काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हतार गरेर हौसिएर कम्युनिष्ट एकताको पक्षमा नभएको बताएका छन् ।
एमालेले आयोजना गरेको नेकपा हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सहकार्य गर्दै जादा एकताको वातावरण बन्ने भन्दै अहिले नै हतारिएर एकता नगर्ने बताएका हुन् ।
उनले भने- अहिले हतारमा हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा छैनौं । त्यति बेला समय भन्दा गाडी दौडिएछकी जस्तो लाग्छ ।अहिले सहकार्य शुरु गरेका छौं । राम्रो सहकार्य गरौँ । जनतालाई राम्रो सेवा दिऊ । सहकार्य गर्दै जादा एकताको आधार तयार हुन्छ भन्ने लाग्छ ।’
न्युज कारखाना
मुगु १० बैशाख
नागरिकको गुनासो र सुझाव सङ्कलन गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय मुगुले नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । छायाँनाथ रारा नगरपालिका वडा नं ६ बालै गाउँमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
गुनासो व्यवस्थापनका लागि मुगु प्रहरी कार्यालयले प्रदान गर्दै आएको सेवा र जनता लाई शान्ति , सुरक्षा अमनचयन जस्ता क्रियाकलापमा प्रहरीले खेल्नुपर्ने भूमिका तथा जनताले अनुभूति गर्ने गरी मुस्कान सहितको सेवालाई प्रभावकारी बनाउन जनताको गुनासो सुन्नका लागि नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकले शान्ति सुरक्षाको प्रत्याभूति, चोरी तस्करी नियन्त्रण, लागू औषध दुर्व्यसनी, दुर्घटना न्यूनीकरण र प्रहरीको सेवाबाट जनताले भोग्नुपरेको सास्ती लगायतका विषयमा मुगु प्रहरीले ध्यानाकर्षण गराएका थिए ।
बिशेष गरेर बालै बासिका नागरिकहरुले सुरक्षा चुनौती अनुसार विशेष सुरक्षा योजनालाई कार्यान्वयन गर्नुपर्ने , बालै गाउँ आसपासका गाउँलाई शान्ति सुरक्षाको थप प्रगाढ गर्न प्रहरी चौकि स्थापना गर्न माग गरेका छन् । यसले गर्दा बालै बासिका नागरिकले शान्ति सुरक्षाको अनुभुति गर्ने स्थानीय सल बहादुर रावलले बताए ।
यता जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक बिरेन्द्र थापाका अनुसार बिगतका दिनहरु के कसरी कामहरु सिर्जना भए , जनताले कस्तो सेवा पाए , जनताले शान्ति सुरक्षाको अनुभुति गर्न पाए नपाए नागरिकले नै हेरिनु पर्ने बताए । यहाँका नागरिकको समस्या पिडा लाई आत्म साथ गर्दे आफु जिल्ला प्रहरी कार्यालय मुगुमा कार्यभार सम्हालि सकेपछि मुद्धाको प्रकृति हेरेर प्रहरी बा नै निशुल्क निवेदन , जाहेरी लेख्ने ब्यवस्था गरिएको पनि बताए ।
यसले गर्दा गरिब , दुखि नागरिक लाई सहज हुने अपेक्षा गरिएको छ । बाहिरी अन्य लयरहरु बाट निवेदन लेख्दा चर्को मुल्य तिर्नु पर्ने भएको हुदा उनीहरुको समस्या लाई मध्येनजर गर्दे यो ब्यवस्था स्थापना गरिएको डिएसपि थापाले अवगत गराए । जिल्ला प्रहरी कार्यालय मुगुमा हाल २ सय ९३ प्रहरीको दरबन्दि रहेको छ । यति सानो संख्यामा प्रहरी कर्मचारीले जिल्ला लाई शान्ति सुरक्षाको अनुभुति गरि रहेको बताए ।
न्युज कारखाना
काठमाडौँ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता किन नलगाएको भन्दै एमालेसँग प्रश्न गरेका छन् ।
एमालेले आयोजना गरेको नेकपा हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसलाई गालि गरिएको भन्दै आक्रोशित हुदै विद्यादेवी भण्डारी दुई पटक राष्ट्रपति भएको र एमालेका नेताहरु पटक पटक प्रधानमन्त्री भएपनि मदन भण्डारीको मृत्यु किन भयो भन्ने किन छानबिन नगरेको भन्दै प्रश्न गरेका हुन् । उनले कांग्रेसलाई गाली गरेपनि यो प्रश्न एमाले तिर नै तेर्सिएको बताएका थिए ।
न्युज कारखाना
काठमाडौँ ।
सरकारले कतारका राजा शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएपछि राप्रपाले व्यंग्य गरेको छ ।
राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले सामाजिक सञ्जालमा व्यंग्य गर्दै आफ्नो देशको राजालाई विदेशी योजनामा पाखा लगाएकाहरुले विदेशकै राजालाई भएपनि सम्मान दिएछन् भन्दै व्यंग्य गरेका हुन् । उनले नेपालको राजालाई पनि आफ्नो स्थान, श्रीपेच र इज्जत दिन माग गरेका छन् ।
उनले भनेका छन्-
‘कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि नेपाल आउँदा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। आफ्नो देशको राजालाई विदेशी योजनामा पाखा लगाएकाहरुले विदेशकै राजालाई भएपनि सम्मान दिएछ !
नेपालको राजालाई पनि आफ्नो स्थान, श्रीपेच र इज्जत देऊ ।’
कतारका अमिर थानी नेपालको दुई दिने भ्रमणका लागि मंगलबार काठमाडौँ आउदै छन् ।न्युज कारखाना
सिरहा, १० बैशाख।
गोलबजार नगरपालिकाका प्रमुख श्याम कुमार श्रेष्ठले निजी लगानीमै सहि सुविधा सम्पन्न अस्पताल खुलेको प्रति खुसी व्यक्त गरेका छन्।
गोलबजार ४ स्थित बर्धमान हस्पिटल प्रालिकोे उद्घाटन समारोहलाई सम्वोधन गर्दै नगरपालिकाले विशेषज्ञसेवा दिन नसकेपनि निजी क्षेत्रबाट यो सेवा प्रदान गरेकोमा खुसी व्यक्त गरका हुन्। उनले भने, ‘हामीले यहाँको जनताको लागि विशेषज्ञ सेवा प्रदान गर्न सकिरहेका छैनौं,। नीजि क्षेत्रबाटै भएपनि यो गोलवजारको लागी राम्रो सुरुवात भएको छ।’ लगानीको हिसावले यो एउटा व्यावसायी भएपनि सेवामुखि हुनुपर्नेमा नगर प्रमुख श्रेष्ठले जोड दिए।’
मन्तव्यकै क्रममा मिर्चैया नगरपालिकाका मेयर श्रवन कुमार यादवले स्वास्थ्यको क्षेत्रमा गोलबजार नगरपालिकाले अझै काम गर्नुपर्ने अवस्था रहेको बताए। मेयर यादवले तुलनात्मक रुपमा गोलबजारमा अझै प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको बताए। उनले कतिपय अवस्थामा दुर्घटना र आकस्मिक अवस्थामा यहाँ उपचारगर्ने उचित थलो नभएकाले कतिपयको ज्यान समेत गरेको सुनेकाले यहाँ प्रभावकारी विशेषज्ञसेवाको आवश्यक्ता रहेको बताएका हुन् ।
मिर्चैया नगरपालिकाले योजना बनाएरै स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको र केही प्रगतिहरु समेत भएको भन्दै यो अवस्पतालको सफलताको कामना समेत गरे । सोही क्रममा अस्पतालका सञ्चालिका डाक्टर सारीका गोईतले उच्च प्रविधियुक्त ल्याव सेवा, एस रे सेवा, बालरोग विशेषज्ञ सेवासहितका विभिन्न विशेषज्ञ सेवाहरु प्रदान गरिने जानकारी दिए ।
उनले, ‘गोलबजार नगरपालिकामा अझैपनि विशेषज्ञ सेवाको प्रवन्ध नरहेकाले हामी यहाँ आएको बताए। हामी एक अर्काको परीपुरक भएर कामगर्न सके राम्रो परीणाम आउनेमा डाक्टर गोइतले जोड दिए। उनले भने, ‘हामी यहाँ बसेर नगरलाई र नगरले हामीलाई सहयोग गरेको खण्डमा यहाँका जनताले धेरै लाभ लिन सक्ने छ।’
उद्घाटन कार्यक्रममा काँग्रेसका जिल्ला सभापति तथाा संविधानसभा सदस्य रामचन्द्र यादव, नेकपा –माओवादीकेन्द्र)का नेता तथा संविधानसभा सदस्य जगत प्रसाद यादव, प्रदेशसभा सदस्य रामकुमार यादवलगायत विभिन्न नगर तथा गाउँ पालिकाका प्रमुख तथा उपप्रमुखहरुको उपस्थिति रहेको थियो। न्युज कारखाना
काठमाडौं ।
नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गरेको छ ।
ललितपुरको गोदावरीमा नेकपा स्थापनाको हीरक महोत्सवको विशेष कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुर्वराष्ट्रपति भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गरेका हुन् ।
आइतबार समापन भएको एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठकले भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गर्ने निर्णय गरेको थियो ।
पूर्वराष्ट्रपति भण्डारीले लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानर राष्ट्रिय स्वाभिमानको रक्षाका लागि अडान लिएका व्यक्तिहरुलाई सम्मान गर्ने घोषित योजनाअनुसार पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गरेको एमालेले जनाएको छ । न्युज कारखाना
नवलपरासी ।
पश्चिम नवलपरासीको पल्हिनन्दन गाउँ पालिका वडा नम्बर ०६ पडरीका आगलागी पीडितलाई रोटरी क्लब अफ नवलपरासीले राहत वितरण गरिएको छ ।
रोटरी क्लब अफ नवलपरासीले सोमबार तत्कालका लागि आगलागीमा परी घर, गोठ जल्नुका साथै पशुचौपाया मरेका पीडितलाई राहत सामग्री वितरण गरेका छन् ।
रोटरी क्लब अफ नवलपरासीका अध्यक्ष बिरेन्द्र अग्रहरीले गर्मी बढिरहेको तथा हवा हुरी, बतास चल्न शुरु भएको यस समयमा विगत केही दिनदेखि जिल्लाका केही गाउँ ठाउँमा आगो तीव्ररुपमा फैलिएकाले सजग हुन आग्रह गरे । खडेरीको मौसममा गाउँ घर बस्तीमा आगो फैलिन पुगी जनधनको क्षति हुनुका साथै वन पैदावार, वन्यजन्तु तथा पक्षीसमेतलाई हानिनोक्सानी पुर्याई समग्र वातावरणमा नकारात्मक असर पर्ने भन्दै सुक्खायाम तथा हावाहुरी लाग्ने समयमा आफ्नो गाउँ वरिपरिको क्षेत्रलाई आगो लागि बाट जोगाई संरक्षणतर्फ अग्रसर हुन स्थानीयवासीलाई अनुरोधसमेत गरे । उनले आफ्नो घर वरिपरि तथा वनजङ्गलमा आगलागी हुन नदिन स्थानीयवासी नै चनाखो हुनुपर्नेमा जोड दिए ।
आगलागी पीडितलाई राहत वितरणमा रोटरी क्लब अफ नवलपरासीका सदस्यहरु बाट सहयोग आएको रोटरी क्लब अफ नवलपरासीका अध्यक्ष अग्रहरीले बताएका थिए । भने राहत वितरण कार्यक्रममा सुमन गोपाल आचार्य, सुनिल कसौधन, मेघराज गौतम, पुर्सोत्तम ढकाल , नानु कुमारी खड्का मनोज गिरि लगाएको सहभागिता रहेको थियो ।
शुक्रबार दिउँसो २ बजे पडरीमा लागेको आगोलागीबाट ४ वटा घर पुर्ण क्षती भएको थियो क्षतिमा रामवृज धोबी , रामबृक्ष धोबी(बुलाकी), चद्रीका दोबी, चन्ना धोबी छन भने आंशिक क्षति राजेश धोबी, भिखारी धोबी, कोइल पठान ,मेराज पठान, कैस मोहम्मद अन्सारी, हैदर अलि अंसारी, इद्रीस पठान, कमरान अन्सारीका घर जलेका थियो । न्युज कारखाना
काठमाडौं ।
सरकारले लगानी सम्मेलनलाई लक्षित गर्दै विभिन्न अध्यादेश ल्याउने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले केही ऐनहरु अध्यादेशमार्फत् ल्याउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी हुन् । उनले भनिन्,‘लगानी सहजीकरण सम्बन्धि केही ऐनहरु अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेश भएको छ ।’
सरकारले वैशाख १६ र १७ गते लगानी सम्मेलनको आयोजना गर्दैछ । संसद अधिवेशन संचालन नभएको समयमा अध्यादेश ल्याउन सकिने व्यवस्था छ । सरकारले ल्याएको अध्यादेश ६ महिना भित्र संसदमा पेश नगरेमा स्वत: निष्कृय हुने कानुनी व्यवस्था रहेको छ ।
सरकारले वैशाख २ गते रातिबाट लागू हुने गरी संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।
न्युज कारखाना
काठमाडौं ।
सरकारले बजेट निर्माणकै क्रममा अर्थसचिव सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मधु मरासिनीलाई अर्थसचिव बनाएको हो ।
मरासिनीमाथि नेशनल पेमेन्ट गेटवे खरिद प्रकरणमा भ्रष्टाचारको आरोप् लागेको थियो । उनले गत शुक्रबार मात्र यस प्रकरणमा सफाई पाएका थिए ।
सरकारले हाल अर्थसचिव रहेका कृष्णहरि पुस्करलाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरेर मरासिनीलाई ल्याएको छ ।न्युज कारखाना
काठमाडौँ ।
सरकार मंगलबार सार्बजनिक बिदा दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंलगबार नेपाल आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् ।न्युज कारखाना