२०८३ श्रावण २३
२०८३ श्रावण २३

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै छन् । मुख्यमन्त्री कँडेलले आज अपराहन्न ३ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिदै छन् ।

विश्वासको मत लिनु मूख्यमन्त्री कँडेलले माओवादी केन्द्रका रणसिंह परियारलाई बिना विभागीय मन्त्री बनाएका छन् ।

चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले नेता कँडेलले गठबन्धनमा रहेका दलहरुबीच सहमति जुट्न नसक्दा अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

४० सदस्यीय प्रदेश सभामा सत्ता गठबन्धनमा एमालेका १०, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका एक सांसद रहेका छन् । त्यस्तै कर्णालीमा कांग्रेसका १४, राप्रपा र स्वतन्त्रका एक एक सांसद रहेका छन् ।न्युज कारखाना

 

काठमाडौँ । फ्रेन्च लिग अन्तर्गत पिएसजीले लोरिएन्टलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा पिएसजीले लोरिएन्टलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा ओसमान डेम्बेले र किलीयन एम्बाप्पेले २-२ गोल गरेका थिए । त्यस्तै लोरिएन्टका लागि मोहमद बाम्बाले एक गोल गरेका थिए ।

यो जितपछि पिएसजीले लिग वानमा आफ्नो अग्रता बढाएको छ । ३० खेलमा ६९ अंकसहित पिएसजी शिर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको मोनाको भन्दा ११ अंकले अगाडी रहेको छ । त्यसैगरी लोरिएन्टको ३० खेलमा २६ अंक रहेको छ र लिगमा १७औं स्थानमा छ ।
न्युज कारखाना

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले शेफिल्ड युनाइटेडलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले शेफिल्डलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडका लागि ब्रुनो फर्नानडेजले २ गोल गरेका थिए भने ह्यारी म्याग्युरे र रासमस होजलण्डले एक एक गोल गरेका थिए । त्यसैगरी शेफिल्डका लागि जयडेन बोगले र बेन डियाजले एक एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर युनाइटेडको ३३ खेलमा ५३ अंक भएको छ र छैटौं स्थानमा रहेको छ । त्यस्तै शेफिल्डको भने ३४ खेलमा केवल १६ अंक रहेको छ र यस सिजनमा रेलिगेसनको नजिक रहेको छ ।न्युज कारखाना

काठमाडौँ । मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट क्यान्सरका नयाँ केस १४ लाख रहेकोमा सन् २०४० मा २९ लाख पुग्ने बताएको छ ।

यस रिपोर्टले ११२ देशहरूमा पुरुषहरूमा सामान्य क्यान्सर हो र कुल क्यान्सरका १५ प्रतिशत प्रोस्टेट क्यान्सर छन् ।

सन् २०२० मा प्रोस्टेट क्यान्सरबाट विश्वभर ३ लाख ७५ हजार पुरुषको मृत्यु भएको अनुमान गरिएको छ भने सन् २०४० सम्ममा यो मृत्युमा ८५ प्रतिशतले वृद्धि हुनेछ । यो पुरुषमा क्यान्सरको कारण मृत्युको पाँचौं कारण हो ।

प्रोस्टेट भनेको के हो?

प्रोस्टेट पुरुष प्रजनन प्रणाली को एक भाग हो र मूत्राशय को तल स्थित हुन्छ छ । ४५ देखि ५० वर्षको उमेरपछि पुरुषमा प्रोस्टेटसम्बन्धी समस्या देखिने चिकित्सकहरू बताउँछन् तर यसको मतलब यो क्यान्सर हो भन्ने होइन । जब यो बढ्न थाल्छ, डाक्टरहरूले पीएसए परीक्षण सिफारिस गर्छन् । अनुसन्धानपछि मात्र क्यान्सरको आशंका देखिएपछि थप परीक्षण गरी नतिजाअनुसार उपचार सुरु गरिन्छ ।

बिस्तारै बढ्छ प्रोस्टेट क्यान्सर

यो रोग उमेर बढ्दै गएपछि देखा पर्छ र यो बिस्तारै बढ्दै गएको छ अर्थात यो क्यान्सर शरीरमा बिस्तारै बढ्दै जान्छ । यसबाहेक, थाइराइड क्यान्सर र केहि प्रकारका स्तन क्यान्सरहरू छन् जुन शरीरमा बिस्तारै बढ्दै जान्छ । मानिसको औसत उमेर बढ्दै जाँदा प्रोस्टेट क्यान्सरका केस पनि देखा पर्न थाल्छन् ।

पुरुषको उमेर बढ्दै जाँदा प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै गएको बताउँछन् । यसको कारण पनि आनुवंशिक नै हो । एकै समयमा, शाकाहारी वा शाकाहारीहरूको तुलनामा मांसाहारी मानिसहरूमा क्यान्सरको जोखिम बढी हुन सक्छ ।

यो क्यान्सर पश्चिमी देशहरूमा बढी देखिन्छ किनभने यो जीवनशैलीसँग सम्बन्धित छ जसमा जंक फूड, धुम्रपान, मदिरा सेवन आदि खाने बानीहरू समावेश छन् जसले क्यान्सरको जोखिम बढाउँछ ।  ल्यान्सेटको प्रतिवेदनले प्रोस्टेट क्यान्सर ढिलो पत्ता लाग्ने र न्यून वा मध्यम आय भएका देशहरूमा पनि ढिलो निदान हुनुको कारण विश्वभर नै देखिएको छ ।

रोगको लक्षण

यदि कसैको परिवारमा क्यान्सरको इतिहास छ भने, चिकित्सकहरूले परीक्षण गर्न सिफारिस गर्छन् । प्रोस्टेट क्यान्सरको कुनै लक्षण नदेखिने चिकित्सकहरू बताउँछन् । डाक्टरहरूका अनुसार पीएसए लेभल व्यक्तिको उमेरमा पनि भर पर्छ । अमेरिकी सरकारको आधिकारिक वेबसाइट नेशनल क्यान्सर इन्स्टिच्युटका अनुसार पीएसए स्तर न सामान्य हो न असामान्य । पहिले 4.0ng/mL वा तल सामान्य मानिन्थ्यो। तर यो भन्दा कम स्तरमा प्रोस्टेट क्यान्सर भएको देखियो र यो भन्दा बढी अर्थात् १०ng/mL सम्म भएकामा यो देखिएको थिएन ।

चिकित्सकहरुका अनुसार सुरुमा बारम्बार पिसाब लाग्ने, पिसाब बगिरह्नु, पिसाबमा रगत बग्नु जस्ता समस्या भएमा पिएसए टेस्ट गराइन्छ । यदि क्यान्सर पत्ता लाग्यो र फैलिएको छ भने, क्यान्सर हड्डीमा जान्छ, त्यसपछि यी समस्या हुन सक्छ ।

औषधिको उपलब्धता

रगत परीक्षणबाट प्रोस्टेट क्यान्सर पत्ता लगाउन सकिने र अधिकांश प्रयोगशालामा यो सुविधा उपलब्ध रहेको चिकित्सकहरू बताउँछन् । प्रोस्टेट ठूलो भएमा इमेजिङ, अल्ट्रासाउन्ड र एमआरआई पनि गरिन्छ । प्रारम्भिक चरणमा बिरामीको रोबोटिक शल्यक्रिया गरेर त्यो भाग निकालिन्छ तर स्टेज अगाडी बढेमा हर्मोन थेरापी दिइने र बिरामीको अवस्था हेरेर उपचार गर्ने गरेको डाक्टर एसभीएस बताउँछन् ।

क्यान्सर वंशाणुगत पनि हुने रोग हो अर्थात तपाईको परिवारमा कसैलाई क्यान्सर भएमा सदस्यलाई क्यान्सर हुने सम्भावना रहेको चिकित्सकहरु बताउँछन् । यस्तो अवस्थामा कुनै परिवारमा प्रोस्टेट क्यान्सर वा अन्य कुनै क्यान्सर भएमा परीक्षण गराउनुपर्ने चिकित्सकको सुझाव छ ।

यदि परिवारमा कसैलाई प्रोस्टेट क्यान्सर भएको छ भने, परिवारका पुरुष सदस्यहरूले ४५ वर्षको उमेर पछि प्रत्येक दुई वर्षमा पीएसए परीक्षण गराउनुपर्छ ।  ल्यान्सेट प्रतिवेदनका अनुसार सन् २०२० पछि पूर्वी एसिया, दक्षिण अमेरिका, पूर्वी युरोप, उत्तर अमेरिका जस्ता देशहरूमा पनि प्रोस्टेट क्यान्सर र मृत्यु हुनेको संख्या बढिरहेको छ । न्युज कारखाना

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलुरुबीच हुने छ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।

जारी आइपिएलमा अहिलेसम्म खेलेका खेलमा सनराइजर्स हैदरावादले ७ खेलमा ५ जित र २ हारसहित १० अंक हासिल गर्दै तेस्रो स्थानमा रहेको छ । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले भने यस सिजनमा पनि खराब प्रदर्शन गर्दै ८ खेलमा ७ खेलमा हार बेहोरेको छ ।

त्यस्तै सनराइजर्स हैदरावाद अस्ट्रेलियाका कप्तान पाट कमिन्सको नेतृत्वमा आइपिएल खेल्दै छ । सनराइजर्स भारतीय भन्दा विदेशी चर्चित खेलाडीलाई लिएर यो सिजन खेल्दै छ । सनराइजर्स उमरान मलिक, राहुल त्रिपाठी, वाशिंटन सुन्दर, भुवनेश्वर कुमार र अभिषेक शर्मा जस्ता भारतीय खेलाडीमाथि बढी भर पर्नुपर्ने देखिन्छ भने कप्तान कमिन्स, वानिन्दु हसरंगा, ट्राभिस हेड, ग्लेन फिलिप, हेइनरिक क्लासेन जस्ता खेलाडी महत्वपूर्ण हुने देखिन्छन् ।

त्यस्तै फाफ डु प्लेसिसको कप्तानीमा रहेको बैंगलुरुका लागि विराट कोहलीसहित मोहमद सिराज, अनुज रावत, दिनेश कार्तिक जस्ता भारतीय खेलाडी महत्वपूर्ण हुने छन् भने कप्तान फाफसहित क्यामरुन ग्रीन, अल्जारी जोसेपजस्ता विदेशी खेलाडी यस सिजनमा महत्वपूर्ण खेलाडी हुने छन् ।  त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले अहिलेसम्म आइपिएलको उपाधि जित्न सकेको छैन । गत सिजनमा बैंगलुरु छैटौं स्थानमा रहेको थियो ।
न्युज कारखाना

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टनले लिभरपुलमाथि शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा एभर्टनले लिभरपुललाई २-० गोल अन्तरले स्तब्ध बनाएको हो ।  लिग जितको दौडमा रहेको लिभरपुललाई यो हारले ठुलो धक्का पुग्ने देखिएको छ ।

एभर्टनको जितमा जारार्ड ब्रान्थवैट र डोमिनिक काल्भेर्ट लेविनले एक एक गोल गरेका थिए ।

यो जितपछि एभर्टनको ३४ खेलमा ३३ अंक भएको छ र लिगमा १६औं स्थानमा रहेको छ । त्यस्तै यो हारले लिभरपुल को ३४ खेलमा ७४ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।

३४ खेलमा ७७ अंकसहित आर्सनल शिर्ष स्थानमा रहेको छ । त्यस्तै दुई खेल कम खेलेको म्यानचेस्टर सिटी ३२ खेलमा ७३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।न्युज कारखाना

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दिल्लीले गुजरातलाई ४ रनले पराजित गरेको हो ।

दिल्लीले दिएको २२५ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउदै २२० रन बनाए पछि खेल ४ रनले हारेको थियो ।

यस अघि दिल्लीले पहिला ब्याटिंग गर्दै २० ओभरमा ४ विकेट गुमाउदै २२४ रन बनाएको थियो ।

यो यस सिजनमा दिल्ली क्यापिटल्सको चौथो जित हो । यो जितपछि दिल्लीको ९ खेलमा ४ जित र ५ हारसहित ८ अंक भएको छ र अंक तालिकामा छैटौं स्थानमा उक्लिएको छ । त्यस्तै गुजरातको पनि ९ खेलमा ४ जित र ५ हारसहित ८ अंक रहेको छ र सातौं स्थानमा रहेको छ ।न्युज कारखाना

काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार गए रातिदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ ।

निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि वैशाख १२ गते राति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जनाएको छ । आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने व्यवस्थासमेत मिलाइसकेको छ ।

निर्वाचन आचारसंहिताबमोजिम प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी लगायत गर्न तथा उम्मेदवारको पक्ष या विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामजिक सञ्जालबाट समेत मत माग्न निषेध छ ।

निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने, सञ्चार माध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रकाशन तथा प्रसारण जस्ता कार्य नगरी निर्वाचनको स्वच्छता र निष्पक्षता कायम गर्न आयोगले जानकारी गराएको छ ।

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न÷गराउन प्रचारप्रसार निषेध अवधिको अनुगमन र निगरानी गरी सोको जानकारी आयोगलाई गराउन सम्बन्धित निकायलाई निर्देश गरिएको आयोगका उपसचिव एवं सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।न्युज कारखाना

आजमिति २०८० साल वैशाख १३ गते विहिवार तदअनुसार अप्रिल २५ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु कृष्ण पक्ष द्वितीया तिथी, विशाखा नक्षत्र, । व्यतिपात योग छ । चन्द्र राशि तुला । यो अशुभ योग हो ।

 

अभिजित् मुहूर्त: बिहान ११:३६ देखि १२:२८सम्म,

• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:३०

• सुर्यास्त: बेलुका ०६:३४ बजे

 

 

वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ ।

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।

शुभ रगं ः रातो

शुभ अंक ः १

 

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

 

आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला ।

शुभ रगं ः कालो

शुभ अंक ः ७

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।

शुभ रगं ः सेतो

शुभ अंक ः ४

 

 

 

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।

शुभ रगं ः चाँदी

शुभ अंक ः ९

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

 

आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।

शुभ रगं ः रातो

शुभ अंक ः ५

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

 

आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।

शुभ रगं ः पहेलो

शुभ अंक ः ४

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।

शुभ रगं ः पहेलो

शुभ अंक ः ६

 

 

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

 

आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।

शुभ रगं ः सुन्तला

शुभ अंक ः ८

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ ।

शुभ रगं ः पहेलो

शुभ अंक ः ५

 

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

 

आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।

शुभ रगं ः खैरो

शुभ अंक ः ६

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

 

आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ ।

शुभ रगं ः निलो

शुभ अंक ः ७

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

 

आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।

शुभ रगं ः हरियो

शुभ अंक ः ७

 

 

राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।

 

 

राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्।न्युज कारखाना

 

१२ बैसाख, महोत्तरी 

महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा भिषण आगलागी भएको छ ।

आगलागीको क्रममा संयौ घर जलेर नष्ट भएका छन भने करौडौ रुपैयाको क्षति भएको पारम्भिक अनुमान गरिएको छ ।

नगरप्रमुख हरि प्रसाद मण्डलका अनुसार झन्डै २ वजेवाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन । नगरप्रमुख मण्डलले आफ्नो फेसवुकवाट आगलागी भएको जानकारी दिदै सवैलाई सहयोगको लागि अपिल गरेका छन ।

मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय मधेस प्रदेशका बारुणयन्त्र ,नेपाली सेना, नेपाल प्रहरी, सस्शस्त्र प्रहरी, मटिहानी नगरपालिकाका कर्मचारी, प्रमुख जिल्ला अधिकारी सहायक, प्रमुख जिल्ला अधिकारी, लगायत सम्पूर्ण सुरक्षा निकायका प्रमुख र स्थानीयहरुद्वारा आगो नियन्त्रणमा लिने प्रयास गरेतापनि नियन्त्रणमा आउँन सकेको छैन ।

न्युज कारखाना

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।