२०८३ बैशाख ६
२०८३ बैशाख ६

काठमाडौं । प्रहरी नायव महानिरीक्षक कुबेर कडायतलाई केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी दिइएको छ । नेपाल हरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि कडायतलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनी प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् । प्रहरी नायव महानिरीक्षक कडायतलाई ९८५१२-९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

यसअघि पनि कडायत वरिष्ठ उपरीक्षक हुँदा प्रवक्ताको भूमिकामा रहेका दिए ।

काठमाडौँ । विविध माग राख्दै १० दिनदेखि आमरण अनशनमा बसेका युवा कृषक श्रीराम घिमिरेको माग सम्बोधन गरी जीवन रक्षा गर्न अखिल किसान महासंघले सरकारसँग माग गरेको छ । बिहीबार आन्दोलनरत घिमिरे अनशन बसेकै स्थान भूगोलपार्कमा उपस्थित हुँदै महासंघले यस्तो माग गरेको हो ।

ककनी गाउँपालिका– २ सिउडेनीका ३२ वर्षका युवा किसान वैशाख ५ गतेदेखि किसानका समस्या समाधानका ६ बुँदे माग राख्दै काठमाडौँको भूगोलपार्कमा आमरण अनशनमा बसिरहेका छन् । तर, एक युवा किसान जायज माग राख्दै १० दिनदेखि आमरण अनशनमा बस्दा समेत राज्य बेखबर भएको महासंघको आरोप छ ।

अनशनरत किसान श्रीराम घिमिरेको मागप्रति ऐक्यबद्धता जनाउँदै किसान हकहितमा समर्थन रहेको समेत महासंघले जनाएको छ । समाचार रातो पार्टी अनलाइनबाट साभार

 

चन्द्रपुर १४ बैसाख । रौतहटमा पुराना दल छाडेर नयाँ दल रोज्नेहरुको संख्या दिनप्रतिदिन बढदै गएको छ ।
गत निर्वाचनमा छोटो समयमा सफलता हासिल गरेको रबि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा) प्रति युवाहरु आशावादी हुँदै प्रबेश गरिरहेका छन् ।

हालसम्म रौतहट क्षेत्र नम्बर ४ मा २६ सय भन्दा बढी जनाले रास्वपाको सदस्यता लिएको रास्वपा केन्द्रिय कार्यालयले जानकारी दिएको छ । यो संख्या दिनानुदिन बढ्दै गएको रास्वापाका सदस्य उदय नारायण सापकोटाले बताए ।

पुराना दलहरु कांग्रेस,एमाले र माओवादीका कार्यकर्ता पार्टीपंक्तिको काम देखेर दिक्क मान्दै विकल्प खोज्न बाध्य भएको रास्वपा प्रवेश गरेका व्यक्तिहरु बताउछन ।

रास्वपा नेपाली जनतामा निहीत राष्ट्रिय सार्वभौमिकतालाई आत्मसात् गर्दै, नेपालको राष्ट्रिय हितलाई सर्वोपरि मानी जनउत्तरदायी, जनसहभागितामूलक लोकतान्त्रिक राज्य शासन व्यवस्था प्रवर्द्धन गर्दै नेपालको संविधानले परिकल्पना गरेअनुसार दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गरी नेपाली जनताले महसुस गर्ने गरी जीवनस्तरमा सुधार ल्याउने प्रतिबद्धतासहित राष्ट्रिय स्वतन्त्र पार्टीको गठन गरी, असार ७, २०७९ मा सार्वजनिक घोषणा गरेसँगै, असार १७, २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको नेपाली राजनीतिक दल हो ।

 

रौतहट १४ बैसाख ।

देश क्रमशः भ्रष्टाचार, बेथिति, कुशासन, आर्थिक, सामाजिक र राजनीतिक रुपमा संकटग्रस्त बन्दै गएको भन्दै आम जनता पार्टीले जागरण यात्रा गर्ने भएको छ ।

विषम परिस्थितिलाई आत्मसात गर्दै “देशलाई संकटबाट जोगाउन जागरण यात्रा” जेठ १८ गतेदेखि पश्चिम नेपालको महेन्द्रनगरबाट शुभारम्भ गर्ने आजपाले जनाएको छ ।

आम जनता पार्टीको काठमाडौं स्थित केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारीहरुको बैठकले विभिन्न निर्णय समेत गरेको छ ।

उपनिर्वाचनमा घोषित अघोषित गठबंन्धन एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रीय सत्ता र शक्तिको प्रत्यक्ष टकरावको बाबजूद पनि बिना कुनै गठबन्धन एक्लै निर्भिकता पूर्वक चुनाव लडेर सहाशिक प्रदर्शन गरी संगठनको विजारोपन गर्न सफल हुनु सराहनीय विषय रहेको ठहर गर्दै यस्तो विषमरसंवेदनशील परिस्थितिमा आजपाप्रति विश्वास गरी मतदान गर्नुहुने सम्पूर्ण मतदाताहरुप्रति आभार व्यक्त गरेको छ ।१८ मे मा अन्तर्राष्ट्रीय मजदूर दिवसलाई पार्टीको केन्द्रीय कार्यालयमा एक औपचारिक कार्यक्रम गरि मनाउने निर्णय गरेको छ । पार्टी र जनसंगठनका कार्यहरुलाई व्यवस्थित गर्ने, निर्णय भएको आजपा केन्द्रीय कार्यालयले जनाएको छ ।

वैशाख १३ सुनसरी

सुनसरी प्रहरीले बुधबार एकै दिन २२ जना फरार प्रतिवादीहरु पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीबाट विशेष टोली गठन गरी फरार प्रतिवादीहरु पक्राउ अभियानअन्तर्गत बुधबार एकै दिन २२ जना फरार प्रतिवादीहरु पक्राउ गर्न सफल भएको प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

पक्राउ परेकाहरु अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना तोकिएका प्रतिवादीहरु रहेको प्रहरी उपरीक्षक ढकालले बताए । पक्राउ परेका सबैलाई बुधबार नै अदालतसमक्ष बुझाइएको छ । चालु आर्थिक वर्ष २०७९–८० मा अदालतबाट कैद तथा जरिवाना तोकेका ३ सय ३७ जना विभिन्न मुद्दाका फरार प्रतिवादीहरूलाई पक्राउ गर्न सफल भएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

सुनसरी प्रहरीले र फरार प्रतिवादीहरू पक्राउ गर्न विशेष टोली बनाएर अभियान नै चलाइरुहेको ढकालले बताए ।

काठमाडौं, १३ वैशाख

कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

आज ४ सय ९४ पीसीआर र १ हजार १४० गरी कुल १ हजार ६३४ नमुना परीक्षण गरिएको थियो । हाल देशभर सक्रिय संक्रमितको संख्या ३६१ रहेको छ । देशभर आईसीयूमा ५ र भेन्टिलेटरमा १ जना कोभिड संक्रमित उपचाररत छन् ।

काठमाडौं, १३ बैशाख । जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा–२ वाट बिजयी उपेन्द्र यादवलाई शुभकामना तथा बधाई दिएका छन ।

गत बैशाख १० गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बारा–२ वाट बिजयी जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवलाई राउतले बधाई दिएका हुन ।

‘जसपाका अध्यक्ष श्री उपेन्द्र यादवज्यूलाई बारा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं- २ को उपनिर्वाचनमा विजयी हुनु भएकोमा उहाँलगायत जसपाका सम्पूर्ण नेता, कार्यकर्ता र शुभचिन्तकहरूलाई हार्दिक बधाई,’ राउतले सामाजिक सञ्जालवाट बधाई दिदै भनेका छन, ‘जनमत पार्टीलाई मतदान गर्नुहुने र अगाध माया दिनु  हुने सम्पूर्णमा कोटिकोटि प्रणाम ।’

बारा–२ मा जसपा नेपाल र जनमत पार्टी मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका थिए । जसपाका यादव २८ हजार ४१५ मतले बिजयी भए भने जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा २३ हजार ३३४ मतसहित दोस्रो स्थानमा रहन पुगे ।

काठमाडौं, १३ बैशाख । भारी मतले बिजयी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चौतर्फी प्रहार र लाञ्छानाको जवाफ चितवन–२ ले दिएको बताएका छन ।

फराकिलो मतअन्तरले बिजयी भए पछि लामिछानेले जिम्मेवारी थपिएको जनाउँदै सत्कर्मले विश्वासको गुन तिर्ने प्रतिबद्धतासमेत उनले बताएका छन् ।

‘चितवन– २ सहित देशैभर गर्नुपर्ने काम धेरै छन्। तपाईंहरुकै भर र समर्थनमा विशेषतः राजनीतिलाई भूइँमान्छेसँग जोड्न र मुलुकलाई समृद्ध बनाउने अभियानका अबरोध तोड्न इमानका साथ लागिरहेने छु,’ मतदातालाई धन्यवाद दिदै लामिछानेले भनेका छन, ‘चौतर्फी प्रहार र लान्छनाको जवाफ चितवन–२ का मतदाताले दिनुभएको छ।’उप निर्वाचनवाट राष्ट्रिय स्वतन्त्र पार्टीप्रति व्यक्त भएको जनमतले थप गम्भीर, जिम्मेवार र नागरिक मैत्री बन्न उत्प्रेरित गरेको उनको भनाई छ ।

व्यक्तिगत प्रतिशोधका लागि मतदाताको विवेक र जनमतको धज्जी उडाउने खालका टिप्पणी नगरिदिन प्रतिस्पर्धी दलका उम्मेदवार र तिनका कार्यकर्ता समक्ष लामिछानेले आग्रह गरेका छन्।

काठमाडौं, १३ बैशाख । पुर्व मन्त्री मिनेन्द्र रिजालले उपनिर्वाचनले नेपाली कांग्रेसलाइ चरित्र र गतिशिलता पुनर्स्थापित गर्नुपर्ने सन्देश दिएको बताएका छन ।

बैशाख १० मा सम्पन्न उपनिर्वाचनमा कुनै पनि क्षेत्रमा कांग्रेसले  बिजयी हासिल नगरे पछि कांग्रेस नेता रिजालले पार्टीकाे चरित्र र गतिशिलता पुनस्थपित गर्नुपर्ने सन्देश जनाएका हुन ।

‘सम्पन्न उपनिर्वाचनमा रास्वपा नेता रवि लामिछाने र डा. स्वर्णिम वाग्लेलाई प्रत्यय प्रद विजय, जसपा नेता उपेन्द्र यादवलाई प्राप्त सफलताकालागि हार्दिक बधाई र सफल प्रतिनिधि सभा कार्यकालको शुभकामना’ रिजालले सामाजिक सञ्जालमा लेखेका छन, ‘हाम्रा लागि कांग्रेसको चरित्र र गतिशिलता पुनर्स्थापित गर्नुपर्ने अपरिहार्य सन्देश प्रष्ट छ।’

रौतहट,बैशाख १२ गते 
रौतहट जिल्लाका मध्य भाग गरुडामा सुविधा सम्पन्न पाटी पैलेस सञ्चालनमा आएकोछ ।
सो ए एन प्लाजा पाटी पैलेसमा एक हजार जना अटाउने क्षमताको एसी हल , १४ वटा एसी वेड रुम र एसि फैमिलि रेष्टुरेन्ट सहित सञ्चालनमा आएको हो । एक करोड रुपैयाको लगानीमा पाटी सञ्चालन भएको सञ्चालकद्वय अरविन्द जयसवाल र नागेन्द्र यादवले बताए ।
गरुडा सहित वरिपरिका ८ र ९ वटा नगरपालिका तथा बसोवास गर्ने जनतालाई सहजताका साथ सेवा दिने उदेश्यले पाटी पैलेस सञ्चालनमा ल्याएको सञ्चालकले बताए ।
जिल्लाका औद्योगिक नगरीको रुपमा पहिचान स्थापित गरेको गरुडामा आफुहरुले केही नया कुरा दिउ भनि उदेश्यका साथ पाटी पैलेसमा लगानी गरेको उनिहरुले दाबी गरेका छन ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।