काठमाडौँ । यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा ब्याट्सम्यानहरुले रनको बर्षा गरिरहेका छन् । गएराती सम्पन्न पञ्जाव किंग्स र कोलकोता नाइट राइडर्सबीचको खेलमा पनि रनको बर्षा भएको छ ।
कोलकोताले दिएको २६२ रनको लक्ष्य पञ्जावले १८.४ ओभरमा नै २ विकेट गुमाएर पुरा गरेपछि यो खेल आफैमा ऐतिहासिक बनेको थियो ।
यस रिपोर्टमा यस खेलमा बनेका केहि रेकर्डको बारेमा चर्चा गर्दैछौं ।
१- पञ्जाव किंग्सले यस खेलमा टी-२० क्रिकेटकै इतिहासमा अहिलेसम्मको धेरै रन पिछा गरेर बनाएको छ । यस अघि २०२३ मा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजले दिएको २५९ रनको लक्ष्य पिछा गरेर पुरा गरेको थियो । पञ्जाव किंग्सले यो रेकर्डलाई आफ्नो नाममा लेखाएको छ ।
२- त्यसैगरी आइपिएलको इतिहासमा यो अहिलेसम्मको ठुलो रन चेज हो । यसअघि २०२० मा राजस्थानले पञ्जावले दिएको २२४ रन चेज गरेको थियो भने राजस्थानले यसै आइपिएलमा कोलकोताले दिएको २२४ रनको लक्ष्य चेज गरेको थियो ।
३- यस खेलमा आइपिएलको इतिहासमा एक इनिंगमा सबैभन्दा बढी छक्का यसै खेलमा प्रहार भएको छ । पञ्जावले आफ्नो इनिंगमा २४ छक्का प्रहार गरेको थियो ।यसअघि यसै आइपिएलमा सनराइजर्सले रोयल च्यालेन्जर्स बैंगलुरु र दिल्लीविरुद्ध एकै इनिंगमा २२-२२ छक्का प्रहार गरेको थियो ।
४- त्यसैगरी यस खेलमा आइपिएलको इतिहासमा अहिलेसम्मकै सबैभन्दा बढी छक्का प्रहार भएको छ । यस खेलमा कुल ४२ छक्का प्रहार भएको थियो । यसअघि सनराइजर्स र मुम्बई तथा सनराइजर्स र रोयल च्यालेन्जर्स बैंगलुरुको खेलमा ३८-३८ छक्का प्रहार भएको थियो ।न्युज कारखानान
काठमाडौँ । बेलायतका राजा चार्ल्स तृतीय आफ्नो जिम्मेवारी पूरा गर्न चाँडै सार्वजनिक जीवनमा फर्कने तयारीमा छन् ।
यस वर्षको सुरुमा उनलाई क्यान्सर भएको पत्ता लागेपछि उनको स्वास्थ्यमा निरन्तर सुधार आएको चिकित्साहरुले बताएका छन् । बकिङ्घम प्यालेसले एक विज्ञप्ति जारी गर्दै राजा चार्ल्स छिट्टै जिम्मेवारीमा फर्किने जानकारी दिएको छ ।
७५ वर्षीय राजा चार्ल्स आफ्नी पत्नी रानी क्यामिलासँग अर्को मंगलबार लन्डनमा क्यान्सर उपचार केन्द्र जानेछन् । राजा चार्ल्स क्यान्सरको उपचार र निको भएर छिट्टै सार्वजनिक जिम्मेवारीमा फर्किने समेत उल्लेख गरिएको छ ।
राजा र रानीले अर्को मंगलबार क्यान्सर उपचार केन्द्रको भ्रमण गर्नेछन्, जहाँ उनीहरूले चिकित्सा विशेषज्ञ र बिरामीहरूलाई भेट्नेछन्, विज्ञप्तिमा भनिएको छ ।
यो यात्रा राजाले आउने हप्ताहरूमा गर्ने धेरै बाहिरी गतिविधिहरू मध्ये पहिलो हुनेछ । बकिङ्घम प्यालेसले राजाको मेडिकल टोली अहिलेसम्म भएको प्रगतिबाट धेरै खुसी छ र उनको निरन्तर रिकभरीको बारेमा टोली सकारात्मक रहेको बताएको छ ।
बकिङ्घम प्यालेसका प्रवक्ताले राजा चार्ल्सको उपचार जारी रहने बताए ।न्युज कारखानान
इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मुख्य दलका उम्मेदवारले मतदान गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुहाङ नेम्बाङ र नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले इलाम नगरपालिका–७ स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको मतदान केन्द्रमा मतदान गरेका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बूले माङसेबुङ गाउँपालिका–२ स्थित जनताकल्याण आधारभूत विद्यलाय र पहिचानवादीका साझा एवं स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुम गाउँपालिका–३ स्थित सिंहदेवी माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा समेटिएका छन् ।
यो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाताले बैशाख १५ गते मतदानमा सहभागिता जनाउदै छन् ।न्युज कारखानान
१४ बैसाख, महोत्तरी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको एकडारा गाउँपालिका कि उपाध्यक्ष महजवी खातुन सहित ६ जना विरुद्ध शुक्रबार विशेष अदालत काठमाण्डौमा आरोप-पत्र दायर गरेको छ ।
पालिकाको वडा न.१ अन्तर्गतका शाखा सडकहरु ढलानको लागि विनियोजन गरेको रकम हिनामिना गरेको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानासमेतको सजाय हुने माग दावी गर्दै आरोप-पत्र दायर गरेको हो ।
आर्थिक बर्ष २०७९/०८० को उक्त योजनामा उपाध्यक्ष सहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख (अधिकृत छैटौं) महेन्द्र कुमार मण्डल र असिस्टेन्ट सव-इन्जिनियर संजय कुमार मंडललाई दोषी ठहर गर्दै अख्तियारले ८ लाख ६५ हजार १ सय ४५ विगो जरिवाना समेत माग गरेको छ ।
सडक ढलान योजनाको खरिद प्रक्रियामा तयार गरिएको गुणस्तर सम्बन्धी मापदण्ड अनुसार नभएको, गुणस्तर नै चेकजाँच नगरी सम्झौता बमोजिमको कार्य सम्पन्न भएको भनी गलत नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदन तयार गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रबक्ता नरहरी घिमिरेले वताए ।
त्यसैगरी अख्तियारले पालिकासगँ सम्झौता गरेर गुणस्तरिय काम नगर्ने मनरासिस्वाको निर्माण कम्पनी जानकी कन्स्ट्रक्सनका संचालक राकेश कुमार रायलाई पनि दोषी ठहर गरेको छ ।
पालिकासगँ सम्झौता गरेर गुणस्तरहिन काम गर्दा पनि फर्जी प्रतिवेदन वनाई भुक्तानी लिएको ठहर गर्दै उन्लाई भ्रष्टाचार निवारण ऐन २०५९ वम्मोजिम सजाय र विगो समेत जफतको माग गर्दै राय विरुद्ध आरोप-पत्र दायर गरेको हो ।न्युज कारखानान
हेटौंडा÷शुक्रबारदेखि देशभर कक्षा १२ को परीक्षा सञ्चालन भइरहेको छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सम्पन्न भयो । देशभरबाट ४ लाख भन्दा बढी विद्यार्थी सहभागी भएको यस परीक्षामा मकवानपुरका मात्र ७ हजार बढी परीक्षार्थी रहेका थिए ।
हेटौडाको आधुनिक माध्यमिक विद्यालय (मावि) परीक्षा केन्द्रमा आएका केही विद्यार्थीहरू भने प्रश्नपत्रको अस्पष्टताका कारण मर्कामा परेका छन् । परीक्षा सुरु भएपछि प्रश्नपत्रमा प्रश्न बुझ्न नसक्दा उनीहरू निकै तनावमा परेका हुन् । आधुनिक माध्यमिक विद्यालयको कक्षा ‘डी–१२’ मा परीक्षा दिएर निस्किएका विद्यार्थीहरूका अनुसार उनीहरूलाई प्रश्नपत्रमा समावेश चार्टसम्बन्धी प्रश्न बुझ्न नसकिने अवस्था सिर्जना भएको बताउ“छन् ।
एक विद्यार्थीले भनेका छन्, ‘प्रश्न ४ मा दिइएको चार्टलाई व्याख्या गर्नुपर्ने रहेछ, तर हाम्रो प्रश्नपत्रमा त्यो चार्ट नै बुझिएन । हामीले निरीक्षकलाई समस्या बताउ“दा पनि उनले अर्को प्रश्नपत्र उपलब्ध गराइदिन बेवास्ता गरे ।’ अर्का एक विद्यार्थीले भने, ‘प्रश्नपत्रमै प्रिन्टिङ समस्या छ, प्रश्न नै बुझिएन । यस्तो समस्या अरू दिन पनि भयो भने हाम्रो दुई वर्षको मेहनत नै खेर जान्छ ।’
यसबारे परीक्षा संयोजक कृष्णगोपाल श्रेष्ठले केही प्रश्नपत्र फोटोकपी गर्दा स्पष्ट नभएको पाइएको र ४ नं.को प्रश्नबारे अन्तिम समयमा मात्र जानकारी आएको हुंदा सबैलाई जानकारी गराउन नसकिएको बताए । उनले परीक्षार्थीले भने जस्तो बेवास्ता नगरिएको बताउदै समस्या लिएर अएकाहरुको प्रश्न पत्र नै उत्तर पुस्तिकासंगै राखी पठाइएको जानकारी दिए ।
विशेषगरी आधुनिक माध्यमिक विद्यालयको हल ‘डी–१२’ मा यस्तो समस्या देखिएको बताइएको छ । यद्यपि सामान्य लाग्ने यस्तो घटनाले विद्यार्थीहरूको भविष्यमाथि नै खेलवाड गर्न सक्ने देखिन्छ । यस्ता समस्याले विद्यार्थीहरूमा तनाव बढाएको र परीक्षाको गुणस्तरमाथि प्रश्न उठेको छ । परीक्षा समितिले यसप्रति गम्भीर ध्यानाकर्षण गर्नुपर्ने देखिन्छ ।न्युज कारखानान
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रियल सोसियडाडलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल सोसियडाडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा खेलको २९औं मिनेटमा आर्डा गुलेरले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि रियल म्याड्रिडको ३३ खेलमा ८४ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ ।
त्यसैगरी एक खेल कम खेलेको बार्सिलोना ३२ खेलमा ७० अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै रियल सोसियडाडको भने ३३ खेलमा ५१ अंक रहेको छ र लिगमा छैटौं स्थानमा छ ।
न्युज कारखानान
काठमाडौँ । निर्देशक जौन योञ्जनले निर्देशन गर्ने फिल्म ‘आँखा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । फर्स्ट लुक सार्बजनिक गर्दै फिल्मको प्रदर्शन मिति आगामी असार १४ गतेलाई घोषणा गरिएको छ ।
फिल्म आधुनिक समाजमा तल्लो वर्गले बाँच्नका लागि गर्ने संघर्षमा बनेको बताइएको छ । यो फिल्म दुःख र एक्लोपनभित्रको रमाइलो कथा ‘आँखा’ भएको निर्देशक बताउछन् ।
निर्देशक योन्जन स्वयंको कथा तथा पटकथा लेखन रहेको फिल्ममा निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, स्मिता लामिछाने, आरके मेहता, अभयराज बरालसहित बाल कलाकारमा प्रसन राईको अभिनय छ ।
कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन रहेको फिल्ममा आलोक शुक्लाको छायांकन, दीपक आरजेको संगीत तथा रेवन्तविक्रम थापाको द्वन्द्व निर्देशन छ । न्युज कारखानान
काठमाडौँ । अब स्मार्टवाच ब्यान्ड, पहिरन मिल्ने सेन्सर र स्वास्थ्य निगरानी गर्ने विद्युतीय ग्याजेटहरू ह्यामर वा तान्दा पनि नभाँचिने भएका छन् । क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरूले ताने वा तान्दा पनि भाँच्न नसकिने सामग्रीको आविष्कार गरेका छन् ।
यसका साथै यस सामग्रीबाट थ्रीडी प्रिन्टरको सहायताले मानव अंगहरू पनि प्रिन्ट गर्न सकिन्छ । वास्तवमा, यसले अनुकूलन स्थायित्वको सिद्धान्तलाई पछ्याउँछ । यसबाट बनेको सामग्री कठोर वातावरणमा पनि बिग्रने छैन । वास्तवमा, उनीहरूमा जति बल प्रयोग गरिन्छ, उनीहरूले व्यवहार देखाउन त्यति नै कठोर हुनेछन् ।
नयाँ सामग्री वास्तवमा खाना पकाउन प्रयोग गरिने मकै स्टार्चबाट प्रेरित छ । पानीमा मिसाइएको मकैको स्टार्चको घोलले बिस्तारै र कम बल प्रयोग गर्दा तरल पदार्थको रूपमा काम गर्छ, र छिट्टै मुक्का ठोक्दा ठोस रूपमा काम गर्छ । वास्तवमा, यस सामग्रीको व्यवहारमा यो भिन्नता यसको कणहरूको आकार भिन्नताको कारण हो ।
अन्वेषकहरू पनि यो सिद्धान्तलाई पोलिमरहरूसँग प्रयोग गर्न चाहन्छन्, जसबाट यी पहिरन योग्यहरू बनाउन सकिन्छ । यसका लागि वैज्ञानिकहरूले कन्जेस्टेड पोलिमरहरू प्रयोग गरिरहेका छन्, जसले नरम र लचिलो रहँदा बिजुली सञ्चालन गर्न मद्दत गर्दछ ।
वैज्ञानिकहरूले पोली (2-acrylamido-2-methylpropanesulfonic एसिड), polyaniline र उच्च कन्डक्टर पोली (3,4-ethylenedioxythiophene) polystyrene sulfonate (PEDOT:PSS) को ठूला अणुहरू संयोजन गरेर यो सामग्री सिर्जना गरेका हुन् ।
जब यसमा कम बल लगाइयो, यसको आकार र आकार परिवर्तन भयो, तर जब बल बढ्यो, सामग्रीले अझ कठोर व्यवहार गर्न थाल्यो । PEDOT:PSS को मात्रा १० प्रतिशत मा बढाएर, यसको अपनाउने स्थायित्व र चालकता पनि बढ्यो ।
सुपर साना मेटाबोलाइटहरू दुई सकारात्मक र दुई नकारात्मक चार्ज गरिएको पोलिमरहरू संयोजन गरेर बनाइन्छ । यी चयापचयहरू, झटका-अवशोषकहरू जस्तै, बिना कुनै पनि प्रभावलाई अवशोषित गर्दछ । वास्तवमा, यो सामाग्री धेरै नरम र लचिलो छ ।न्युज कारखानान
राैतहट,१४ गते वैशाख । राैतहट । सशस्त्र प्रहरी वाहीनी वर्दिवासका सशस्त्र प्रहरी नायव महानिरिक्षक / वाहिनीपति दिपेन्द्र शाहले सशस्त्र प्रहरी वल देशमा शान्ति सुरक्षाको आलवा सिमा अतिक्रमण र सिमा स्तंभ रक्षाको काम गरेको दावी गरेका छन । सशस्त्र प्रहरी बल गण ११ राैतहटको स्थापना दिवसको अवसरमा आयोजित समारोह प्रमुख अतिथिकाे आसनबाट बोल्दै सशस्त्र प्रहरीले राष्ट्र देश हितका लागि सधै समर्पित भएर काम गरि रहेको वताए । संस्थागत हित तथा उच्च मर्यादाका साथ अनुशासनमा रहन बलका विभिन्न पदमा रहेकालाई प्रमुख अतिथि साहले अनुराेध गरेका छन । साे समारोहका विशिष्ट अतिथि राैतहटका प्रमुख जिल्ला अधिकारी हिरा लाल रेग्मीले सशस्त्र प्रहरी बल स्थापना देश द्वन्द्वकालमा रहेकाे बेलामा भए पनि यसले समग्र देशमा शान्ति सुरक्षाको क्षेत्रमा गरेको योगदान अतुलनीय रहेकाे बताए । सशस्त्र प्रहरी बल गण ११ का गणपति /सशस्त्र प्रहरी उपरीक्षक बिक्रम हुमागाईले पछिल्लो एक वर्षका उपलब्धि सार्बजनिक गर्दै अबैध मालसामान पक्राउ गरी २ करोड रुपैयाँ राज्शवमा योगदान गर्नुको साथै ५१ जना नागरिकलाई आवश्यकता परेको बेला रक्तदान भएको,सिमा वासिसंग सशस्त्र प्रहरी कार्यक्रम अन्तरगत सर्वसाधारण जनताका लागि हैण्ड पाईप जडान तथा सार्वजनिक शाैचालय निर्माण गरिएको लगाएतका उपलब्धि सार्बजनिक गरेका छन । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमख रामअयाेध्या प्रसाद यादव , नेपाली सेना वीर दल गणका गणपति गंगा बहादुर विष्ट,नेपाल प्रहरीका प्रहरी उपरीक्षक दिलिप घिमिरे ,राष्ट्रिय अनुसन्धान विभागका उप निर्देशक अभिनय कुमार सिंह ,नेपाल रेडक्रस साेसाईटीका अध्यक्ष राजकिशाेर प्रसाद यादव , राैतहट उधाेग वाणिज्य संघका अध्यक्ष पण्डित प्रसाद जयसवाल, गाैर नगरपालिका वडा नम्बर ९का वडा अध्यक्ष अर्जुन सिह सहितका उपस्थिति रहेकाे थियोे । स्थापना दिवसका अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजय तथा बलमा उत्कृष्ट काम गर्नेलाई प्रमुख अतिथि शाहले पुरस्कार – प्रमाण पत्र वितरण गरेका थिए ।
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुदै छन् ।
आज पहिलो खेल दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच हुदै छ । दिल्लीमा हुने यो खेल अपराहन्न ३: ४५ बजेदेखि शुरु हुने छ ।
जारी आइपिएलमा दिल्ली क्यापिटल्सले ९ खेलमा ४ जित हासिल गरेको छ भने ५ खेलमा हार बेहोरेको छ । दिल्ली क्यापिटल्स अहिले ८ अंकसहित छैटौं स्थानमा छ ।
त्यस्तै मुम्बई इण्डियन्सले ८ खेलमा ३ खेल जितेको छ भने ५ खेलमा हार बेहोरेको छ । मुम्बई इण्डियन्स ६ अंकसहित आठौँ स्थानमा रहेको छ ।
त्यसैगरी आज दोस्रो खेल लखनउ सुपर जाइन्ट र राजस्थान रोयल्स खेल्दै छन् । लखनउमा हुने यो खेल आज राति ७: ४५ बजेदेखि शुरु हुदै छ ।
जारी आइपिएलमा लखनउले ८ खेलमा ५ जित हासिल गरेको छ भने ३ खेलमा हार बेहोरेको छ । लखनउ अंक तालिकामा चौथो स्थानमा रहेको छ । त्यस्तै राजस्थान रोयल्सले ८ खेलमा ७ जित हासिल गरेको छ र एक खेलमा हार बेहोरेको छ । १४ अंकसहित राजस्थान अहिले शिर्ष स्थानमा रहेको छ ।न्युज कारखाना