काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध चौथो सफलता हासिल गरेको छ ।
नेपालका बलर अविनाश बोहोराले वेस्ट इन्डिज ए का किची कार्टिलाई आउट गरेका हुन् । उनी ३८ रन बनाएर आउट भएका छन् ।
यस अघि वेस्ट इन्डिज ए का एलिक अथानाज ४७ रन बनाएर आउट भएका थिए भने जोन्सन चर्लेज शुन्यमा र आन्द्रे फ्लेचर १३ रन बनाएर आउट भएका थिए ।
यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले १५ ओभरमा ४ विकेट गुमाएर १४८ रन बनाएको छ ।
न्युज कारखाना
काठमाडौं । इलाम-२ र बझाङमा उपनिर्वाचनको मतदान जारी रहेको छ ।
अहिलेसम्म इलाम-२ मा ४२ प्रतिशत मतदान भएको छ भने बझाङ प्रदेश सभा-१ मा ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले इलाममा अहिलेसम्म ४९ हजार मत खसेको जानकारी दिएको छ ।
आज बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म हुने आयोगले जनाएको छ । अहिलेसम्म मतदान शान्तिपूर्ण रुपमा संचालन भइरहेको छ ।
न्युज कारखाना
भक्तपुर । स्वतन्त्र पत्रकार संघ केन्द्रिय कार्यालय पोखराको टोली भक्तपुर पुगेको छ । केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाको नेतृत्वमा आएको टोलीले भक्तपुरका विभिन्न क्षेत्रहरुको अवलोकन भ्रमण गरेको हो । 
टोलीले भक्तपुरको दरवार स्क्वायर क्षेत्र, टौमढी क्षेत्रलगायतको अवालोकन भ्रमण गरेको थियो । टोलीलाई केन्द्रिय सल्लाहकार एवं भक्तपुरका संस्थापक अध्यक्ष डा इन्दुल केसीले स्वागत गरेका थिए । साथै त्यस अवसरमा भ्रमणमा आएको टोलीलाई भक्तपुरका ऐतिहासिक, साँंस्कृतिक विषयवस्तुबारे गाइड गरेका थिए ।
उनले भक्तपुरको पाँंचतल्ले मन्दिर किन बनाए ?लगायतका ऐतिहासिक विषयवस्तुबारे जानकारी गराएका थिए । साथमा केन्द्रिय पार्षद् कृष्ण किसी पनि उपस्थित थिए । टोलीमा झण्डै दुई दर्जन सहभागी थिए । टोलीले शनिबार नै ललितपुरको पनि भ्रमण गर्ने जनाइएको छ । यसअघि शुक्रबार टोली काठमाडौं पुगेको थियो ।
न्युज कारखाना
काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध तेस्रो सफलता हासिल गरेको छ ।
नेपालका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए का एलिक अथानाजलाई आउट गरेका हुन् । उनी २५ बलमा ४७ रन बनाएर आउट भएका छन् ।
यस अघि नेपालले रनआउटको रुपमा दोस्रो विकेट प्राप्त गरेको थियो भने कमल सिंह ऐरीले नेपाललाई पहिलो सफलता दिलाएका थिए ।
वेस्ट इन्डिज ए का जोन्सन चर्लेज शुन्यमा आउट भएका थिए भने आन्द्रे फ्लेचर १३ रन बनाएर आउट भएका छन् ।
यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले ७ ओभरमा ३ विकेट गुमाएर ८७ रन बनाएको छ । न्युज कारखाना
काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध दोस्रो सफलता हासिल गरेको छ ।
नेपालले रनआउटको रुपमा दोस्रो विकेट प्राप्त गरेको हो । यस अघि कमल सिंह ऐरीले नेपाललाई पहिलो सफलता दिलाएका थिए ।
वेस्ट इन्डिज ए का जोन्सन चर्लेज शुन्यमा आउट भएका थिए भने आन्द्रे फ्लेचर १३ रन बनाएर आउट भएका छन् ।
यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले ४ ओभरमा २ विकेट गुमाएर ५० रन बनाएको छ ।
न्युज कारखानान
काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आज धेरै क्षेत्रमा प्रयोग भइरहेको छ ।
एआइको प्रयोग खतरनाक हुँदै गइरहेको छ जब यसले मानिसलाई प्रतिस्थापन गर्न थाल्छ । एक प्रतिवेदनले आगामी दुई वर्षमा कल सेन्टरमा मानिसको आवश्यकता नपर्ने दाबी गरेको छ । एआइले मानिसहरूको ठाउँमा काम गर्नेछ ।
फाइनान्सियल टाइम्सको एक रिपोर्ट अनुसार, आईटी क्षेत्रका अधिकांश कामहरू कल सेन्टरहरूमा उपलब्ध छन्, तर आगामी दुई वर्षमा यो परिदृश्य फरक हुने छ । सबै कल सेन्टरहरूमा एआई ठूलो मात्रामा प्रयोग गरिनेछ र मानिसहरूलाई आवश्यकता नै पर्दैन ।
यस्तो अवस्थामा आगामी दुई वर्ष अर्थात् २०२५ सम्ममा विश्वभरका कल सेन्टरबाट लाखौं मानिस बेरोजगार हुनेछन् । एआईले सजिलैसँग आगमन कलहरू ह्यान्डल गर्न र जवाफ दिन सक्ने बताइएको छ ।
अब एआइ प्रणालीहरूले कलहरू ह्यान्डल गर्नेछन् र ग्राहकहरूलाई विभिन्न समस्याहरूमा सहयोग गर्ने दिन धेरै टाढा नभएको विश्लेषण गरिएको छ । यी एआई प्रणालीहरूलाई कम्पनीको डाटा मोडेलहरू र उनीहरूले ह्यान्डल गर्ने प्रोफाइलहरूको आधारमा सम्बन्धित ग्राहकहरूलाई तालिम दिइनेछ ।
धेरै कम्पनीहरूले रोजगार बजारमा एआईको प्रभावको बारेमा कुरा गरेका छन् र ती मध्ये केही जस्तै गुगलले पहिले नै कार्यबल बिना जीवनको लागि योजना बनाउन थालेका छन् र धेरै जटिल कार्यहरूको लागि जेनेरेटिभ एआईमा भर परेका छन्।
आगामी दिनमा एआईसँग मिलेर काम गर्न सक्ने व्यक्तिको आवश्यकता पर्नेछ । मानिसहरूलाई भविष्यको प्रविधि र आवश्यकता अनुसार प्रशिक्षित गर्न आवश्यक छ ।न्युज कारखानान
काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज हुदै छ । टियु क्रिकेट मैदानमा हुने यो खेलमा नेपालले टस जितेको छ ।
नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङगर्ने निर्णय गरेका छन् । योसंगै वेस्ट इन्डिज ए ले पहिला ब्याटिंग गर्ने भएको छ ।
आजको नेपालको प्लेइङ-११ मा अनिल कुमार शाह, विवेक यादव, प्रतिस जिसी र कमलसिंह ऐरीलाई समावेश गरिएको छ ।
नेपालको प्लेइङ ११- रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, अनिलकुमार शाह, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, प्रतिस जिसी, अविनाश बोहोरा, बिबेक यादव र कमलसिंह ऐरी ।
वेस्ट इन्डिज ए को प्लेइङ ११: वेस्ट इन्डिज ए : रोस्टन चेज (कप्तान), जोन्सन चार्ल्स, अलिक अथान्जे, आन्द्रे फ्लेचर, केसी कार्टि, किमो पल, कडीम एलेन, म्याथ्यु फोर्ड, गुडाकेश मोती, ओबेद मकोए र ओशेन थोमस ।न्युज कारखानान
काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज हुदै छ ।
टियु क्रिकेट मैदानमा हुने यो खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङगर्ने निर्णय गरेका छन् । योसंगै वेस्ट इन्डिज ए ले पहिला ब्याटिंग गर्ने भएको छ । न्युज कारखानान
काठमाडौँ । काठमाडौंको नागढुङ्गाबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरूलाई शुक्रबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
ना ६ ख ६१२७ नम्बरको ट्रकका चालक ३१ वर्षीय भिमसेन कोइराला, बागमती प्रदेश-०१-०२९ च २८११ नम्बरको निजि माइक्रो बसका चालक २७ वर्षीय नरेश थापा, बागमती प्रदेश-०१-००४ क ३०३२ नम्बरको निजि माइक्रो बसका चालक २७ वर्षकै सुरज रम्तेल, बा २ ख ७४७ नम्बरको भाडा माइक्रो बसका चालक २२ वर्षीय सुमन खड्का, बा ५ ख ९४२ नम्बरको भाडा माइक्रो बसका चालक ३१ वर्षीय दल बहादुर राना र ना ८ ख १५७५ नम्बरको भाडा बसका चालक ४२ वर्षीय लोकराज केसीलाई हिजो ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाकोसंयुक्त टोलिले चेक गर्दालागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेलापरेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोटपठाइएको छ ।
यात्रु बोक्ने जस्तो संवेदनशिल सवारी साधन चलाउने चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा नियम बिपरीत तथा दण्डनीयकार्यभएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए ।
यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्ने भएकाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन अनुरोध गरिएको छ । न्युज कारखानान
काठमाडौँ । ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको पूर्वी काउन्टी हुआलियननजिकै शनिबार गएको भूकम्पको तीव्रता ६.१ रिक्टर स्केल रहेको उक्त टापु देशको मौसम विभागले जनाएको छ ।
त्यहाँको प्रशासनले राजधानी ताइपेईका धेरै भवनहरू भूकम्पले हल्लाएको बताएको छ । यद्यपी क्षतिको विवरण भने प्राप्त भएको छैन । भूकम्पको केन्द्रविन्दु २४.९ किलोमिटर (१५.५ माइल) गहिराइमा रहेको मौसम विभागले जनाएको छ ।
यस महिनाको सुरुमा, हुआलियनमा ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो, जसमा १७ जनाको मृत्यु भएको थियो । त्यसयता यहाँ एक हजारभन्दा बढी भूकम्पको धक्का महसुस गरिएको छ ।न्युज कारखानान