२०८३ श्रावण २७
२०८३ श्रावण २७

सुर्खेत ।

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा नदिने अडान लिएका छन् ।

माओवादी केन्द्रको मंगलबार बसेको संसदीय दलको बैठकले बुधबार विश्वासको मत लिएर राजीनामा दिने निष्कर्षमा पुगेको हो ।

केन्द्रमा कर्णालीको मुख्यमन्त्री एमालेलाई दिने सहमतिप्रति प्रदेशको माओवादी नेतृत्व असन्तुष्ट देखिएको छ ।

मंगलबार दिन भर माओवादी र एमालेबीच पटक पटक छलफल भएपनि सहमति हुन नसकेपछि भोलि ३ बजेसम्मका लागि प्रदेश सभाको बैठक सारिएको छ ।

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा नदिने अडान लिएका छन् ।

माओवादी केन्द्रको मंगलबार बसेको संसदीय दलको बैठकले बुधबार विश्वासको मत लिएर राजीनामा दिने निष्कर्षमा पुगेको हो ।

केन्द्रमा कर्णालीको मुख्यमन्त्री एमालेलाई दिने सहमतिप्रति प्रदेशको माओवादी नेतृत्व असन्तुष्ट देखिएको छ ।

मंगलबार दिन भर माओवादी र एमालेबीच पटक पटक छलफल भएपनि सहमति हुन नसकेपछि भोलि ३ बजेसम्मका लागि प्रदेश सभाको बैठक सारिएको छ ।
न्युज कारखाना

नवलपुर, २० चैत ।

पूर्वी नवलपरासीको गैंडाकोटमा बोर्डिङ स्कुलबसको ठक्करबाट एक महिलाको घटनास्थलमै निधन भएको छ। दुर्घटनामा अर्की एक युवती गम्भीर घाइते भएकी छन्।

ओमशान्ति चोकबाट सरस्वती स्कुलचोकतर्फ जाँदै गरेको बालविकास बोर्डिङ स्कुलको ना.४ख १०४१ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा.९३ प ९२०२ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।

दुर्घटनामा स्कुटरमा सवार पर्वतको फलेबास नगरपालिका-४ घर भई हाल भरतपुर महानगरपालिका-२६ बस्ने ६८ वर्षीया पार्वती पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

दुर्घटनामा गैंडाकोट नगरपालिका-५ की २० वर्षीया आशिका सापकोटा गम्भीर घाइते भएकी छिन्। उपचारका लागि भरतपुर पठाएको प्रहरीले जनाएको छ।

ठक्कर दिने बस र बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवस्यक अनुसन्धान थालेको बताएको छ।न्युज कारखाना

काठमाडौँ ।

भारत टूरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले मंगलबार बरोडा क्रिकेट एसोसियसनको टिमलाई २७ रनले पराजित गरेको हो ।

नेपालले दिएको १५७ रनको लक्ष्य पछाएको बरोडा २० ओभरमा अल आउट हुदै १२९ रन बनाएको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १५६ रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेल र आसिफ सेखले ९-९ रन बनाए भने कप्तान रोहित पौडेलले १८, अनिल शाहले २५, गुलशन झाले १३, सन्दीप जोराले २८ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले अविजित ४० तथा दिपेन्द्र सिंह ऐरीले ५ रन बनाएका थिए ।

बरोडाका बलर बाबा खानले २ विकेट तथा परिक्षित पाटीदार र मोहित मोंगीयाले एक एक विकेट लिएका थिए ।

नेपालको यो लगातार दोस्रो जित हो । यस अघि नेपालले गुजरात क्रिकेट एसोसियसनलाई पराजित गरेको थियो । अब नेपालले अर्को खेल अप्रिल ३ मा गुजरातसँग तथा अप्रिल ५ मा बरोडासँग खेल्ने तालिका रहेको छ । त्यस्तै शिर्ष दुई टिमले ७ अप्रिलमा फाइनल खेल्ने छन् । न्युज कारखाना

काठमाडौं, २० चैत ।

सशस्त्र प्रहर‍ीले सोमबार दिउँसो बाराबाट साढे ९ लाख भारतिय रुपैयाँ बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ बारा गण मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्बाले रकमसहित बारा पचरौता नगरपालिका-३ बस्ने श्यामबाबु सहनी र भुलन पटेललाइ नियन्त्रणमा लिएको हो।

मधेश प्रदेश ०३-०२५ प ३९३६ नम्बरको मोटरसाइकलमा नेपालबाट भारततर्फ जानलागेका उनीहरूलाई शंका लागि चेकजाँच गर्ने क्रममा ५ सय दरको १ हजार ९ सय थान भारतीय रुपैयाँसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

हुन्डीको रकम भएको आशंकामा उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ।न्युज कारखाना

काठमाडौं

। नेपाल खो खो संघले २०५२ सालमा स्थापना भएदेखि पहिलो पटक उमेर समूहको महिला पुरुष दुवैतर्फको खो खो प्रतियोगिता आयोजना गर्न लागिएको छ ।

ज्यादै न्यून मात्र प्रतियोगिता हुने यस खो खो खेल नेपाल खो खो संघको आयोजना तथा सुदूरपश्मि प्रदेश खो खो संघको सहआयोजनामा यस वर्ष पहिलो पटक मोफसलमा अर्थात सुदूरपश्मि प्रदेशको धनगढीमा प्रतियोगिता हुन गइरहेको हो ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी यो प्रथम यू २१ राष्ट्रिय पुरुष तथा महिला खो खो प्रतियोगिता, २०८० चैत २४ देखि २७ गतेसम्म धनगढी उपमहानगरपालिका वडा नं. ३ बोराडाँडीस्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको खेल मैदानमा खेलाइने जनाइयो । सहआयोजक सुदूरपश्चिम प्रदेश खो खो संघका अनुसार तयारीका सम्पूर्ण कामहरु पूरा भइसको छ । प्रतियोगिताको उदघाटन कार्यक्रम चैत २४ गते दिउँसो २ बजे राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलात्त घिसिङको प्रमुख आतिथ्यमा हुनेछ ।

प्रतियोगितामा सेती, मधेश, बागमती, गण्डकी, बुम्बिनी र सुदूरपश्चिम प्रदेश गरी ६ वटा प्रदेशबाट महिला पुरुप गरी १२ टिमका १४४ खेलाडी तथा २४ प्रशिक्षक र ६ टिम व्यवस्थापक गरी कुल १७२ जनाको सहभागिता रहने छन् । प्रतियोगिता सञ्चालनशे लागि जम्मा २० जना निर्णायकहरुको व्यवस्था गरिएको छ भने प्रतियोगिता अवधिभर १० जना स्वयम्सेवकहरु परिचालित हुनेछन् । सो प्रतियोगितामा खेलाडी, प्रशिक्षक, टिम व्यवस्थापक, निर्णायक, स्वय्सेवक र संघका पदाधिकारीहरु गरी कुल २२५ जना परिचालित हुने छन् । यस प्रतियोगिताको लोगोको रुपमा सोही क्षेत्रमा सर्वाधिक पाइने संरक्षिक जनावर बाघले शिकारको लागि डाइभ दिइरहेको चित्रलाई लिइएको छ । प्रतियोगिता लिग कम नक आउटको आधारमा हुने जनाइएको छ ।

प्रतियोगितामा आयोजक संघका अध्यक्ष प्रदीप महर्जनले संघले अहिलेसम्म पुरुपतर्फ सात र महिला छ वटा राष्ट्रिय प्रतियोगिताहरु गरिसकेको जनाए । १२औ र १३ औ दक्षिण एशियली खेलमा लगातार काँस्य र रजत पदक दिलाउँदै आएको यस खेलले गुवाहाती, भारतमा २०२३ नोभेम्बरमा सम्पन्न चौथो एशियन खो खो च्याम्पियनशीप प्रतियोगितामा पनि महिला र पुरुष दुबैतर्फ देशको लागि रजत पदक जित्न सफल भएको उनले बताए । यसरी अन्तर्राष्ट्रिय जगतमा राम्रो छबि बनाएको खो खो खेललाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदमार्फत प्रथम यू २१ राष्ट्रिय पुरुष तथा महिला खो खो प्रतियोगिता २०८० आयोजना गर्न नेपाल सरकारको रातो कितावमा उल्लेख गरी १२ लाख बजेट विनियोजन गरेबाट नेपाल खो खो संघ परिवार तथा खो खो खेल प्रेमीहरु अत्यन्त हौसियको उनले बताए छ ।

सम्मेलनमा आयोजक संघका महासचिव शंकर महत, प्रमुख प्रशिक्षक लक्ष्मीनारायण बैद्य, सल्लाहकार दीपक बस्नेत, वागमति प्रदेश खो खो संघका अध्यक्ष राजेश शाक्यलगायतले खो खो खेलका विभिद् वषयहरुमा चर्चा गरेका थिए । न्युज कारखाना

कञ्चनपुर, २० चैत ।

कञ्चनपुरमा डेढ किलो लागूऔषध (चरेस) सहित दुई जना पक्राउ परेका छन्।

मंगलबार जिल्लाको भीमदत्त नगरपालिका–४ को होटल शिव शक्तिबाट चरेससहित दुई जना पक्राउ परेका हुन्।

वरिष्ठ सई केशव जोशी नेतृत्वको लागुऔषध व्युरो महेन्द्रनगरको टोलीले बझाङका केदारस्यु गाउँपालिका–६ का ३४ वर्षीय गोविन्दबहादुर धामी र रुकुम सानीभेरी गाउँपालिका–३ का ३४ वर्षीय गोपाल पुनलाई पक्राउ गरेको हो। किलो ६ सय २४ ग्राम चरेससहित दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।न्युज कारखाना

काठमाडौँ ।

बागमती प्रदेशका नव नियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेशका नवनियुक्त चार मन्त्रीलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ गराएका हुन् ।

सोमबार विश्वासको मत लिएका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले एमालेका चार जनालाई मन्त्री नियुक्त गरेका हुन् ।

मन्त्री बन्नेमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकलाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ रहेका छन् ।
न्युज कारखाना

काठमाडौँ ।

साउथ अभिनेता अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पाः द रुल’ को पोस्टर टिजर सार्बजनिक भएको छ ।

निर्माण पक्षले फिल्मको पोस्टरसँगै टिजरको रिलिज मिति समेत सार्वजनिक गरेको छ । अल्लु अर्जुनको जन्मदिनमा निर्माण पक्षले यो फिल्मको टिजर रिलिज गर्नेछ । साउथ सुपरस्टार अल्लु अर्जुनले ८ अप्रिलमा आफ्नो ४२औं जन्मदिन मनाउने भएका छन् । यस अवसरलाई विशेष बनाउन पुष्प २ को टिमले फिल्मको दोस्रो टिजर रिलिज गर्न लागेको हो । यो फिल्म आगामी अगस्त १५ मा रिलिज हुदै छ ।

यस अघि पुष्पा- द राइज २०२१ मा रिलिज भएको थियो । यो फिल्मले भारतीय बक्स अफिसमा बम्पर कमाई गरेको थियो ।न्युज कारखाना

काठमाडौं, २० चैत ।

अर्थमन्त्री वर्षमान पुन अनन्तले लगानी सम्मेलनअघि लगानी वातावरण निर्माणका लागि बाधक ठानिएका करिब दर्जन कानून संशोधन गरिने बताएका छन्।

नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजसँग मंगलबार मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले लगानी प्रवद्र्धनका लागि बाधक ठानिएका प्रावधान संशोधन गरी लगानीमैत्री कानुन बनाउने तयारी अन्तिम चरणमा पुगेको बताए। लगानी सम्मेलनको तयारी तीव्र रुपमा अघि बढेको उनको भनाइ थियो।

लगानी वातावरण बनाउन संघीय संसदका दुवै सदनले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धनसम्बन्धी विधेयक पारित गरेको र  बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक सरकारले संसदमा प्रस्तुत गरिसकेको जानकारी उनले दिए। मन्त्री पुनले सन् २०२६ भित्र नेपाल अति कम विकसित मुलुक (एलडीसी) बाट मध्यम आययुक्त विकासशील मुलुकमा स्तरोन्नति हुने तयारीमा रहेको भन्दै विकास साझेदार संस्थासँग सहुलीयतपूर्ण कर्जा लिने नीतिमा रहेको बताए।

मन्त्री पुनले कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धको प्रभावका कारण शिथिल भएको नेपाली अर्थतन्त्र क्रमशः सुधारको बाटोमा रहेको उल्लेख गरे। सरकारले राजश्व चुहावट नियन्त्रणका लागि विशेष कार्ययोजना बनाएर काम अघि बढाएको जनाए। कर प्रणाली सुधार सुझावसम्बन्धी समितिले हालै मात्र बुझाएको प्रतिवेदन अध्ययन चरणमा रहेको भन्दै उनले समितिको सुझावका आधारमा कर नीतिमा सुधार गर्ने बताए। विगतमाजस्तो ट्रेड युनियन समस्या नरहेको, राजनीतिक कारणले हुने बन्द, हड्तालको स्थिति अन्त्य भएको तथा नेपालका दुवै छिमेकीे मुलुकले गरिरहेको तीव्र आर्थिक वृद्धिको सकारात्मक प्रभावका कारण नेपाल वैदेशिक लगानीका लागि उयपुक्त गन्तब्य भएको दाबी मन्त्री पुनको थियो।
पुँजीगत खर्चको स्थिति सन्तोषजनक नरहेको स्वीकार गर्दै मन्त्री पुनले सरकारी निकायहरुको खर्च गर्ने क्षमता वृद्धि गरिने उल्लेख गरे।

भेटमा आईएमएफकी आवासीय प्रतिनिधि सान्चेजले नेपालको पछिल्लो आर्थिक सूचक राम्रो रहेको बताइन्। नेपालको आर्थिक प्रणाली स्थिर रहेकामा पनि उनले प्रशंसा गरिन्। यस्तै उनले आगामी १६ र १७ वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा आईएमएफका तर्फबाट उच्चस्तरको प्रतिनिधित्व हुने जानकारी मन्त्री पुनलाई गराइन्।

न्युज कारखाना

दोलखा, २० चैत ।

बसको ठक्करबाट विगु गाउँपालिका–३ बुलुङकी ७४ वर्षीया नेतर्नी लामाको महिलाको मृत्यु भएको छ।

प्रहरीका अनुसार काठमाडौंबाट विगुको बुलुङतर्फ जाँदै गरेको बा३ख ६३७४ नम्बरको रोल्वालिङ यातायातको बसले ठक्कर दिएकोमा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

विगु गाउँपालिका–४ को फिस्टेढुङ्गाबाट घर फर्किँदै गरेकी लामालाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक जीवन श्रेष्ठले जानकारी दिए।

उनका अनुसार चालक कालिञ्चोक गाउँपालिका–४ का २६ वर्षीय नारायण बुढाथोकीलाई  पक्राउ गरी इलाका प्रहरी कार्यालय सिगटीमा  राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।न्युज कारखाना

ताजा अपडेट

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी,  काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।  बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ ।  बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।  बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ ।  निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ ।  बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ ।  यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ । निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ । बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ । यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।