काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमालेद्वारा आयोजित नेकपा स्थापनाको हीरक महोत्सवमा सहभागी नहुने भएका छन् ।
एमालेको निमन्त्रणा पाए पनि नेपाल भने यस कार्यक्रममा नजाने उनी निकट सचिवालय सदस्यले जानकारी दिएका छन् ।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भने कार्यक्रममा जाने बताइएको छ ।
एमालेले आज कम्युनिष्ट पार्टीको स्थापनाको ७५औं बर्षको अवसरमा विशेष कार्यक्रम गरिरहेको छ । गोदावरीमा हुने सो कार्यक्रममा एमालेले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गर्दै छ ।
एमालेले यस कार्यक्रममा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवासहित राजनीतिक दलका शिर्ष नेताहरुलाई निमन्त्रणा गरेको छ ।न्युज कारखाना
काठमाडौँ ।
आइफोन निर्माण गर्ने कम्पनी एप्पलले आगामी ३ वर्षमा भारतमा ५ लाख मानिसलाई रोजगारी दिने भएको छ । यी कार्यहरू विक्रेता र कम्पोनेन्ट आपूर्तिकर्ताहरू मार्फत उत्पन्न हुनेछन् । एक वरिष्ठ अधिकारीले समाचार एजेन्सी पीटीआईलाई भने, ‘एप्पलले भारतमा अपोइन्टमेन्टलाई तीव्रता दिइरहेको छ।’
उनले अहिले एप्पलका विक्रेता र आपूर्तिकर्ताले भारतमा १.५ लाख मानिसलाई रोजगारी दिएको बताए । तीमध्ये एप्पलका दुईवटा उत्पादन कारखाना सञ्चालन गर्ने कम्पनी टाटा इलेक्ट्रोनिक्स सबैभन्दा ठूलो रोजगारी सिर्जना गर्ने कम्पनी हो । यद्यपि यस विषयमा एप्पलको तर्फबाट कुनै वक्तव्य आएको छैन ।
मिडिया रिपोर्टका अनुसार एप्पलले कोरोना महामारीपछि चीनमाथिको आफ्नो निर्भरता कम गर्ने रणनीति अपनाएको छ र भारतमा लगानी गरिरहेको छ ।
कम्पनीले आगामी ३ वर्षभित्र आफ्नो विद्यमान आपूर्ति श्रृंखलाको कम्तीमा आधा चीनबाट भारतमा हस्तान्तरण गर्ने योजना बनाएको छ । यसअन्तर्गत भारतीय आपूर्तिकर्तालाई जोड दिन थालिएको छ । कम्पनीको लक्ष्य आगामी ४ देखि ५ वर्षमा भारतमा आफ्नो उत्पादन ५ गुणा बढाएर ४० अर्ब अमेरिकी डलर (लगभग ३.३२ लाख करोड रुपैयाँ) पुर्याउने छ ।
एप्पल बाहेक विश्वका अन्य धेरै कम्पनीहरूले यो रणनीति अपनाएका छन् जसलाई ‘चाइना प्लस वन नीति’ भनिन्छ । हाल, एप्पलको संसारमा सबैभन्दा बढी घरेलु मूल्य वृद्धि चीनमा छ, जुन लगभग २८ प्रतिशत हो । जबकि भारतमा मूल्य अभिवृद्धि करिब ११-१२ प्रतिशत छ, जुन १५-१८ प्रतिशत सम्म जाने अपेक्षा गरिएको छ।
बजार अनुसन्धान फर्म काउन्टरपोइन्ट रिसर्चका अनुसार एप्पलले २०२३ मा पहिलो पटक भारतमा राजस्व उत्पादनको हिसाबले शीर्ष स्थान हासिल गरेको छ । तर, बिक्रीको हिसाबले सामसुङ अगाडि छ ।
काउन्टरपोइन्टले रिपोर्ट गरेको छ कि एप्पलले गत वर्ष पहिलो पटक शिपमेन्टमा १० मिलियन एकाइको अंक पार गर्यो। ट्रेड इन्टेलिजेन्स प्लेटफर्म द ट्रेड भिजनका अनुसार, भारतबाट एप्पलको आईफोन निर्यात २०२२-२३ मा ६.२७ बिलियन डलरबाट बढेर २०२३-२४ मा १२.१ बिलियन अमेरिकी डलर पुग्ने छ, जसले लगभग १०० प्रतिशतको ठूलो वृद्धि देखाउँछ ।न्युज कारखाना
काठमाडौँ ।
गाजाको रफाह सहरमा आइतबार इजरायली हमलामा मारिएकी एक महिलाको गर्भबाट बच्चा जिउँदै निकालिएको छ । प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरूले ती महिला ३० हप्ताको गर्भवती भएको बताएका छन् ।
चिकित्सकले आकस्मिक सी–सेक्शन प्रसूति मार्फत शिशुको उद्धार गरेका थिए । जन्मदा बच्चाको तौल १.४ किलोग्राम (३.०९ पाउण्ड) थियो। उनको अवस्था स्थिर रहेको छ । बिस्तारै उनको स्वास्थ्यमा सुधार भइरहेको छ ।
महिलाको पहिचान सबरीन अल-सकानीको रूपमा गरिएको छ। दुई घरमा इजरायली हवाई आक्रमणमा बालिकाकी आमा, बुबा र बहिनीसहित १९ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। जसमा एकै परिवारका १३ बालबालिका रहेका छन् ।
नवजात बालिकाका काका रामी अल शेखले आफ्नी जेठी बहिनी मलाक आफ्नो जन्ममा निकै खुसी भएको बताए । उनी आफ्नी कान्छी बहिनीको नाम रुह राख्न चाहन्थिन्, जसको अर्थ अरबीमा आत्मा हो। तर, कान्छी बहिनी संसारमा आउनुअघि नै मलाकको हवाई आक्रमणमा मृत्यु भयो ।
रफाहको अस्पतालमा शिशुको हेरचाह गरिरहेका डाक्टर मोहम्मद सलामाले नवजात शिशुलाई अर्को बच्चासँगै इन्क्युबेटरमा राखिएको बताए। उनलाई तीनदेखि चार सातासम्म अस्पतालमा राखिनेछ । बालिका बाँचे तर अनाथ भएर जन्मिनु सबैभन्दा ठूलो दुःखद कुरा डाक्टरले बताए ।न्युज कारखाना
९ बैशाख, महोत्तरी
बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले नगरमा विकासको गतिलाई अगाडि बढाउन नसकिएको स्विकार गरेका छन ।
सडक संजालमा पुराना ठेक्काका काम, ढलान र स्त्तरोन्न्ती वाहेक २ बर्षसम्म नगर लयमा अगाडि वढन नसकेको आरोप लागिरहेको वेला नगरप्रमुख क्षेत्रीले विकासमा ग्रहण लागेको वताएका हुन ।
मधेश प्रदेश सरकारका नवनियुक्त दुई मन्त्री भरत प्रसाद साह र सारदादेवी थापालाई वधाई तथा सुभकामना दिन आयोजना गरेको एक कार्यक्रममा वोल्दै विकासको गतिमा बाधा र अन्धकार लागेको प्रतिक्रिया दिए ।
`बर्दिवासको विकास अन्य ठाउँको तुलनामा पछि परेको छ । यस्को पछाडी विभिन्न वाधा र व्यवधान खडा भएका छन यस्को लागि दुई मन्त्रीले नेतृत्व लिनुपर्छ ।´ नगरप्रमुख क्षेत्रीले भने । `म आफै पनि यस्लाई छिचोलेर अगाडि वढीरहेको छु ।´
उन्ले विकासमा के कारणले ग्रहण लागेको भन्ने बिषयमा नखुलाएतापनी केही अवरोध कै कारण विकास हुन नसकेको स्विकार गरेका छन । विकासमा अवरोध सिर्जना गर्न केही मानिसहरु लागेको र विकासलाई सकारात्मकरुपमा ग्रहण गर्न नगरप्रमुख क्षेत्रीले आग्रह गरे ।
तर वाधा र विरोध आएतापनी आफू विचलित नभएको र विकासलाई गति दिन प्रयासरत रहेको उन्को भनाई छ ।
नगरप्रमुख क्षेत्रीले निर्वाचित भएको केही महिनादेखी नै विकासमा ग्रहण र वादल लागेको वताएका थिए । अपेक्षित विकास नभएको भन्दै सामाजिक संजालवाट वाक्लै आलोचना सुरु हुन थालेपछी नगरप्रमुख क्षेत्रीले उहीँ पुरानो वाक्यलाई पुनरावृती गराएका छन ।
अन्य क्षेत्रको तुलनामा बर्दिवास नगर क्षेत्रको विकास नभएको स्विकार गर्दै नगरप्रमुख क्षेत्रीले यसभित्रको किचलो र अडचनलाई दुई मन्त्रीले नै हटाउनेमा विस्वास ब्यक्त गरे ।
विकासको काममा जस लिनेहरुप्रती समेत व्यंग्य प्रहार गर्दै उन्ले यस्ले राम्रो नगर्ने वताए । संघ, प्रदेश, स्थानिय सरकारमा जस्ले नेतृत्व गरेको भएतापनी विकासमा भने साझा धारणा वनाउनुपर्नेमा नगरप्रमुख क्षेत्रीको जोड रहेको छ ।
न्युज कारखाना
काठमाडौँ ।
काठमाडौँ उपत्यकाको वायु अहिले पनि अस्वस्थ रहेको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ ।
एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ उपत्यकाको वायुप्रदूषण तह बढेको छ । सोमबार १७६ एक्यूआइ मापन गरिएको छ । आज काठमाडौँ विश्वको सबैभन्दा बढी प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ ।
नेपाल पहिलो स्थानमा १६७ एक्यूआईसहित छ भने चीनको बेइजिङ १६१ एक्यूआईसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै भारतको कोलकोता १५८ एक्यूआईसहित तेस्रो स्थानमा रहेको छ । यसलाई स्वास्थ्यको हिसाबले अस्वस्थ मानिन्छ ।
प्रदुषण मापनमा शुन्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई सतर्क रहनुपर्ने रुपमा लिइन्छ । १०१ देखि १५० सम्मलाई हुनुलाई श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ भने १५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थकरका रुपमा लिइन्छ ।
२०१ देखि ३०० सम्मको अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने ३०१ देखि ४०० सम्मलाई खतरनाक र ४०१ देखि ४५० लाई अति खतरा मानिन्छ ।
काठमाडौँ उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ । न्युज कारखाना
मुम्बइ, १० बैशाख ।
अन्ततः सलमान खानको बजरंगी भाइजान–२ निर्माण हुने भएको छ ।
जसलाई लिएर पछिल्लो समय निर्माता केके राधामोहनले ‘बजरंगी भाइजान २’ को स्क्रिप्ट सकिएको पुष्टि गरेकी छन् ।
उनका अनुसार ‘बजरंगी भाइजान २’ र ‘राउडी राठौर’ दुबै सिनेमाको सिक्वेलका स्क्रिप्ट पनि पूरा भइसकेको छ ।
बलिउड अभिनेता सलमान खानले सन् २०१५ को आफ्नो हिट फिल्म ‘बजरंगी भाइजान’ को सिक्वेल बनाउने घोषणा यसअघि नै गरेका थिए ।
निर्देशक एसएस राजामौलीको रिलिजको तयारीमा रहेको फिल्म ‘आरआरआर’ को मुम्बई प्रि–रिलिजमा पुगेका अभिनेता सलमानले ‘बजरंगी भाइजान २’ बनाउने घोषणा गरेका थिए । जसको स्क्रिप्ट तयार भएको निर्मात्री राधामोहनले गरेका हुन् ।
सलमान खानका अनुसार बजरंगी भाइजानको सिक्वेलको लेखन एसएस राजामौलीका पिता के भी विजयेन्द्रप्रसादले लेख्ने छन् । यो फिल्मको अघिल्लो संस्करण पनि विजयेन्द्रले नै लेखेका थिए । ‘बजरंगी भाइजान’का निर्देशक कवीर खान हुन् ।
अब यो फिल्म कहिले देखी सुटिङमा जान्छ भन्नेमा कुनै जानकारी दिइएको छैन । त्यसमाथी, आगामी मे देखी सलमान खान ‘सिकिन्दर’ को सुटिङमा ब्यस्त हुने भएकाले यसपछि मात्रै सलमान बजरंगीको सिक्वेलमा काम गर्न सक्ने भारतीय मिडियाले जनाएका छन ।
न्युज कारखाना
काठमाडौँ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिको विरुद्धमा परेको रिटको पेसी आज तोकिएको छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता तथा पुर्व मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट न्यायाधीश सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा सुनुवाई हुदै छ ।
यसअघि यस रिटमा चैत्र २८ गते सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले मुख्यमन्त्री अधिकारीलाई दिर्घकालिन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो भने इजलासले यस रिटको पूर्ण सुनुवाई आज गर्न आदेश दिएको थियो ।
मुख्यमन्त्री अधिकारीले सरकारको दाबि गर्दा सभामुखको मत जोडेर बहुमत पुर्याएको भन्दै कांग्रेस नेता पाण्डेले प्रदेशप्रमुखसहितलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।न्युज कारखाना
काठमाडौं ।
नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा ११ सयले घटेर १ लाख ३८ हजार २०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार छापावाल सुन तोलाको एक लाख ३९ हजार ३ सयमा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३८ हजार ६५० मा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मुल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १७ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि आइतबार चाँदी तोलाको १७ सय ४० मा कारोबार भएको थियो ।न्युज कारखाना
ललितपुर ।
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए पनि जोखिम मोलेर सहकार्य र एकताको प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन् ।
सोमबार बिहान ललितपुरको च्यासलमा आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको तेस्रो वार्षिक सभामा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्रीले भने, ‘जोखिमहरू छन्। जहिले पनि रहन्छन्। तर, जोखिमकै बीचबाट परिणाम दिने कुरा मुख्य हो। हामीले सहकार्यको प्रक्रिया अगाडि बढाएका छौँ। जोखिमकै बीचबाट यसलाई अगाडि बढाउनुपर्छ।’
कार्यक्रममा नेकपाका संस्थापक नरबहादुर कर्माचार्यप्रति श्रध्दाञ्जलि व्यक्त गर्दै प्रधानमन्त्रीले भने, ‘‘नरबहादर कर्माचार्यप्रति हार्दिक श्रध्दाञ्जलि र सम्मान व्यक्त गर्दछु। उहाँ सधै एकताको पक्षधर हुनुहुन्थ्यो। उहाँ विचारमा दृढ हुनुहुन्थ्यो। सरल, निष्ठावान, मिलनसार, विचार जीवित राख्ने प्रेरणाको स्रोत हुनुहुन्थ्यो। पछिल्लोसमय उहाँसँग राम्रो सहकार्य भयो। राम्रो अभिभावकको भूमिका निभाउनुभयो।’’
प्रधानमन्त्रीले एकपटकको एकता प्रयोगमा असफल भयो भन्दैमा फेरि सहकार्य र एकताको प्रक्रियाबाट विमुख हुनु गलत हुने बताए ।
उनले भने, ‘‘अघिल्लो एकता बचाउन सकिएन, तर एकपटकको प्रयोग असफल भयो भन्दैमा हामी त्यसबाट पछाडि हट्नु हुँदैन। समाजवाद चाहने जति कुनै न कुनै रूपको सहकार्य र एकताको पक्षमा उभिनुपर्छ। स्वाधीनताका निम्ति, वामपन्थी सहकार्यका निम्ति, आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ।’’
प्रधानमन्त्रीले विश्व समाजवादी क्रान्तिको मौलिक विचार र कार्यदिशा खोज्नु आजको आवश्यकता भएको बताए ।
उनले भने, ‘‘विश्व समाजवादी क्रान्तिको मौलिक विचार र कार्यदिशा खोज्ने आजको आवश्यकता हो। हामी सबै समाजवादमा सहमत छौँ। विज्ञान प्रविधिको विकास, एआइले मानवीय जीवनमा पार्ने प्रभाव, विश्वका देशहरूको सम्बन्ध, जलवायु परिवर्तन जस्ता विषयको अध्ययन, अनुसन्धान र विश्लेषण जरूरी छ। यी विषयहरूसमेतका आधारमा नयाँ कार्यदिशामा जानुपर्छ। जस्ता कुराहरूलाई नयाँ कोणबाट हेर्नुपर्छ।’’न्युज कारखाना
काठमाडौँ ।
माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको पिपुल्स नेसनल कांग्रेस (पीएनसी) पार्टीले संसदमा बहुमत हासिल गरेको छ । मुइज्जुको पार्टी ९३ मध्ये ६० भन्दा बढी सिट जित्न सफल भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
माल्दिभ्सको निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै स्थानीय समय अनुसार आइतबार साँझ ५ बजेसम्म करिब दुई लाख मानिसले मतपत्र मार्फत आफ्नो मताधिकार प्रयोग गरेको जनाएको छ ।
निर्वाचन आयोगले ९३ सिटमा ७२.९६ प्रतिशत मतदान भएको दाबी गरेको छ । मतदान गर्नेमध्ये १ लाख ४ हजार ८२६ पुरुष र १ लाख २ हजार ८६७ महिला थिए । ९३ सिटका लागि १३० स्वतन्त्रसहित ३६८ जना उम्मेदवार मैदानमा थिए ।
गत वर्ष सेप्टेम्बरमा मोहम्मद सोलिहलाई हराएर मुइज्जु राष्ट्रपति बनेका थिए । तर, अहिलेसम्म संसदमा मोहम्मद सोलिहको पार्टी माल्दिभियन डेमोक्रेटिक पार्टीको बहुमत थियो ।न्युज कारखाना