२०८३ श्रावण २६
२०८३ श्रावण २६

काठमाडौँ ।

कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले आफु र आफ्नो टिमको गल्तिले दुर्घटनामा परेको स्वीकार गरेका छन् । सामाजिक सञ्जालमार्फत भण्डारीले दुई साता आघि आफु र आफ्नो टिमले गल्ति गरेका कारण दुर्घटनामा परेको स्वीकार गर्दै अहिले सुशान्त बस्याल बाहेक सबै डिस्चार्ज भएको र उनको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएका हुन् । साथै उनले ड्रिंक एण्ड ड्राइभ नगर्न समेत सुझाव दिएका छन् ।

उनले भनेका छन्-

जिवन एक भोगाई हो । मानविय गुण नै हो नतिजा कहिले सहि र कहिले गलत भईदिन्छ । ई सबै भोगाई र सिकाई को क्रम हो । दुई साता अघि म र मेरो टिमले गरेको गल्तीले म , Assitant Director / Mentors र Comedian कार दुर्घट्नामा परेउॅ र Comedy Champion Season 3 को प्रसारण रोकियो । अहिले हामी सबै Discharge भईसकेका छौं र सुशान्त वस्यालको  स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । यो दुर्घट्नाले हामिलाई र विशेष गरि मलाई धेरै कुरा सिकाएको छ र झक्-झकाएको छ । आगामी दिनमा गल्ति कमजोरी लाई संस्थागत सुधार गर्दै Three Production टिमको सम्पुर्ण शक्ति कार्यक्रमको निर्माण र दर्शकको अपेक्षा अनुसारको Content बनाउनमा खर्च गर्ने प्रण गर्दै आज देखी Comedy Champion को प्रशारण लाई निरन्तरता दिदै छौं । त्यहि माया र साथको अपेक्षा र अहिलेको अवस्थामा आवस्यकता रहनेछ । अन्त्यमा सबैले भोगेरै सिक्नु पर्छ भन्ने छैन । सतर्क रहनु होला ।

यहि चैत्र ८ गते राति भण्डारीसहित ६ जना चढेको बा–१–०२६ क ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिक सडकमा रोकिराखेको टिपरसँग ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा कारमा रहेका निर्देशक भण्डारीसहित, पूजन अधिकारी, सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई घाइते भएका थिए ।न्युज कारखाना

काठमाडौं ।

नेपाली बजारमा सुनको मुल्य घटेको छ ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार विहिबार छापावाल सुन तोलामा २०० ले घटेर १ लाख ३६ हजार ६०० कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ८०० रुपैयाँ किनबेच भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार १५० रुपैयाँ निर्धारण भएको थियो ।

यता, आज चाँदीको मुल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य स्थिर रहडिया प्रतितोला १७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।न्युज कारखाना

काठमाडौं

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जनताको त्याग, बलिदानी र संघर्षबाट प्राप्त लोकतन्त्रमाथि पछिल्लो समय अराजक तत्त्वहरूले धावा बोल्न खोजिरहेको आरोप लगाएका छन्। आज काठमाडौंको महाराजगन्जमा जनसम्पर्क समितिहरूसँग उपनिर्वाचनको तयारीका बारेमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै नेता महरले लोकतन्त्रले आफ्नो लय समात्न नसकोस् भन्ने चाहना भएका राजनीतिक दलहरूले लोकतन्त्रका पद्धति र सैद्धान्तिक पक्षमाथि धावा बोल्ने काम गरिरहेको आरोप लगाए।

‘२००७ सालपछिको ठूलो संघर्षले कांग्रेसले लोकतन्त्र ल्याएर मुलुकलाई अहिलेको स्थानमा पुर्‍याएको हो। आफ्नो लय समात्न नपाउने गरी लोकतन्त्रका पद्धति र सैद्धान्तिक आभारमाथि धावा बोल्ने काम भइरहेको छ। अब लोकतन्त्र प्रेमी जनता र कांग्रेसका लागि यो स्वीकार्य हुँदैन,’ उनले भने।

जनताले आफैँले स्थापित गरेको लोकतान्त्रिक प्रणालीको संस्थागत विकास गर्नका लागि अब जनता स्वयम् लड्ने बेला आएको महरले बताए। त्यसका लागि आसन्न उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराएर लोकतन्त्र विरोधीहरूलाई परास्त गर्नुपर्ने महरको धारणा छ।

‘जनताले लोकतन्त्रका बैरीहरूलाई चिनिसक्नु भएको छ। त्यसैले लोकतन्त्रको सुदृद्धिकरणमा चुनौती खडा गर्नेहरू आफैँ परास्त भएर जाने छन्,’ उनले भने, ‘जनताले आफैँले लडेर स्थापना गरेको लोकतन्त्रलाई बलियो पार्न उपनिर्वाचनमा जनता कांग्रेसको पक्षमा उभिनु पर्ने बेला आइसकेको छ। जनताको साथ लोकतन्त्र र कांग्रेसलाई रहने छ भन्नेमा हामी विश्वस्त छौं। लोकतन्त्रभित्र नै पहिचान ,समावेशिता र समानुपातिक सहभागिता छ। लोकतन्त्र भनेको नै पहिचान हो। संघीय समावेशी लोकतन्त्रिक गणतन्त्र सहितको संबिधान निर्माणको नेतृत्व कर्ता कांग्रेस हो। त्यसैले लोकतन्त्रको जितका लागि कांग्रेसको जित आवश्यक छ।’

उनले नेकपाको सरकार हुँदा भएका अलोकतान्त्रिक कदम स्मरण गर्ने बेला आएको छ। ‘उनीहरूका काण्ड र महाकाण्डको स्मरण गरेर उनीहरूले कति लोकतन्त्रलाई कुचल्छन्? कसरी संविधानको उलंघन गर्छन्? भनेर हिजो देखिसकेका छौं। अब हामीले त्यो गल्ती दोहोर्‍याउनु हुँदैन,’ महरले भने।

नयाँ आएका राजनीतिक दलको पनि परिस्थिति र चरित्र हेर्दा उनीहरू लोकतन्त्रप्रति प्रतिबद्ध नदेखिएको महरको आरोप छ। कुनै क्लियर उद्देश्य र मार्ग नभएका कारण लोकतान्त्रिक व्यवस्था खत्तम हुँदा उनीहरू त्यसमा रमाउने खालका देखिएको महरले बताए।

‘गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति बनाउनु पर्ने सदनमा कांग्रेसको माग छ। मुलुकको ठूलो दल र प्रमुख प्रतिपक्षीदलको आवाजलाई दबाउने काम भइरहेको छ। संसदीय छानबिन समिति बनाएर जाने हाम्रो सामान्य मागलाई सरकारले व्यवस्था गरिरहेको छ। सरकार यसमा संवेदनशील हुनुपर्छ। एमाले र रास्वपाका धेरै मान्छे सहकारी ठगी प्रकरणमा मुछिने डरले सरकारले छानबिन समिति गठन गर्न आनाकानी गर्नु पनि लोकतन्त्रमाथिको धावा नै हो,’ महरले भने।

गृहमन्त्रीमाथि मात्र नभएर २०४६ साल यताका सबै उच्च पदस्थ व्यक्तिहरूमाथि छानबिन हुनुपर्छ भन्ने पक्षमा कांग्रेस रहेको प्रस्ट पार्दै महरले सरकारमै रहेका भ्रष्टहरूले शुशासनको खिल्लि उडाएर ,खुट्टा कमाइरहेको आरोप लगाएका छन्। लोकतान्त्रिक प्रणालीमा कम्युनिस्टहरूको ओठे प्रतिबद्धता भए पनि अन्ततः संसारमा कुनै पनि वामपन्थी लोकतान्त्रिक हुन सकेको महरको दाबी छ।  उग्रवामपन्थी र उग्रदक्षिणपन्थी प्रवृत्तिका कारण समग्र लोकतान्त्रिक पद्धतिमा चुनौती थपिएको उनले बताए।न्युज कारखाना

ओखलढुंगा

नेकपा एमाले ओखलढुंगाका पूर्वजिल्ला अध्यक्ष शंकर कटवालले पार्टी छोडेका छन् । जिल्ला अधिवेशनको क्रममा नेतृत्वको पक्षधरता र गुटबन्दी देखिएको भन्दै उनले एमाले छोडेको घोषणा गरेका हुन् ।

पार्टीबाट राजीनामा दिदै उनले भनेका छन्- ‘दसौं जिल्ला अधिबेशनमा जे जस्ता रबैया र गतिबिधिहरु देखियो । जुन खालकाअरोप-प्रत्यारोपको होड वाजी चल्यो । नेतृत्वको जुन खालको कार्यशैली र पक्षधरता देखियो ।  मैले मेरो ३४ बर्षको राजनैतिक जिवनमा यस्तो विधि र पद्धति बिहिनता अनुभुती गरेको थिइन। अराजनीतिक कार्यशैलीले न पार्टी बन्छ, न राजनैतिककर्मिको भविस्य बन्छ ,न ओखलढुंगेली जनताको न्याय गर्न सकिन्छ, न त राजनैतिक न्याय स्थापित गर्न सकिन्छ । यहि कुरालाई महसुस गरि मैले ओखलढुंगा जिल्ला पार्टी इन्चार्ज  क.खगेन्द्र राई मार्फत मिति २०८०/१२/२७ गते बेलुका ६ बजे नै पार्टी परित्याग गरेको राजिनामा पढाइ सकेको छु । आजवाट म नेकपा एमालेको पार्टी सदस्य समेत नरहेको सबैमा जानकारी गराउन चाहान्छु ।’

बुधबार सकिएको एमाले ओखलढुंगाको अधिवेशनले ज्ञानबहादुर (जिबी) खड्कालाई अध्यक्षमा चुनेको थियो । उनले हर्कबोल राईलाई १३ मतले पराजित गरेका थिए ।न्युज कारखाना

विराटनगर ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा देखिएको गत्यावरोध अन्त्य गर्नका लागि राजनीतिक तहमा संवाद सुरु भएको र चाँडै समाधान हुने बताएका छन् ।

विराटनगरमा आज स्थानीय पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै प्रधानन्त्री प्रचण्डले पछिल्लो गतिरोधको समाधान राजनीतिक संवादबाटै समाधान हुने र त्यसका लागि राजनीतिक तहमा संवाद थालिएको बताए ।

प्रधानमन्त्री प्रचण्डले सहकारीसँग सम्बन्धित समग्र विषयको अलगै र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं गृहमन्त्री रवि लामिछाने विषय अलगै अध्ययन गरेर समस्याको समाधान गर्न सकिने विश्वास व्यक्त गरे ।

“अहिले रवि लामिछानेलाई नै केन्द्रमा राखेर समितिको माग गरिएको छ, त्यो मिल्ने कुरो छैन”, प्रधानमन्त्री प्रचण्डले भने, “मैले सदनमा जवाफ दिँदा अनुसन्धानकर्तादेखि सम्बन्धित निकायका प्रमुख र सम्बन्धित जिल्लाका अधिकारीसँग के हो यो ‘केस’ भनेर सोधेको थिए । उहाँहरूले यस ‘केस’ मा रविजीलाई अनुसन्धान गर्ने ठाउँ छैन भन्नुभयो, सोही आधारमा मैले बोलेको हुँ ।”

प्रतिपक्ष दलले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्नेभन्दा पनि गठबन्धन फेरिएपछि राजनीतिक मुद्दा बनाइएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “पहिले हामीसँगै कांग्रेस सरकारमा थियो, त्यतिखेर यो मुद्दा सामान्य थियो, सरकारबाट निस्केपछि रविजीलाई केन्द्रमा राखेर समितिको माग गरिएको छ, यो राजनीतिक पूर्वाग्रहमा आधारित छ ।” उनले पछिल्लो राजनीतिक  समीकरण भत्काउन गरिएको प्रयास सफल नहुने स्पष्ट पारे ।न्युज कारखाना

काठमाडौँ ।

इन्टर मियामी कोनकाकाफ च्याम्पियन्स कपबाट बाहिरिएको छ ।

विहिबार बिहान सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा मोन्टेररेयसँग ३-१ गोल अन्तरले पराजित हुदै समग्रमा ५-२ ले हार बेहोर्दै इन्टर मियामी प्रतियोगिताबाट बाहिरिएको हो ।

यस खेलमा मोन्टेररेयका लागि ब्राण्डन भाज्क्वेज, जर्मन बेरटेरामे र जिसस गालार्ड़ोले एक एक गोल गरेका थिए भने इन्टर मियामीका लागि डिएगो गोमेजले एक  गोल गरेका थिए ।

यस खेलमा खेलको ७८औं मिनेटमा जोर्डी अल्बाले रातो कार्ड पाएपछि इन्टर मियामी १० खेलाडीमा सिमित भएको थियो ।

यस अघि सम्पन्न पहिलो लिगमा इन्टर मियामी २-१ गोलले पराजित भएको थियो ।

यो जितपछि मोन्टेररेय प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ र सेमिफाइनलमा कोलम्बस क्रुको सामना गर्ने छ ।न्युज कारखाना

काठमाडौ, चैत २९ ।

मनकामना स्मार्ट लघुवित्तको आज वार्षिक साधारण सभा बस्दै छ । सभा होटल पौवा सिद्धार्थनगद–६, रुपन्देहीमा दिउँसो १ बजेदेखि हुनेछ । यस लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने जनाएको छ । कम्पनीले चैत १६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, चैत १५ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् । यो संस्थालाई समता घरेलु लघुवित्तले प्राप्ति गर्ने तयारीमा छ । गत भदौमा यी दुवै संस्थाबीच प्राप्ति सम्बन्धी समझदारी भएको हो । न्युज कारखाना

वासिंगटन डिसी, २९ चैत ।

इरानले इजरायल माथी हमला गरे अमेरिका इजरायलको रक्षा कवच भएर उभिने भएको छ।

 

तेहरानले वरिष्ठ इरानीलाई मारेको भन्दै आक्रमणको बदला लिन सक्ने चेतावनीका बिचमा अमेरिकाले आफ्नो स्थिति स्पष्ट पारेका हुन् ।

 

सोही सन्दर्भमा अमेरिकन राष्ट्रपति जो बाइडेनले इजरायललाई ‘फलामे ढोका’ भएर अमेरिकाले इजरायलको रक्षा गर्ने जनाएका छन ।

 

इजरायलले १० दिनअघि सिरियामा रहेको इरानी वाणिज्य दूतावासमा आक्रमण गरेपछि इरानले जवाफमा इजरायल माथी आक्रमण गर्ने धम्की दिएको थियो, जसको जवाफमा अमेरिकन राष्ट्रपति बाइडेनले यस्तो चेतावनी दिएका हुन ।

 

‘हामी इजरायलको सुरक्षाको लागि सक्दो गर्न गइरहेका छौं,’ उनले थपे।

 

यस अघि बुधबार इरानका नेताले दमास्कसमा इजरायली हमलालाई इरानमाथि नै आक्रमण गर्नु बराबर भएको बताएका थिए।

 

‘जब तिनीहरूले हाम्रो वाणिज्य दूतावास क्षेत्रमा आक्रमण गरे, यो हाम्रो क्षेत्रमा आक्रमण गरेजस्तै थियो,’ अयातुल्ला अली खामेनीले टेलिभिजन भाषणमा भनेका थियो, ‘दुष्ट शासन दण्डित हुनुपर्छ, र यो सजाय हुनेछ ।’

गत अप्रिल १ मा इरानी वाणिज्य दूतावास भवनमा भएको आक्रमणमा वरिष्ठ इरानी सैन्य नेताहरू सहित १३ जनाको मृत्यु भए पछि इरान र इजरायलका बिचमा तनाब बढेको छ ।

बुधवार ह्वाइट हाउसमा जापानी प्रधानमन्त्री फुमियो किशिदासँगै पत्रकारहरूसँग कुरा गर्दै बाइडेनले सो टिप्पणी गरेका हुन ।

 

‘मैले प्रधानमन्त्री नेतन्याहुलाई भनेझैं, इरान र यसका प्रोक्सीहरूबाट हुने यी खतराहरू विरुद्ध इजरायलको सुरक्षाप्रतिको हाम्रो प्रतिबद्धता फलामको ढोका सरह हुनेछ, मलाई फेरि भन्न दिनुहोस्, फलामको ढोका,’ बाइडेनले भने।न्युज कारखाना

सियोल, २९ चैत ।

दक्षिण कोरियाको संसदीय निर्वाचनमा विपक्षी दलले बहुमत ल्याएको छ ।

दक्षिण कोरियाको उदारवादी विपक्षी दलले संसदमा आफ्नो नियन्त्रण कायम राख्नको लागि देशको आम चुनावमा भारी बहुमत हासिल गरेको हो ।

 

राष्ट्रिय सभामा डेमोक्रेटिक पार्टी (डिपिके) र साना विपक्षी दलहरूले संयुक्त रूपमा ३०० सिटमध्ये १९२ सिटमा जित हासिल गरेका छन्। यो मतदानलाई राष्ट्रपति युन सुक येओलको कार्यकालमा तीन वर्ष बाँकी रहेकोमा मध्यावधि जनमत संग्रहको रूपमा व्यापक रूपमा हेरिएको थियो ।

 

निर्वाचन परिणाम पछि प्रधानमन्त्री हान डुक सू र पार्टी नेता हान डोङ हुनलगायत उनका केही वरिष्ठ नेताले पदवाट राजीनामा दिएका छन्।

 

युन र उनको पीपुल पावर पार्टी (पीपीपी) को लागि एक ठुलो हार हो, जुन डिपिकेको प्रभुत्व भएको विधायिकामा आफ्नो एजेन्डा हासिल गर्न संघर्ष गरिरहेको छ। डिपिकेको जितको अर्थ हो कि तिनीहरूले संसद मार्फत द्रुत ट्र्याक गर्न र कानूनलाई धक्का दिन सक्षम हुने छन्।

 

डिपिके र पिपिए दुवैले दक्षिण कोरियाको निर्वाचन प्रणाली अन्तर्गत आफ्नो मतलाई अधिकतम बनाउन अलग–अलग प्रयोग गर्छन्, जसले साना दलहरूलाई केही सिटहरू प्रदान गर्दछ, जसको सिट गणना उनीहरूको समग्र समर्थनमा कम हुन्छ।

 

‘यो डेमोक्र्याटिक पार्टीको विजय होइन तर यो जनताको ठूलो जीत हो,’ डिपिकेका नेता ली जे म्युङले पहिलो प्रतिक्रिया दिदैँ भने ।न्युज कारखाना

काठमाडौ, चैत २९ ।

समता घरेलु लघुवित्तको आज वार्षिक साधारण सभा बस्दै छ । सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५.४२२२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२८५४ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । सभा प्रयोजनका लागि कम्पनीले चैत १९ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, चैत १८ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । समता घरेलु लघुवित्तको सभा नमोबुद्ध ब्याक्वेट एन्ड इभेन्ट बनेपा काभ्रेपलाञ्चोकमा बिहान ११ः३० बजे सुरु हुनेछ । न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।