२०८३ असार ३०
२०८३ असार ३०

काठमाडौं, १३ बैशाख । पुर्व मन्त्री मिनेन्द्र रिजालले उपनिर्वाचनले नेपाली कांग्रेसलाइ चरित्र र गतिशिलता पुनर्स्थापित गर्नुपर्ने सन्देश दिएको बताएका छन ।

बैशाख १० मा सम्पन्न उपनिर्वाचनमा कुनै पनि क्षेत्रमा कांग्रेसले  बिजयी हासिल नगरे पछि कांग्रेस नेता रिजालले पार्टीकाे चरित्र र गतिशिलता पुनस्थपित गर्नुपर्ने सन्देश जनाएका हुन ।

‘सम्पन्न उपनिर्वाचनमा रास्वपा नेता रवि लामिछाने र डा. स्वर्णिम वाग्लेलाई प्रत्यय प्रद विजय, जसपा नेता उपेन्द्र यादवलाई प्राप्त सफलताकालागि हार्दिक बधाई र सफल प्रतिनिधि सभा कार्यकालको शुभकामना’ रिजालले सामाजिक सञ्जालमा लेखेका छन, ‘हाम्रा लागि कांग्रेसको चरित्र र गतिशिलता पुनर्स्थापित गर्नुपर्ने अपरिहार्य सन्देश प्रष्ट छ।’

रौतहट,बैशाख १२ गते 
रौतहट जिल्लाका मध्य भाग गरुडामा सुविधा सम्पन्न पाटी पैलेस सञ्चालनमा आएकोछ ।
सो ए एन प्लाजा पाटी पैलेसमा एक हजार जना अटाउने क्षमताको एसी हल , १४ वटा एसी वेड रुम र एसि फैमिलि रेष्टुरेन्ट सहित सञ्चालनमा आएको हो । एक करोड रुपैयाको लगानीमा पाटी सञ्चालन भएको सञ्चालकद्वय अरविन्द जयसवाल र नागेन्द्र यादवले बताए ।
गरुडा सहित वरिपरिका ८ र ९ वटा नगरपालिका तथा बसोवास गर्ने जनतालाई सहजताका साथ सेवा दिने उदेश्यले पाटी पैलेस सञ्चालनमा ल्याएको सञ्चालकले बताए ।
जिल्लाका औद्योगिक नगरीको रुपमा पहिचान स्थापित गरेको गरुडामा आफुहरुले केही नया कुरा दिउ भनि उदेश्यका साथ पाटी पैलेसमा लगानी गरेको उनिहरुले दाबी गरेका छन ।

काठमाडौं, १३ वैशाख । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितमाथि भएको प्रहरी बलप्रति माफी मागेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले मिटरब्याज पीडितमाथि भएको प्रहरी बल प्रयोग गर्नु गल्ती भएको स्वीकार्दै माफी मागेका हुन् ।

केही महिनायता मिटरब्याज पीडित काठमाडौं आएर न्यायका लागि संघर्षरत छन् । आफ्नो माग पूरा गर्न सरकार तयार नभएको भन्दै वार्ता भंग गरेर प्रदर्शनमा उत्रिएका उनीहरुमाथि प्रहरीले लाठी चार्ज गरेको थियो ।

कञ्चनपुर, १३ वैशाख

कञ्चनपुरबाट भन्सार छलीका अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

मंगलबार कञ्चनपुर प्रहरीले एक लाख ६९ हजार दुई सय मुल्य बराबरका भन्सार छलीका अवैध सामान बरामद गरेको हो ।

भीमदत्त नगरपालिका–४ बाट भन्सार छलीका सामान बेवारिसे अवस्था फेला पारेको प्रहरीले जनाएको छ । जुत्ता, मिठाई र लेदरका झोला बरामद गरेर भन्सार कार्यालय गड्डाचौकी पठाएको प्रहरीले बताएको छ ।

काठमाडौं, १३ वैशाख

भक्तपुरको चाँगुनारायण नगरपालिका–५ खरिपाटीस्थित सेतीदेबी सामुदायिक जंगलमा एक पुरुषको शव भेटिएको छ ।

अन्दाजी ४०/४५ वर्षको पुरुषको शव झुण्डिएको अवस्थामा भेटिएको भक्तपुरका एसपी प्रजित केसीले जानकारी दिए । उनका अनुसार हरियो डोरीको पासोमा ती पुरुषको टाउको रुखमा झुण्डिएको अवस्थामा भेटिएको हो ।

शरीरको भाग भने सडेको अवस्थामा भुँईमा भेटिएको छ। घाँटीको भाग सडेर चुडिएपछि भुँईमा खसेको हुनसक्ने आशंका गरिएको छ ।

काठमाडौं, १३ वैशाख

काठमाडौंमा सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षाबाट नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक जनालाई बुधबार दिउँसो पक्राउ गरेको प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

धादिङका २८ वर्षीय राजेश शाहीलाई काठमाडौंको दक्षिणढोका ट्रायल सेन्टरबाट पक्राउ गरेको हो। उनले धादिङकै प्रकाश पोखरेलको दुई पाङ्ग्रे सवारीसाधनको ट्रायल दिँदै गर्दा पक्राउ परेका हुन् । उनीमाथि थप अनुसन्धान गर्न प्रहरी वृत्त बौद्धमा पठाइएको छ ।

काठमाडौं, १२ वैशाख । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा हरियाली छाएको छ । यसअघि सोमबार २.७२ अङ्कले बढेको सेयर बजार मंगलबार दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसुचक १७.३६ अङ्कले बढेर १९०५.६८ विन्दुमा पुगेको छ । मंगलबार १३ उपसुचकहरु मध्ये म्युचुअल फण्ढ बाहेका सबै कम्पनीहरुमा उकालो लागेको छ ।

 

यसैगरी, २६४ कम्पनीको २७ लाख ५७० कित्ता सेयर कारोबार हुँदा ८८ करोड ५५ लाख रुपैयाँभन्दा बढी रुपैयाँको कारोबार भएको हो । सबैभन्दा धेरै सिवम सिमेन्टको ७ करोड रुपैयाँको सेयर किनबेच भएको हो। यसैगरि कालिञ्चोक दर्शन को ३ करोड रुपैयाँभन्दा बढिको सेयर कारोबार भएको छ ।

 

यसैगरि मंगलबार तारागाउँ रिजेन्सी होटल लिमिटेड ८ प्रतिशत र खप्तड वितिय संस्था ७.८५ प्रतिशतले बढेको छ । यि कम्पनीले सर्वाधिक कमाएका छन् ।

काठमाडौं, १२ वैशाख । नेपाल उड्डयन प्राधिकरणले भ्रामक सूचना फैलाएको आरोपमा फ्लाईदुबईका नेपाल प्रमुख र स्टेशन म्यानेजरको पास तत्कालका लागि रोक्का गरेको छ ।

सोमबार राति काठमाडौंबाट दुबईका लागि १६८ यात्रु लिएर उडेको फ्लाईदुबईको विमानको इन्जिनमा भएको आगलागीको घटनामा चरा ठोक्किएको भ्रामक सूचना फैलाएको आरोपमा उनीहरुको पास तत्कालका लागि रोक्का गरिएको प्राधिकरणले जनाएको छ  ।

पास रोक्का गरिएसँगै उनीहरुलाई अब विमानस्थल प्रवेश गर्न पाउने छैनन् । नयाँ निर्णय नभएसम्मका लागि उनीहरूलाई विमानस्थल प्रवेशमा रोक लगाइएको हो ।

सोमबार राति नै फ्लाईदुबईले पनि ‘चरासँग जहाज ठोकिएको’ जनाएको थियो  । दुबई सरकारको मिडिया कार्यालयले जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छाड्नेबित्तिकै चरा ठोक्किएको दाबी गरेको छ ।

 

तर, प्राधिकरणले चरा ठोक्किएको दाबीलाई अस्वीकार गरेको हो ।

आरके श्रीवास्तव,गरुडा,११ गते बैशाख ।

रौतहट जिल्लाको बृन्दावन नगरपालिकाको वडा ९ आकडपाथड टोलमा सामुदायिक भवन शिलान्यास गरिएको छ । आज एक कार्यक्रम बिच नगर प्रमुख बिनोद प्रसाद कुर्मीले शिलान्यास गर्नु भएको हो ।

सामुदायिक भवन निर्माणका लागि वडा स्तरीय योजनाबाट पारित भएको र यसको कुल लागत २० लाख बजेट रहेको तथा सो बजेट बाट दुई कोठे भवन निर्माण हुने मेयर कुर्मीले जानकारी गराएका हुन् ।

सो भवन निर्माण भएपछि बिहे, ब्रतबन्धन, भोजभतेर वा सामूहिक समाजमा कुनै कार्य गर्न खोज्दा व्यवस्थित ठाउँ पाउन नसकेर कठिनाइको सामना गर्नु पर्ने बाध्यता थियो । अब त्यो समस्या अन्त्य हुने भएको छ । र त्यस्कै मध्यनजर गरी निर्माण कार्यलाई अगाडि बढाइएको उनले बताए । यसबाट वडावासीहरुलाइ प्रत्यक्ष रुपमा लाभान्वित हुने भएका छन् । भवन निर्माण हुने भएपछि स्थानियहरु हर्षित भएका छन् ।

सो अवसरमा वडाअध्यक्ष शेख प्रबेज आलमको ,वडाअध्यक्ष रवीन्द्र साह, उपभोक्ता समितिका अध्यक्ष लगायत स्थानिय भद्रभलादमीहरुको उपस्थिति रहेको थियो ।

काठमाडौं, ११ वैशाख

काठमाडौंबाट दुबईका लागि उडेको एउटा जहाजको इन्जिनमा आगलागी भएको छ ।

नागरिक उड्डयन प्राधिकरण सुत्रका अनुसार एउटा इन्जिनमा आगो लागेपछि उक्त विमान आकस्मिक अवतरणको तयारीमा छ ।

काठमाडौंका उडेको फ्लाई दुवईको विमान काठमाडौंमा अवतरणको तयारी गरिरहेको छ ।

यसैबीच नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले पनि उक्त विमानको इन्जिनमा आगो लागेको जानकारी गराउँदै उक्त विमान काठमाडौंमा अवतरण गर्ने तयारी गरिरहेको बताए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।