आजमिति २०८० साल चैत्र २९ गते विहिवार तदअनुसार अप्रिल ११ तारिख,
नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल तृतिया तिथी कृतिका नक्षत्र, प्रिति योग छ । चन्द्र राशि मेष । यो शुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:४० देखि १२:३० सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:४४
• सुर्यास्त: बेलुका ०६:२६ बजे
वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)ः आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।
शुभ रगंः रातो
शुभ अंकः १
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला ।
शुभ रगं: सेतो
शुभ अंक: ८
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) : आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।
शुभ रगं: हरियो
शुभ अंक : ९
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।
शुभ रगं: चाॅदी
शुभ अंक: ४
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ ।
शुभ रगं: रातो
शुभ अंक: ८
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।
शुभ रगं: वैजनी
शुभ अंक: ६
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । अ राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।
शुभ रगं: सेतो
शुभ अंक : ७
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ ।
शुभ रगं: रातो
शुभ अंक: ४
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।
शुभ रगं: पहेलो
शुभ अंक: २
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।
शुभ रगं : निलो
शुभ अंक : ७
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) : आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।
शुभ रगं : कालो
शुभ अंक : ९
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।
शुभ रगं : सुन्तला
शुभ अंक: ३
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्।न्युज कारखाना
बुधबार काठमाडौंको होसन्ना चर्चमा आयोजित एक कार्यक्रमबीच कर्णप्रिय स्वरकी धनी इसाई संगितका अग्रज गायिक सलोमी तिमोथी र होसन्ना सेवकाई नेपालका पास्टर सुन्दासले संयुक्त रूपमा गीतको भिडियो सार्वजनिक गरेका हुन् । नेपाली चर्चमा प्रभुको महिमा, प्रशंसा र आराधना गर्नका लागि बनेको ‘प्रशंसा’ गित नेपाली बाइवलको भजनसंग्रह १०३ः १–५ बाट लिइएको हो ।
गायिका ममता गुरुङको सुमधुर स्वर रहेको गित प्रशंसामा शब्द तथा संगीत लेभेन्डर प्रि स्कुलका प्रिन्सिपल लिडिया लामाको रहेको छ भने उदयराज पौडेलले गीतलाई एरेन्ज गरेका हुन् ।
होसन्ना मण्डलीको वार्षिक पद पनि रहेको सो गितमा बाइबलको पदले भनेजस्तै, हामी उहाँको दायाँप्रति सधै प्रशंसनीय हुनुपर्दछ भन्ने विशेष सन्देश दिन खोजिएको छ ।
प्रसाद फिल्मको लै लै गीतका शब्दकार समेत रहेका गणेश शाहीले निर्देशन गरेको म्युजिक भिडियोमा होसन्ना चर्च सेवकाईका हन्ना वादी, एस्तर वादीको अभिनय रहेको छ ।
दिनेश पराजुली र विशाल थापाले छायांकन गरेको गीतको भिडियोलाई रंगविद तथा सम्पादक दिन्सन शाहले सम्पादन गरेका हुन् ।
प्रशंसा गर्नु भनेको हृदयको गहिराई अन्तरआत्मा देखि प्रभुप्रतिको आदर गर्नुभएकोले यस भक्तिपूर्ण गितद्वारा नेपाली चर्चमा प्रभुको महिमा, प्रशंसा र आराधना गर्नका लागि उपयुक्त रहेको निर्माता पास्टर सुन्दासले बताउनुभयो । उहाँले यस गितद्धारा नेपाली चर्चका लागि उत्साहयुक्त, प्रेरणायुक्त र सन्तुष्टियुक्त रहेकाले गितमा प्रभुप्रतिको प्रेम, आदर सम्मानलाई झल्काएको र ख्रीष्टको पवित्रता र सत्यतालाई घोषणा गर्न सहयोग पुगेको दाबी गर्नुभयो ।
गितको समिक्षा गर्दै ख्रीष्टियन जर्नलिस्ट फेलोसिप नेपालका सचिव तथा रातोपाटीन्यूजका सम्पादक निरोज तोलाङेले यस गितले ह्दयका गहिराईमा इश्र्वरप्रतिको आदर र भक्तिभावलाई सम्बोधन गर्न सफल रहेको बताउनुभयो ।
विमोचन कार्यक्रमका प्रमुख अतिथि इसाई जगतकी चर्चित गायिका सलोमी तिमोथीले प्रशंसा गीतद्धारा परमेश्वरको महिमा भएकोमा खुशी व्यक्त गर्नुभयो । ‘निकै मिहेनत परिश्रमबाट निर्माण गरिएको गीतको भिडिओ निर्माण बाइबलीय जगमा रहेकोले शब्द, संगित र गायनमा अडियो अनुसार भिडिओ निर्माणमा कुनै कमी भएको देखिदैन, गीतको सफलताको शुभकामना दिन चाहन्छु,’ प्रमुख अतिथि तिमोथीले भनिन, ‘साथै गायिका ममता गुरुङज्यूको सुमधुर स्वरले गितलाई विशेष सम्बोधन गरेको छ, पास्टर राजु सुन्दास जी यसअघि पनि निकै राम्रो गीत दर्शक तथा स्रोतामाझ ल्याइराख्नु भएको सर्जक हुनुहुन्छ, यो गीत पनि लोकप्रिय बन्ने देख्छु ।’
विमोचन कार्यक्रममा पुजार सार्की चलचित्रका निर्माता वरिष्ठ संगितकार सुवास भुषाल, ५ हजार भन्दा बढी भिडियोहरु सम्पादन गरिसक्नुभएका वरिष्ठ भिडियो सम्पादक टेकेन्द्र शाह, पत्रकार दिनेश श्रेष्ठ, ज्योति घर नेपालका अध्यक्ष फूर्पा छिरिङ लामा, एजुकेट नेपालका अध्यक्ष रामकृष्ण मिजार, हाम्रो घर नेपालका अध्यक्ष देवीसरा वादी (हन्ना)लगायतका अतिथिहरु उपस्थित थिए ।
‘प्रशंसा’ नामक गित हृदयको अन्तस्करणदेखि धन्यबाद सहितको हृदयभक्ति पूर्ण गित हो ।
विराटनगर ।
कोशीमा प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङ्गले एक चौथाइ बढी सांसदले माग गरे अनुसार वैशाख ६ गते १ बजेका लागि विशेष अधिवेशन आव्हान गरेका हुन् ।
यसअघि प्रदेश सरकारले २०८१ जेठ ११ गते प्रदेशसभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका गरेको थियो । तर प्रदेश प्रमुखले भने नेकपा एमाले र माओवादीका सांसदहरुले संसदको विशेष अधिवेशन बोलाउन गरेको माग अनुसार विशेष अधिवेसन आव्हान गरेका छन् ।न्युज कारखाना
काठमाडौँ ।
इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले सिरियाको राजधानीमा रहेको इरानको वाणिज्य दूतावासमा भएको आत्मघाती हमलाको लागि इजरायललाई कारबाही गर्नुपर्ने र त्यसको सजाय भोग्नुपर्ने बताएका छन् ।
इदको अवसरमा इरानको राजधानी तेहरानमा आयोजित एक सभालाई सम्बोधन गर्दै अली खामेनीले यस्तो बताएका हुन् । इरानको सरकारी टिभीका अनुसार खामेनीले अप्रिल १ मा वाणिज्य दूतावासमा हमला गरेर इजरायलले गल्ती गरेको बताएका छन् ।
खामेनीले भने, ‘सिरियाको वाणिज्य दूतावासमा हमला गर्नु ठूलो गल्ती हो। कुनै पनि देशमा रहेको दूतावासलाई त्यो देशको हिस्सा मानिन्छ। हाम्रो भूमिमा आक्रमण भएको छ ।’
इजरायलको आक्रमणमा इरानको रिभोलुसनरी गार्डका दुई शीर्ष कमाण्डर र पाँच अधिकारीको मृत्यु भएको थियो । इरानका शीर्ष कमाण्डर र उनका सहायक एक मिसनमा सिरिया गएका थिए, त्यही क्रममा हमला भएको थियो ।
इजरायलले अक्टोबर ७ देखि हमास विरुद्ध युद्ध गरिरहेको छ । इजरायलले गरेको यो युद्धमा ३३ हजारभन्दा बढी प्यालेस्टिनी नागरिकले ज्यान गुमाएका छन् ।
युद्ध चलिरहेको बेलादेखि, लेबनानको सीमा नजिकै उत्तरी इजरायलमा इजरायल र इरान समर्थित समूह हिजबुल्लाहबीच लगभग दैनिक गोलीबारी भइरहेको छ।न्युज कारखाना
काठमाडौँ ।
कर्णालीका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बुधबार प्रदेश प्रमुख तिलक परियारले कँडेललाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।
एमाले नेता कँडेल नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मंगलबार नियुक्त भएका हुन् ।
न्युज कारखाना
काठमाडौँ।
बुधबार नेप्सेमा गिरावट आएको छ । आज नेप्से १०.७१ अंकले घटेर २०२५.३० अंकमा रोकिएको छ ।
आज विभिन्न कम्पनीका ८६ लाख ९६ हजार ९१८ कित्ता शेयर ६१ हजार ४२० पटक खरिद बिक्री हुँदा ३ अर्ब ४८ करोड ५६ लाख ६० हजार ६४० दशमलव ३२ मा कारोबार भएका छन् ।
आजको कारोबारमा ट्रेडिङ क्षेत्रको १.४६ र उत्पादन क्षेत्रको ०.१३ प्रतिशतले बढेको छ । त्यस्तै होटल र पर्यटन समूहको उपसूचक एक दशमलव ६७ प्रतिशत रलाइफ इन्सुरेन्सको १.२५ प्रतिशतले घटेको छ भने बाँकी समूहको उपसूचकमा गिरावट देखिएको छ ।
त्यसैगरी मंडू हाइड्रोको ९.६९ प्रतिशतले बढेको छ भने खानीखोला हाइड्रोको ८.२६ प्रतिशतले बढेको छ ।
त्यस्तै सिगाटी हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ भने वीन नेपाल लघुवित्तको ९.९३ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज हिमालयन रीन्सुरेन्स लिमिटेडको १२ करोड ५४ लाख ८८ हजार १३ बराबरको शेयर कारोबार भएको छ ।न्युज कारखाना
काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको सदाशिव प्रावि, कास्कीकोटका तत्कालिन प्रधानाध्यापक र लेखापरीक्षकविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ ।
अख्तियारले तत्कालिन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदी र लेखापरीक्षक कृष्ण प्रसाद गौतमले विद्यालयको हरहिसाबमा ३ लाख ७७ हजार २७७ अनियमितता गरेको आरोप लगाएको छ ।
साथै विद्यालयको खर्च पारदर्शी नगरेको, सहि लेखा परिक्षण नगरेर विद्यालयलाई ३ लाख ७७ हजार नोक्सानी पुर्याएको ठहर गर्दै अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
न्युज कारखाना
काठमाडौं।
राष्ट्रियसभाको उपाध्यक्षमा एमालेबाट उम्मेदवार बनेकी विमला घिमिरे विजयी बनेकी छन् ।
बुधबार राष्ट्रियसभामा भएको मतदानमा उनले ३९ मत पाएर विजयी भएकी हुन । उनलाई उपाध्याक्ष बनाउने प्रस्तावको पक्षमा ३९ मत परेको थियो भने विपक्षमा १६ मत परेको थियो । यस प्रस्तावको मतदान प्रक्रियामा ५५ सांसदले भाग लिएका थिए ।
यस अघि कांग्रेसबाट उम्मेदवार बनेकी विष्णुदेवी पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।
मतदानमा पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्तावको पक्षमा १६ मत परेको थियो भने विपक्षमा ३९ मत परेको थियो । यस प्रस्तावको मतदान प्रक्रियामा ५५ सांसदले भाग लिएका थिए ।न्युज कारखाना
काठमाडौं।
राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवार बनेकी कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।
बुधबार राष्ट्रियसभामा भएको मतदानमा पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्तावको पक्षमा १६ मत परेको थियो भने विपक्षमा ३९ मत परेको थियो । यस प्रस्तावको मतदान प्रक्रियामा ५५ सांसदले भाग लिएका थिए ।न्युज कारखाना
चैत्र २८
शहरी विकास मन्त्री धनबहादुर बुढाले काठमाण्डौ उपत्यकाका नदी किनारमा रहेका अव्यवस्थित बसोबासलाई व्यवस्थापन गरिने बताएका छन् ।
अधिकार सम्पन्न बागमती सभ्यता विकास समितिको ३० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै बुधवार मन्त्री बुढाले प्रक्रिया पुरा गरेर अव्यवस्थित बस्तीलाई व्यवस्थापन गरिने दावी गरेका हुन् ।
नेपालको संविधानले आवासको मौलिक हक स्थापित गरेकाले वास्तविक घरवारविहिन र सुकुम्बासीको पहिचान गरेर बसोबास गराउने कुरा सरकारको प्राथमिकतामा रहेको भन्दै उनले सवैलाई आवास दिने बताए ।
खोला किनारमा रहेकाहरुको व्यवस्थापन गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाई छ ।
‘नदी किनारमा निर्धारित दुरीसम्म स्थायी संरचना बनाउन नपाइने सरकारी मापदण्ड भएपनि यसको कार्यान्वयनमा सरकारी निकायबीच प्रभावकारी समन्वय हुन नसक्नु दुर्भाग्यपुर्ण हो, उनले भने,‘यसमा कसका के कति कमजोरी रहे, आत्मसमिक्षा गरौं । ’
धार्मिक एवं सास्कृतिक रुपमा समेत बागमती सभ्यता राज्यको अमूल्य धरोहर भएकाले यसको विकास र सम्बद्र्धनमा आमजनसमुदायको सहयोग आवश्यक रहेको उनले बताए ।
नदी सरसफाई गर्ने भन्दा पनि नदीमा प्रदुषण नगर्ने प्रवृतिको विकास गर्न सके देशभरकै नदीको संरक्षण र सौम्यर्दयकरणमा टेवा पुग्ने भन्दै मन्त्री बुढाले भने, भावी पुस्ताले गर्व गर्ने गरि बागमतीको विकासमा सवैले हातेमालो गरौं ।
मन्त्रीले आफू कसैलाई विस्थापन भन्दा सम्यता जोगाउने र पुनस्थापना गराउने कार्यमा लाग्न चाहेको स्पष्ट पारे ।
न्युज कारखाना