काठमाडौँ । नेपालले चौथो विकेट गुमाएको छ । नेपालका दीपेन्द्र सिंह ऐरी २४ रन बान्येर आउट भएका छन् ।
यस अघि अनिल शाह ५, कुशल भुर्तेल १६, कुशल मल्ल १६ रन बनाएर आउट भएका थिए ।
वेस्ट इन्डिज ए ले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १५.३ ओभरमा ४ विकेट गुमाएर १४६ रन बनाएको छ ।न्युज कारखाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजबाट विहान ९ बजेदेखि कार्यालय सञ्चालन गरेको छ ।
सेवा सहजताका लागि १ विहान १ घण्टा अगाडि कार्यालय सञ्चालन थालिएको हो ।यो सेवा महानगरपालिकाका सबै विभाग, वडा, सचिवालय, आयोजनासमेतका कार्यालयको हकमा लागू हुने महानगरका प्रवक्ता नविन मानन्धरले कान्कारी दिएका छन् ।
थप समयमा काम गर्नका लागि कर्मचारीहरुलाई प्रोत्साहन गर्न ‘काठमाडौँ महानगरपालिका कर्मचारी सेवा सुविधा सम्बन्धी मापदण्ड २०८०’ नगर कार्यपालिकाबाट स्वीकृत गरी स्थानीय राजपत्रमा प्रकाशित भइसकेको छ । सेवाको गुणस्तरीयता र प्रभावकारिताका लागि अतिरिक्त समयमा समेत कार्य सम्पादन गर्न आवश्यक रहेकोले पदीय जिम्मेवारी वहन गर्न उपलब्ध गराउने स्रोत, साधन सम्बन्धी व्यवस्था मापदण्डले गरेको छ ।
बिहान १० बजेबाट सरकारी तथा निजी क्षेत्रका कार्यालयमा काम गर्ने कर्मचारीलाई यो व्यवस्थाले महानगरपालिकाबाट सेवा प्राप्त गर्न सहज हुनेछ । बिहान आफ्नो कार्यालय जानु पूर्व महानगरपालिका र अन्तर्गतका विभिन्न कार्यालयहरूबाट सेवा प्राप्त सजिलो होस भन्ने उद्देश्यले यो व्यवस्था कार्यान्वयन गरिएको प्रवक्ता मानन्धरको भनाइ छ । न्युज कारखाना
काठमाडौँ । कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन् ।
वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछाउनेक्रममा कप्तान रोहितले उत्कृष्ट ब्याटिंग गर्दै अर्धशतक पुरा गरेका हुन् । उनले २७ बलमा ६ चौका र २ छक्का प्रहार गरेर अर्धशतक पुरा गरेका थिए ।
यो समाचार तयार गरुन्जेल नेपालले १०.३ ओभरमा ३ विकेट गुमाएर ९४ रन बनाएको छ ।
न्युज कारखाना
काठमाडौँ । सुपरस्टार अनमोल केसीको फिल्म ‘फर्की फर्की’को शिर्ष गीत सार्बजनिक भएको छ ।
निर्माण पक्षले शनिबार ‘फर्की फर्की’ शिर्षकको गीत सार्बजनिक गरेका हुन् । गीतमा अनमोल केसी र जसिता गुरुङको रोमान्स देख्न सकिन्छ ।
यस फिल्मको ट्रेलर यसअघि नै सार्बजनिक गरिएको छ र ट्रेलरले राम्रो रेस्पोन्स समेत पाएको छ ।
फिल्मलाई सुयोग गुरुङले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा अनमोल र जसितासँगै सलोन बस्नेत, कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको पनि अभिनय रहेको छ ।
ओम प्रकाश अग्रवाल र रोहित अधिकारीको निर्माण रहेको फिल्मका सह-निर्माता मनोज ओली र रामु न्यौपाने तथा मोती कार्की र अनिरुद्र गिरी कार्यकारी निर्माता रहेका छन् ।
जेठ १० गते रिलिज हुने यो फिल्मसँगै बहुप्रतिक्षित मल्टिस्टार फिल्म ‘पूजार सार्की’ र पुजा शर्माको प्रमुख भूमिका रहेको ‘दान्भी’ भिड्दै छन् ।
गीतको लिंक- https://youtu.be/t_न्युज कारखाना
काठमाडौँ । नेपालले दोस्रो विकेट गुमाएको छ । ओपनर कुशल भुर्तेल १६ रन बनाएर आउट भएका छन् । उनी वेस्ट इन्डिज ए का बलर ओबेड म्याककोयको बलमा आउट भएका हुन् ।
वेस्ट इन्डिज ए ले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल ५ ओभरमा २ विकेट गुमाएर ४२ रन बनाएको छ । न्युज कारखाना
काठमाडौँ । नेपालले पहिलो विकेट गुमाएको छ । ओपनर अनिल शाह ५ रन बनाएर आउट भएका छन् । उनी वेस्ट इन्डिज ए का बलर म्याथुज फोर्डको बलमा आउट भएका हुन् ।
वेस्ट इन्डिज ए ले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल ३ ओभरमा एक विकेट गुमाएर २३ रन बनाएको छ । न्युज कारखाना
काठमाडौँ । भारको मणिपुरको विष्णुपुर जिल्लामा संदिग्ध कुकी चरमपन्थीहरूले गरेको आक्रमणमा केन्द्रीय रिजर्भ पुलिस फोर्स (सीआरपीएफ)का दुई जवानको मृत्यु भएको छ ।
भारतीय मिडियाहरुका अनुसार आक्रमणमा मारिएका सिपाहीहरू नारायणसेना क्षेत्रमा तैनाथ सीआरपीएफको १२८ औं बटालियनका थिए ।
संदिग्ध चरमपन्थीहरूले पहाडको चुचुरोबाट नारायणसेना गाउँमा अन्धाधुन्ध गोली चलाएको बताएको छ । आक्रमणको क्रममा, सीआरपीएफको १२८औं बटालियनको पोस्टमा बम विस्फोट भएको र दुई सैनिकको मृत्यु भयो र दुई जना घाइते भएका छन् ।
प्रहरीले मारिएका सीआरपीएफ जवानहरूको पहिचान सब इन्स्पेक्टर एन सरकार र हेड कन्स्टेबल अरुप सैनीको रूपमा गरेको छ ।
यसअघि २४ अप्रिलमा राष्ट्रिय राजमार्ग-२ (इम्फालदेखि दिमापुर) मा एउटा बम विस्फोट भएको थियो जसमा एउटा पुलमा क्षति पुगेको थियो । मणिपुरमा गत वर्ष मे महिनामा सुरु भएको मेइती र कुकी जनजातिबीचको जातीय हिंसामा हालसम्म २ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने ५० हजारभन्दा बढी घरबारविहीन भएका छन् । न्युज कारखाना
काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ ।
टस हरेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउदै २०४ रन बनाएको हो ।
वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेजले सर्बाधिक ७४ रन बनाए भने एलिक अथानाजेले ४७ रन बनाए । त्यस्तै किची कार्टीले ३८, आन्द्रे फ्लेचरले १३ र काडिम आलेयनेले १४ रन बनाएका थिए ।
त्यसैगरी नेपालका बलरकमल सिंह ऐरी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र अविनाश बोहोराले एक एक विकेट लिएका थिए ।न्युज कारखाना
रौतहट । मधेश प्रदेश सरकारबाट कांग्रेस पार्टी बाहिरिए पनी नेता कार्यकर्ता योजनाको लागी दाबी छोडेका छैनन्। मन्त्री परिवर्तन संगै योजनाको बाँडफाँडको बिषयमा उत्पन्न विवादको कारण पूर्वाधार विकास कार्यालय रौतहट मारमा परेको छ।
योजनाकै बिषयमा दुईदल बिच भागबण्डाको सहमती नहुँदा प्रदेश सरकारबाट बाहिरिएका कांग्रेस नेता कार्यकर्ताहरुले पूर्वाधार विकास कार्यालयका कर्मचारी माथी कमिसनको आरोप लगाउँदै कार्यालयमा तालाबन्दी समेत गरेका छन्।
पूर्व भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद पक्ष र बर्तमान मन्त्री सरोज कुमार यादवको कार्यकर्ता बिच भएको अडानको कारण अहिले पूर्वाधार कार्यालय रौतहट बदनाम खेप्नु परेको छ।
नेपाली काँग्रेस पार्टीले जिल्ला समन्वय समिति रौतहटमा ज्ञापनपत्र बुझाएको छ। काँग्रेसका जिल्ला सभापति एवं प्रदेश सदस्य सुनिलकुमार यादव जितेन्द्रको नेतृत्वमा गएका नेता कार्यकर्ताहरुले समन्वय समितिका सभापति रामअयोध्या राय यादवलाई ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्र बुझाउँदै सभापती जितेन्द्रले पूर्वाधार विकास कार्यालयको बेथिति अन्त्य गर्न आग्रह गरेका थिए। आर्थिक बर्ष २०८०÷०८१ मा रातो कितावमा रहेका मधेश प्रदेश सरकार मार्फत यस जिल्लामा परेको योजनाहरु पूर्वाधार विकास कार्यालयका प्रमुख र कर्मचारीको योजनाको पत्र दिनु अघि कमिशन लिई रहेको कांग्रेस सभापती जितेन्द्र यादवले बताएका छन।
योजना विक्रीगरेर प्रमुख विनोद ठाकुर सहितका कर्मचारीहरु सिंगो पूर्वाधार विकास कार्यालयलाई बदनाम गराईरहेको र इन्जिनियर रामबाबु साहले खुलेआम १५ प्रतिशत दरले कमिशन माग्ने गरेको कांग्रेसको आरोप रहेको छ। भौतिक पुर्वाधार विकास मन्त्री सरोज कुमार यादबको निर्देशनमा जिल्लामा विनियोजित बजेट रकमी चलखेलको आधारमा विक्री वितरण भईरहेको तथा उभोक्ता समिती बाट १० प्रतिशत रकम लिएर मात्रै भुक्तानी दिईरहेकोे पनि उनीहरूले आरोप लगाउँदै बुधवार नेपाली कांग्रेस रौतहटले कार्यालयमा तालबन्दी समेत गरेको थियो।
उता भौतिक पूर्वाधार कार्यालय गौरका प्रमुख बिनोद कुमार ठाकुरले कांग्रेसले लगाएको सम्पूर्ण आरोपको खण्डन गरेका छन्। उनले कसैको काम गरेको बापत एक टुक्रा सुपारी खाएको भएपनि पुष्टि गर्न कांग्रेस पक्षलाई चुनौती दिएका छन्। अब मात्र मेरो जागिर डेढ महिना बाँकी छ यदी मेरै कारण कांग्रेसका नेता कार्यकर्तालाई कठिनाई भएको छ भने म अहिले राजीनामा दिन तयार छु प्रमुख ठाकुरले बताएका छन।
यस अघि कृष्ण यादव भौतिक पूर्वाधार मन्त्री हुँदा रौतहटको लागी विनियोजन गरेको सम्पूर्ण याेजना उहाँहरुकै निर्देशन अनुसार बितरण भएको छ।
भौतिक पूर्वाधार मंत्रालय मातहत पछि डिवीजन सडक कार्यालय मर्ज गर्दा सोही कार्यालय संग सम्बन्धित केही योजना बाँकी रहेको छ। पूर्व मन्त्री संग सम्बन्धित कांग्रेस जिल्ला सभापति सुनिल कुमार यादव जितेन्द्र लगायत नेता कार्यकर्ता आएर ती सबै योजना हाम्रो पालामा आएको हो, त्यो सबै योजना हामीले भने अनुसारको हुनुपर्ने अडान राखेका छन्। उता बर्तमान मन्त्री सरोज कुमार यादव पक्षले कांग्रेस नेताको निकट भएको योजना छ भने उहाँहरू लाई दिनुस् बाँकी योजना हामीले भने अनुसार हुनुपर्ने अडान लिएका छन्।
यसै बिषयमा रौतहटका सिडियो हिरालाल रेग्मीले चाडो लिँदा आफूले अवस्थाको बारेमा जानकारी दिएर यो समस्याको समाधान दुबैदलका नेता बसेर टुंगो लगाउन आग्रह गरेको भौतिक पूर्वाधार विकास कार्यालय गौरका प्रमुख बिनोद कुमार ठाकुरले स्पष्ट पारेका छन्।
तर कांग्रेस सभापति जितेन्द्र सहित कांग्रेसका नेताहरु त्यसो नगरेर बलपूर्वक कार्यालयमा तालाबन्दी गरेर झुठा आरोप लगाएको ठाकुरले जानकारी दिएका छन। सडक डिवीजन संग सम्बन्धित झण्डै २० करोड रुपैयाँको योजना बितरण गर्न बाँकी रहेकाले दुवै दलका नेताहरु प्रदेश स्तरमै बसेर सहमती गरेर काम अगाडी आग्रह गरेका छन।
उता कांग्रेस नेता कार्यकर्ताहरु आफ्नै अडानमा कायम रहेका छन्। कार्यालयमा तालाबन्दी गरेर समस्या समाधान नहुने तथा रकम फ्रिज गराएर जिल्लाको जनताको साथ अन्याय हुने भएकाले त्यसो नगरी तुरुन्त समाधानको बाटो पहिल्याउन जानकारहरुले सुझाव दिएका छन्।
न्युज कारखाना
काठमाडौँ । नेपाली कांग्रेसले सरकारले अध्यादेश जारी गर्न राष्ट्रपतिलाई गरेको सिफारिशप्रति आपत्ति व्यक्त गरेको छ ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एक विज्ञप्ति जारी गर्दै सरकारले देश र जनतासँग प्रत्यक्ष रुपले सम्बन्धित केही महत्वपूर्ण कानूनहरुलाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरी राष्ट्रपति समक्ष प्रस्तुत गरेको विषयतर्फ नेपाली कांग्रेसको ध्यान गम्भीर रुपले आकृष्ट भएको जनाएका हुन् ।
कांग्रेसले संघीय संसदको गत अधिवेशन भन्दा पनि महिनौं अगाडी देखि तयारी प्रारम्भ भएको लगानी सम्मेलनलाई सम्बोधन गर्ने निहुँमा अध्यादेश जारी गरेको छ । सरकारको यो कामले प्रचलित संविधानको अपव्याख्या हुनुका साथै संसदीय व्यवस्था र लोकतन्त्रको मर्म विपरित रहेको बताएको छ ।
साथै कांग्रेसले सरकारले संविधानको अपव्याख्या गर्दै अध्यादेश जारी गर्ने गरी गरेको गैरजिम्मेवार, लोकतन्त्र र संसदीय अभ्यास विपरित कार्यको विरोध गर्दै निन्दा गरेको छ । साथै सरकारलाई संसद छलेर अध्यादेश ल्याउने कार्य गरी संसदलाई कमजोर नगर्न सचेत गराएको छ ।
कांग्रेसको विज्ञप्ति:
नेपाल सरकारले देश र जनतासँग प्रत्यक्ष रुपले सम्बन्धित केही महत्वपूर्ण कानूनहरुलाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरी सम्माननीय राष्ट्रपति समक्ष प्रस्तुत गरेको विषय तर्फ नेपाली कांग्रेसको ध्यान गम्भीर रुपले आकृष्ट भएको छ ।
संघीय संसदको गत अधिवेशनमा कानून निर्माण गर्ने पर्याप्त समय र अवसर हुँदाहुँदै सरकारले सहकारी पिडित लगायत देशमा विद्यमान तमाम समस्याहरु समाधान गर्नुको साटो अप्रत्यासित र असमयमा संघीय संसदको अधिवेशन अन्त्य गर्यो । प्रमुख विपक्षी दल नेपाली कांग्रेस समेत सबै विपक्षी दलहरुले सहकारी संस्थाहरुमा लाखौं नागरिकले जम्मा गरेको अरबौं रकम अपचलन, हिनामिना, दुरुपयोग र ठगी भएको विषयमा छानविन गर्न र सहकारी पिडितका समस्या सम्बोधन गर्न संसदीय छानविन समिति माग गरेकोमा उक्त विषयलाई नजरअन्दाज गर्दै सरकारले संसदबाट भागी अधिवेशनको अन्त्य गरी गैरजिम्मेवार र संसदीय अभ्यास विरोधी चरित्र प्रदर्शन गरेको हामीले ठहर गरेका थियौं ।
कुनै पनि कानून सार्वभौम जनताको प्रतिनिधि संस्था संसदले निर्माण गर्ने संसदीय व्यवस्थाको आधारभूत मान्यता हो । सरकारले संघीय संसदको अधिवेशन चलिरहेको अवस्थामा बाहेक तत्काल केही गर्न आवश्यक परेमा अध्यादेश जारी गर्न सक्ने संविधानको व्यवस्थाको अपव्याख्या गरी संघीय संसदको गत अधिवेशन भन्दा पनि महिनौं अगाडी देखि तयारी प्रारम्भ भएको लगानी सम्मेलनलाई सम्बोधन गर्ने निहुँमा अध्यादेश जारी गरेको छ । सरकारको यो कामले प्रचलित संविधानको अपव्याख्या हुनुका साथै संसदीय व्यवस्था र लोकतन्त्रको मर्म विपरित छ ।
यस्ता कार्यले जनताको प्रतिनिधि संस्था संसदको महत्व, मर्यादा र गरिमा घट्न जाने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नै कमजोर हुन्छ । नेपाली कांग्रेस सरकारले संविधानको अपव्याख्या गर्दै अध्यादेश जारी गर्ने गरी गरेको गैरजिम्मेवार, लोकतन्त्र र संसदीय अभ्यास विपरित कार्यको विरोध गर्दै निन्दा गर्दछ । साथै सरकारलाई संसद छलेर अध्यादेश ल्याउने कार्य गरी संसदलाई कमजोर नगर्न सचेत गर्दछ । न्युज कारखाना