काठमाडौँ ।
शिक्षकहरूले पारिश्रमिक नबढाएसम्म एसईईको उत्तरपुस्तिका नजाच्ने चेतावनी दिएका छन् ।
शिक्षकहरूले २०७२ सालदेखि उत्तरपुस्तिका परीक्षणमा हालसम्म एउटै पारिश्रमिक पाउनु अन्यायपूर्ण भएको भन्दै पारिश्रमिक नबढाएसम्म उत्तरपुस्तिका नजाच्ने विज्ञप्तमार्पत जनाएका छन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष प्रकाश घिमिरे, नेपाल शिक्षक संघका अध्यक्ष सुरेश प्रसाद घिमिरे, एकीकृत अखिल नेपाल शिक्षक संगठनका सचिव शैलश बहादुर प्रधान र प्रगतिशिल शिक्षक संगठनका अध्यक्ष गोविन्द चिलवालले उत्तरपुस्तिका परीक्षण गर्न नसक्ने भन्दै आइतबार विज्ञप्ति जारी गरेका छन् ।
हाल एसईईको एउटा उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षकले २० रुपैयाँ र सम्परीक्षकले पाँच रुपैयाँ पाउँछन्। दुवैमा १५ प्रतिशत कर काट्ने व्यवस्था छ।न्युज कारखाना
काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन बारे आशंका व्यक्त गरेका छन् ।
सोमबार नरबहादुर कर्माचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालको अहिलेको राजनीति जटिल भएको बताउदै वर्तमान गठबन्धन लामो समय जानेमा आशंका व्यक्त अग्रेका हुन् ।
उनले भने, ‘परिस्थिति जटिल छ । छोटो समय भित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ । यो गठबन्धन पनि कति दिन टिक्छ भन्ने टुङ्गो छैन । त्यसको सबै जवाफ त हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले दिनुहुनेछ । मैले दिन सक्दिन । तर पनि अलिअलि भन्न सक्छु । परिस्थिति सहज छैन । हामी सहज मानिरहेका छैनौँ । सहज अवस्थामा आफूलाई अनुभूत गरिरहेका छैनौँ ।’
अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै आफूहरू कसैको गालीगलौज सहनका लागि नजन्मेको भन्दै कसैको दास नबन्ने बताए । उनले भने, ‘कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि हामी राजनीतिमा आएका होइनौँ, समाजमा जन्मिएका होइनौँ, राजनीतिमा लागेका होइनौँ । कसैको दास बन्ने हाम्रो नियत होइनौँ ।’
पछिलो समय सत्ता गठबन्धनमा यसअघि गरिएका सहमति कार्यान्वयन नगरिएको भन्दै नेपाल असन्तुष्ट रहेका छन् । उनले यस बीचमा वैकल्पिक गठबन्धन बनाउन कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलमा रहेको बताइएको छ । न्युज कारखाना
काठमाडौं, १० बैशाख ।
मन्त्री परिषद बैठक सुरू हुदैँछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बस्ने बैठकले मुख्यतयाः लगानी सम्मेलनका लागि आवाश्यक कानुन संसोधनका लागि केही अध्यादेश जारी गर्ने बारेमा छलफल गर्ने बुझिएको छ ।
आजको बैठकमा प्रधानमन्त्रीले बिभिन्न नियुक्तिहरूका बारेमा पनि छलफल गर्नेछन् ।न्युज कारखाना
मुम्बई, १० बैशाख ।
सलमान खानको फिल्म ‘सिकन्दर’ को सुटिङ अर्को महिनादेखि सुरु हुँदैछ ।
जुन फिल्मको एआर मुरुगादासले निर्देशन गर्ने भएका छन् ।
साजिद नाडियाडवालाले निर्माण गरेको यो फिल्ममा मुख्य भूमिकाका लागि त्रिशा कृष्णनको नाम यसअघि सार्वजनिक भएको थियो । तर अहिले उनी यो प्रोजेक्टबाट अलग भएको बताइएको छ ।
इन्डियाग्लिट्जको रिपोर्टका अनुसार कियारा आडवाणी ‘सिकंदर’ मा सलमानको अपोजिटमा देखिनेछिन् । हालसालै कियारा साजिद नाडियाडवालाको अफिस बाहिर देखिएकी थिइन् । यो फिल्मको सिलसिलामा उनी साजिदलाई भेट्न आएको खबर आएको थियो । आजकल कियारा शंकरको तेलुगु फिल्म ‘गेम चेन्जर’ मा पनि काम गरिरहेकी छिन् । जसमा उनीसँगै रामचरण देखिने छन् ।
साथै, हालै ‘सिकन्दर’ को सुटिङको बारेमा एउटा अपडेट आएको छ । मिड डेको रिपोर्टका अनुसार सलमान खानको फिल्म ‘सिकंदर’को सुटिङ पक्कै पनि अर्को महिनाबाट सुरु हुनेछ । तर यसको छायांकन भने लगातार हुने छैन । ‘सिकन्दर’ सुरु गरे पछि मुरुगादासले बीचमा छिटो ब्रेक लिनेछन्।
‘सिकन्दर’ बाहेक उनले आफ्नो आगामी फिल्ममा पनि काम गर्ने छन् । यो उनको तमिल भाषाको फिल्म हो, जुन उनले शिवकार्तिकेयनसँग बनाउन लागेका हुन् । जसलाई उनले यही जुनमा पूरा गर्नेछन् ।
यसअघि सलमान खान ‘सिकंदर’ मा त्रिशा कृष्णनसँग देखिने खबर आएको थियो । अहिले तृषा यस प्रोजेक्टबाट अलग भएको खबर छ । तर, धेरै मिडिया रिपोर्टमा यो पनि भनिएको छ कि तृषाले फिल्ममा निकै महत्वपूर्ण भूमिका निर्वाह गर्नेछिन् । अब निर्माताहरूबाट कुनै आधिकारिक जानकारी नआएसम्म। त्यतिन्जेल केही भन्न हतार हुनेछ ।न्युज कारखाना
रौतहट १० बैशाख।
रौतहट स्थित तस्करहरुले बिभिन्न नाकाहुँदै अबैध रुपमा भारत बाट भित्र्याएको २४ लाख रुपैयाँ भन्दा बढीको तस्करीको बिभिन्न सामान ५ दिन भित्र प्रहरीले बरामद गरेको छ।
यही बैशाख देखि ४ गते देखि ९ गतेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी गस्ति टोलीले जिल्लाको बिभिन्न स्थानबाट भंसार छली ल्याएको २४ लाख ५२ हजार १४३ रुपैया बराबरको सामानहरु नियन्त्रणमा लिएको हो जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन्।
बरामद लता कपडा, कस्मेटिक, किराना तथा अन्य सामानहरु आवश्यक कारवाहीको लागी आईतवार गौर भंसार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहट द्वारा जारी सुचनामा उल्लेख गरिएको छ । न्युज कारखाना
काठमाडौं, १० बैशाख ।
गत बिहिबार सार्वजनिक युवा स्टार अनमोल केसीको अभिनय रहेको फिल्म ‘फर्की फर्की’ ट्रेलरले दर्शकबाट उत्साहप्रद समर्थन पाएको छ ।
कुनै पनि नेपाली फिल्मको ट्रेलरलाई १ दिनमै १० लाख बढि पटक हेरिएको रेकर्ड राखेको यो फिल्मको ट्रेलरले दुई दिनमै २२ लाख (२ मिलियन) बढि पटक हेरिएको किर्तिमान पनि राखेको छ ।
ट्रेलरलाई हालसम्म युट्यूवमा २२ लाख बढि पटक हेरिँदा ४६ हजार बढि लाइक प्राप्त छ भने झण्डै ६ हजार प्रतिक्रिया प्राप्त छन् । झण्डै सय प्रतिशतको आसपासमा सकारात्मक प्रतिक्रिया पाएको ट्रेलरले अनमोलको स्टारडम र नेपाली फिल्मको ‘हिरोइज्म’ लाई कायम राख्न सफल देखिन्छ । अधिकांश प्रतिक्रियामा दर्शकले अनमोल लभर ब्वाईको रूपमा ब्याक भएकोमा स्वागत गरेका छन् भने उनको नयाँ फिल्म छिटो हेर्न आतूर रहेको प्रतिक्रिया उत्तिकै व्यक्त छन् । ट्रेलरमा जोडिएको अनमोल र अभिनेत्री जसीता गुरुङको प्रेम प्रसंग र नेपाली फिल्ममा पहिलोपटक देखाउन खोजिएको ‘टाइम लूप’लाई दर्शकले व्यग्र प्रतिक्षा गरेको संकेत ट्रेलरमा प्राप्त प्रतिक्रियाबाट बुझिन्छ ।
निर्माता रोहित अधिकारीले फिल्मप्रति ट्रेलर हेरेर नै दर्शकले देखाएको चासो र व्यक्त गरेको प्रतिक्रियाले निर्माण टिम उत्साहित रहेको बताए । युवापुस्तामा सर्वाधिक लोकप्रिय रहेका अभिनेता अनमोलले दर्शकले मन पराउने कथा रहेकैले र लगातार गरिरहेका फिल्म भन्दा केहि भिन्न प्रकारको कथा रहेकोले ‘फर्की फर्की आफ्नो लागि विशेष रहेको बताए ।
यसैबीच फिल्मको ट्रेलरले प्राप्त साथ र प्रतिक्रियाले फिल्मको वैदेशिक प्रदर्शनमा उछाल आएको छ । निर्माता अधिकारीले ट्रेलर रिलिजपछि नेपालीहरू बसोबास गर्दै आएका दर्जन बढि देशहरूबाट फिल्मको माग आएको बताए । केहि देशहरूमा फिल्मको प्रदर्शन अधिकार यसअघि नै बिक्री भइसकेको र धेरैमा कुरा अघि बढिसकेको बताउँदै रिलिज पहिले नै फिल्मले ७५ प्रतिशत लगानि सुरक्षित गर्ने बाटोमा गएको अधिकारीले बताए ।
फिल्मको आधिकारिक सामाजिक सञ्जालबाट विदेश प्रदर्शन अधिकारको अपडेट सार्वजनिक गर्दै जाने उनले बताए । वैदेशिक प्रदर्शन अधिकार, डिजिटल अधिकार र फिल्मसँग जोडिएका ब्राण्डबाट प्राप्त रेभिन्यूले फिल्म रिलिज सँगसँगै नाफाको बाटोमा जान लागेको उनको दाबी छ ।
सुयोग गुरुङ निर्देशित फिल्ममा अनमोल र जसीतासँगै रवि काफ्ले र समृद्धी अर्यालले प्रमुख भुमिकामा अभिनय गरेका छन् । काफ्ले र अर्याल दुबैको लागि यो फिल्म डेब्यू रहनेछ । रोहित अधिकारी फिल्मस्ुले ओएसआर डिजिटलको सहकार्यमा फिल्म निर्माण गरेको हो । नरेन्द्र मैनालीको छायांकन रहेको फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन छ । निर्देशक गुरुङकै कथा तथा पटकथा रहेको फिल्मलाई काठमाडौंमा काफिया फिल्मस् र मोफसलमा कुबेर फिल्मस् ले प्रदर्शन अधिकार खरिद गरेको छ ।न्युज कारखाना
नयाँदिल्ली, १० बैशाख ।
योग गुरु रामदेवका लागि पछिल्लाे समय कुनै शुभ समाचार आएको छैन ।
अब रामदेवका योग शिविरहरू पनि सेवा करको दायरामा परेका छन् । सर्वोच्च अदालतको फैसलापछि अब स्वामी रामदेव र पतञ्जली योगपीठ ट्रष्टले योग शिविर आयोजना गर्दा ‘सेवाकर’ तिर्नुपर्ने भएको छ ।
सर्वोच्च अदालतमा अप्रिल १९ मा सुनुवाइका क्रममा न्यायाधीश अभय एम ओक र न्यायाधीश उज्ज्वल भुइँयाको इजलासले भन्सार, अन्तःशुल्क, सेवा कर पुनरावेदन न्यायाधिकरण (सेस्टाट) को फैसला सदर गरेको थियो । पीटीआई रिपोर्टका अनुसार ट्राइब्युनलले पतञ्जली योगपीठ ट्रस्टलाई आवासीय र गैर आवासीय योग शिविरहरू आयोजना गर्न सेवा कर तिर्न आवश्यक रहेको जनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन ।
सो विरुद्ध पतञ्जलीले सर्वोच्च अदालतमा याचिका दायर गरेको थियो । पतञ्जली योगपीठ ट्रस्टले स्वामी रामदेवको योग शिविरमा सहभागी हुन प्रवेश शुल्क लिने गरेको छ । न्यायाधीश ओक र न्यायाधीश भुइँयाको इजलासले आफ्नो फैसलामा सेस्टाटको निर्णय सही भएको र भन्यो, ‘शिविरमा प्रवेश शुल्क लिएर गरिने सेवा होइन, याे ‘ब्यापार’ हाे । न्यायाधिकरणको आदेशमा हस्तक्षेप गर्नुपर्ने कुनै कारण देख्दैनौं। त्यसैले पतञ्जलि योगपीठ ट्रस्टको अपील खारेज हुन्छ ।’
रामदेवकाे ट्रस्ट धेरै आवासीय र गैरआवासीय शिविरहरूमा योग तालिम प्रदान गर्न संलग्न छ। तर, उसले त्यससका लागि सहभागीबाट चन्दा स्वरूप शुल्क लिइएको जनाउँदै आएको थियो । उसको तर्क थियो, यो रकम चन्दाको रुपमा संकलन गरिएको हो । तर, सेस्टाटले. वास्तवमा यो विभिन्न सेवाहरूको लागि लिएको शुल्क हो, चन्दा भने होइन् भन्ने तर्क गरेकाे थियाे ।
तर, रामदेवकाे ट्रस्टले सेस्टाटका अगाडि तर्क गरेको थियो कि ‘स्वास्थ्य र फिटनेस सेवाहरू’ कर योग्य छैन किनभने याे कार्य चिकित्सा उपचारका लागि होइन, शारीरिक तन्दुरुस्तीका लागि विस्तार गरिएकाे हाे । शिविरमा सहभागीहरुबाट जे पाएको छ, त्यो स्वेच्छिक चन्दा भएको ट्रष्टले जनाएको छ ।
ट्रस्टको यस तर्कमा सेस्टाटले यो रकम स्वास्थ्य र फिटनेस सेवा अन्तर्गत करबाट बच्ने प्रावधानबाहेक केही नभएको स्पष्ट पारेको छ । ट्रस्टको अपील अस्वीकार गर्दै उसले वित्त ऐन १९९४ मा ‘स्वास्थ्य र फिटनेस सेवा’ को परिभाषा व्याख्या गरेको थियो । जस अनुसार स्वास्थ्य तथा तन्दुरुस्ती सेवामा स्लीपिङ, टर्किस एण्ड स्टीम बाथ, सोलारियम, स्पा, स्लिमिङ सैलुन, जिम, योगा, मेडिटेशन, मसाजलाई समावेश गरिएको छ ।न्युज कारखाना
काठमाडौं, १० बैशाख ।
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुदैँछ ।
जिल्ला अदालत, काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ ।
गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएका थिए । न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले तादी गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो ।
साथै, जन्ममितिसम्वन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको छ ।
उच्च अदालतको आदेशपछि तादी गाउँपालिकाको २ नम्बर वडाले फेरि पत्राचार गरेको छ । उक्त पत्रमा गौशाला २६ को जन्ममिति २०६१ असार १८ रहेको र पछि उनले विद्यालयको प्रमाणपत्रका आधारमा एक वर्ष उमेर घटाएर अर्को जन्मदर्ता निकालेको खुलेको थियो ।
सोही बिषयमा अदालतले आजबाट सुनवाइ सुरू गर्न लागेको हो ।
न्युज कारखाना
माले, १० बैशाख ।
माल्दिभ्समा आइतबार भएको संसदीय निर्वाचनमा राष्ट्रपति मोहम्मद मुइज्जुको पार्टी पिपुल्स नेसनल कंग्रेसले भारी बहुमत हासिल गरेको छ ।
आफ्नो देशवाट भारतीय सेना हटाउने राष्ट्रपति मुइज्जुको सत्तारुढ दलले संसदको ९३ सिटमध्ये ६७ सिट जित हासिल गरेर इतिहास कायम गरेको छ । मतगणना अझै जारी छ । यो चुनाव बेइजिङ समर्थक राष्ट्रपति मुइज्जुका लागि निकै महत्वपूर्ण मानिएको छ ।
माल्दिभ्समा प्रभाव बढाउन खोजिरहेका भारत र चीनले संसदीय निर्वाचनको नतिजालाई नजिकबाट हेरिरहेका छन् । संसदीय निर्वाचनमा प्रमुख प्रतिपक्षी दल माल्दिभियन डेमोक्रेटिक पार्टीले १२ सिट र स्वतन्त्र उम्मेदवारले १० सिट जितेका छन् । माल्दिभ्स विकास गठबन्धन र जहुरी पार्टीले एक–एक सिट पाएका छन् ।
स्थानीय समय अनुसार हिजो बिहान ८ बजे सुरु भई साँझ ५ः३० बजेसम्म चलेको थियो । साँझ ५ः३० बजे मतदान सकिएसँगै निर्वाचन अधिकारीहरूले देशभरका ६ राजनीतिक दल र स्वतन्त्र समूहले ९३ सिटका लागि ३ सय ६८ उम्मेदवारलाई उम्मेदवारी दिएका थिए । पिपुल्स नेसनल कंग्रेसले ९० सिटमा उम्मेदवारी दिएको थियो भने प्रमुख विपक्षी माल्दिभियन डेमोक्रेटिक पार्टीले ८९ सिटमा उम्मेदवारी दिएको छ ।
मालदिभ्स हिन्द महासागरमा रणनीतिक रूपमा महत्त्वपूर्ण स्थानमा अवस्थित छ। यस्तो अवस्थामा भारत र चीनले माल्दिभ्समा आफ्नो प्रभाव बढाउने प्रयास गरिरहेका छन् । मुइज्जु राष्ट्रपति बनेपछि भारत र चीनबीचको द्वन्द्व बढेको थियो । यसअघि निर्वाचित भए लगत्तै मुइज्जुले चीन समर्थक अडान अपनाए र देशको एउटा टापुमा तैनाथ भारतीय सेना हटाउन काम गरेका थिए ।
राष्ट्रपति पदका लागि मुइज्जुको चुनावी अभियान ‘एक्जिट इण्डिया’ भन्ने विषयवस्तुमा आधारित थियो, जसमा उनले पूर्व राष्ट्रपतिमाथि भारतलाई धेरै महत्त्व दिएर राष्ट्रिय सार्वभौमसत्तामा सम्झौता गरेको आरोप लगाएका थिए। माल्दिभ्समा कम्तिमा ७५ भारतीय सैनिक तैनाथ गरिएको थियो र भारतले उपहार दिएका दुईवटा विमान चलाएको थियो र साथै समुद्रमा फसेका वा प्रकोपको सामना गरिरहेका मानिसहरूको उद्धार कार्यमा सहयोग पुर्याएको थियो। मुइज्जुले यी सेनाका कर्मचारीहरूलाई हटाउने दिशामा कदम चालेको थियो ।
न्युज कारखाना
काठमाडौँ ।
हङकङको खाद्य सुरक्षा विभागले भारतीय कम्पनी एमडीएच र एभरेष्टका केही प्याकेज गरिएका मसलाहरूमा कीटनाशक इथाइलिन अक्साइड फेला परेको दाबी गरेको छ र त्यसको प्रयोग नगर्न सल्लाह दिएको छ।
यससँगै यसको खरिद–बिक्री बन्द गर्न पनि भनिएको छ । त्यस्तै सिंगापुरमा पनि एभरेष्टको फिश करी मसाला बजारबाट फिर्ता लिन निर्देशन दिइएको छ ।
सेन्टर फर फूड सेफ्टी, हङकङको खाद्य सुरक्षा विभागले एमडीएचको मद्रास करी पाउडर, सम्भर मसाला मिश्रित पाउडर र करी पाउडर मिश्रित मसालामा कीटनाशक एथिलिन अक्साइड फेला पारेको छ र मानिसहरूलाई यसको प्रयोग नगर्न आग्रह गरेको छ ।
फूड सेफ्टी विभाग, सेन्टर फर फूड सेफ्टीले बिक्री बन्द गर्नुको कारण बताउदै क्यान्सरको अनुसन्धान गरिरहेको एजेन्सीले समूह १ कार्सिनोजेनमा एथिलिन अक्साइड राखेको जनाएको छ । कार्सिनोजेन्स भनेको क्यान्सरको जोखिम निम्त्याउने तत्व हो ।
खाद्य सुरक्षा विभागले खाद्य पदार्थमा विषादीको अवशेष (क्याप. १३२ सेमी) नियमलाई उद्धृत गर्दै त्यसको प्रयोग स्वास्थ्यका लागि हानिकारक वा हानिकारक नभएमा मात्रै त्यस्ता खानेकुरा बिक्री गर्न सकिने बताएको छ ।
हङकङको सेन्टर फर फूड सेफ्टीले तीनवटा खुद्रा पसलबाट मसलाको नमूना संकलन गरेको थियो । सेन्टर फर फूड सेफ्टीका प्रवक्ताका अनुसार हङकङमा खानामा इथिलिन अक्साइड जस्ता विषादी प्रयोग गर्नेलाई अधिकतम ५० हजार डलर जरिवाना हुनसक्छ । दोषी प्रमाणित भएमा जरिवानासहित ६ महिनासम्म कैद सजाय हुनसक्छ ।
यसैबीच, सिंगापुरले एभरेष्टको फिश करी मसालामा इथिलीन अक्साइड भेटिएपछि देशको खाद्य निकायलाई बजारबाट फिर्ता लिन आदेश दिएको छ । देशमा यो मसलाको आयातकर्ता मुथैया एन्ड सन्स प्राइभेट लिमिटेडलाई यो उत्पादन बजारबाट फिर्ता लिन भनिएको छ ।
सिंगापुरको फुड एजेन्सीले उपभोक्ताहरूलाई एभरेष्टको माछा करी मसला प्रयोग नगर्न सल्लाह दिएको छ ।
एजेन्सीले हङकङको खाद्य सुरक्षा विभागले जारी गरेको उही निर्देशनलाई उद्धृत गरेको छ, जसमा भनिएको छ कि एमडीएच र एभरेष्टको फिश करी स्पाइसमा क्यान्सर हुन सक्ने तत्वहरू छन् । सिंगापुरको फूड एजेन्सीले थोरै मात्रामा इथिलिन अक्साइडबाट तत्काल कुनै खतरा नहुने बताएको छ । तर लामो समयसम्म प्रयोग गर्नाले यस्ता रसायनले स्वास्थ्यलाई जोखिममा पार्न सक्छ ।
एभरेष्टले भनेको छ, ‘हाम्रा सबै उत्पादनहरू कडा परीक्षणपछि मात्रै उत्पादन र निर्यात गरिन्छ। हामी सरसफाई र खाद्य सुरक्षा मापदण्डलाई कडाइका साथ पालन गर्छौं । हाम्रा उत्पादनहरूमा भारतीय मसला बोर्ड र एफएसएसएआई लगायत सबै एजेन्सीहरूबाट अनुमोदन रहेको छ ।; एभरेष्टले भनेको छ, ‘हरेक निर्यात गर्नुअघि हाम्रा उत्पादनहरू भारतको मसला बोर्डले परीक्षण गराउँछन्। अहिले हामी आधिकारिक जानकारीको लागि पर्खिरहेका छौं। हाम्रो गुणस्तर नियन्त्रण टोलीले यस विषयमा राम्ररी अनुसन्धान गर्नेछ ।’
इथिलीन अक्साइड के हो ?
इथिलीन अक्साइड एक रंगहीन र ज्वलनशील ग्यास हो । यो सामान्यतया कृषि, स्वास्थ्य सेवा र खाद्य प्रशोधन उद्योगहरूमा धुवाँ, कीटनाशक र स्टेरिलेन्टहरू बनाउन प्रयोग गरिन्छ । माइक्रोबियल प्रदूषण हटाउन र कीराहरू नियन्त्रण गर्न मसला र अन्य सुख्खा खानाहरूमा इथिलीन अक्साइड प्रयोग गरिन्छ । खानालाई ब्याक्टेरिया, कवक र कीराहरूबाट जोगाउन इथाइलिन अक्साइड प्रयोग गरिन्छ ।
तर, धेरै स्वास्थ्य संस्थाहरूले यसलाई कार्सिनोजेनको श्रेणीमा राखेका छन् । कार्सिनोजेन्सले क्यान्सरको जोखिम निम्त्याउन सक्छ । इथिलिन अक्साइडको खतरालाई ध्यानमा राख्दै धेरै देशका खाद्य नियामकहरूले खाद्य वस्तुहरूमा यसको प्रयोगलाई लिएर कडा नियम बनाएका छन् । यी देशहरूमा इथिलीन अक्साइडको मात्रा निर्धारण गर्न कडा कानुनहरू छन् ।
यसअघि पनि भारतीय मसला विदेशी नियमको कठघरामा फसेका घटना भएका छन् । २०२३ मा, अमेरिकी खाद्य र औषधि प्राधिकरणले एभरेष्टको साम्बर मसाला र गरम मसालालाई बजारबाट फिर्ता लिन निर्देशन दिएको थियो ।
यी मसलाहरूमा साल्मोनेला पोजेटिभ पाइएको थियो । यो ब्याक्टेरियाले पखाला, पेट दुख्ने, ज्वरो आउने, चक्कर लाग्ने वा बान्ता हुन सक्छ ।
हालै मात्र एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा बेबी फूड बिक्री गर्ने कम्पनी नेस्लेका उत्पादनहरूमा चिनीको मात्रा बढी भएको पाइएको थियो । यी उत्पादनहरूमा विश्वको सबैभन्दा ठूलो बेबी सिरियल ब्रान्ड सेरेलक पनि समावेश छ । बच्चाहरूलाई चिनी दिनु उचित हुँदैन । यो रिपोर्ट स्वीस संस्था पब्लिक आईको थियो। यो प्रतिवेदन इन्टरनेशनल बेबी फुड एक्शन नेटवर्कसँगको सहकार्यमा ल्याइएको हो । बेल्जियमको प्रयोगशालामा यी उत्पादनहरूको परीक्षण गरेपछि यो रिपोर्ट जारी गरिएको हो । न्युज कारखाना