२०८३ श्रावण २८
२०८३ श्रावण २८

मस्को, १४ चैत ।

गत शुक्रबार रुसी कन्सर्ट हलमा भएको आक्रमण पछि रुसमा अझै डरको वातावरण कायमै छ ।

 

राजधानीमा भएको यो आक्रमणले रुसको सुरक्षा प्रणालीमा धेरै प्रश्न खडा गरेको छ । कन्सर्ट हलमा आक्रमण गर्ने चारजना बन्दुकधारी रुसबाट भाग्ने क्रममा पक्राउ परेका थिए, अहिले रुसी एजेन्सीले यससँग सम्बन्धित थप व्यक्तिलाई पक्राउ गरिरहेका छन् । यस आक्रमणमा संलग्न थप तीन अभियुक्त पक्राउ परेका छन् । सुरक्षा एजेन्सीहरूका अनुसार अहिलेसम्म उनीहरूले यस हमलासँग सम्बन्धित ११ जनालाई पक्राउ गरिसकेका छन्।

 

सोमबार, क्रोकस सिटी हल आक्रमणका तीन नयाँ अभियुक्तलाई मस्कोको बास्मान्नी अदालतमा पेश गरिएको थियो। यी हिरासतमा रहेका व्यक्तिहरूलाई कम्तिमा २२ मार्चसम्म हिरासतमा राख्नु पर्नेछ। एक दिनअघि सोही अदालतले सिटी हलमा आक्रमण गरी १४३ जनाको ज्यान लिने चार आतङ्ककारीलाई पक्राउ गर्न अनुमति दिइएको थियो । पक्राउ परेका तीन नयाँ संदिग्धहरू आक्रमणको योजनामा ​​संलग्न रहेको अनुसन्धान एजेन्सीहरूको दाबी गरेका छन्।

 

रुसको अनुसन्धान एजेन्सीले पक्राउ परेका तीन नयाँ संदिग्धको नाम अमिन्चोन इस्लोमोभ, डिलोवर इस्लोमोभ र उनीहरुका ६२ वर्षीय बुबा इजरायल इस्लोमोभ रहेको बताएको छ । अनुसन्धान एजेन्सीहरूका अनुसार एक बन्दुकधारी शम्सिदिन फरिदुनीले जनवरीमा आक्रमण गर्न सहयोग गर्न अमिन्चोन इस्लामोभलाई भर्ती गरेका थिए। यो विश्वास छ कि मार्च ११ पछि उनले अर्को भाइ दिलोवर इस्लोमोव पनि भर्ती गराएका थिए ।

 

उनले दुवै दाजुभाइ र बाबुलाई तत्काल पक्राउ गर्न माग गरेको अनुसन्धानकर्ताले दाबी गरेका छन् । पक्राउ परेका पहिलो चार आक्रमणकारीको नाम दालेदजोन मिर्जोएभ, सैदाक्रामी मुरोदली राखबालिजोदा, शम्सिदिन फरिदुनी र मोहम्मद फैजोभ हुन्। टेलिग्राममा साझा गरिएको समाचार अनुसार यी व्यक्तिहरूलाई ताजिकिस्तानी नागरिकको रूपमा पहिचान गरिएको छ र उनीहरूले अदालतमा आफ्नो अपराध स्वीकार गरेका छन्।

 

आक्रमणको वास्तविक दोषी को हो ?

यो हमला लगत्तै आईएसले टेलिग्राममा यो हमला आफूले गराएको दाबी गरेको थियो । तर रुसले आईएसको यो दावीको कुनै प्रतिक्रिया दिएको छैन, बरु रुसी राष्ट्रपति पुटिनले एक विज्ञप्तिमा भनेका छन्, ‘जुन व्यक्तिसँग इस्लामिक देशहरू धेरै वर्षदेखि लडिरहेका छन्, त्यही मानिसहरूबाट हामीमाथि हमला भएको हो । हामीमाथि हमला गर्नुको पछाडि कसको हात छ र यस आक्रमणबाट कसलाई फाइदा पुग्छ भनेर हामीले खोज्नुपर्छ।’ तर, सो हमलाको मुख्य योजनाकार को हुन ? भन्ने अहिलेसम्म खुलेको छैन् ।न्युज कारखाना

काठमाडौँ ।

विज्ञापन नियमन गर्ने ऐन, २०७६ का कतिपय प्रावधानहरु संविधानसंग बाझिएको दावी सहित सर्वाेच्च अदालतमा परेको रिटको आज सुनुवाई हुंदैछ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज सो रिट निवेदन पेशीमा रहेको छ । चारबर्ष अघि दायर भएको रिटमा सञ्चार माध्यममा विज्ञापन प्रकाशन गर्नुअघि विज्ञापन बोर्डबाट स्वीकृती लिनुपर्ने तथा सम्पादक र प्रकाशकलाई विज्ञापन प्रकाशन गरेवापत सजाय गरिने प्रावधान संविधानसँग बाझिएको जिकिर लिइएको छ ।

अधिवक्ताद्धय अनन्तराज लुईंटेल र प्रतिभा उप्रेतीले सो ऐनका संविधानसंग बाझिएका प्रावधान खारेजीको माग गर्दै चारबर्षअघि रिट निवेदन दायर गरेका थिए । खासगरी विज्ञापन प्रकाशन गर्न पूर्व स्वीकृति लिनुपर्ने र प्रकाशन गरेवापत सम्पादक र प्रकाशकलाई सजाय गरिने प्रावधान संविधानको धारा १९ सँग बाझिएकाले खारेजीको माग समेत रिटमा गरिएको छ र विज्ञापन नियमन गर्ने ऐन–२०७६ अनुसार सरकारले विज्ञापन बोर्ड गठन गरेर काम शुरु गरेको छ ।

ऐनमा उल्लेख छ दफा १५ उपदफा (ख) मा संचार माध्यमबाट प्रशारण गरिने सामाग्रीको परीक्षण गर्न तोकिएको आधारमा मापदण्ड तयार गर्ने व्यवस्थाले प्रत्यक्षतः विज्ञापनमा पूर्व प्रतिबन्ध लगाएको दावी रिटमा गरिएको छ । त्यस्तो प्रावधानले अन्ततोगत्वा अभिव्यक्ति स्वतन्त्रता नै निस्तेज बनाउने उद्धेश्य लिएको जिकिर लिइएको छ ।

दफा २३ मा छापा तथा विद्युतीय सञ्चार माध्यमबाट प्रकाशन तथा प्रशारण हुने विज्ञापनले कानुन बमोजिमको मापदण्ड पूरा गरे या नगरेको विषयमा प्रदेश कानुन बमोजिम सूचना तथा सञ्चार सम्बन्धी विषय हेर्ने मन्त्रालयले अनुगमन तथा नियमन गर्न सक्ने व्यवस्था गरिएको  र दफा २३ (३) मा नियम वा मापदण्डको पालना नगरेको पाइएमा विज्ञापन बन्द गर्न वा हटाउन सक्नेछ भन्ने व्यवस्था संविधानको धारा १९ को स्पष्ट रुपमा खिलाफमा बदरभागी रहेको दावी गरिएको छ ।

दफा २३ (४) मा सजाय गरिने र उपदफा (५) मा प्रदेश सरकारले नियमनको व्यवस्था निर्धारण गराउने व्यवस्था समेत उल्लेख भई बदरभागी छ । दफा २४ मा भएको छापा तथा विद्युतीय सञ्चार माध्यको विज्ञापनको अनुगमन र नियमन स्थानीयत तहले गर्न पाउने व्यवस्था समेत असंवैधानिक रहेको समेत रिटमा दावी गरिएको छ ।न्युज कारखाना

काठमाडौँ ।

पोर्चुगल मैत्रीपूर्ण खेलमा स्लोभेनियासँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा स्लोभेनियाले पोर्चुगललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

स्लोभेनियाको जितमा एडम नेज्डा करिन र टिमी म्याक्स एल्सनिकले एक एक गोल गरेका थिए ।

यस खेलमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो खेलेका थिए भने ब्रुनो फर्नानडेजसहितका केहि महत्वपूर्ण खेलाडी खेलेका थिएनन् ।

योसँगै पोर्चुगलले अब युरोकप अघि फिनल्याण्ड, क्रोसिया र आयरल्याण्डसँग मैत्रिपूर्ण खेल आगामी जुनमा खेल्ने छ ।न्युज कारखाना

काठमाडौं, १४ चैत ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। बुधबार अमेरिकी डलरसंगै युरोको भाउ पनि बढेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ९६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५६ पैसा कायम गरिएको छ। आज डलरमा २३ पैसाले वृद्धि भएको छ। यसअघि अर्थात मंगलबार अमेरिकीडलरको खरिददर १३३ रूपैयाँ १९ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७९ पैसा तोकिएको थियो।

बुधबार यूरोपियन युरोमा १९ पैसाले बढेर यसको खरिदमूल्य १४४ रूपैयाँ ३३ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ ९८ पैसा तोकिएको छ। अघिल्लो दिन यसको खरिददर १४४ रूपैयाँ १४ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ ७९ पैसामा कारोबार भएको थियो।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६८ रूपैयाँ ३१ पैसा र बिक्रीदर १६९ रूपैयाँ ०७ पैसा कायम गरिएको छ। मंगलबार पाउण्डको खरिदमूल्य १६८ रूपैयाँ २२ पैसा र बिक्रीमूल्य १६८ रूपैयाँ ९८ पैसा रहेको थियो।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ १८ र बिक्रीदर ८७ रूपैयाँ ५८ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ ०३ पैसा र बिक्रीमा ९८ रूपैयाँ ४७ पैसा कायम गरिएको छ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७९ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८३ पैसा रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४२ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५० पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९३ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९७ पैसा कायम गरेको जनाइएको छ।

यसैगरी, बुधबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४६ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६२ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ४५ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २१ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३७ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार २८ रूपैयाँ १७ पैसा र बिक्रीदर २८ रूपैयाँ ३० पैसा कायम गरेको छ।

साथै, कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ २४ पैसा र बिक्रीदर ४३४ रूपैयाँ १९ पैसा र बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३५४ रूपैयाँ २८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।न्युज कारखाना

भैरहवा, १४ फागुन । 

लुम्बिनी होटल संघले लुम्बिनी बिकास कोषका पदाधिकारी र कर्मचारीहरुमा सदबुद्धी आओस भन्दै मायादेबि मन्दीर परिषरमा मन्त्रोचारण र १०८ दिप प्रज्वलन गरेका छन ।

 

विहार गुम्बामा पर्यटक खचाखच तर हाेटल खाली हुन गई व्यावसायबाट पलायन हुन परेकाे भन्दै विराेध स्वरुप कार्यक्रम गरिएकाे हाे । न्युज कारखाना

काठमाडौँ ।

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले गुजरात टाइटन्सलाई ६३ रनले पराजित गरेको हो ।

चेन्नईले दिएको २०७ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउदै १४३ रन मात्र बनाएको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाउदै २०६ रन बनाएको थियो ।

यो जितपछि चेन्नईको २ खेलमा ४ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ । अब चेन्नईले आफ्नो तेस्रो खेल मार्च ३१ मा दिल्ली क्यापिटल्सविरुद्ध खेल्ने छ ।

त्यसैगरी गुजरातले भने आफ्नो दोस्रो खेलमा पहिलो हार बेहोरेको छ । २ खेलमा गुजरातको २ अंक रहेको छ । अब गुजरातले आफ्नो अर्को खेल मार्च ३१ मा सनराइजर्स हैदरावादसँग खेल्ने तालिका रहेको छ । न्युज कारखाना

आजमिति २०८० साल ,चैत्र १४ गते

तदअनुसार मार्च २७, २०२४ बुधवार, शुक्लपक्षको द्वितिया तिथि, चित्रा नक्षत्र, ब्याघात योग । तुला राशिमा चन्द्रमा । यो अशुभ योग हो ।

• अभिजित् मुहूर्त: बिहान ११:४५ देखि १२:३४ सम्म,

• काठमाण्डौंमा सुर्योदय: बिहान ०६:०६

• सुर्यास्त: बेलुका ०६:१८ बजे

 

मेषः आज समय राम्रो छ । ध्यान र नियमित व्यायाममा समय बिताउनुहोस्। आर्थिक स्थिति सुधार हुने संकेत छ। साथीसँग बिछोड नगर्ने र मनोबल बढाउने समय हो। परिवारसँग समय बिताउनुहोस् र सम्बन्ध सुधार्नुहोस्।

• शुभ रंग: कालो

• शुभ अंक – ९

 

बृषः समय राम्रो छ । स्वास्थ्य सबल रहनेछ । वित्तीय योजना बनाउनुहोस्। माया, प्रेममा आत्मीयता र सहजताको साथमा संबंध अघि बढ्नेछ। परिवारसँग समय बिताउनुहोस् , काममा ध्यान दिनुहोस् र आराम गर्नुहोस्।

• शुभ रंग: निलो

• शुभ अंक – ४

 

मिथुनः समय ठिकै छ । शारीरिक र मानसिक स्वास्थ्यको लागि समय दिनुहोस् र आराम लिनुहोस्। आर्थिक संगठन र निवेश गर्नुहोस्। वित्तीय सावधानी राख्नुहोस्। प्रेम संबंध बलियो बनाउनुहोस् र आत्मीयता र समर्थन बढाउनुहोस्। परिवारसँग धेरै समय बिताउने प्रयास गर्नुहोस्।

• शुभ रंग: रातो

• शुभ अंक – ३

 

कर्कटः समय मध्यम छ । मनलाई शान्त बनाउनुहोस् । आर्थिक स्थिति सुधार हुन सक्छ। बचतमा विचार गर्नुहोस्। साथीसँग आत्मीयता र समर्थन बढाउने समय हो। परिवारसँग समय बिताउनुहोस् ।अनावश्यक खर्चबाट बच्नुहोस।

शुभ रङ्ग: कालो

• शुभ अंक – ९

 

सिंहः समय ठिकै छ । धन वचत गर्नुहोस् र आर्थिक स्थिति सुधार गर्नुहोस्। पठनपाठनमा ध्यान बिग्रनसक्छ । साथीसँग सम्बन्ध बलियो बनाउनुहोस् र आत्मीयता देखि संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्। घर झगडाबाट बच्नुहोला ।

• शुभ रंग: निलो

• शुभ अंक – ८

 

कन्याः समय मध्यम छ । स्वास्थ्यमा ध्यान दिनुहोस्। वित्तीय योजना बनाउनुहोस्। प्रेम आत्मीयता र सहजताको साथमा संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् , विवादबाट वच्नुहोस।

• शुभ रंग: हरियो

• शुभ अंक – २

 

तुलाः समय मध्यम छ। शारीरिक र मानसिक स्वास्थ्यको ध्यान गर्नुहोस्। काममा ध्यान दिनुहोस् । आर्थिक योजना बनाउनुहोस् र वित्तीय सम्पत्ति विकसित गर्नुहोस्। साथीसँग आत्मीयता र सहजताको साथमा संबंध बढाउनुहोस्। परिवारसँग समय बिताउदै उनीहरूको समर्थन गर्नुहोस्।

• शुभ रंग: सेतो

• शुभ अंक – ७

 

बृश्चिकः  समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ, आर्थिक वचत गर्नुहोस्। प्रेमका लागि साथीसँग भ्रमण गर्नुहोस् र उनीसँग सम्बन्ध बढाउनुहोस्। परिवारसँग समय बिताउनुहोस् । ठुलो र एकल निर्णय गर्दा विचार पुर्याउनुहोला ।

• शुभ रंग: हरियो

• शुभ अंक – ६

 

धनुः समय ठिकै छ । शारिरिक र मानसिक स्वास्थ्यको लागि ध्यान दिनुहोस् खर्च बढ्नेछ यसर्थ आर्थिक वचत गर्नुहोस्। प्रेम संबंध बलियो बनाउन समय दिनुहोस् । परिवारसँग आत्मियता देखाउनुहोस् ।

शुभ रंग: रातो

• शुभ अंक – ८

 

मकरः समय मध्यम छ । स्वस्थ जीवनशैली अनुसरण गर्नुहोस्। आर्थिक योजना बनाउनुहोस् र निवेश गर्नुहोस्। साथीसँग संबंध विकसित गर्नुहोस् र उनीसँग समय बिताउनुहोस्। परिवारसँग समय दिनुहोला ।

• शुभ रंग: पहेलो

• शुभ अंक – २

 

कुम्भः समय मध्यम छ । स्वास्थ्यको लागि समय दिनुहोस्। आर्थिक सुधारका लागि उचित प्रयास गर्नुहोस् र अनावश्यक खर्चबाट जोगिदै बचत गर्नुहोस्। प्रेममा साथीसँग आत्मीयता र समर्थन बढाउनुहोस्। परिवारको साथमा समय बिताउनुहोस् । स्थिर मनबाट फाईदा हुनेछ ।

• शुभ अंक – ६

• शुभ रंग : सेतो

 

मिनः समय राम्रो छ । स्वास्थ्यको लागि समय दिनुहोस् र कार्यमा आनन्द लिनुहोस्। आर्थिक संकटहरूको समाधान हुने समय हो। वित्तीय योजना बनाउनुहोस्। प्रेम आत्मीयता र सहजताको साथमा संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूलाई समर्थन गर्नुहोस्।

• शुभ रंग: हरियो

• शुभ अंक – ५

 

 

राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।

 

राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्।न्युज कारखाना

वाशिंगटन ।

अमेरिकाको बाल्टिमोरमा एउटा कार्गो जहाज ठोक्किएपछि ‘फ्रान्सिस स्कट ब्रिज’ को एक भाग भत्किएको छ । न्युयोर्क टाइम्सका अनुसार अमेरिकी समय अनुसार बिहान करिब १: ३० बजे जहाज पुलसँग ठोक्किएको थियो । त्यसपछि आगो लाग्यो र जहाज डुब्यो ।

पुल भत्किएपछि करिब ७ जनाको उद्धार गर्ने प्रयास भइरहेको अधिकारीहरुले बताएका छन् । पुल भत्किँदा त्यहाँ रहेका धेरै सवारीसाधन पनि पानीमा डुबेका छन् । रिपोर्टका अनुसार मेरिल्याण्ड यातायात प्राधिकरणले पुलमा दुर्घटना भएपछि दुबैतर्फका सबै लेन बन्द गरेर यातायात रोकिएको जनाएको छ ।

मिडिया रिपोर्टका अनुसार सिंगापुरको झण्डा बोकेको यो जहाजको नाम ‘डाली’ हो र यो श्रीलंकाको राजधानी कोलम्बो जाँदै थियो । यो जहाज ९४८ फिट लामो थियो । फ्रान्सिस पुल १९७७ मा पाटास्को नदीमा बनाइएको थियो । अमेरिकाको राष्ट्रिय गान लेख्ने फ्रान्सिस स्कट कीको नाममा यस पुलको नाम राखिएको थियो ।न्युज कारखाना

काठमाडौँ ।

बार्सिलोना तथा ब्राजिलका पूर्व फुटबलर डानी आल्भेज जेलबाट छुटेका छन् ।

बलात्कारको आरोपमा जेल सजायको एक चौथाइ भुक्तान गरेपछि एक मिलियन युरोसहित सशर्त रिहा गर्ने फैसला गरेपछि जमानतको बण्ड बुझाएपछि जेलबाट रिहा भएका हुन् ।

यसअघि जमानतको रकम समयमा जुटाउन नसकेपछि उनको जेलबाट रिहाइ केहि दिन ढिला भएको थियो ।

अदालतले गत महिना साढे चार वर्षको जेल सजाय दिएको थियो । तर त्यसको विरुद्ध आल्भेजले गरेको अपिलमाथि अदालतले फैसला गर्दै उनलाई जमानतमा रिहा गर्न आदेश दिएको थियो ।

उनी जनवरी २०२३ देखि हिरासतमा रहेका थिए । डिसेम्बर २०२२ मा बार्सिलोनाको एक नाइटक्लबमा एक महिलालाई बलात्कार गरेको आरोपमा ४० वर्षीय आल्भेजलाई दोषी ठहर गरिएको थियो ।

उनले आफ्नो ब्राजिलियन र स्पेनिश दुबै पासपोर्टहरू अदालतमा जम्मा गरेका छन् र उनी स्पेन छोडेर जान पाउने छैनन् ।

साथै उनी साप्ताहिक रूपमा अदालतमा उपस्थित हुनुपर्ने बताइएको छ । अदालतले उनलाई पीडितसँग कुनै किसिमको सम्पर्क गर्न समेत रोक लगाएको छ ।न्युज कारखाना

बेइजिङ, १३ चैत ।

चीनले हाइड्रोजनबाट चल्ने पहिलो ट्रेनको सफल परीक्षण गरेको छ ।

 

घरेलु रूपमा विकसित गरिएको यो प्रविधि गत हप्ता बिहीबार परीक्षण गरिएको थियो। विश्व नै वायु प्रदूषणको समस्यासँग लडिरहेको बेलामा चीनमा निर्मित हाइड्रोजनबाट चल्ने रेल स्वच्छ सहरी यातायातका लागि महत्वपूर्ण कदम साबित हुन सक्ने जनाइएको छ ।

 

ट्रेन हाइड्रोजन ऊर्जा प्रोपल्सन प्रणालीमा चल्छ, जसले परीक्षण डेटा अनुसार प्रति किलोमिटर मात्र ५ किलोवाट घण्टाको औसत ऊर्जा खपत गर्दछ। ऊर्जा दक्षताको हिसाबले यो धेरै राम्रो संख्या हो।

 

सीजीटीएनका अनुसार हाइड्रोजनबाट चल्ने ट्रेनको यो परीक्षण बिहीबार बिहान जिलिन प्रान्तको चाङचुनमा भएको थियो। यो प्रविधि सीआरआरसी चाङचुन रेलवे गाडीले विकास गरेको हो। यसको सफल परीक्षणको दौडान ट्रेनले पूर्ण रूपमा लोड हुँदा १६० किलोमिटर प्रति घण्टाको गति हासिल गर्यो। ट्रेनले १ हजार किलोमिटर भन्दा बढीको प्रभावशाली ड्राइभिङ गरेको थियो, जसले इन्धन भर्नको लागि रोक्नको आवश्यकतालाई उल्लेखनीय रूपमा घटाउँछ।

 

परीक्षणमा यात्रा तय गर्नु अघि हाइड्रोजन पावर प्रणालीले स्थायित्व, अत्यधिक तापक्रम माइनस २५ डिग्री सेल्सियस देखि ३५ डिग्री सेल्सियससम्म कम्पन प्रतिरोध, विद्युत चुम्बकीय अनुकूलता र आगो सुरक्षाको लागि परीक्षण पार गरेको छ ।

 

यो सफल परीक्षण चीनको रेल ट्रान्जिटको लागि एक प्रमुख कोसेढुङ्गा हो।न्युज कारखाना

ताजा अपडेट

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी,  काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।  बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ ।  बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।  बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ ।  निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ ।  बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ ।  यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ । निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ । बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ । यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।