२०८३ श्रावण २४
२०८३ श्रावण २४

काठमाडौं, १२ बैशाख ।  बेइजिङलगायत चीनका झण्डै आधा प्रमुख सहरहरूमा भासिने समस्या बढिरहेको छ ।

 

यी शहरहरू देशको पूर्वी भाग र तटमा छन् । यसको कारण भूमिगत पानीको द्रुत निकासी र ठूला भवनहरूको भारी वजन भएको बताइएको छ । यो जानकारी साइन्स जर्नलको अनुसन्धानमा बाहिर आएको हो ।

 

प्रतिवेदनमा भनिएको छ, आगामी १०० वर्षमा अर्थात् २१२० सम्म, चीनको तटीय जनसंख्याको लगभग १० प्रतिशत (५५ मिलियन देखि १२८ मिलियन मानिसहरू) यसबाट प्रभावित हुन सक्छन् । यो अनुसन्धान सन् २०१५ देखि २०२२ सम्म २० लाखभन्दा बढी जनसंख्या भएका चीनका ८२ सहरमा गरिएको थियो ।

 

अनुसन्धानकर्ताहरूले यस अवधिमा यी चिनियाँ सहरहरूमा भूमि घटेको मापन गरेका थिए । यी ८२ सहरमध्ये करिब आधाको जमिन तीव्र गतिमा भासिँइरहेको पाइएको छ । चीनको ७५ प्रतिशतभन्दा बढी जनसंख्या यी शहरहरूमा बस्छन् । २०२० मा, यहाँ करिब ९२ करोड मानिस बस्दै आएका थिए, जुन विश्वको कुनै पनि सहरी जनसंख्याभन्दा बढी हो ।

 

राजधानी बेइजिङलगायत चीनका ४५ प्रतिशतभन्दा बढी सहरहरू प्रत्येक वर्ष ३ एमएमभन्दा बढीको दरले भासिएको पाइएको छ ।

 

अनुसन्धानका अनुसार लगभग १६ प्रतिशत जमिन हरेक वर्ष १० मिलिमिटर (०.४० इन्च) भन्दा बढीको दरले तल गएको छ ।

 

चीनको सबैभन्दा ठूलो सहर सांघाई पछिल्लो शताब्दीमा (१९०१ देखि २०००) मा ३ एमएमले तल गएको पाइएको छ । बेइजिङका सबवे र राष्ट्रिय राजमार्गहरू नजिकका क्षेत्रहरू वार्षिक रूपमा ४५ मिलिमिटर (१.७७ इन्च) भासिएका छन् ।

 

चीनमा राष्ट्रिय स्तरमा यो समस्याको बारेमा पहिलो पटक अध्ययन बाहिर आएको हो । यसका लागि अनुसन्धानकर्ताहरूले ‘सेन्टिनेल-१’ स्याटेलाइटबाट डाटा सङ्कलन गरेका थिए । यसमा, इन्टरफेरोमेट्रिक सिन्थेटिक अपर्चर रडारको सहायताले पृथ्वीको सतहमा ठाडो परिवर्तनहरू पत्ता लगाइएको थियो । यस जमिन गतिको नतिजाबाट कुवा र जमिनमुनिको पानीका साथै भवनहरूको तौल पनि अनुमान गरिएको थियो ।

 

अनुसन्धान टोलीले अध्ययनमा लेखेको छ- मानवीय कारकका साथसाथै धेरै प्राकृतिक कारकहरू पनि देखिएका छन्, जो यो समस्याका लागि जिम्मेवार छन् । प्राकृतिक कारकहरूले सहरको भूगर्भीय परिवेश र चट्टानहरूको तौल वहन गर्ने शक्ति पनि समावेश गर्दछ जसमा शहर बनाइएको छ । त्यहाँ धेरै शहरहरू छन् जुन बलियो चट्टानहरूमा अवस्थित छन् र खतरामुक्त छन् ।

 

अन्वेषकहरूले डुब्ने सहरहरू र भूमिगत पानीको हानि बीचको बलियो सम्बन्ध फेला पारेका छन् । भूमिगत पानी सकिएपछि त्यहाँको जमिन खाली रहन्छ, जसका कारण भार वहन गर्ने क्षमता घट्दै गएको छ । सहरी यातायात सञ्जाल, हाइड्रोकार्बन उत्खनन र खानी जस्ता अन्य धेरै कारणहरू भूमि झर्नुका लागि जिम्मेवार पाइयो ।
न्युज कारखाना

काठमाडौं, १२ बैशाख । वेस्ट इन्डिज क्रिकेट टिमका प्रशिक्षक डरेन सामीले ए टिमको नेपाल भ्रमणले आफ्नो विश्वकप टिम थप परिष्कृत हुने बताएका छन् ।

 

वेस्ट इन्डिज ए टिमको नेपाल भ्रमणको विषयमा आइसीसीसँग कुरा गर्दै प्रशिक्षक सामीले नेपालको ऐतिहासिक भ्रमणले विश्वकप टिम बलियो बनाउन सहयोग पुग्ने टिप्पणी गरेका हुन् ।

 

वेस्ट इन्डिज ए टिमले पहिलो पटक नेपाल भ्रमण गर्दै छ । भ्रमणका क्रममा वेस्ट इन्डिज ए ले नेपालमा ५ खेलको टी-२० सिरिज खेल्ने तालिका रहेको छ ।

 

नेपाल आउने खेलाडीमा फेबियन एलेन, जोनसन चार्ल्स, आन्द्रे फ्लेचर र हेडेन वाल्श जस्ता अनुभवी खेलाडी रहेका छन् भने टिमको कप्तानी रोभमन पावेलले गर्दै छन् ।

 

वेस्ट इन्डिजका ह्वाइट-बल प्रशिक्षक ड्यारेन सामीले भनेका छन्- ‘नेपाल भ्रमण ले हामीलाई हाम्रो टी-२० विश्वकप टोलीलाई परिष्कृत गर्ने, भूमिका स्पष्ट गर्ने मौका दिने छ । साथै हाम्रा ९ खेलाडी अहिले आइपिएल खेलिरहेकाले हाम्रो टी-२० टिमको गहिराई र यसको सीमा नाप्न सहयोग पुग्ने छ ।’

 

नेपाल टुरमा आउने वेस्ट इन्डिज ए टिम-  रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श । प्रशिक्षण टिम: मुख्य प्रशिक्षक- फ्लोयड रेफर, सहायक कोच- रेयन ग्रिफिथ, फिजियोथेरापिस्ट- नील ब्यारी, स्ट्रेन्थ एण्ड कन्डिसन कोच- शेन कूपर, प्रबन्धक र विश्लेषक: अवनेश सीताराम ।

 

सार्बजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज ए बीच पहिलो खेल अप्रिल २७ मा हुने छ भने दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाचौं ४ मे मा हुने छ । टियु मैदानमा हुने यो सिरिजका सबै खेल अपराहन्न १ बजेदेखि शुरु हुने छन् ।
न्युज कारखाना

काठमाडौँ । साउदी क्लब अल हिलाल एशियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको छ ।

गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा अल हिलालले युएईको क्लब अल ऐनलाई २-१ गोल अन्तरले पराजित गरेपनि समग्रमा ५-४ गोल अन्तरले पराजित हुदै सेमिफाइनलबाट बाहिरिएको हो । सेमिफाइनलको पहिलो लिगमा अल हिलाल अल ऐनसँग ४-२ ले पराजित भएको थियो ।

यो जितसँगै अल ऐन एएफसी च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । अब अल ऐनले फाइनलमा जापानी क्लब योकोहामा र दक्षिण कोरीयन क्लब उल्सन एचडीबीचको विजेतासँग खेल्ने छ ।न्युज कारखाना

नयाँदिल्ली, १२ बैशाख । पतञ्जलीको भ्रामक विज्ञापनको मुद्दामा सर्वोच्च अदालतले योग गुरु रामदेवको आलोचना गरेको छ ।

पतञ्जलीका तर्फबाट ६७ भारतीय पत्रिकामा विज्ञापन छापेर माफी मागेको अदालतले जनाएको छ । जसको लागत १० लाख रुपैयाँ थियो । त्यसमा अदालतले उनलाई सोध्यो कि यो माफी पत्र तपाईको अघिल्लो विज्ञापनको साइजको छ कि छैन ? तपाईले सधै एउटै साइजको विज्ञापन छाप्नु हुन्छ कि भनेर पनि अदालतले सोधेको जनाइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार अब यस मुद्दाको सुनुवाइ ३० अप्रिलमा फेरि हुने भएको छ । यस सुनुवाइमा रामदेव र आचार्य बालकृष्णलाई अदालतमा उपस्थित हुन भनिएको छ ।

मिडिया रिपोर्टका अनुसार रामदेवका वकिलले जवाफ दिए कि माफीको आकार विज्ञापन जत्तिकै ठूलो थिएन किनभने यसको मूल्य लाखौंमा धेरै थियो। न्यायमूर्ति हिमा कोहली र न्यायमूर्ति अहसानुद्दीन अमानुल्लाहको बेन्चले रामदेव र बालकृष्णलाई धेरै प्रश्नहरू सोधेका छन् ।

 

सुनुवाइका क्रममा न्यायाधीश हिमा कोहलीले भनिन्, ‘हामीले एउटा निवेदन प्राप्त गरेका छौं। यसले पतञ्जली विरुद्ध यस्तो याचिका दायर गरेकोमा आइएमए लाई १००० करोड रुपैयाँ जरिवानाको माग गर्दछ। यो तपाईंको तर्फबाट प्रोक्सी याचिका हो जस्तो देखिन्छ।’

 

जवाफमा रामदेवका वकिल मुकुल रोहतगीले भने कि उनको यो याचिकासँग कुनै सम्बन्ध छैन। सर्वोच्च अदालतले यो याचिका दायर गर्ने व्यक्तिलाई सुनुवाइ गर्न दिने र त्यसपछि उनलाई जरिवाना लगाइने बताएको छ।

 

न्यायमूर्ति कोहलीले माफी मागेको विज्ञापनको काटिङ्ग आफूलाई पठाउनु पर्ने र त्यसलाई ठुलो बनाउन आवश्यक नरहेको पनि बताएका छन । उनीहरुले भने, ‘हामीले यसको वास्तविक आकार हेर्नु पर्छ। यो हाम्रो निर्देशन हो। जब तपाइँ विज्ञापन छाप्नुहुन्छ, यसको मतलब यो होइन कि हामी यसलाई माइक्रोस्कोपबाट हेर्छौं। विज्ञापन यस्तो रूपमा छाप्नु पर्छ कि यो पनि पढ्नु पर्छ।’

 

सर्वोच्च अदालतले रामदेव र बालकृष्णलाई आगामी २ दिनभित्र अन रिकर्ड माफी माग्न पनि भनेको छ। यो माफीमा उसले गल्ती गरेको लेख्नुपर्नेछ ।न्युज कारखाना

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले चेल्सीमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले चेल्सीलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा बेन ह्वाइट र काइ हाभेर्टले २-२ गोल गरेका थिए भने एक गोल लीन्द्रो ट्रोसार्डले गरेका थिए ।

यो जितपछि आर्सनलको ३४ खेलमा ७७ अंक भएको छ र हाल शिर्ष स्थानमा कायम रहेको छ ।

त्यस्तै एक खेल कम खेलेको लिभरपुलको ३३ खेलमा ७४ अंक रहेको छ र दोस्रो स्थानमा छ भने २ खेल कम खेलेको म्यानचेस्टर सिटी ३२ खेलमा ७३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

त्यसैगरी चेल्सीको भने ३२ खेलमा ४७ अंक रहेको छ र लिगमा नवौं स्थानमा छ ।न्युज कारखाना

काठमाडौँ । इण्डियन प्रिमिय लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जाइन्टले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा लखनउले चेन्नईलाई ६ विकेटले पराजित गरेको हो ।

चेन्नईले दिएको २११ रनको लक्ष्य पछाएको लखनउले १९.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । लखनउको जितमा मार्कस स्टोइनिसले शानदार ब्याटिंग गर्दै अविजित १२४ रन बनाएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको चेन्नईले कप्तान रुतुराज गायकवाडको १०८ रनको शतकीय पारीको मद्धतले २० ओभरमा ४ विकेट गुमाएर २१० रन बनाएको थियो ।

यो जितपछि लखनउ ८ खेलमा ५ जित र ३ हारसहित १० अंक हासिल गरेर चौथो स्थानमा उक्लिएको छ । त्यसैगरी चेन्नईको भने ८ खेलमा ४ जित र ४ हारसहित ८ अंक रहेको छ र अंक तालिकामा पाँचौं स्थानमा रहेको छ ।
न्युज कारखाना

काठमाडौं, १२ बैशाख  । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुदै छ ।

 

दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुदै छ ।

 

जारी आइपिएलमा दिल्ली क्यापिटल्सले ८ मध्ये केवल ३ खेल जितेको छ भने ५ खेलमा हार बेहोरेको छ । प्लेअफमा पुग्नका लागि दिल्लीले अब लगभग सबै खेल जित्नुपर्ने अवस्था रहेको छ । त्यसैगरी गुजरात टाइटन्सले अहिलेसम्म खेलेका ८ खेल मध्ये ४ खेल जितेको छ भने ४ खेलमा हार बेहोरेको छ ।

 

दिल्ली क्यापिटल्स ऋषव पन्तको कप्तानीमा यस सिजनको आइपिएल खेल्दै छ । दुर्घटनाका कारण लामो समय क्रिकेटबाट टाढा रहेका पन्तले आइपिएलबाट क्रिकेटमा पुनरागमन गर्दै छन् । आइपिएलको प्रदर्शनले उनलाई राष्ट्रिय टिमको बाटोमा लैजाने छ । दिल्लीमा कप्तान ऋषवका अलावा कुलदीप यादव, अक्सर पटेल जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुन सक्छ ।

 

त्यस्तै डेविड वार्नर, मिचेल मार्श जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुनसक्ने देखिन्छ । दिल्ली क्यापिटल्सको आइपिएलमा २०२० मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको सबैभन्दा राम्रो प्रदर्शन हो । गत सिजनमा दिल्ली नवौं स्थानमा रहेको थियो ।

 

त्यसैगरी गुजरात टाइटन्स यस सिजनमा शुभमन गिलको कप्तानीमा खेल्दै छ । गुजरातले टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेर बलियो टिमको उदाहरण दिएको छ । यस टिममा गिलसहित रिद्धिमान शाह, साइ किसोर, साइ सुदर्शन, राहुल तेवातिया, उमेश यादव, अभिनव मनोहर जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ भने डेविड मिलर रशिद खान, अज्मतुल्लाह ओमरजाइ, केन विलियम्सन जस्ता विदेशी खेलाडीको भूमिका ठुलो हुने देखिएको छ । गुजरात टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेको थियो ।
न्युज कारखाना

काठमाडौं, १२ बैशाख ।  हिमालयन हाइड्रो एक्स्पो २०२४ आजबाट सुरु हुदैँछ ।

एक्स्पोको सुरुवातको पहिलो दिन आज बिहान काठमाडौंको कमलादीस्थित स्काइ वाक टावरटबाट भृकुटी मण्डपसम्म ईभी र्‍याली निकालेर गरिनेछ ।

 

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेतबाट आज बिहान एक्पोको उद्घाटन गरिने इप्पानका उपाध्यक्ष तथा एक्सपो संयोजक भरत खत्रीले जानकारी दिए । ईभी र्‍यालीसँगै एक्स्पोको शुभारम्भ हुने खत्रीको भनाइ छ । वैशाख १२, १३ र १४ सम्म हुनेछ ।न्युज कारखाना

काठमाडौं, १२ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज आफ्नो भ्रमण सम्पन्न गरी स्वदेश फर्किदै छन् ।

 

अमिर थानीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने छन् ।

 

भ्रमणका क्रममा नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । त्यस्तै दुवै सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग विषयक सम्झदारीपत्रमा हस्ताक्षर हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

 

यस भ्रमणका क्रममा नेपालले कतारलाई दुई हात्ती उपहार स्वरूप प्रदान गर्ने कार्यक्रम रहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेका ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ नामक हात्तीलाई उपहार स्वरूप दिइने तयारी गरिएको छ ।

 

थानीलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका थिए । साथै उनको सम्मानमा विमानस्थलको अति विशिष्ट कक्षमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो ।

 

कतारी अमिरले मङ्गलबार नै राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता गरेका थिए भने गएरातिनै राष्ट्रपति पौडेलले उनको सम्मानमा राजकीय भोजमा समेत सामेल भएका थिए ।

 

उनको सम्मानमा नेपाल सरकारले मंगलबार नेपालभर सार्वजनिक बिदा समेत दिएको थियो ।न्युज कारखाना

काठमाडौ, १२ बैशाख । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडि भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ ।

 

आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई देशका बाँकी भू-भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहने छ | गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा कोशी र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। लुम्बिनी प्रदेश लगायत कोशी, मधेश, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका तराइका केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

 

राती भने कोशी, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

 

गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा कोशी र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ । साथै आज दिउसो लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेश, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ। साथै आज दिउँसो लुम्बिनी प्रदेश लगायत कोशी, मधेश, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका तराइका केही स्थानहरुमा र राती लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।