्रह रडारको साथ यस क्षेत्रको पुनः भ्रमण गराएका थिए । सन २००७ र भर्खरको अनुसन्धान दुबै स्मिथ सोनियन संस्थानका वैज्ञानिक थोमस वाटर्सको नेतृत्वमा थिए।

 

उनका अनुसार नयाँ खोज अनुसार मंगल ग्रहमा जम्मा भएको पानी प्रारम्भिक अनुमान भन्दा धेरै रहेको बताए । यो सतह मुनि ३.७ किलोमिटर सम्म फैलिएको छ।

पृथ्वीको पानी लाल सागर जत्तिकैः वैज्ञानिक

हालैका अनुसन्धानका अनुसार मंगल ग्रहको सतहमुनि ठूलो मात्रामा बरफ जम्मा भएको छ । यदि यो बरफ पग्लियो भने मंगल ग्रहको सतह १.५ देखि २.७ मिटर गहिरो पानीमा डुब्न सक्छ। यो मंगल ग्रहको मेडुसा जीवाश्मा गठन क्षेत्रमा फेला परेको पानीको सबैभन्दा ठूलो भण्डार हुन सक्छ, जसमा पृथ्वीको लाल सागरको मात्रा बराबर पानी रहेको छ।

यस अध्ययनलाई मंगल ग्रहमा भएको सबैभन्दा महत्त्वपूर्ण पानी खोजको रूपमा हेरिएको छ। मंगल ग्रहमा रहेको यसको अग्ला चुचुराहरू रहेका छन, जुन सयौं किलोमिटरसम्म फैलिएको छ र धेरै किलोमिटर अग्लो रहेको छ। मंगल ग्रहको उच्च पहाडी र तराईको सिमानामा ठूलो मात्रामा धुलो छ।न्युजकारखाना

रौतहट, १२ माघ ।

झण्डै एकसाता पछि रौतहटको सदरमुकाम गौर स्थित प्रादेशिक अस्पतालको सेवा सुचारु भएको छ।

 

गत ७ गतेदेखी आन्दोलनरत स्वास्थ्यकर्मी डाक्टरको टोली र मधेस प्रदेश सरकारका स्वास्थ्य मन्त्रीबीच बिहीवार भएको सहमतिपछि अस्पतालको नियमित अपिडी लगायतको सेवा सुचारु भएको हो।

 

अस्पतालको तर्फ बाट ल्याब टेक्निसियण अनुठा राय यादवले एक सूचना जारि गर्दै सेवा सञ्चालन बारे सार्वजनिक गरेको छ। तलबको माग गर्दै डाक्टर आन्दोलित भएपछि एक सातादेखि अस्पतालको इमर्जेन्सी बाहेकको सम्पूर्ण सेवा बन्द रहेको थियो।

 

अस्पतालमा राजनीतिक हस्ताक्षेपको कारण लामो समयदेखि तलब भत्ता समेत नपाएको भन्दै गौर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले इमर्जी बाहेकका सम्पूर्ण सेवा ठप्प पारेका थिए ।

 

गत ६ गते अस्पताल सञ्चालन तथाव्यवस्थापन समितिका अध्यक्ष अनवर हासमिले पत्रकार सम्मेलन मार्फत नेपाली कांग्रेस मधेश प्रदेशका सभापति तथा मन्त्री कृष्णप्रसाद यादव लगायतको हस्तक्षेपका कारण अस्पतालको अवस्था दयनिय भएको सार्वजनिक गरेका थिए।

 

प्रदेशका कांग्रेस निकट मन्त्री र सांसदको राजनीतिक चलखेलको कारण विगत ६ महिनादेखि अस्पतालले विभिन्न समस्या भोग्दै आएको अध्यक्ष हासमिले बताएका थिए।

 

प्रादेशिक अस्पताल गौरमा कार्यरत ११ जना डाक्टरले  विगत ७  महिनादेखि अन्य सुबिधा भत्ता र तीन महिनादेखिको तलब पाउन नसकेको कारण अस्पतालको इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गरेको एकजना डाक्टर चन्दन सहनीले बताएका छन।

 

मन्त्री तथा नेताहरुको राजनीतिक हस्तक्षेपका कारण बाध्य भएर अस्पतालको इमर्जेन्सी बाहेकको सेवा बन्द गर्नुपरेको डाक्टर  सहनीले जानकारी दिएका छन।

 

रौतहट क्षेत्र नं १ ‘ख’ का प्रदेश सांसद एवं प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादव, कांग्रेसकै स्वास्थ्य मन्त्री विरेन्द्र सिंह र रौतहट क्षेत्र नं १ ‘क’ का कांग्रेसका प्रदेश सांसद नागेन्द्र साहले अस्पतालमा राजनीति करण गरिरहेको कारण यस्तो अवस्था भएको अध्यक्ष हासमिले बताएका छन।

अस्पतालको मेडिकल सुपरिटेन्डेण्ट संजीव कुमार सिंह हुँदा हुँदै  मन्त्री कृष्ण यादव र प्रदेश सांसद नागेन्द्र साहको दबावमा स्वास्थ्य मन्त्री विरेन्द्र सिंहले पहिलाका मेडिकल सुपरिटेन्डेण्ट कृष्ण प्रसाद साहलाई पठाएर अनावश्यक विवाद गराएको गत ६ गतेको पत्रकार सम्मेलनमा हासमिले प्रस्ट पारेका थिए।

अहिले मेडिकल सुपरिटेन्डेण्ट संजीव र कृष्ण गरी दुई जना कार्यालय प्रमुख कार्यरत छन् र दुवैबीच चर्को विवाद रहेको छ ।  मेडिकल सुपरिटेन्डेण्ट कृष्ण  साहलाई फिर्ता गर्न स्वास्थ्य मन्त्री सिंहलाई पटक पटक आग्रह गरेपनि मन्त्री यादव र प्रदेश सांसद साहको दबावका कारण उनले फिर्ता पठाउन नमानेको अध्यक्ष हासमिले बताए ।

संजीव सिंह एघारौ तह र कृष्ण साह दशौ तहका कर्मचारी हुन ।  सिंह सिनियर कर्मचारी रहेकोले मेडिकल सुपरिटेन्डेण्टको अख्तियारी दिनुपर्ने अध्यक्ष हाशमीको माग छ ।न्युजकारखाना

रौतहट १२ माघ।

रौतहट र बारामा नियमनकारी कुनै निकायबाट नियन्त्रणको पहल नहुँदा  हजारौँ युवाहरु लागुऔषध गाँजाको कुलतमा फस्दै गएका छन्।

जथाभावी लागुऔषध गाँजाको प्रयोगले  माबि देखि उच्चतहका शिक्षा अध्ययन गरिरहेका हजारौं युवाहरूको भबिस्य अन्यौल हुँदै गएको हो । विद्यालय तथा क्याम्पस जाने उमेरमा अधिकांस युवाहरु अन्य काम छोडेर गांजा खानमा पल्केपछी उनीहरुको भविस्य अन्यौल तर्फ धकेलिंदै गएको जानकारहरू बताउँछन् ।

 

रौतहटको मध्यभाग कटहरिया नगरपालिका अन्तर्गत एक दुई गाउँ होइन अधिकांश गाउँका युवाहरु चोरी छिपी बिहानै बेलुकी गांजा तान्ने गरेका छन् । केहीले चुरोटमा राखेर केहि चिलममा राखेर गाँजा तान्ने गर्दछन् । पढेलेखेका शिक्षीत तथा आधुनिक युवाहरु मिनरल वाटर पानीको बोतलमा वा अन्य पलास्टिकको बोतलमा फलामको पाईप जोडेर गाँजा खाने गरेका छन् ।

यसरी पानीको बोतल अथवा अन्य बोतल प्रयोग गरि गाँजा खाने बिधिलाई उनकै भाषामा वाटरगन भन्ने गर्दछन । प्रत्येक दिन बिहान र साँझ प्रायः कटहरिया स्थित माध्यमिक बिधालय वरिपरि, बिधालय छेउ पोखरीको डिलमा,र लालबकैया नदिको पुल तथा नदिको बांध माथी, तथा गाँउमा जहाँ निःशुल्क वाईफाई चलेको छ युवाहरुको चहलपहल हेर्न सकिन्छ ।

 

उक्त युवा समुहमा अधिकांशले चुरोट सल्काएर खान्छन् । उनिहरुले प्रयोग गर्ने अधिकांश चुरोटमा गांजा हुनेगरेको एकजना युवाले नाम उल्लेख नगर्ने सर्तमा  जानकारी दिएका छन । त्यसैगरी चिलम र वाटरगनमा युवाले गाउँ घरमै लुकिछिपी खाने गर्दछन । यसरी लागुऔषध गांजाको प्रयोग पहिले पहिले साधुजोगी र बुढापाखाले मात्र गर्दथे ।

 

कोरोना कालमा सरकारले गरेको लकडाउन पछि कटहरिया, गरुडा, फातुवा विजयपुर, देवाहि गोनाहि, गुजरा, बृन्दाबन,बाराको आदर्श कोतवाल लगायत दर्जनौं स्थानीय तहका युवाहरू गांजाखान पल्केका छन । एकपटक गाँजा खान सुरु गरेपछि युवाहरू दिनदिनै गाँजाको अमली हुन थालेका छन । तर स्थानीय प्रहरी जनप्रतिनिधि लगायत कुनै निकायले नियन्त्रणको लागि पहल गरेको देखिएन ।

 

कोरोनाको प्रकोप बढेपछि नियन्त्रण गर्न सरकारले नेपालमा पहिलो पटक २०७६ चैत्र ११ गतेदेखि लकडाउनको घोषणा गरेको थियो । सो समय गाउँ घरमा कसै कसैले गांजा खायो भन्ने कोरोना भाईरसले केही बिगार्दैन भ्रम फैलाए सँगै स्थानीय  युवाहरु गाँजा खान आकर्षित भएको एकजना जानकारले बताएका छन ।

 

त्यतिमात्र नभई दिनभरि गाँजा खाएर बस्ने युवाहरुले पैसाको जोहो गर्न ससाना चोरीका घटना देखि विभिन्न अपराधिक क्रियाकलापमा  लागिरहेको कटहरिया ४ का वडा युवा अध्यक्ष चन्दन कुशवाहाले बताएका छन। युवाहरु भने झन्झन् गांजा खान अर्थात लागुऔषध सेवनकर्ता तथा अपराधिक क्रियाकलापमा लागेपछि समाजको लागि ठुलो चिन्ताको बिषय बनेको वडा अध्यक्ष कुशवाहाले दुःख ब्यक्त गरेका छन ।

 

केही तस्करले तस्करीमार्फत मकवानपुर जिल्लाको विभिन्न ठाउँबाट रौतहट र बारा जिल्लाको अधिकांश गाउँ बजारमा गाँजा ल्याउने गर्दछन् । यसरी ल्याइएको गांजा  रौतहट र बाराको अधिकांश बजारका पान पसल, ससाना किराना पसलमा सहजै सहजै खरिद गर्न पाईने हुनाले सो क्षेत्रमा लागुऔषध गाँजा प्रयोग गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

 

त्यस्ता पसलमा गएर गाँजा खानेहरुले ५० वाला दिनुस भनेर कोड भाषामा भनेर पैसा दिएपछि एउटा पुडिया गाँजा पाउने गरेको प्रत्यक्षदर्शीले बताएका छन।
बर्षौंदेखिको यो बिकृती रोक्न नियमनकारी निकाय तथा युवाका अभिभावकले पनि ध्यान दिएको पाईंदैन ।

 

सुर्या अस्पताल बिरगंजका बरिस्ठ डाक्टर सरोज सिंहका अनुसार युवा अबस्थामा नियमित गाँजा सेवनले  सम्पुर्ण शरीरनै प्रभावित हुने गर्दछ ।  बिस्तारै स्मरण शक्ति कम्जोर हुने, हाई ब्लड प्रेसर ,मुटुरोग, फोक्सो, पेटमा क्यान्सर हुने र मानसिक अवस्था बिग्रेर अल्पायु मै मृत्यु हुने डाक्टर सिंहले जानकारी दिएका छन ।

 

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले युवाहरूलाई कुलतबाट जोगाउन प्रहरी आफ्नो हिसाबले लागिरहेको बताउँछन्।
गाँउ गाँउमा विद्यालयमा साझेदारी प्रहरी कार्यक्रम अन्तर्गत चेतनामुलक कार्यक्रम समेत संचालन भएको छ।

कैयौं युवालाई प्रहरिले नियन्त्रणमा लिदा हारगुहार गरेर कार्वाही गर्न नदिएर स्वयं अभिभावकले जिम्मामा लानेगरेको एसपी श्रेष्ठले बताएका छन। यस्तो कुलत बाट युवा तथा आफ्ना बालबालिका लाई छुटाउन प्रहरीका साथै अभिभावकले समेत भूमिका खेल्नुपर्ने एसपी श्रेष्ठको भनाई रहेको छ।न्युजकारखाना

काठमाडौं, १२ माघ ।

चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल आज नेपाल आउँदैछ ।

 

अन्तर्राष्ट्रिय विभागका उपमन्त्री हेयान नेतृत्वको प्रतिनिधि मण्डल आज बिहान ११ः ०० बजे नेपाल भ्रमणमा आउन लागेको हो ।

 

चार दिने भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देखि लिएर विभिन्न दलका शीर्ष नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।न्युजकारखाना

आजमिति २०८० साल माघ १२ गते तदअनुसार २६ जनवरी , सन् २०२४ शुक्रवार, कृष्णपक्षको द्वितीया तिथि, अश्लेषा, आयुष्मान योग, कर्कट राशिमा चन्द्रमा, आजको योगमा माया प्रितिको लागी शुभ छ ।

 

अभिजित् मुहूर्त: बिहान ११:५५ देखि १२:३८ सम्म,

• काठमाण्डौंमा सुर्योदय: बिहान ०६:५४

• सुर्यास्त: बेलुका ०५:३८ बजे

आजको वैदिक राशिफल:

 

• मेष

 

उज्ज्वल ऊर्जाले तपाईंको कसरतलाई इन्धन गर्छ र समग्र कल्याणलाई बढाउँछ। यसलाई शारीरिक गतिविधि वा रचनात्मक कार्यहरूमा च्यानल गर्नुहोस् ।  आत्मविश्वास बढ्छ, आर्थिक अवसरहरू आकर्षित गर्दछ। स्पष्टता र विश्वास संग वार्ता। अप्रत्याशित लाभको सम्भावना छ। खुला सञ्चारले पारिवारिक बन्धनलाई बलियो बनाउँछ। आफ्नो इच्छा साझा गर्नुहोस् र समानुभूति संग सुन्नुहोस्। सहयोगी परिवारका सदस्यहरूले मार्गदर्शन प्रदान गर्छन्। अविवाहितले करिश्माको विकिरण गर्नेछ, रोमाञ्चक सम्भावनाहरू आकर्षित गर्नेछ। जोडीहरूले भावुक, चंचल क्षणहरू अनुभव गर्छन्। आफ्नो प्रेम रचनात्मक रूपमा व्यक्त गर्नमा ध्यान दिनुहोस्।

 

शुभ रंग: रातो

शुभ अंक : ९

 

• वृष

 

घाँटीमा सामान्य समस्या आउन सक्छ। नुनपानीले गार्गल गर्नुहोस् र आफ्नो आवाजलाई दबाउनबाट बच्नुहोस्। आत्म-हेरचाह र विश्राममा फोकस गर्नुहोस्।

अप्रत्याशित खर्च बढ्न सक्छ। आवश्यक आवश्यकताहरूलाई प्राथमिकता दिनुहोस् र तदनुसार आफ्नो बजेट समायोजन गर्नुहोस्। अप्रत्याशित आर्थिक सहयोग आउन सक्छ। सहयोगी परिवारका सदस्यहरूले मार्गदर्शन र स्थिरता प्रदान गर्छन्। तिनीहरूको बुद्धि र अनुभवमा भर पर्नुहोस्। खुला सञ्चारले पारिवारिक सम्बन्धलाई बलियो बनाउँछ। अविवाहितहरूले साझा कलात्मक चासोहरू मार्फत साथी खोज्छन्। जोडीहरूले रचनात्मकता र प्रशंसा मार्फत प्रेम व्यक्त गर्छन्। एक रोमान्टिक साँझ स्टोर मा छ।

 

शुभ रंग: हरियो

शुभ अंक : ६

 

• मिथुन

बढ्दो मानसिक स्पष्टताले तपाईंलाई ध्यान केन्द्रित गर्न र आफ्नो लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्दछ। एकाग्रता कायम राख्न मल्टिटास्किङ नगर्नुहोस् र ब्रेक लिनुहोस्।

टोली कार्य र सहयोगले आर्थिक पुरस्कार ल्याउँछ। भरपर्दो साझेदार बन्नुहोस् र प्रभावकारी रूपमा योगदान गर्नुहोस्। अप्रत्याशित आम्दानीका स्रोतहरू देखा पर्न सक्छन्। संचार अन्तरले गलतफहमी निम्त्याउन सक्छ। आफ्नो अपेक्षाहरू स्पष्ट गर्नुहोस् र सक्रिय सुन्ने अभ्यास गर्नुहोस्। पारिवारिक जमघटले सम्बन्धको अवसर ल्याउँछ।अविवाहितहरूले बुद्धि र बुद्धिले ध्यान आकर्षित गर्नेछन्। दम्पतीहरूले उत्तेजक वार्तालापहरू र रमाइला झगडाको आनन्द लिन्छन्। नयाँ बौद्धिक चुनौतीहरू सँगै अन्वेषण गर्नुहोस्।

 

शुभ रंग: पहेंलो

शुभ अंक : ३

 

• कर्कट

 

बढ्दो संवेदनशीलताले तपाईंलाई भावनात्मक उतार-चढ़ावको खतरा बनाउँछ। आत्म-हेरचाह अभ्यास गर्नुहोस् र आफ्नो भावनाहरू स्वस्थ रूपमा व्यक्त गर्नुहोस्। रचनात्मक कार्यहरूले भावनात्मक रिलीज प्रदान गर्दछ। रचनात्मक प्रयासहरूले आर्थिक पुरस्कार ल्याउँदछ। नवीन विचारहरू र सहकार्यहरू अन्वेषण गर्नुहोस्। अप्रत्याशित खर्च समायोजन आवश्यक हुन सक्छ। सहयोगी परिवारका सदस्यहरूले सान्त्वना र समझ प्रदान गर्छन्। आफ्नो चिन्ता साझा गर्नुहोस् र तिनीहरूको प्रेममा निर्भर गर्नुहोस्। खुला सञ्चारले पारिवारिक बन्धनलाई बलियो बनाउँछ। अविवाहितहरूले भावनात्मक रूपमा सुरक्षित र पालनपोषण गर्ने व्यक्तिसँग भेटघाट हुनेछ। जोडीहरूले गहिरो भावनात्मक सम्बन्ध र घनिष्ठता अनुभव गर्छन्। सँगै भावनात्मक कल्याणलाई प्राथमिकता दिनुहोस्।

 

शुभ रंग: सेतो

शुभ अंक : २

 

• सिंह

यो नयाँ चन्द्रमाले आत्मनिरीक्षण निम्तो दिन्छ। भावनात्मक स्पष्टतामा फोकस गर्नुहोस् र कुनै पनि अनावश्यक बोझ छोड्नुहोस्। ध्यान वा प्राकृतिक हिडाइ उपयोगी हुन सक्छ।  आर्थिक स्थायित्व कायम छ, तर अप्रत्याशित यात्रा खर्च हुन सक्छ। तदनुसार आफ्नो बजेट समायोजन गर्नुहोस्। पहल र नेतृत्वबाट अप्रत्याशित आर्थिक लाभ सम्भव छ। पारिवारिक जमघटले घरमा आनन्द र हाँसो ल्याउँछ। आफ्ना उपलब्धिहरू साझा गर्नुहोस् र उनीहरूको गर्वमा बास गर्नुहोस्। सहयोगी परिवारका सदस्यहरूले सहयोग प्रस्ताव गर्छन् ।  अविवाहितहरू चम्किनेछन्, प्रशंसकहरूलाई आकर्षित गर्नेछन्। जोडीहरू भावुक क्षणहरू मनाउँछन् र एकअर्काको प्रेममा बास गर्छन्। प्रशंसा र कृतज्ञता व्यक्त गर्न फोकस गर्नुहोस्।

 

शुभ रंग: सुनौलो

 

शुभ अंक : ५

 

• कन्या

 

तनाव व्यवस्थापन गर्न माइन्डफुलनेस र विश्राम प्रविधिहरूमा ध्यान दिनुहोस्। आफैलाई अति बोझ नदिनुहोस् र आत्म-हेरचाहलाई प्राथमिकता दिनुहोस्। आर्थिक स्थिरता कायम छ, तर आवेगपूर्ण खर्चबाट जोगिन। अप्रत्याशित यात्रा खर्च समायोजन आवश्यक हुन सक्छ। लगानीमा ध्यान दिनुहोस् र आवश्यक भएमा विशेषज्ञको सल्लाह लिनुहोस्। प्रियजनहरूसँग असमझदारी हुन सक्छ। सञ्चारमा धैर्यता र स्पष्टता कुञ्जी हो। खुला सञ्चारले पारिवारिक सम्बन्धलाई बलियो बनाउँछ। अविवाहितहरूले प्रकृतिसँग जोडिएर वा एकान्त रचनात्मक कार्यहरू पछ्याउँदा सान्त्वना पाउँछन्। जोडीहरूले आफ्नो बन्धनलाई बलियो बनाउँदा व्यक्तिगत ठाउँको प्रशंसा गर्छन्। भावनात्मक समझ र समर्थनमा फोकस गर्नुहोस्।

 

शुभ रंग: खैरो

शुभ अंक : १

 

• तुला

 

बढ्दो शारीरिक गतिविधिले तपाईंको ऊर्जा बढाउँछ र तपाईंको समग्र कल्याण सुधार गर्दछ। आफ्नो उर्जालाई शारीरिक गतिविधि वा बाहिरी गतिविधिहरूमा च्यानल गर्नुहोस्। सहयोग र टोली कार्यले आर्थिक सफलता ल्याउँछ। भरपर्दो साझेदार बन्नुहोस् र प्रभावकारी रूपमा योगदान गर्नुहोस्। साझेदारीबाट अप्रत्याशित आम्दानीका स्रोतहरू देखा पर्न सक्छन्।  सहयोगी परिवारका सदस्यहरूले सहयोग र प्रोत्साहन प्रदान गर्छन्। तिनीहरूको उपस्थितिको लागि तपाईंको प्रशंसा देखाउनुहोस्। पारिवारिक जमघटले आनन्द र हाँसो ल्याउँछ। अविवाहितहरूले आफ्नो आकर्षण र सामाजिक अनुग्रहको माध्यमबाट प्रशंसकहरूलाई आकर्षित गर्छन्। जोडीहरूले सामंजस्यपूर्ण साझेदारी र साझा लक्ष्यहरूको आनन्द लिन्छन्। रोमान्समा फोकस गर्नुहोस् र साझा अनुभवहरू सिर्जना गर्नुहोस्।

 

शुभ रंग: गुलाबी

शुभ अंक : ७

 

• वृश्चिक

भावनात्मक तीव्रता उच्च हुन सक्छ। आफ्नो उर्जालाई रचनात्मक खोज वा रिलिजको लागि व्यायाममा च्यानल गर्नुहोस्। भावनात्मक स्पष्टतामा फोकस गर्नुहोस् र कुनै पनि अनावश्यक बोझ छोड्नुहोस्।  अप्रत्याशित आर्थिक लाभ सम्भव छ, तर तिनीहरूलाई जिम्मेवारीपूर्वक ह्यान्डल गर्नुहोस् र अपव्ययबाट बच्नुहोला। अप्रत्याशित खर्च समायोजन आवश्यक हुन सक्छ। आवश्यक परेमा विशेषज्ञको सल्लाह लिनुहोस्। प्रियजनहरूसँग गहिरो कुराकानीले समझ र बन्धनलाई बलियो बनाउँछ। आफ्नो भित्री आत्म र कमजोरीहरू साझा गर्नुहोस्। खुला सञ्चारले पारिवारिक सम्बन्धलाई बलियो बनाउँछ। अविवाहितहरूले चाखलाग्दो र रहस्यमय व्यक्तिसँग भेटघाट हुनेछ। जोडीहरूले आत्मीयता र भावुक क्षणहरूको नयाँ गहिराइहरू अन्वेषण गर्छन्। भावनात्मक इमानदारी र जोखिममा फोकस गर्नुहोस्।

 

शुभ रंग: बैजनी

शुभ अंक : ८

 

• धनु

आशावादी र उत्साहले तपाईंको शारीरिक र मानसिक स्वास्थ्यलाई बढावा दिनेछ। आफ्नो सकारात्मक भाइबहरू अरूसँग साझा गर्नुहोस्। बढ्दो शारीरिक गतिविधि लाभदायक छ। आर्थिक स्थायित्व कायम छ, तर अप्रत्याशित यात्रा खर्च हुन सक्छ। तदनुसार आफ्नो बजेट समायोजन गर्नुहोस्। उनीहरूले ल्याउने साहसिक र नयाँ अनुभवहरू अँगाल्नुहोस्।  सहयोगी परिवारका सदस्यहरूले सहयोग र प्रोत्साहन प्रदान गर्छन्। तिनीहरूको उपस्थिति र समर्थनको लागि तपाईंको प्रशंसा देखाउनुहोस्। पारिवारिक जमघटले आनन्द र हाँसो ल्याउँछ।

अविवाहितहरूले आफ्नो साहसी भावना र बौद्धिक जिज्ञासा मार्फत प्रशंसकहरूलाई आकर्षित गर्छन्। दम्पतीहरू सँगै रोमाञ्चक यात्राहरू सुरु गर्छन्, तिनीहरूको सम्बन्धलाई बलियो बनाउँछन्। साझा अनुभव र खुला संचारमा फोकस गर्नुहोस्।

 

शुभ रङ: निलो

शुभ अंक : ४

 

• मकर

अनुशासन र दिनचर्यामा ध्यान दिनुहोस्। स्वस्थ खाने बानी र नियमित व्यायाम सन्तुलन कायम गर्न महत्वपूर्ण छ। भावनात्मक स्पष्टताको लागि आवश्यक भएमा मार्गदर्शन खोज्नुहोस्। कडा परिश्रम र समर्पणले आर्थिक प्रतिफल ल्याउँछ। निरन्तर रहनुहोस् र तपाईंको दीर्घकालीन लक्ष्यहरूमा ध्यान केन्द्रित गर्नुहोस्। लगनशीलता र पहलकदमीबाट अप्रत्याशित आम्दानीका स्रोतहरू देखा पर्न सक्छन्। सहयोगी परिवारका सदस्यहरूले तपाईंलाई चुनौतीहरू पार गर्न मद्दत गर्छन्। तिनीहरूसँग खुला र इमानदारीपूर्वक कुराकानी गर्नुहोस्। खुला सञ्चारले पारिवारिक सम्बन्धलाई बलियो बनाउँछ। अविवाहितहरूले महत्वाकांक्षी र प्रेरित व्यक्तिसँग भेट गर्नेछन्। जोडीहरूले एकअर्काको सफलतामा प्रेरणा पाउँछन् र सँगै स्थिर भविष्य निर्माण गर्छन्। एकअर्काको लक्ष्य र आकांक्षाहरूलाई समर्थन गर्नमा ध्यान केन्द्रित गर्नुहोस्।

 

शुभ रंग: कालो

शुभ अंक : १०

 

• कुम्भ

मानसिक स्वास्थ्यमा ध्यान दिनुहोला । ध्यान वा प्रकृतिमा समय बिताउनु तनाव व्यवस्थापन गर्न सहयोगी हुन सक्छ। भावनात्मक स्पष्टतामा फोकस गर्नुहोस् र कुनै पनि अनावश्यक बोझ छोड्नुहोस्।  अप्रत्याशित आर्थिक लाभ नवीन विचार र सहयोग मार्फत आउँछ। नयाँ अवसरहरूको लागि खुला हुनुहोस् र आफ्नो रचनात्मक दृष्टिकोण साझा गर्नुहोस्। अप्रत्याशित खर्च समायोजन आवश्यक हुन सक्छ।सञ्चारमा कमीका कारण असमझदारी हुन सक्छ। सक्रिय सुन्न अभ्यास गर्नुहोस् र गलत व्याख्याहरूबाट बच्न आफ्ना विचारहरू स्पष्ट गर्नुहोस्। खुला सञ्चारले पारिवारिक सम्बन्धलाई बलियो बनाउँछ।  अविवाहितहरूले बौद्धिक र उत्तेजक व्यक्तिसँग भेटघाट हुनेछ। दम्पतीहरूले जीवन्त कुराकानी र साझा चासोहरूको आनन्द लिन्छन्, उनीहरूको बौद्धिक जडानलाई बलियो बनाउँछन्। खुला सञ्चार र बौद्धिक अन्वेषणमा सँगै फोकस गर्नुहोस्।

 

शुभ रङ: फिक्का निलो

शुभ अंक : ११

 

• मीन

बढ्दो अन्तर्ज्ञानले तपाईंलाई भावनात्मक उपचारको आवश्यकता पर्ने क्षेत्रहरू पहिचान गर्न मद्दत गर्दछ। आवश्यक भएमा मार्गदर्शन खोज्नुहोस् र आत्म-दयालाई अँगाल्नुहोस्। भावनात्मक स्पष्टतामा फोकस गर्नुहोस् र कुनै पनि अनावश्यक बोझ छोड्नुहोस्। आर्थिक स्थिरता कायम छ, तर आवेगपूर्ण खर्चबाट जोगिन। भविष्यका लक्ष्यहरूको लागि बचतलाई प्राथमिकता दिनुहोस् र आधारभूत दृष्टिकोणको साथ लगानी गर्नुहोस्। अप्रत्याशित आय स्रोतहरू अन्तर्ज्ञान र भावनात्मक बुद्धि मार्फत देखा पर्न सक्छ। रचनात्मक गतिविधिहरूले पारिवारिक बन्धनलाई बलियो बनाउँछ। विचारशील इशाराहरू र साझा रचनात्मक कार्यहरू मार्फत आफ्नो प्रेम र प्रशंसा व्यक्त गर्नुहोस्। खुला सञ्चारले पारिवारिक सम्बन्धलाई बलियो बनाउँछ। अविवाहितहरूले दयालु र समझदार व्यक्तिसँग भेटघाट हुनेछ। जोडीहरूले भावनात्मक घनिष्ठता र समर्थनलाई प्राथमिकता दिन्छन्, सुरक्षित र मायालु जडान सिर्जना गर्दछ। भावनात्मक इमानदारी र जोखिममा फोकस गर्नुहोस्।

 

शुभ रंग: समुद्री फोम हरियो

शुभ अंक: १२

 

राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।

 

 

राशिफल लेखक युवा ज्योतिष जनक खड्का, वैदिक ज्योतिषका विज्ञ मानिन्छन् उनि ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्।न्युजकारखाना

 

 

 

 राैतहट,११ गते माघ ।

राैतहटकाे मौलापुर नगरपालिका-५ स्थित ब्रह्म माई मन्दिर निर्माणका लागि ब्रह्म स्थानमै भेला भएर पारदर्शी रूपमा आम भेलाबाट ९ सदस्यीय उपभोक्ता समिति र ५ सदस्यीय अनुगमन समिति गठन गरिएको छ ।

वडा नम्बर ५ का वडाध्यक्ष चन्द्रशेखर प्रसाद साहको अध्यक्षतामा भएको उक्त भेलामा कार्यपालिका सदस्य सुनिल साह, वडा सदस्य जितलाल साह, शिक्षक रामविनय साह लगायत पतौरा टोलका आम जनसमुदायको उपस्थिति रहेको थियो ।

५ दिन भित्र निर्माण कार्य शुरु गरिने र निर्माण पश्चात् योजनाको वास्तविक खर्च आम भेला मार्फत सार्वजनिकिकरण गर्ने निर्णय समेत भएको माैलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी गराएका हुन् ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।