काठमाडौं, १ चैत ।
सर्वाेच्च अदातलमा लिभिङ टुगेदरलाई वैधानिकता दिन माग गर्दै रिट परेको छ ।
अधिवक्ता अनु भट्टराईले लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट दायर गरेकी हुन् । नेपालमा लिभिङ टुगेदरलाई कानुनी मान्यता दिएको छैन ।
कानुन बमोजिम सक्षम र योग्य व्यक्तिहरु लिभिङ टुगेदरमा बस्न पाउने गरी तत्काल कानुनी व्यवस्था गर्न अधिवक्ता भट्टराईले रिटमा परमादेश माग गरेकी छन् ।
१८ वर्षमाथिका जुनसुकै उमेर समूहका तर अविवाहितहरु, डिभोर्सीहरु, विधुवाहरु र अन्य जुनसुकै कारणले एकल जीवन व्यतित गरिरहेका महिला तथा पुरुषलाई मात्र लिभिङ टुगेदरमा बस्न कानुनी रुपमा योग्य ठहर गर्नुपर्ने रिटमा माग गरिएको छ ।
उक्त रिटको ४ चैतमा सुनुवाइको मिति तोकिएको छ ।न्युज कारखाना
काठमाडौं, १ चैत ।
रामेछाप–काठमाडौं पत्रकार समाजले काठमाडौंमा फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ । रामेछापबाट काठमाडौं उपत्यकामा आएर विभिन्न पेशा, व्यवसायमा संलग्न तथा संघ–संस्थामा आबद्ध जिल्लाबासीहरुलाई लक्षित गरी चैत १० गते शनिबारदेखि ‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’ गर्न लागेको संस्थामा अध्यक्ष दीपेन्द्र गुरुङले जानकारी दिए ।
उनका अनुसार कपअन स्पोर्टस् सेन्टर बालुवाखानी कपनमा हुने प्रतियोगितामा व्यक्तिगत एवं संस्थागत रुपमा रामेछाप जिल्लाबासीले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा ८ जनासम्म खेलाडी सहभागी हुन पाउनेछन् ।
प्रतियोगितामा विजेतालाई प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगदसहित शिल्ड पुरस्कार रहेको रामेछाप–काठमाडौं पत्रकार समाजका उपाध्यक्ष यसिमा महतले जानकारी दिइन् । उनले भनिन्,‘रामेछाप जिल्लाबाट काठमाडौं उत्पयकामा रहेका व्यक्ति तथा संस्थालाई लक्षित गरी फुटसल प्रतियोगिताको आयोजना गरिएको हो । यसपटक पुरस्कार राशी पनि अघिल्लोपटक भन्दा दोब्बर बनाएका छौं ।’ उपाध्यक्ष महतले रामेछाप जिल्लाबाट काठमाडौं उत्पयकामा रहनुभएको व्यक्ति तथा संस्थालाई लक्षित गरी फुटसल प्रतियोगिताको आयोजना गरिएको बताइन् ।
प्रतियोगिताका लागि टीम दर्ता हुनेक्रम सुरु भइसकेको समाजका सदस्य सुवास सुनुवारले जानकारी दिए । ‘हामीले टीम दर्ता सुरु गरिसकेका छौं । यो प्रतियोगिता मात्र नभई रामेछापबासीबीच आपसी सद्धाव बढाउने र खेलप्रति प्रोत्साहन गराउने उद्देश्यले आयोजना गरेका हौं । यसपटक पनि रामेछापका युवा खेलाडीको उत्साहजनक सहभागिता हुने आशा गरेका छौं,’ उनले भनिन्, ‘चैत ९ गतेभित्र टीम दर्ता गराइसक्नुपर्नेछ ।’
यसअघि लिखु भुजी युवा क्लब रामेछापलाई ट्राइब्रेकरमा २–० ले पराजित गर्दै अनेरास्ववियुले प्रथम रामेछाप कप फुटसलको उपाधि जितेको थियो । तेस्रो स्थानका लागि भएको खेलमा महाकाली युवा क्लबलाई २–० ले पराजित गर्दै डाइनामिक युथ तेस्रो भएको थियो ।
गत संस्करणमा विजेतालाई प्रथम, द्वितीय र तृतीयलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार राखिएको थियो । अघिल्लो संस्करणमा जिल्लाका २७ टोली सहभागी भएका थिए । रामेछाप–काठमाडौं पत्रकार समाज रामेछापबाट काठमाडौं उपत्यकामा आएर पत्रकारिता कर्ममा सक्रिय पत्रकारहरुको साझा संस्था हो । संस्था जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता रहेको छ ।न्युज कारखाना
काठमाण्डौं, १ चैत ।
आगामी वैशाखमा हुने लगानी सम्मेलनमा स्वीट्जरल्याण्डबाट उल्लेख्य मात्रामा लगानीकर्ता नेपाल आउने भएका छन् ।बिहीबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँगको शिष्टाचार भेटमा नेपालका लागि स्वीस राजदूत डेनिएल मेउलीले लगानी सम्मेलन सफल पार्न स्वीटरजरल्याण्डका तर्फबाट सबै प्रकारको सहयोग रहने बताइन् । दूतावासले नेपालको लगानी सम्मेलनमा सहभागी हुन आग्रह गरेको र स्वीट्जरल्याण्डको निजी क्षेत्र नेपालमा लगानी भित्र्याउन इच्छुक रहेको जानकारी उनले दिइन् ।
‘नेपालमा क्रमशः लगानीको वातावरण बन्दै गएकाले हामीले हाम्रा निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई नेपालमा लगानी ल्याउन भनेका छौं’, उनले भनिन्, लगानी सम्मेलनमा स्वीट्जरल्याण्डका व्यवसायीको उत्साहपूर्ण सहभागिता रहने जानकारी गराउन चाहन्छु ।’ उनका अनुसार लगानी सम्मेलन अगाडि नै सकिने सम्भाव्य लगानीका क्षेत्र पहिल्याउन आगामी साता स्वीट्जरल्याण्डबाट ‘वित्तीय विकासका लागि संयुक्त मिसन’ नेपाल आउँदैछ । मिसन टोलीले सरकारी अधिकारीहरुका साथै नेपालको निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने तय भएको छ ।
आगामी २३ अगष्टमा स्वीस ग्लोबल इन्टर प्राइजेजका तर्फबाट पनि प्रतिनिधि मण्डल नेपाल आउने तयारीमा रहेको जानकारी राजदूत डेनिएलले दिइन् । उक्त टोलीले नेपालको निजी क्षेत्रसँगको सहकार्यमा आयात–निर्यातसम्बन्धी क्षेत्रमा सहकार्यको चाहना राखेको उनको भनाइ थियो ।
यस्तै राजदूत मेउलीले आफूहरुसँग विमानस्थल व्यवस्थापनसम्बन्धी राम्रो अनुभव भएकाले नेपालका विमानस्थल व्यवस्थापनमा चासो रहेको समेत बताइन् । उनले ट्रेल बेस टुरिज्म र कोशी प्रदेशका पालिकाहरुमा राजश्व परिचालनसम्बन्धी पाइपलाइनमा हरेका स्वीस परियोजनाका काम मन्त्रालयका तर्फबाट छिटो अघि बढाउन मन्त्री पुनलाई आग्रह गरिन् ।
मन्त्री पुनले स्वीटजरल्याण्ड नेपालको पुरानो मध्येको एक महत्वपूर्ण विकास साझेदार रहेको तथा द्विपक्षीय सम्बन्ध सुमधुर रहँदै आएको चर्चा गरे । आगामी दिनमा समेत सम्बन्ध थप राम्रो हुँदै जाने विश्वास उनको थियो । मन्त्री पुनले पर्वतीय पर्यटन, ऊर्जा तथा प्रविधिका क्षेत्रमा लगानी गर्नका लागि स्वीट्जरल्याण्डका लगानीकर्तालाई आग्रह गरिदिन भने । पुनले लगानी सम्मेलनमा उल्लेख्य सहभागिता जनाउने प्रतिबद्धताका लागि धन्यवाद दिँदै त्यसअघि नै लगानीको वातावरण बनाउने गरी संसदबाट कानून संशोधनको काम गर्न चाहेको जानकारी दिए । उनले सरकारले कानूनी र व्यवहारिक रुपमा लगानीको वातावरण बनाउने मात्र नभई लगानी सुरक्षाको समेत ग्यारेण्टी गर्ने उनको प्रतिबद्धता थियो ।
‘मैले निजी क्षेत्रका प्रतिनिधिहरुसँग लगानीको भरपर्दो वातावरण बनाउने र लगानी सुरक्षाको ग्यारेण्टी गर्ने वातावरण बनाउनुस् । लगानीको सुरक्षा गर्न सरकार प्रतिबद्ध छ भनेको छु’, उनले भने, ‘१२ वर्षअघि पनि अर्थमन्त्री भइसकेका कारण मप्रति निजी क्षेत्रको पनि विश्वास र भरोसा छ ।’ पुनले आर्थिक रुपमा केही दबाबमा रहेको तथा निजी क्षेत्र पनि संकटमै रहेको भन्दै सरकार, निजी क्षेत्र, विकास साझेदार र दातृ निकायबीचको समन्वयमा अर्थतन्त्रका चुनौती सामना गर्न सक्षम हुने विश्वास व्यक्त गरे । उनले राजदूत मेउलीलाई नेपालमा क्रमशः लगानीमैत्री वातावरण बन्दै गएको सन्देश अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रेषित गरिदिन आग्रह गरे ।
आगामी बजेटमा शान्ति कोषको व्यवस्था गरिने
राजदूत मेउलीसँगको भेटमा अर्थमन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ मा संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुंगो लाग्ने जानकारी दिए । आफू विगत १५ वर्षभन्दा अघिदेखि नै संक्रमणकालीन न्यायसम्बन्धी काममा संलग्न रहेको विषयमा अन्तर्राष्ट्रिय समुदायसमेत जानकार रहेको बताए ।
बजेटमा आफूले संक्रमणकालीन न्यायसँगै पीडितका लागि उपलब्ध गराइने परिपूरणका लागि शान्ति कोषको व्यवस्था गर्न लागेको भन्दै त्यसमा सहयोग गर्न मेउलीमार्फत स्वीस सरकारलाई आग्रह गरे ।
‘हामीले अमेरिका, बेलायतसहित विभिन्न मुलुकसँग सहयोगको प्रस्ताव राखेका छौं । सबैतिरबाट सकारात्मक प्रतिक्रिया आएको छ । स्वीस सरकारको तर्फबाट पनि यसमा महत्वपूर्ण सहयोग हुनेछ भन्ने अपेक्षा हामीले लिएका छौं ।’न्युज कारखाना
काठमाडौं, १ चैत ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी र यस प्रकणमा जोडिएकालाई उन्मुक्ति दिनेलाई कानुनी दायरामा ल्याउने बताएका छन् ।
सुन तस्करीबारे छानबिन गर्न बनेको पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वको आयोगले बिहीबार बुझाएको प्रतिवेदन बुझ्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणको दोषी जोसुकै भए पनि कानुनी कारबाही गरिने बताए ।
छानबिन समितिको प्रतिवेदनअनुसार दोषीहरुलाई कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ ।
सुन तस्करीमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङसँग सम्पर्क भएका कर्मचारी र प्रहरीबारेको डिजिटल फरेन्सिक ल्याबको रिपोर्ट आयोगले अध्ययन गरेको थियो । सुन तस्करी प्रकरणमा सीआईबीले कागज गराएर छाडेका २१ जनालाई आयोगले बयान गराएको थियो ।न्युज कारखाना
पर्सा, १ चैत।
वीरगञ्जसँग जोडिएको भारतीय सहर रक्सौलमा नेपाल भारतका सुरक्षा अधिकारीसहितको दुईपक्षीय बैठक बसेकाे छ।
भारतमा हुन गइरहेको निर्वाचनलाई लक्षित गरेर भएको बैठकमा दुई देशका सुरक्षा अधिकारीसँगै विभिन्न क्षेत्रमा आवद्ध केही स्थानीय बुद्धिजीवीलाई पनि समेटिएको थियो।
बैठकमा दुई देशमा शान्ति सुरक्षा अमन चयन कायम राख्न, आपराधिक क्रियाकलाप रोक्न, लागुऔषध तस्करी नियन्त्रण गर्न एक अर्कालाई सहयोग गर्ने सहमति भएको छ।
त्यस्तै मानव बेचबिखन, प्रतिबम्धित सामान तस्करी, अवैध हातहतियार तथा मदिराजन्य पदार्थको ओसार पसारमा निगरानी गर्ने सहमति भएको नेपाली सुरक्षा अधिकारीले बताएका छन्।
बुधवार अबेरसम्म चलेको बैठकमा भारतीय सीमासुरक्षा बल एसएबी फोर्सका आईजीपी पंकज दरादले नेपाल–भारतमैत्री सम्बन्ध सुमधुर बनाउन एसएसबी फोर्स सदैव सकारात्मक रहेको बताएका थिए।
मितेरी पुलमा राखिएको चेकपोस्टका कारण नेपालतर्फ भएको कठिनाईलाई मध्यनजर गरेर हटाउन लगाएको बताउँदै कठिनाइको लागि आत्मआलोचना गरेका थिए।
भारतमा हुनगइरहेको लोकसभाको निर्वाचनलाई लिएर सुरक्षा व्यवस्था दुरुस्त राख्न नेपालको तर्फबाट पूर्ण सहयोग हुने उनले विश्वास ब्यक्त गरेका थिए। उनले वीरगञ्ज रक्सौलको सीमा क्षेत्रमा सहायता कक्ष स्थापना गरिने, जसले नेपाल आउनेजाने सर्वसाधारणलाई सहयोग पुग्ने हुने जानकारी दिएका थिए।
बैठकमा भारतको तर्फ बाट सशस्त्र सीमा सुरक्षा बलका आईजिपी दरादका साथै उपमहानिरीक्षक एस सुब्रमण्यम, कमान्डेन्ट विकास कुमार, कमान्डेन्ट एनएस मेहरा, द्वितीयक कमान अधिकारी सुन्दरम, उपकमान्डेन्ट दीपक कृष्णा, वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्य दूत शैलेन्द्र कुमार, सुरेश पट्ट, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी कुमोध ढुङ्गेल, पर्साका सशस्त्र प्रहरीका डिएस्पी सङ्गम श्रेष्ठ, ग्रिन सिटी सामुदायिक केन्द्र वीरगञ्जका अध्यक्ष जयप्रकाश खेतान, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवाल लगायतको सहभागिता रहेको थियो ।न्युज कारखाना
काठमाडौं, १ चैत ।
सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ ।
बिहीबार आयोगका अध्यक्ष एवम् पूर्वन्यायाधीश डिल्लीराज आचार्यले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेको ६० किलो सुन, भेपमार्फत भएको सुन तस्करीलगायतका विषयमा छानबनि गर्न सरकारले पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा आयोग बनाएको थियो । सो आयोगमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य थिए ।न्युज कारखाना
काठमाडौं, १ चैत ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी आरोपित उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नैतिकतामाथि प्रश्न उठाएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेसका बद्री पाण्डेले ठगी आरोप लागेका र अनुसन्धानको दायरामा तानिएका लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै लामिछानेको नैतिकतामाथि नै प्रश्न उठाएका हुन् ।
साथै संसदमा उठेका र ठगी आरोपमा उजुरी परेका लामिछानेलाई स्वार्थ बाझिनेगरी गृहमन्त्री बनाइएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा जवाफ दिनुपर्ने उनको माग छ । न्युज कारखाना
न्युयोर्क, १ चैत ।
पोर्न स्टार सोफिया लियोनको केही दिन अघि भएको मृत्यु हत्याका कारण भएको हुन सक्ने भन्दै खोजी सुरू भएको छ।
न्यू मेक्सिकोका अधिकारीहरूले वयस्क फिल्म स्टार सोफिया लियोनको असामयिक मृत्युको अनुसन्धान गरिरहेको जनाएका छन, जहाँ उनीहरूले शङ्कास्पद रहेको जनाएका छन ।
२८ वर्षीया लियोनलाई मार्च १ मा परिवारका सदस्यहरूले उनको अपार्टमेन्टमा मृत अवस्थामा फेला पारेका थिए। तर, उनको मृत्युको वरपरका परिस्थितिहरू अनुसन्धानमा रहेको प्रहरीले जनाएको छ ।
वयस्क प्रतिभा एजेन्सी १०१ मोडलिङले ट्विटरमा भनेको छ कि उनको मृत्युलाई सम्भावित डकैती र हत्याको तहवाट अनुसन्धान गरिनु पर्नेछ ।
पिपुल डटकममा प्रकाशित समाचार अनुसन्धान अधिकारीहरू सावधानीपूर्वक अनुसन्धानमा लागेका छन् तर पहिलो चरणमा यसलाई हत्याको रूपमा भने ब्याख्या भने गरिसकेका छैनन ।
तर, प्रारम्भिक पोस्टमार्टम रिपोर्टका अनुसार त्यस्तो कुनै लक्षणहरू वा मृत्युको कारण निर्धारण गर्न नसके पनि अधिकारीहरूलाई थप अनुसन्धान बाँकी रहेको र संदिग्ध मृत्युको रूपमा हेरिएको भने जनाएको छ ।
जसका कारण मृत्युको खास कुरा पत्ता लगाउनका लागि मेडिकल परीक्षकबाट विष विज्ञानको रिपोर्टको प्रतिक्षा गरिरहेको प्रहरीले जनाएको छ ।
बयस्क मनोरन्जन उद्योगमा आफ्नो कामका लागि परिचित सोफिया लियोनीको गत मार्च १ मा उनको अपार्टमेन्टमा दुःखद निधन भएको उनको परिवारले जनाएका थिए । उनको सौतेनी बुबाले उनको स्मारक कोषको लागि स्थापना गरेको गो फन्डमा स्मृति कोष बनाउने जब घोषणा गरे तव दुनियाँ छक्क परेको थियो ।न्युज कारखाना
काठमाडौं, १ चैत ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन, स्वास्थ्य र सामाजिक न्यायसँग गासिएर आउने जटिलतालाई सम्बोधन गर्नका लागि बृहत रणनीति आवश्यक पर्ने बताएका छन ।
‘जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय अनुसन्धान र नविन केन्द्र’ विषयक कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले समुदायमा बढ्दो रोग, कुपोषण, प्रदूषण र प्राकृतिक प्रकोपहरूबाट उत्पन्न हुने जलवायु परिवर्तनका असर कम गर्नका लागि त्यस्तो रणनीतिको आवश्यकता औंल्याए ।
“यी चुनौतीहरूले मानव स्वास्थ्य र वातावरणलाई अन्योलतातर्फ धकेलेको छ, यसले स्थानीयस्तरमका लागि विस्तृत कार्यक्रमको आवश्यकता औंल्याएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “हाम्रो स्वास्थ्य प्रणाली र सामुदायलाई सशक्त बनाउन अनुसन्धान, नवीनता खोज र स्थानीय ज्ञानको उपयोग गर्नुपर्छ,” उनले भने ।
जलवायु परिवर्तनको असर पृथ्वीका हरेक कुनामा देखापरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनले निम्त्याएका चुनौतीहरू समाज, स्वास्थ्य र प्राकृतिक वातावरणलाई असर गरेकोसमेत जनाएका छन । “जलवायु वैज्ञानिकले स्पष्टरूपमा भनेका छन्, एक दशमलव ५ डिग्री सेल्सियसको सीमालाई पार गर्न हरितगृह ग्यास उत्सर्जनलाई उल्लेखनीय रूपमा घटाउनुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “विशेषगरी हाम्रो जस्तो अतिकम विकसित एवं पहाडी मुलुकहरूका लागि जलवायु परिवर्तनको कठोर वास्तविकता मात्र नभइ त्यसका परिणामहरू ज्यादै महत्त्वपूर्ण छन् ।”
पहिरो, बाढी, वनजङ्गलको आगलागी, हिमतालको बिस्फोट र खडेरीहरू बारम्बार र भयावह हुँदै गएको उल्लेख गर्दै प्रधामन्त्री प्रचण्डले अगाडी भने, “यस्ता प्रकोपले सबैभन्दा कमजोरलाई असर गरेको छ, यहाँका गरिब, महिला, बालबालिका र आदिवासी एवं जतीय समूह मारमा पारेका छन् ।”
पछिल्ला प्रतिवेदनअनुसार प्राकृतिक हिमश्रृखला र विश्वव्यापी स्रोतहरूको एक तिहाइ गुमेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ता हानीनोक्सानीले जैविक विविधतालाई मात्र नभइ तटीय क्षेत्रमा रहेका अर्बौ मानिसहरूको जीविकोपार्जनलाई खतरामा पारेकोसमेत उनले जनाए ।
दुबईमा सम्पन्न भएको कोप–२८ देखि संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालगायतका अन्तर्राष्ट्रिय मञ्चहरूमा आफूले जलवायु परिवर्तनका कारण अतिकम विकसित मुलुकले भोग्नुपरेका अनेक चुनौतीका विषयमा वकालत गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले विकसित अर्थतन्त्रहरूले अत्यावश्यक स्रोत र प्रविधिका माध्यमबाट अनिवार्य रूपमा सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।न्युज कारखाना
मुम्बइ, १ चैत ।
गत मार्च १ मा सिनेमाघरमा रिलिज भएको आमिर खानद्वारा निर्मित र किरण राव निर्देशित मिसिङ लेडीजले दर्शकबाट मात्र होइन सेलिब्रेटीबाट पनि प्रशंसा पाइरहेको छ ।
अब यो सूचीमा सलमान खानको नाम पनि थपिएको छ, जसले ‘लापत्ता लेडीज’को समीक्षा गर्दै किरण रावसँग काम गर्ने इच्छा व्यक्त गरेका छन् । तर यो सन्दर्भमा सलमानले ठूलो गल्ती गरेको थाहा हुन आएको छ ।
वास्तवमा, सलमान खानले हालै ट्वीटरमा आमिर खान र किरण रावको ‘लापत्ता लेडीज’ को समीक्षा गर्दै एउटा पोस्ट सेयर गरेका थिए, जसमा उनले लेखेका थिए, ‘भर्खरै किरण रावको लापत्ता लेडीज हेरे। वाह वाह किरण। मलाई यो फिल्म एकदमै मन पर्यो र मेरो बुबालाई पनि। निर्देशकको रूपमा डेब्यु गरेकोमा बधाई छ। उत्कृष्ट। तपाई म सँग कहिले काम गर्नुहुन्छ ?’
यो ट्विट सेयर हुने बित्तिकै मानिसहरूले उनलाई केही कुरा सच्याउन भनेका छन । किनभन, किरण रावले २०१० मा निर्देशकको रूपमा डेब्यू गरेकी थिइन ।
अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘डेब्यू फिल्म त किरण रावको धोबीघाट थियो । यस बाहेक धोबीघाटको प्रिमियरमा आफ्नो उपस्थितिको खबर शेयर गर्दै एक प्रयोगकर्ताले लेखेका छन्, ‘१४ वर्षअघि निर्देशनको डेब्यु समारोहमा उपस्थितसमेत हुनुहुन्थ्यो ।’
तपाईलाई बताउन दिनुहोस्, सलमान खान भन्दा पहिले शबना आजमी र अनुराग कश्यपले पनि ‘लापत्ता लेडीज’को तारिफ गरेका थिए। फिल्मको कुरा गर्ने हो भने ‘लापत्ता लेडिज’मा नितांशी गोयल, प्रतिभा रन्त र स्पर्श श्रीवास्तव मुख्य भूमिकामा छन् ।न्युज कारखाना