२०८३ श्रावण २९
२०८३ श्रावण २९

भक्तपुर, २६ फागुन ।

भक्तपुर युवा टिम गोल्मढी भक्तपुरको आयोजनामा भइरहेको तेश्रो भक्तपुर कप फुटवल प्रतियोगिताको फाइनलमा पाण्डुबजार फ्रेण्डशिप क्लव पाण्डुबजार भक्तपुर र सामाजिक युथ क्लब भिड्ने भएका छन्। सेमिफाइनल खेलबाट झौखले युनाइटेडलाई हराई पाण्डुबजार र बी आर ब्रडर्सलाई हराई सामाजिक युथ क्लव फाइनलमा प्रवेश गर्न सफल भएको हुन्।

प्रतियोगिताको फाइनल खेल शनिबार विहानको ११ बजे हुने जनाइएको छ। प्रतियोगिताको पहिलो हुन सफल टिमलाई नगद एक लाख २५ हजार र द्वितीय हुने टोलीलाई ६५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने जनाइको छ। प्रतियोगिता भक्तपुर नगरपालिका वडा नम्बर ७ स्थित महेश्वरी खेल मैदानमा हुनेछ।

पाण्डुबजार र झोखेल युनाइटेडबीच भएको पहिलो खेलमा पाण्डुबजारले झौखेललाई २-० गोल गरी पाण्डुबजारले फाइनलको लागि यात्रा तय गरेका थियो। दोश्रो सामाजिक युथ क्लव र वी आर व्रडर्समा १-० ले सामाजिक युथ क्लवले फाइलय प्रवेश पाएको हो।

प्रतियोगिताको पहिलो खेलमा उदयीमान खेलाडीका रूपमा पाण्डुबजारका सुसान श्रेष्ठ घोषित भए। म्यान अफ दी म्याचमा पाण्डुबजारकै इब्राहिम फोफोन घोषित भए। दोश्रो खेलमा उदयीमान खेलाडीमा वी आर ब्रडर्सका संयोग लिम्वू घोषित भए भने म्यान अफ दी म्याचमा सामाजिक युथ क्लवका ओसन राई घोषित भए।

प्रतियोगिताको प्रत्येक खेलमा उत्कृष्ट खेलाडीलाई मायाको चिनो र नगद दुई हजार तथा उदयीमान खेलाडीलाई एक हजार नगद पुरस्कार प्रदान गरिएको थियो।

प्रतियोगितामा कुल १६ वटा टिमहरूको सहभागिता रहेको थियो। त्यसमा भक्तपुर जिल्लाका ११ वटा टिमहरु रहेका थिए। भक्तपुरको भक्तपुर नगरपालिकाबाट ५ वटा, सूर्यविनायक नगरपालिकाबाट तीन वटा र चाँंगुनारायण नगरपालिबाट तीन वटा टोली प्रतिस्पर्धामा सहभागी रहेका थिए।

अयोजक टिमका अध्यक्ष केशव त्वानाबासुले प्रतियोगितामा जिल्लाको मध्यपुर थिमि नगरपालिकाबाट भने सहभागिता नरेहेको बताए। मध्यपुर थिमिमा वडा लिग भइरहेकोले त्यहाँंबाट प्रतियोगिताहरुको सहभागिता नरहेको जनाइएको छ। प्रतियोगितामा काठमाडौंको दुई, काभ्रेको दुई र ललितपुर जिल्लाबाट एउटा टोली प्रतिस्पर्धामा सहभागी रहेको जनाइएको छ।

प्रतियोगिताको उदघाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरेका थिए। पुरस्कार वितरण भने संघीय सांसद प्रेम सुवालले गर्ने कार्यक्रम तय गरिएको छ। न्युज कारखाना

आजमिति २०८० साल फागुन २६ गते तदअनुसार मार्च ९, सन् २०२४ शनिवार, कृष्णपक्षको तचतुर्दशी तिथि, धनिष्ठा नक्षत्र, सिद्द योग , मकर राशिमा चन्द्रमा, यो योगमा गरेको सम्पुर्ण कार्य शुभ हुनेछ।

अभिजित् मुहूर्त: बिहान ११:५२ देखि १२:३९ सम्म,

• काठमाण्डौमा सुर्योदय: बिहान ०६:२० बजे

• सुर्यास्त: बेलुका ०६:१० बजे

 

 

मेष 

समय मध्यम छ । ध्यान र आराम लिनुहोस्। योग र मेडिटेशन गर्नुहोस्।आर्थिक संगठन र वित्तीय योजना बनाउनुहोस्। प्रेम आत्मीयता र सहजताको साथमा संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् , विवादबाट वच्नुहोस।

 

 

• शुभ रंग: नीलो।

• शुभ अंक – ६

 

वृष

समय मध्यम छ । शारीरिक र मानसिक स्वास्थ्यको लागि समय दिनुहोस् र आराम लिनुहोस्। आर्थिक संगठन र निवेश गर्नुहोस्। वित्तीय सावधानी राख्नुहोस्। प्रेम संबंध बलियो बनाउनुहोस् र आत्मीयता र समर्थन बढाउनुहोस्। परिवारसँग धेरै समय बिताउने प्रयास गर्नुहोस्।

 

• शुभ रंग: गहू।

• शुभ अंक – ९

 

मिथुन

समय ठिक छ । ध्यान दिनुहोस् र आराम गर्नुहोस्।

धन वचत गर्नुहोस् र आर्थिक स्थिति सुधार गर्नुहोस्। साथीसँग सम्बन्ध बलियो बनाउनुहोस् र आत्मीयता देखि संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्।

 

 

• शुभ अंक – ८

• शुभ रंग : कालो

 

कर्कट 

 

समय ठिक छ। वित्तीय सावधानी गर्नुहोस् र वचत गर्नुहोस्। प्रेम संबंधमा संजीवता ल्याउनुहोस् र समर्थन प्रदान गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्।

शुभ रंग: रातो

• शुभ अंक – ९

 

 

सिंह 

समय मध्यम छ।

आफ्नो क्षेत्र व्यवस्थित बनाउनुहोस्। आर्थिक स्थिति सुधार हुन सक्छ। निवेशमा विचार गर्नुहोस्। साथीसँग आत्मीयता र समर्थन बढाउने समय हो। परिवारसँग समय बिताउनुहोस् ।

 

 

• शुभ रंग: पहेलो।

• शुभ अंक – ९

 

कन्या

समय ठिकै छ । मानसिक स्वास्थ्यको लागि ध्यान दिनुहोस् आर्थिक वचत गर्नुहोस्। प्रेम संबंध बलियो बनाउन समय दिनुहोस् । परिवारसँग आत्मियता देखाउनुहोस् ।

 

• शुभ रंग: हरियो

• शुभ अंक – ४

 

तुला

समय राम्रो छ । स्वास्थ्यको लागि समय दिनुहोस् र कार्यमा आनन्द लिनुहोस्। आर्थिक संकटहरूको समाधान हुने समय हो। वित्तीय योजना बनाउनुहोस्। प्रेम आत्मीयता र सहजताको साथमा संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूलाई समर्थन गर्नुहोस्।

 

 

 

• शुभ रंग: रातो

• शुभ अंक – ४

 

बृश्चिक 

 

समय मध्यम छ । शारीरिक र मानसिक स्वास्थ्यको लागि ध्यान दिनुहोस् र समय दिनुहोस्। आर्थिक सुधारका लागि उचित प्रयास गर्नुहोस् र बचत गर्नुहोस्। प्रेममा साथीसँग आत्मीयता र समर्थन बढाउनुहोस्। परिवारको साथमा समय बिताउनुहोस् ।

 

• शुभ रंग: निलो

• शुभ अंक – ६

 

धनु

आज समय राम्रो छ । ध्यान र नियमित व्यायाममा समय बिताउनुहोस्। आर्थिक स्थिति सुधार हुने संकेत छ। साथीसँग बिछोड नगर्ने र मनोबल बढाउने समय हो। परिवारसँग समय बिताउनुहोस् र सम्बन्ध सुधार्नुहोस्।

 

• शुभ रंग: चादी

• शुभ अंक – २

 

मकर

 

समय मध्यम छ । स्वास्थ्यमा ध्यान दिनुहोस् र निजी क्षेत्रमा आराम लिनुहोस्।आर्थिक योजना बनाउनुहोस् र निवेश गर्नुहोस्। प्रेमकालागि साथीसँग भ्रमण गर्नुहोस् र उनीसँग सम्बन्ध बढाउनुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्।

 

• शुभ रंग: वैजनी।

शुभ अंक – ९

 

 

कुम्भ

समय ठिक छ । स्वस्थ जीवनशैली अनुसरण गर्नुहोस्। आर्थिक योजना बनाउनुहोस् र निवेश गर्नुहोस्। साथीसँग संबंध विकसित गर्नुहोस् र उनीसँग समय बिताउनुहोस्। परिवारसँग समय दिनुहोला ।

शुभ रंग: रातो

• शुभ अंक – ८

 

मिन

समय मध्यम छ । आराम लिनुहोस् र शारीरिक र मानसिक स्वास्थ्यको ध्यान गर्नुहोस्। आर्थिक योजना बनाउनुहोस् र वित्तीय सम्पत्ति विकसित गर्नुहोस्। साथीसँग आत्मीयता र सहजताको साथमा संबंध बढाउनुहोस्। परिवारसँग समय बिताउदै उनीहरूको समर्थन गर्नुहोस्।

 

शुभ रंग: हरियो।

• शुभ अंक – ३

 

 

 

राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।

 

 

राशिफल लेखक युवा ज्योतिष जनक खड्का, वैदिक ज्योतिषका विज्ञ मानिन्छन् उनि ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्।

न्युज कारखाना

फागुन २५ वीरगंज ।

चितवनमा भएकाे सवारी दुर्घटनामा वीरगन्जका एक पुरुषकाे मृत्यु भएकाे छ।मृत्युु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ४० बर्षिय अमरदेव महताे रहेका छन्। चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ७ प्रेमबस्तीस्थित सडकमा बिहीबार राति पाैने १२ बजेतिर नम्बर नखुलेको बाेलेराे गाडीले ना.१७ प ७३१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महताेकाे मृत्युु भएकाे हाे।

वीरगन्ज-३ छपकैयाका स्थानीबासी महताे भरतपुरकाे प्रेमबस्तीमा डेरा गरी बस्दै आएका थिए।उनले घर बनाउने मिस्रीकाे काम गर्ने गर्थे।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान डेढ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। ठक्कर दिने सवारी साधनको खोजी भइरहेको प्रहरीको भनाई छ ।न्युज कारखाना

महोत्तरी, २६ फाल्गुन ।

नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको १२औं राष्ट्रिय विस्तारित भेला बर्दिवासमा सुरु भएको छ।

सम्पूर्ण नेपालीका लागि वैज्ञानिक, व्यवहारिक र समावेशी संघीय सिक्षा, आदिवासी विश्वविद्यालय स्थापनार्थ उक्त भेला सुरु भएको केन्द्रीय समितिले जनाएको छ।

२६ र २७ गते हुने भेलाले पहिचानको बिषयमा समेत छलफल र अन्तरक्रिया गर्ने केन्द्रिय अध्यक्ष चित्र बहादुर पुलामीमगरले जानकारी दिए।

अहिले बिश्वविद्यालयले नेपाली मौलिकतालाई विर्साउने विदेशी सिक्षालाई अवलम्बन गरेको बताउँदै ३७ प्रतिशत आदिवासी, जनजातिको भाषाको विश्वविद्यालय स्थपना गर्न राज्य तयार हुनुपर्ने अध्यक्ष पुलामीमगरको भनाई छ।

उपसभामुख इन्दिरा रानामगरको प्रमुख आथितित्वमा हुने भेलामा देशैभरीवाट झण्डै १ हजार प्रतिनिधि भेला हुने आँकलन गरिएको छ।

कार्यक्रमको पुर्वसन्ध्यामा सांस्कृतिक र्‍याली सहितको झाकि पर्दसन, उदघाटन भब्य समारोह, प्रशिक्षणात्मक अन्तरक्रिया, स्थापना दिवसको अवसरमा विश्वविद्यालय स्थापनाको बहस र बन्दसत्रको कार्यसूचि रहेको विद्यार्थी संघ केन्द्रिय समितिले जनाएको छ।

गोरखाको लिगलिगकोटमा मगर राजा मान सिंह खडक मगरलाई षड्यन्त्रपुर्वक हत्या गरि राज्य सत्ता खोसिएसगैँ मगर राज्यको इतिहास समाप्त भएको बताउँदै मगरात स्वायत्त राज्यको विषयमा समेत बहस पारम्भ गरिने उपाध्यक्ष बिष्णु वहादुर पुलामीमगरले बताए।

भेलामा १ बर्षदेखी भएका कामहरुको समीक्षा गरिने छ भने आगामी माहाअधिबेशन समेत निर्धारण गरिने बताइएको छ।

२०७८ सालको जनगणना अनुसार आदिवासी जनजाती मध्ये सवैभन्दा बढी जनसंख्या मगर समुदायको नै देखिएको छ। पछिल्लो तथ्यांकअनुसार २० लाख ४१ हजार ५ सय ७८ जनसंख्या मगरको नै रहेको छ।

भेलाको अर्को  उद्देश्य यही जनसंख्या भित्र बोलिने  तीन भाषा मध्ये लोपोन्मुख अवस्थामा रहेको ढुट, खाम र काईके भाषाको संरक्षण गर्नुपनि रहेको आयोजक पक्षको भनाई छ।न्युज कारखाना

 राकेश यादव,राैतहट, २५ फाल्गुन।

भारतीय फ़िल्म जगतका चर्चित सुपरस्टार अभिनेता गोबिन्दा आहूजाले आमा बुवालाइ सधै माया स्नेह र सम्मान गर्नु पर्ने बताएका छन ।

No description available.

रौतहट जिल्लाको मौलापुर नगरपालिकाले महाशिव रात्रीको अवसरमा आयोजना गरेका मधानी महोत्सव २०८० को उदघाटन समारोहमा सहभागी हुन आएका बॉलीबुडका अभिनेता गोबिन्दाले आमा बुवा भन्दा ठूलो कोही नभएकोले आदर र सम्मान गर्नु पर्ने सुझाव दिएका हुन । नारी दिवसको सम्पूर्ण नारीलाइ सम्वोधन गर्दै अभिनेता गोविन्दाले भने नारी न भए संसारको विकास नै नहुने भएकोले महिलालाइ उच्च सम्मान गर्नु पर्छ ।

No description available.

मौलापुर नगरपालिकाले छोरीको विवाहमाँ गर्दै आएको सहयोगको सराहना गर्दै उनले भने नगरपालिकाले निशुल्क विजुली ,पानी ,कर जनतालाइ उपलब्ध गराएको कार्य राम्रो हो । १४ वर्षको उमेर देखि २१ बर्ष सम्म भगवान कृष्णको पूजा गर्दा आफु गोबिन्दा भएको स्मरण गराउदौ आफ्नो कर्म गर्दै गए गोविन्दा बन्नू हुन्छ भने विश्वास व्यक्त गरे ।

No description available.

५ वटा गीत गाउँदै बिदा भएका गोविन्दाले मौलापुर नगरपालिकाका मेयर रीना साह र प्रतिनिधि सभा सदस्य प्रभु साहको कारण मौलापुर आउन पाएकोमा हर्षित भएको बताए । मैले सोचेको थिएन यो ठाउमा आउछु उनले भने महादेवको कृपा र प्रभु साह तथा रीना साहको आग्रहमा आऊंन पाए धेरै ख़ुशी छू !

No description available.

मौलापुर नगरपालिकाले पुरातात्विक महादेव मन्दिरलाइ विश्व सम्पदाको सूचीमा सूचीकृत गराउने उदेश्यले २०७६ साल देखि मधानी महोत्सव आयोजना गर्दै आएका छन ।

No description available.

मधानी महोत्सवलाइ सफल बनाउनका लागि भारतीय कलाकार , स्वदेशी कलाकार तथा स्थानीय कलाकारलाइ बोलाउने गरेको छ ।

No description available.

महंगो पारिश्रमिक लिएर महोतस्वमाँ आएका गोविन्दालाइ हेर्नको लागि रौतहट ,बारा, र सर्लाही जिल्लाबाट दर्शक हरु आएका थिए ।

No description available.

गोबिन्दाको साथै भोजपुरी गीतकार बिनय बिहारी , नेपाली चलचित्र का नायक पल शाह , दिनेश डीसी , लगायतका कलाकारले आ आफ्नो प्रस्तुति देखाएका छन ।

फागुन २५ वीरगंज ।

आज भगवान शिवको पुजा आराधना गरी आज देशभरि महाशिवरात्री पर्व मनाइँदैछ। फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाअराधना गरी मनाइँदै छ।

शिवरात्रीको अवसरमा वीरगंजमा रहेको शिवालयहरुमा पनि बिहानै दर्शनार्थीको घुइचो लागेको छ। वीरगंजको अलखिया मठ, चिनिमिलमा रहेको पशुपतिनाथ, ईटियाहीमा रहेको शिवमहादेव मन्दिर, बौद्धिमाई मन्दिरलगायतको शिवालयमा दर्शनार्थीहरुको भिड लागेको छ।

पशुपतिनाथ मन्दिरमा बिशेष भिड

चिनिमिल पिपरामा रहेको पशुपति मन्दिरमा बिहानै देखि दर्शनार्थीहरुको भिड लागेको छ। मन्दिर व्यवस्थापन समितिले दर्शनार्थीको लागि नि:शुल्क प्रसाद वितरण गरिरहेको  छ। यसका साथै मन्दिर व्यवस्थापन समितिले भाँग खाने दर्शनार्थीको लागि नि:शुल्क भाँगको पनि व्यवस्था गरिएको जनाएको छ।

महाशिवरात्रीको अवसरमा आज साँझ मन्दिर परिसरमा महा आरती र धुनी जगाउने कार्यक्रम रहेको मन्दिर व्यवस्थापन समितीका सदस्य बाबुनन्द पटेलले जानकारी दिए। ‘आज दिनभरि नै प्रसाद बितरण गर्ने कार्यक्रम छ, राती महाआरती र धुर्नी जगाई रातीभरी पुजापाठ गर्ने कार्यक्रम छ,’ सदस्य पटेलले भने।

यसैगरी मन्दिर परिसरमै नेपाल बजरंग दलको आयोजनामा २४ घण्टे अखण्ड अष्टजाम पनि भइरहेको छ। हरे शिव हरे शिव शिव शिव हरे हरे मुलमन्त्र जाप गर्दे २४ घण्टे अखण्ड अष्टजाम भइरहेको राष्ट्रिय बजरङ्ग दल वीरगंज महानगर कमिटीका अध्यक्ष नितेश पटेलले जानकारी दिए। न्युज कारखाना

काठमाडौं, २५ फागुन ।

छोराको हत्या गरेको आशङ्कामा पर्सा प्रहरीले आमाबुबालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सिर्सिया नदी छेउ स्मसानघाटमा गाडिएको अवस्थामा १२ वर्षीय बालक दिलीप मण्डलको शव निकालेको हो। प्रहरीले अनुन्धानका लागि बुबाआमालाई पक्राउ गरेको छ।

आमाबुबा वीरगञ्ज महानगरपालिका–१२ मुर्लीका शम्भु महतो धानुक र उनकी श्रीमती सबतादेवीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमारविक्रम थापाले जानकारी दिए।

शव परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको छ। बालकको मृत्युबारे कसैलाई जानकारी नगराई अन्त्येष्टिस्थलमा छोरा गाडेको सूचना पाएपछि खटिएको प्रहरीले खाल्डोबाट शव निकालेको डीएसपी थापाले बताए।न्युज कारखाना

 

काठमाडौं।

आजबाट शुक्रवारबाट प्रदर्शनमा आएको नायिका रेखा थापाको फिल्म उपहारले दर्शकको उल्लेख साथ पाएको छ ।


फिल्मको उत्कृष्ठ टेलर र रेखाको लामो सयमपछि फिल्म  आएकै कारण पनि पहिलो दिनमै उल्लेख माया र दर्शकको साथ पाएको हो ।

चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजाले  भने, हलहलमा फिल्मले दर्शक तान्न सफल भएको छ, यो खुसीको कुरा हो ।’

 

विशेषतः फिल्मलाई सबै बर्गले  वर्गले रुचाएका छन । रेखा र मुकुनको जोडीको तारिफ भएको छ ।

 

काठमाण्डौंका अधिकासं जसो हल हाउसफुल रहेको निर्माण पक्षले बताएको छ । अष्टनारायण लबिम मल, बीग मुभिजमा चलचित्रले पाएको काठमाण्डौ बाहिरका चितवन, पोखरा, बुटवल, दमक, विर्तामोड, धरान, इटहरीमा पनि दर्शकको उपस्थिति आक्रामक देखिएको निर्देशक ज्ञानेन्द्र देउजाले जानकारी बताए ।


आर्थिक मन्दिका बाबजुद पनि दर्शकहरु चलचित्र हेर्न आउनु सुःखद् कुरा हो, निर्देशक देउजा थप्छन ‘चलचित्रलाई दर्शकले मन पराउनुभएको छ, हामी सम्पुर्ण चलचित्र टिम खुसी छौं ।’ फिल्मका कार्यकारी निर्माताबलराम शाही ठकुरीले दर्शकको साथप्रति कृतज्ञ रहेको बताए । उनले धेरै समयपछि दर्शकलाई राम्रो  चलचत्रि दिन सफल भएको महसुस भएको बताए ।

यो चलचित्रले समसामयिक विषयवस्तुलाई निकै नै रमाइलो तरिकाले उठाएको छ । फिल्मको  पहिलो हाफमा कमेडी भरपूर छ । दोस्रो हाफमा भने गम्भीरतालाई केन्द्रमा राखिएको छ ।


ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्र ‘उपहार’मा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पण जंग कार्की, शिशिर राणा, सुष्मा कार्की लगायतका कलाकारको अभिनय छ ।न्युज कारखाना

मोरङ, २५ फागुन ।

मोरङको पथरीशनिश्चरेमा लोकसेवा तयारी कक्षा सुरु भएको छ ।

 

वडा नं. ३ र २ को आर्थिक सहयोगमा प्रफेक्ट मल्टिपल इन्ष्टिच्युट प्रा.लि.ले तयारी कक्षा थालेको प्रा.लि.का सञ्चालक युवराज चौलागाईले जानकारी दिए ।

 

वडा नं. ३ ले वार्षिक बजेटमा नै कार्यक्रम राखेर वडाका ३० जना युवाहरुलाई तयारी कक्षा गराइरहेको छ ।

 

वडाले अन्य थुप्रै तालिमहरु गारएको र यसवर्ष लोकसेवा तयारी गराएर युवालाई स्वदेशमै सरकारी जागिरमा प्रोत्साहन गर्न बजेट तथा कार्यक्रम राखिएको वडाध्यक्ष बिजय लिम्बुले बताए ।

 

यता वडा नं. २ ले भने लक्षित वर्ग अन्तर्गत महिला लक्षित कार्यक्रमको बजेटबाट लोकसेवा तयारी कक्षामा लगानी गरेको छ । वडाका १३ जना महिलालाई लोकसेवा तयारी गराएर सरकारी जागिरमा प्रोत्साहन गरेको वडा सदस्य चन्द्र कुमार राईले बताएका छन् ।

 

६० दिनसम्म सञ्चालन हुने तयारी कक्षामा वडा नं. ३ को २ लाख ३३ हजार, वडा नं. २ को ९९ हजार र प्रा.लि.को २५ प्रतिशत साझेदारी रहेको छ ।

२०७६ सालदेखि निरन्तर लोकसेवा, शिक्षक सेवा तथा अन्य भाषाका कक्षाहरु समेत सञ्चालन गरिरहेको प्रफेक्टले वार्षिक रुपमा थुप्रै विद्यार्थी पास गराउदै आएको छ ।

 

वडामा रहेका अतिविपन्न परिवारका, सरकारी जागिरमा चासो राख्नेहरुलाई निःशुल्क कक्षामा सहभागी गराउने गरेको चौलागाईले जानकारी दिए ।न्युज कारखाना

काठमाडौं, २५ फागुन ।

युट्युबरबाट बक्सर बनेका जेक पलले माइक टाइसनसँग भिडन्त गर्ने भएको  छ।

 

आगामी जुलाई २० मा एक प्रदर्शनीका बिचमा उनले बक्सिङ खेलका हेवीवेट लिजेन्ड माइक टायसनको सामना गर्ने तयारी गरेका हुन ।

 

यो कार्यक्रम नेटफ्लिक्समा विशेष रूपमा प्रसारित हुनेछ  । ८० हजार सिट क्षमताको एटी  एन्ड एट स्टेडियम, टेक्सासको अर्लिङ्टनमा आयोजित हुनेछ।

‘आयरन माइक, ५७ अन्तिम पटक जुन २००५ मा व्यावसायिक रूपमा भिडन्तमा उत्रिएका थिए ।  ५०–६ क्यारियर रेकर्ड भएका उनले ४४ जीतहरू नकआउटको माध्यमबाट हासिल गरेका थिए ।

 

पूर्व विश्व हेवीवेट च्याम्पियन टाइसन इतिहासमा उत्कृष्ट बक्सरहरू मध्ये एक मानिन्छन।न्युज कारखाना

ताजा अपडेट

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी,  काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।  बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ ।  बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।  बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ ।  निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ ।  बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ ।  यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ । निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ । बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ । यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।