२०८३ श्रावण २३
२०८३ श्रावण २३

काठमाडौँ । आइपिएल टिम पञ्जाब किंग्सले इतिहास रचेको छ । आईपीएलको १७ सिजनको इतिहासमा मात्रै नभई टी–२० को इतिहासमा पनि सबैभन्दा ठूलो रन चेज गरेर पञ्जावले नयाँ किर्तिमान बनाएको हो ।

गएराती सम्पन्न खेलमा कोलकोता नाइट राइडर्सले दिएको २६२ रनको लक्ष्य १८.४ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो । यो आइपिएल इतिहासमा अमत्र नभएर समग्र टी-२० क्रिकेटमा अहिलेसम्मको सबैभन्दा सफल चेज हो । पञ्जाबको जितका नायक जोनी बेयरस्टो, शशांक सिंह र प्रभसिमरन सिंह बनेका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर २६१ रन बनाएको थियो । फिल साल्टले ३७ बलमा ७५ रन र सुनिल नारायणले ३२ बलमा ७१ रन बनाए । जवाफमा प्रभासिमरन सिंहले २० बलमा ५४ रनको इनिङ खेल्दै पञ्जाबलाई आक्रामक सुरुवात दिलाए । यसपछि जोनी बेयरस्टोले ४८ बलमा १०८ रन र शशांक सिंहले २८ बलमा ६८ रनको अविजित इनिङ खेल्दै पञ्जाबलाई जित दिलाए । यस खेलमा ४२ छक्का प्रहार गरिएको थियो, जुन आईपीएलको इतिहासमा कुनै पनि खेलमा सबैभन्दा बढी हो ।

यसअघि गतबर्ष दक्षिण अफ्रिकाले वेस्ट इन्डिजले दिएको २५९ रन चेज गरेको नै यस अघि धेरै रन चेजको रेकर्ड थियो ।

यो जितसँगै पन्जाब नौ खेलबाट तीन जित र छ हारसहित ६ अंकसहित आठौं स्थानमा उक्लिएको छ । योसँगै कोलकाताको टोली दोस्रो स्थानमा छ । उसको आठ खेलमा पाँच जित र तीन हारसँगै १० अंक छ । न्युज कारखाना

काठमाडौँ । इलाम-२ मा प्रतिनिधिसभा र बझाङको प्रदेश सभाको उपनिर्वाचनको मतदान शुरु भएको छ ।

निर्वाचन आयोगले बिहान ७ बजेदेखि मतदान शुरु भएको र साँझ ५ बजेसम्म मतदान हुने जानकारी दिएको छ ।

इलाम–२ मा एमालेबाट सुहाङ नेम्बाङ, कांग्रेसबाट डम्बरबहादुर खड्का, रास्वपाबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिम उम्मेदवार रहेका छन् ।

त्यस्तै एकीकृत समाजवादीका जितबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मीनबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली चुनावी मैदानमा छन् ।  त्यस्तै स्वतन्त्र उम्मेदवारहरु डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्याल पनि चुनावी मैदानमा छन् ।

यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा समेटिएका छन् ।

यो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाताले बैशाख १५ गते मतदानमा सहभागिता जनाउदै छन् ।

विसं २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदावर सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । उनको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

त्यस्तै बझाङको प्रदेश सभामा नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, एमालेबाट दमन भण्डारी, माओवादी केन्द्रबाट जनक बुढा, एकीकृत समाजवादीबाट दिलबहादुर सिंह, राप्रपाबाट किशोर खड्का, जनमत पार्टीबाट शुशिला देवी विष्ट, जसपाबाट राम्बहगुर जाग्री, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्र बहादुर शाही, नेपाली जनता दलबाट अशोक सुनार, नेशनल रिपब्लिक नेपालबाट कमल घर्तिमगर, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्र बहादुर थापा र संघीय लोकतान्त्रिक राष्ट्रिय मंचबाट दिपक बहादुर खड्का चुनावी मैदानमा रहेका छन् ।

बझाङको प्रदेश सभा उपनिर्वाचनमा ६१ हजार ७४८ मतदाताले मतदानमा भाग लिदै छन् । उपनिर्वाचनमा बझाङमा ७४ मतदान केन्द्र र ९३ मतदान स्थल रहेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारका तत्कालिन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी मृत्यु भएपछि बझाङ निर्वाचन क्षेत्र १ मा उपनिर्वाचन हुने लागेको हो ।

उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंबेदनशील

इलाम-२ र बझाङ प्रदेशसभा (क) मा हुने  उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन गरिने भएको छ ।

प्रहरी प्रधान कार्यालयले उपनिर्वाचनको सुरक्षाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिदै उपनिर्वाचनका लागि इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा (क) मा दुई हजार ३८७ प्रहरी जनशक्ति परिचालन गरेको जानकारी दिएको छ ।

निर्वाचनलाई सफल बनाउनका लागि प्रहरीले इलामका ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा एक हजार  ३६३ प्रहरी परिचालन गरेको छ भने बझाङ प्रदेशसभा (क) को ७४ मतदानस्थलको ९३ मतदान केन्द्रमा एक हजार २४ प्रहरी  परिचालन गरेको छ ।

प्रहरीले इलाम र बझाङमा गरि ५९ अतिसंबेदनशील मतदान केन्द्रको रुपमा छुट्ट्याएको छ । इलाममा ३७ केन्द्रलाई अतिसंवेदनशील, ४१ केन्द्रलाई संवेदनशील र ७१ केन्द्रलाई सामान्य प्रकृतिको रुपमा लिएको छ । प्रहरीले अतिसंवेदनशीलमा १२ देखि १७, संवेदनशीलमा नौदेखि १४ र सामान्यमा आठदेखि १३ प्रहरी खटिएको जनाएको छ । त्यस्तै बझाङमा ३२ केन्द्रलाई अतिसंवेदनशील, ३० केन्द्रलाई संवेदनशील र ३१ केन्द्रलाई सामान्य प्रकृतिको रुपमा रहेको जनाइएको छ ।न्युज कारखाना

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज हुदै छ । टियु क्रिकेट मैदानमा हुने यो खेल अपराहन्न १२: १५ बजेदेखि शुरु हुदै छ ।

वेस्ट इन्डिज ए विरुद्ध नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा २० सदस्यीय टिमको घोषणा गरेको छ ।

नेपाली टिममा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, बिबेक यादव, आकास चन्द, विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम रहेका छन् ।

त्यस्तै नेपाल टुरमा आएको वेस्ट इन्डिज ए टिममा  रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन् ।

त्यस्तै प्रशिक्षण टिममा मुख्य प्रशिक्षक- फ्लोयड रेफर, सहायक कोच- रेयन ग्रिफिथ, फिजियोथेरापिस्ट- नील ब्यारी, स्ट्रेन्थ एण्ड कन्डिसन कोच- शेन कूपर, प्रबन्धक र विश्लेषक अवनेश सीताराम रहेका छन् ।

सार्बजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज ए बीच पहिलो खेल आज हुदै छ भने दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाचौं मे ४ मा हुने छ । न्युज कारखाना

काठमाडौँ । इलाम-२ मा प्रतिनिधिसभा र बझाङको प्रदेश सभाको उपनिर्वाचनको आज मतदान हुदै छ । निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने जानकारी दिएको छ ।

इलाम–२ मा एमालेबाट सुहाङ नेम्बाङ, कांग्रेसबाट डम्बरबहादुर खड्का, रास्वपाबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिम उम्मेदवार रहेका छन् ।

त्यस्तै एकीकृत समाजवादीका जितबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मीनबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली चुनावी मैदानमा छन् ।  त्यस्तै स्वतन्त्र उम्मेदवारहरु डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्याल पनि चुनावी मैदानमा छन् ।

यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा समेटिएका छन् ।
यो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाताले बैशाख १५ गते मतदानमा सहभागिता जनाउदै छन् ।

विसं २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदावर सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । उनको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

त्यस्तै बझाङको प्रदेश सभामा नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, एमालेबाट दमन भण्डारी, माओवादी केन्द्रबाट जनक बुढा, एकीकृत समाजवादीबाट दिलबहादुर सिंह, राप्रपाबाट किशोर खड्का, जनमत पार्टीबाट शुशिला देवी विष्ट, जसपाबाट राम्बहगुर जाग्री, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्र बहादुर शाही, नेपाली जनता दलबाट अशोक सुनार, नेशनल रिपब्लिक नेपालबाट कमल घर्तिमगर, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्र बहादुर थापा र संघीय लोकतान्त्रिक राष्ट्रिय मंचबाट दिपक बहादुर खड्का चुनावी मैदानमा रहेका छन् ।

बझाङको प्रदेश सभा उपनिर्वाचनमा ६१ हजार ७४८ मतदाताले मतदानमा भाग लिदै छन् । उपनिर्वाचनमा बझाङमा ७४ मतदान केन्द्र र ९३ मतदान स्थल रहेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारका तत्कालिन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी मृत्यु भएपछि बझाङ निर्वाचन क्षेत्र १ मा उपनिर्वाचन हुने लागेको हो ।

उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंबेदनशील

इलाम-२ र बझाङ प्रदेशसभा (क) मा हुने  उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन गरिने भएको छ ।

प्रहरी प्रधान कार्यालयले उपनिर्वाचनको सुरक्षाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिदै उपनिर्वाचनका लागि इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा (क) मा दुई हजार ३८७ प्रहरी जनशक्ति परिचालन गरेको जानकारी दिएको छ ।

निर्वाचनलाई सफल बनाउनका लागि प्रहरीले इलामका ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा एक हजार  ३६३ प्रहरी परिचालन गरेको छ भने बझाङ प्रदेशसभा (क) को ७४ मतदानस्थलको ९३ मतदान केन्द्रमा एक हजार २४ प्रहरी  परिचालन गरेको छ ।

प्रहरीले इलाम र बझाङमा गरि ५९ अतिसंबेदनशील मतदान केन्द्रको रुपमा छुट्ट्याएको छ । इलाममा ३७ केन्द्रलाई अतिसंवेदनशील, ४१ केन्द्रलाई संवेदनशील र ७१ केन्द्रलाई सामान्य प्रकृतिको रुपमा लिएको छ । भने प्रहरीले अतिसंवेदनशीलमा १२ देखि १७, संवेदनशीलमा नौदेखि १४ र सामान्यमा आठदेखि १३ प्रहरी खटिएको जनाएको छ । त्यस्तै बझाङमा ३२ केन्द्रलाई अतिसंवेदनशील, ३० केन्द्रलाई संवेदनशील र ३१ केन्द्रलाई सामान्य प्रकृतिको रुपमा रहेको जनाइएको छ । न्युज कारखाना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारण बदली तथा कोशी र बागमती प्रदेशको पहाडी भू-भागमा  आंशिक बदली रही देशको बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ |

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। लुम्बिनी  प्रदेशका केही स्थानहरूका साथै सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।

त्यस्तै राती गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशको बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।  गण्डकी  र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। लुम्बिनी  प्रदेशका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।न्युज कारखाना

आजमिति २०८० साल वैशाख १५ गते शनीबार तदअनुसार अप्रिल २७ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु कृष्ण पक्ष तृतिया तिथी, जेष्ठा नक्षत्र, । परिध योग छ । चन्द्र राशि वृश्चिक । यो शुभ योग हो ।

 

अभिजित् मुहूर्त: बिहान ११:३६ देखि १२:२८सम्म,

• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:२८

• सुर्यास्त: बेलुका ०६:३६ बजे

 

वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ ।

 

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।

शुभ रगं ः गुलावी

शुभ अंक ः ३

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ । साथीभाइसँग जमघट तथा व्यवसायमा नयाँ अनुभब मिल्न सक्छ।

शुभ रगं ः चाँदी

शुभ अंक ः ५

 

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

 

समय मध्यम छ । धन वचत गर्नुहोस् र आर्थिक स्थिति सुधार गर्नुहोस्। पठनपाठनमा ध्यान बिग्रनसक्छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । साथीसँग सम्बन्ध बलियो बनाउनुहोस् र आत्मीयता देखि संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्। घर झगडाबाट बच्नुहोला ।

 

शुभ रगं ः हरियो

शुभ अंक ः १

 

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

समय राम्रो छ । चिताएको कामले तीव्रता लिनेछ । कला, साहित्यमा रुची बढ्ने छ । बैदेशिक कार्य अघि बढ्ने छ । घर, जग्गाको कारोबारमा सफलता मिल्ने समय छ । रोकिएको धन हात पर्ला । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।

शुभ रगं ः निलो

शुभ अंक ः ६

 

 

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । स्वास्थ्यमा समस्या,सहकर्मीबाट विरोध र महत्वपूर्ण कार्यमा व्यवधान आउनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।

शुभ रगं ः चाँदी

शुभ अंक ः ४

 

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । छोटो दूरीको लाभदायक यात्रा तथा शैक्षिक क्षेत्रमा सफलता मिल्ने समय छ।जोश, जाँगर र हिम्मत बढ्ने छ ।समग्रमा दिन राम्रो छ ।

 

शुभ रगं ः सुन्तला

शुभ अंक ः १

 

 

 

 

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

समय राम्रो छ । स्वास्थ्य सबल रहनेछ । वित्तीय योजना बनाउनुहोस्। माया, प्रेममा आत्मीयता र सहजताको साथमा संबंध अघि बढ्नेछ। परिवारसँग समय बिताउनुहोस् , काममा ध्यान दिनुहोस् र आराम गर्नुहोस्।

 

• शुभ रंग: सैतो

• शुभ अंक – ७

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

 

आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ । राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।

 

शुभ रगं ः रातो

शुभ अंक ः ८

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।

शुभ रगं ः रातो

शुभ अंक ः ७

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मि त्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ । प्रेम तथा परिवारमा सामान्य विवाद भने हुन सक्छ, सतर्क हुनुहोला ।

शुभ रगं ः खैरो

शुभ अंक ः १

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।जोश, जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । कामको थालनी हुनेछ । समाज सेवामा मन लाग्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । अरुलाई प्रभावित पारेर काम बन्ने समय छ ।

 

शुभ रगं ः नीलो

 

शुभ अंक ः ७

 

 

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

 

समय ठिकै छ । ध्यान र आराम लिनुहोस्। योग र मेडिटेशन गर्नुहोस्।आर्थिक संगठन र वित्तीय योजना बनाउनुहोस्। प्रेम आत्मीयता र सहजताको साथमा संबंध विकसित गर्नुहोस्। जोश, जाँगर र उमंग बढ्नसक्छ. । आर्थिक कारोवारमा आशाजनक सफलता पाइएला । परिवारसँग समय बिताउनुहोस् , विवादबाट वच्नुहोस।

 

 

शुभ रंग: सेतो

• शुभ अंक – २

 

 

राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।

 

 

राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्। उनि वैदिक ज्योतिषका विज्ञ मानिन्छन् ।

न्युज कारखाना

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री बर्षामान पुन र उर्जामन्त्री शक्तिबहादुर बस्नेतसँग भेटवार्ता गरेका छन् । मुख्यमन्त्री कँडेलले अर्थमन्त्री पुन र उर्जामन्त्री बस्नेतसँग भेटेर ६ बुँदे माग राखेका हुन् ।

उनले कर्णाली प्रदेशका महत्वपूर्ण र रणनीतिक आयोजनाहरू कर्णाली करिडोर, भेरी करिडोर, कोहलपुर (सुर्खेत चार लेन सडक, सुर्खेत विमानस्थल विस्तार, भुकम्प प्रभावित जाजरकोट र रूकुममा पुनर्निर्माण तथा सुर्खेत उपत्यकाको तल्लो तटीय क्षेत्र डुबानबाट रोक्न निकास खोला नियन्त्रण लगायतका आयोजनाहरूलाई विशेष प्राथमिकतामा राखी आगामी बर्षको लागी आवश्यक संरचनासहितको वजेट विनियोजन गर्न माग गर्दै २ मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

चैत २७ मा मुख्यमन्त्री नियुक्त भएका कँडेल बिहीबारमात्र प्रदेश सभाबाट विश्वासको मत लिएपछि काठमाडौँ आएका छन् ।

कर्णाली प्रदेश सरकारको तर्फबाट प्राथमिकताका साथ उठाइएका आयोजनाहरू:

१) कर्णाली प्रदेशको विकास तथा देशकै समुन्नतिको लागि रणनीतिक महतत्त्व राख्ने रुपान्तरणकारी आयोजनाको रुपमा रहेको कर्णाली करिडोर (सुर्खेत-हुम्ला) र भेरी करिडोर (सुर्खेत-डोल्पा)लाई राष्ट्रिय गौरवको आयोजना अन्तर्गत विशेष प्राथमिकतामा राखि छुट्टै संरचनासहित आयोजना कार्यालय स्थापना र आयोजनाको लागि आवश्यक बजेटको व्यवस्था गरी उपयुक्त आयोजनाहरु यथासमयमा कार्यान्वयन तथा सम्पन्न गर्ने व्यवस्था गरिदिनु हुन।

२) नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएको र कर्णाली प्रदेशको राजधानी जोड्ने प्रदेश प्रवेशद्वारका रुपमा रहेको कोहलपुरदेखि सुर्खेतसम्मको रत्न राजमार्गलाई चार लेनको बनाउने योजना कार्यान्ववयनमा नगएकाले आवश्यक बजेटसहित कार्यान्वयनको व्यवस्था गर्न हुन।

३) नेपाल सरकारको विगतका वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएको तथा हालसम्म कार्यान्वयनमा जान नसकेको कर्णाली प्रदेशको राजधानीमा रहेको सुर्खेत विमानस्थलको विस्तार तथा स्तरोन्नति गरी संघीय राजधानीसँग कर्णाली प्रदेशको हवाइ पहुँच र आन्तरिक उडानको केन्द्रका रुपमा विकास गर्न आवश्यक बजेटसहित कार्यान्वयनको व्यवस्था गरिदिनु हुन।

४) भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानमा नीजि आवास तथा अन्य संरचनाहरू पुनर्निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न।

५) कर्णाली प्रदेशको राजधानी सुर्खेत उपत्यकाको तल्लो तटीय क्षेत्र बाढीबाट वर्षेनी प्रभावित हुने भएकाले दीर्घकालीन समस्या समाधानका लागि निकासखोला नियन्त्रण आयोजनाको डीपीआरसमेत भइसकेकाले प्राथमिकता राखी बजेटसहित कार्यान्वयनको व्यवस्था गर्न हुन।

६) यी लगायत कर्णाली प्रदेशमा संघीय सरकारको तर्फबाट सञ्चालित विकास आयोजनाहरूलाई निरन्तरता दिई बजेटको व्यवस्था गर्न ।न्युज कारखाना

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ ।

अख्तियारले एकडारा गाउँपालिका महोत्तरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख महेन्द्र कुमार मण्डल र असिस्टेन्ट सव-इन्जिनियर संजय कुमार मंडलले गुणस्तरहिन सडक बनाएर ८ लाख ६५ हजार १४५ भुक्तानी गरेको आरोपमा मुद्धा दायर गरेको छ ।

साथै अख्तियारले जानकी कन्सट्रक्शन, मनरा शिसवा न.पा.-५ महोत्तरीका प्रोपराइटर राकेश कुमार रायलाई पनि प्रतिवादी बनाएको छ ।   न्युज कारखाना

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा मिसिल झिकाउन सर्वोच्चले आदेश दिएको छ ।

रेशमले दायर गरेको सो मुद्दामाथि सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीशद्धय बालकृष्ण ढकाल र विनोद शर्माको संयुक्त इजलासले सो आदेश जारी गरेको हो ।

टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका रेशम चौधरीलाई निर्वाचन आयोगले वैधानिकता दिन अस्वीकार गरेको थियो ।

निर्वाचन आयोगले अध्यक्षमा रन्जिता श्रेष्ठलाई नै सदर गरेपछि रेशम चौधरी निर्वाचन आयोग र रन्जितालाई विपक्ष बनाएर उत्प्रेषणको आदेश जारी गरिपाऊ भने रिट दायर गरेका थिए ।न्युज कारखाना

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित १० जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ ।

अख्तियारले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौला, सोलुखुम्बुको खुम्बु गाउँपालिकाको वडा नम्बर १ बस्ने बुद्धमाया थापा मगर र उनको नाती रामकृष्ण थापामगर, फुर गेल्जे शेर्पा, ङिम याङजि शेर्पा, ल्हाक्पा दिकि शेर्पा, पेम्बा शेर्पा, ल्हाक्पा गेल्जेन शेर्पा, शर्मिला राई र स्व। मिङमा ल्हमू शेर्पालाई प्रतिवादी बनाएको छ ।

अख्तियारले उनीहरुले नक्कली श्रेस्ता खडा गरि सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोपमा ६ लाख १८ हजार बिगो दाबि गर्दै मुद्धा दायर गरेको जनाएको छ ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।