धनगढी । बझाङको प्रदेश सभाको मतगणना १ बजेदेखि शुरु हुने भएको छ । केहि बेरअघि सम्पन्न सर्बदलीय बैठकले १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।
निर्वाचन आयोगका अनुसार शनिबार सम्पन्न बझाङ १(क) को प्रदेश सभाको निर्वाचनका मतपेटिका हेलिकप्टरबाट संकलन गर्नुपर्ने भएकाले समय लागेको हो ।
बझाङको मतगणना बझाङ जिल्ला अदालत चैनपुरमा हुदै छ । ६१ हजार ७ सय ४८ मतदाता रहेको बझाङ १(क) मा करिब ५० प्रतिशत मत खसेको आयोगले जनाएको छ । यसअघि २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा बझाङको यस क्षेत्रमा ५२.९८ प्रतिशत मतदान भएको थियो । न्युज कारखाना
धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी र उनकी श्रीमती समेत रहेकी अध्यक्ष रन्जिता श्रेष्ठबीच सहमति भएको संकेत देखिएको छ ।
रेशमले शनिबार पार्टीका नेताहरुको उपस्थितिमा रन्जितासँग छलफल गर्दै सहमति भएको संकेत दिएका छन् । उनले आफ्नो फेसबुकमा दुई वटा पोष्टले उनीहरुबीचको विवादमा सहमति भएको बुझ्न सकिन्छ ।
रेशमले पहिलो पोष्टमा भनेका छन्- ‘महासचिव ठाकुर सिङ थारुलाई साक्षी राखेर पार्टी र सरकार दुबै तिमी चलाउ भन्ने रन्जिताको आग्रहलाई स्वीकार गर्दै मैले पनि यो फोटो पोष्ट गरें ।’ त्यसपछिको पोष्टमा उनले ‘हामी छिट्टै लुम्बिनी र सुदुर पश्चिम सरकारबाट समर्थन फिर्ता लिन्छौं’ लेखेका छन् ।
रेशमको यो पोष्टले भर्खरै मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीको पद धरापमा पर्ने देखिएको छ । उनले सुदुरपश्चिम र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको बताए पछि दुवै प्रदेसका सरकार धरापमा पर्ने देखिएको छ ।
यस बैठकले सुदुरपश्चिममा मुख्यमन्त्री दाबी गर्ने निर्णय गरेको नाउपाका नेताहरुले बताएका छन् । यसका साथै रेशम र रन्जिताबीच कारबाही गरिएकाको कारबाही फुकुवा गर्ने, मुख्यमन्त्री दाबी गर्ने, पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने सहमति भएको नेताहरुले बताएका छन् ।
नाउपामा देखिएको यो सहमतिले एकीकृत समाजवादीका मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने सम्भावना न्युन हुँदै गएको छ । न्युज कारखाना
काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो खेल आज हुदै छ । टियु मैदानमा हुने यो खेलमा वेस्ट इन्डिज ए ले टस जितेको छ ।
वेस्ट इन्डिज ए का कप्तान रोस्टन चेजले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।
यसअघि शनिबार सम्पन्न खेलमा नेपालले शानदार ४ विकेटले जित हासिल गर्दै सिरिजमा १-० को अग्रता हासिल गरेको छ ।
नेपाली टिमले आजको खेलमा पाँच परिवर्तन गरेको छ । आज लोकेश बम, आरिफ शेख, सोमपाल कामी, आकाश चन्द र सागर ढकाल प्लेइङ ११ मा समावेश रहेका छन् ।
नेपालको प्लेइङ ११ – रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, आकाश चन्द, लोकेश बम र सागर ढकाल ।न्युज कारखाना
काठमाडौँ । इराकको संसदले समलिङ्गी सम्बन्धलाई अपराध मान्ने विधेयक पारित गरेको छ । यस विधेयकमा समलिङ्गी सम्बन्ध राख्नेलाई १० देखि १५ वर्षसम्मको सजायको व्यवस्था छ ।
नयाँ कानुनअनुसार तेस्रोलिङ्गीलाई पनि एकदेखि तीन वर्षसम्म जेल पठाउन सकिनेछ । नयाँ कानूनका समर्थकहरू विश्वास गर्छन् कि यसले देशमा धार्मिक मूल्य मान्यताहरू कायम राख्न मद्दत गर्नेछ ।
उही समयमा, बिलको विरोध गर्ने समूहहरूले भने कि इराकले यस कानून मार्फत एलजीबीटी समुदायको अधिकारको हनन जारी राख्नेछ ।
यसअघिको विधेयकको मस्यौदामा सन् १९८० मा पारित गरिएको वेश्यावृत्ति विरुद्धको कानुनलाई परिमार्जन गरी मृत्युदण्डको व्यवस्था गरिएको थियो ।
तर, अमेरिका र पश्चिमी मुलुकको विरोधपछि त्यसलाई परिवर्तन गरिएको थियो ।न्युज कारखाना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी गरेका छन् । 
आइतबार राष्ट्रपति पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् । 
“राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गर्नु भएको छ,” प्रवक्ता भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौँ । गुगलको मुख्यकम्पनि अल्फाबेट पुन: २ ट्रीलियन डलरको कम्पनि बनेको छ । शुक्रबार अल्फाबेटको शेयर मुल्य बढेसँगै यसको मार्केट क्याप २ ट्रीलियन डलर पुगेको हो ।
अल्फाबेट यसअघि २०२१ मा छोटो समयको लागि २ ट्रीलियन डलरको कम्पनि बनेको थियो । योसँगै अल्फाबेट विश्वको चौथो ठुलो कम्पनि बनेको छ ।
अहिले विश्वमा माइक्रोसफ्ट ३ ट्रीलियन डलरको कम्पनि रहेको छ र विश्वमै सबैभन्दा ठुलो कम्पनि रहेको छ । त्यस्तै एप्पल २.६ ट्रीलियन डलरसहित सबैभन्दा ठुलो कम्पनिको सूचीमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै सफ्टवेर कम्पनि एनभिडिया २.२ ट्रिलीयन डलरको कम्पनि रहेको छ ।
त्यसति अहिले अमेजन १.८ ट्रिलीयन डलर सहित पाँचौं स्थानमा छ भने मेटा १.१ ट्रिलीयन डलर कम्पनि रहेको छ ।न्युज कारखाना
इलाम । इलाम- २ मा मतगणना शुरु भएको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाबाट मत गणना सुरु भएको हो ।
मतगणनाको नतिजा हरेक घण्टामा अपडेट गराइने मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
आइतबार बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेपछि मतगणना गर्ने निर्णय गरेको थियो ।
कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम- २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो ।
यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा रहेका छन् । न्युज कारखाना
काठमाडौँ । उम्म फाहदको नामले चिनिने इराकी सोशल मिडिया स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । उनलाई इराकको राजधानी बगदादमा शुक्रबार राति घर बाहिर गोली हानी हत्या गरिएको सीएनएनले उल्लेख गरेको छ ।
हमला बगदादको पूर्वमा जायुना क्षेत्रमा भएको थियो र यसलाई निगरानी क्यामेराले भिडियोमा कैद गरी सामाजिक सञ्जालमा शेयर गरेको थियो । भिडियोमा मोटरसाइकलमा सवार बन्दुकधारीले गोली हानेर सावदीको घटनास्थलमै हत्या गरेको देखिन्छ ।
इराकका आन्तरिक मन्त्रीले अज्ञात आक्रमणकारीहरूले सामाजिक सञ्जालमा परिचित महिलाको हत्या गरेको जानकारी दिदै विशेष कार्य टोली गठन गरेको जानकारी दिएका छन् ।
फाहद टिकटकमा निकै लोकप्रिय रहेकी थिइन् । टिकटकमा उनले आफैंलाई फिटिंग कपडामा पप संगीतमा नाच्ने भिडियोहरू साझा गर्ने गर्दथिन । उनलाई इराकको अदालतले अश्लील र अभद्र भाषा भएको, सार्वजनिक शिष्टता र नैतिकताको उल्लङ्घन गर्ने धेरै फिल्म र भिडियोहरू निर्माण र प्रकाशन गरेको आरोप लगाउदै छ महिनाको जेल सजाय सुनाइएको थियो ।न्युज कारखाना
काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा ४ सयले बढेर १ लाख ३७ हजार ६०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार छापावाल सुन तोलाको एक लाख ३७ हजार २०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३६ हजार ५५० मा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मुल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार चाँदी तोलाको १६ सय ७५ मा कारोबार भएको थियो ।
न्युज कारखाना
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इण्डियन चेम्बर अफ कमर्स तथा मिलेनियल चेम्बर अफ कमर्सबीच आर्थिक र व्यापारिक क्षेत्रमा सहकार्यको समझदारी भएको छ । नेपाल र इण्डियाका चेम्बर अफ कमर्सबीच दुई पक्षीय लगानी एवं व्यापार सहजीकरणबारे छलफल भएको हो ।
नेपाल चेम्बर अफ कमर्सको निमन्त्रणमा इण्डियन चेम्बर र मिलेनियल चेम्बर अफ कमर्सका पदाधिकारीहरु एवं व्यवसायिक प्रतिनिधीमण्डल नेपाल आएका हुन । दुवै चेम्बरका पदाधिकारीलाई नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले जमलस्थित चेम्बर भवनमा स्वागत गरेका थिए ।
अन्तराष्ट्रिय लगानी सम्मेलन अघि दुवै देशका चेम्बर पदाधिकारीहरुबीच नेपालमा लगानीको वातावरण, कानुनी पाटो लगायतका विषयमा छलफल भएको थियो । चेम्बर अध्यक्ष अग्रवालले नेपालमा रहेको श्रमशक्ति, मुल्य, प्रतिफलको सुनिश्चितता लगायतका कारण लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताए ।
अध्यक्ष अग्रवालले भने, ‘दुई मुलुकबीचको आर्थिक सम्वन्ध र अर्थतन्त्रका विभिन्न आयममा छलफलमा लागि आजको कार्यक्रम विशेष छ, भन्ने मैले ठानेको छु । हामी निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने भएकाले नेपाल भारत आर्थिक सम्वन्ध हाम्रो मुख्य चासो हो, ।’
नेपालबाट निर्यात जन्य बस्तुहरुको उत्पादन वृद्धि, भन्सार सहजीकरण, जस्ता विषयमा भारतीय निजी क्षेत्रसंग सहकार्य गर्न नेपाल चेम्वर अफ कमर्स सदैव तयार रहेको अध्यक्ष अग्रवालले बताए ।
अध्यक्ष अग्रवालले पर्यटन, जलविद्युत, प्राकृतिक श्रोत, साना तथा मध्यमखाले उद्योगमा लगानीको प्रशस्त सम्भावना रहेकोमा जोड दिए ।
चेम्बरसंगको छलफलमा इण्डियन चेम्बर अफ कमर्सका पदाधिकारीले अन्तराष्ट्रिय लगानी सम्मेलनमा आमन्त्रण गरेकोमा चेम्बरलाई धन्यवाद दिएका थिए । चेम्बर अफ कमर्ससंग मिलेर नेपालमा लगानी गर्न आफुहरु इच्छुक रहेको र सहजीकरणका लागि आग्रह गरेका थिए । खासगरी ऊर्जा, पर्यटन लगायतका क्षेत्रमा लगानीका लागि आफुहरु इच्छुक रहेको मिलेनियल चेम्बरका अध्यक्ष अनिल त्रिगुनायतले बताए । न्युज कारखाना