२०८३ श्रावण २२
२०८३ श्रावण २२

इलाम, १६ बैशाख । फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को गणना सम्पन्न हुँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन्।

प्राप्त नतिजाअनुसार हालसम्म पछि परेका एमाले उमेदवार नेम्वाङ अघि लागेका छन्।

हालसम्म ५ हजार ८६८ मत गणना हुँदा एमालेले २ हजार ५४२ , कांग्रेसले २ हजार १९६, स्वतन्त्र उमेदवार थेगिमले ५९३, रास्वपाले ३७९ मत प्राप्त गरेको छ।  सुहाङ ३४६ मतले लिड गरिरहेका छन्।
न्युज कारखाना

रौतहट । रौतहटको  यमुनामाई गाउँपालिका स्थित अचानक भएको आगलागी बाट गाई बस्तुको लागि सात जनाले स्टक गरिराखेको ठूलो परिमाणमा भुंस र पराल जलेर नष्ट भएको छ ।

यमुनामाई १ जेठरहिया गाउँका  राम श्रेष्ठ राउत कुर्मी, जमविर राउत, राम एकवाल सहनी ,महेश राउत , ओम प्रकाश राउत, रमसेवक सहनी, रामपुकार सहनीले गाउँ छेउमै स्टक गरीराखेको भुंस र परालको कुन्युमा आईतवार अपरान्ह ४ बजे भएको आगलागीबाट जलेर नष्ट भएको हो ।

सशस्त्र प्रहरी सुरक्षा वेश क्याम्प भलोहियाबाट सई बहादुर राईको कमाण्डमा गएको पाँचजना, प्रहरी चौकी सुकदेव चोकबाट सई रविन्द्र मिश्राको कमाण्डमा गएको पाँचजना र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन ।

आगलागी बाट भुंस र पराल जलेर १ लाख ५० हजार बराबरको क्षती भएको अनुमान गरिएको छ। तर ठूलो परिमाणको भुंस र पराल जलेर नष्ट हुँदा पशु चौपायाको आहाराको लागि वर्षभरी कठिनाई हुने पीडितहरुले दुःखेसो पोखेका छन् ।
न्युज कारखाना

काठमाडौं । साहित्य सदन नेपालको आयोजनामा आख्यान विमर्श सङ्गोष्ठी आइतबार राजधानीमा सम्पन्न भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीको विशेष उपस्थितिमा आख्यान विमर्श सङ्गाोष्ठी सम्पन्न भएको हो । बाल अधिकारकर्मी तथा आख्यान विमर्श सङ्गोष्ठीका संयोजक डा कृष्ण सुवेदी (भारद्वाज मित्र) ले पारिजातको ३१ अ‍ौ स्मृतीमा चर्चा पनि गरेका थिए ।

उनले देशले मात्र होइन, संसारले चिनेको पारिजातसंग चैत्र ३ गते राल्फा आन्दोलनमा यहाँ उपस्थित धेरै जनासँगै होमिएको बताए । चखुन्चा स्वाँ अर्थात् ज्याराकाण्डालाइ पारिजातले शिरिषको फूल भनेर लेखेपछि संसारले पारिजातलाई चिनेको उनले बताए ।

उनले निरंकुसताको समयमा सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, रमेश विकल, धुस्वाँ सायमी, गङ्गा उप्रेती, अमिर थापालगायतले साहित्य सदन नेपाल निर्माणका लागि विशेष पहल गरेको सम्झदै हृदयचन्द्रको स्मृतीमा २०४३ सालतिरको समयमा कार्यक्रम गर्न थाल्दा पञ्चायतीहरूले कार्यक्रम गर्न नदिएपछि पद्मोदयको चोटामा कार्यक्रम गर्दा बैकुण्ठ लाकौलले सार्है चित्त दुखाउँदै जनताको एकेडेमी बनाउनुपर्छ भनेर रू एक लाख सहयोग गरेको सन्दर्भ निकाल्दै साहित्य सदन नेपाल स्थापना गरिएको सम्झे ।

सदनका अध्यक्ष प्रा.डा. हेमनाथ पौडेलको अध्यक्षता र सचिव प्रल्हाद पोखरेलको सहजीकरणमा सम्पन्न सो सङ्गोष्ठीमा पारिजात केन्द्रका पूर्व अध्यक्ष डा राजेन्द्रप्रसाद अधिकारीले पारिजात स्मृती केँन्द्रले पारिजातको जन्म १९९० फागुन ३० गते बनाएर ७८ सालमा सच्याइएको बताए । उनले २०२२ सालमा शिरिषको फूलमा मदन पुरस्कार प्राप्त गरिसकेपछि प्रसिद्धी पाएको बताए ।

बहुआयामिक व्यक्तित्व पारिजातले कृतीका कारणले संसारभर चिनिने उनले बताए । आख्यान सङ्गोष्ठीमा प्रा डा दयाराम श्रेष्ठले वर्तमान नेपाली कथाले पहिल्याएका बाटाहरूको कायपत्र प्रस्तुत गरेका थिए भने वरिष्ठ चिन्तक निनु चापागाईले टिप्पणी गर्दै साहित्य सदन नेपालले आख्यान विमर्श चलाएर धेरै महत्वपूर्ण कार्यक्रम गरेको बताए ।

उनले यस्ता आख्यान विमर्श गहनताका साथ हुनुपर्ने बेलामा खडेरी लागेकोले सदनले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । उपप्राध्यापक निग्मना घिमिरेले वर्तमान नेपाली उपन्यासका प्रवृत्तिमाथि लेखिएका कार्यपत्र पढेर सुनाएका थिए भने कार्यपत्रमाथि प्रा.डा. रमेशप्रसाद भट्टराई र कार्यक्रमका टिप्पणी गरेका थिए ।

आख्यान विमर्श सङ्गोष्ठीमा साहित्यकार तथा पूर्वमन्त्री शान्ता मानवी, प्रा. डा. जीवेन्द्रदेव गिरी, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव जगतप्रसाद उपाध्याय, प्रा. डा. रामप्रसाद ज्ञवाली, प्रा. कोशराज न्यौपाने, प्रा. सुरेश ढकाल, प्रगतीशिल लेखक संघका अध्यक्ष डा. मधुसुदन गिरी, प्रा. सिजर्ना शर्मा डा. देवकी आचार्य, अरूणिमा शैक्षिक प्रतिष्ठानका इश्वरी लामिछाने, भीमानन्द ढुङ्गाना, प्रा डा कृष्णप्रसाद न्यौपानेलगाएतका विशिष्ठ व्यक्तित्वहरूका साथै कथा, उपन्यासका सर्जक तथा समालोचकहरू, निकटवर्ति साहित्यक संस्थाका अध्यक्षहरू, अभिनवका वेदमणि, कपन साहित्य समाजका गणेश मिश्र, घुम्तीका माधव श्रेष्ठलगायतको व्यापक उपस्थिति थियो । न्युज कारखाना

धनगढी, १६ बैशाख । कैलालीको टीकापुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

टीकापुर नरपालिका–१ भुपुकमैया टोलस्थित बिजयनगरको कच्ची सडक खण्डबाट टीकापुरका २५ वर्षीय विकाश चौधरी र सोही ठाउँका १९ वर्षीय अमन चौधरी एक दशमलव ४० ग्राम लागूऔषध (खैरो हेरोइन) जस्तो देखिने धुलो पदार्थसहित पक्राउ परेका हुन्।

उनीहरूको साथबाट आठ हजार रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ। न्युज कारखाना

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बङ्गलादेशका ऊर्जासम्बन्धी निकायहरूमाझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भइ यसै आर्थिक वर्षदेखि मित्रराष्ट्र बङ्गलादेशमा ४० मेगाबाट विद्युत् निर्यात गरिने बताएका छन् ।

मस्र्याङ्दी–काठमाडौँ २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसनको आज उद्घाटन गर्दै प्रधाननमन्त्री प्रचण्डले गत जेठमा आफ्नो भारत भ्रमणका क्रममा भएको दीर्घकालिन विद्युत् व्यापारको प्रारम्भिक सहमतिले बजार सुनिश्चित गरेको बताए ।

“उक्त प्रारम्भिक सहमतिलाई मूर्तरुप दिन अन्तिम सम्झौतामा हस्ताक्षर भइसकेको छ । यो नेपालको जलविद्युत् विकास र बजार सुनिश्चिताका लागि अर्को महत्त्वपूर्ण र ऐतिहासिक खुड्किलो हुने मैले विश्वास लिएको छु,” प्रधानमन्त्री प्रचण्डले भने, “नेपाल, भारत र बङ्गलादेशका निकायहरूबीच त्रिपक्षीय सम्झौता छिट्टै हुँदै छ । यसले नेपालको जलविद्युत्को बजार विस्तार हुनेछ ।”

उत्तरतर्फको छिमेकी देश चीनसँग पनि विद्युत्को बजार पहुँच जोड्न चिलिमे–केरुङ प्रसारण लाइन निर्माण गर्न समझदारी बनिसकेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यसका लागि दुई देशका संयन्त्रहरूले आवश्यक कार्यहरू गरिरहेको जानकारी दिए ।

विकास निर्माणका कार्यक्रमलाई निरन्तर अगाडि बढाउनुपर्नेमा जोड दिँदै प्रधानन्त्री प्रचण्डले भने, “विकास आयोजनाहरूको काम रोकिनु हुँदैन । विकास र पर्यावरणबीच सन्तुलन कायम हुनेगरी योजनाहरू अगाडि बढाउन महत्त्वपूर्ण निर्णय गर्नै पर्नेछ ।” उहाँले विकास निर्माणको कार्यमा बाधक नभई व्यवहारिक बनिदिन अनुरोधसमेत गरे ।

प्रधानमन्त्री प्रचण्डले विद्युत् प्रणालीमा देखिएको मौसमी असन्तुलन हटाउन ठूला जलाशययुक्त आयोजना निर्माण गरिने बताएका छन् ।

“१२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना, एकहजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना, ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाइसकेको छ ।” प्रधानमन्त्री प्रचण्डले भने, “साथै देशलाई दिर्घकालिन रूपमा कायापलट गराउन सक्ने राष्ट्रिय तथा क्षेत्रीय महत्त्वका कर्णाली चिसापानी १० हजार ८०० मेगावाटको आयोजनालाई प्राधिकरणमार्फत अध्ययन कार्य अगाडि बढाइएको छ ।”

विश्व बैंकको नेतृत्वमा एक हजार ६३ मेगावाटको माथिल्लो अरुण र एशियाली विकास बैंकको नेतृत्वमा ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको बित्तिय व्यवस्थापन सम्पन्न हुने चरणमा पुगेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे ।

देशभित्र उत्पादित विद्युत् स्वदेशमै खपत गर्न सरकारले विद्युत् खपत बृद्धिसम्बन्धी कार्यायोजना मन्त्रिपरिषद्बाट पारित गराएर कार्यान्वयनमा ल्याइएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यसले विद्युत् खपत बढाउनका लागि दिशानिर्देश गर्ने बताए ।

अहिले करिब ९८ प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्नेगरी सम्पूर्ण तयारी भइसकेको बताए । उनले भने, “पूर्ण रूपमा विद्युतीकरण गर्न सक्ने आधार तयार हुनु एउटा महत्त्वपूर्ण ऐतिहासिक उपलब्धी हो । नेपालको विकासमा यो एउटा मूख्य खुडकिलो हो ।”

मस्र्याङ्दी–काठमाडौँ २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसन निर्माण भएसँगै मस्र्याङ्दी नदी कोरिडोरमा निर्माण भएका र आगामी दिनमा सो क्षेत्र निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन यो आयोजना निर्माण गरिएको हो ।

यो आयोजनाको निर्माणसँगै देशको सबैभन्दा बढी विद्युत् माग हुने  काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित हुने विश्वास लिइएको छ । देशको एकीकृत विद्युत् प्रणाली थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ । न्युज कारखाना

काठमाडौँ । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना जारी रहेको छ ।

प्राप्त पछिल्लो मत गणनाको विवरण अनुसार एमालेका दमनबहादुर भण्डारीले १५९३ मत प्राप्त गरेका छन् ।

त्यस्तै माओवादी केन्द्रका जनकबहादुर बुढाले ९९८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ९५५ मत प्राप्त गरेका छन् ।  त्यस्तै एकीकृत एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५९५ प्राप्त गरेका छन् ।

बझाङको यस क्षेत्रमा अहिलेसम्मको गणनामा ४२१४ मत सदर भएको छ । न्युज कारखाना

काठमाडौं, १६ बैशाख । प्रहरीले कर्तव्य ज्यानसम्बन्धी घटनामा ९ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै २०७१ साल कार्तिक १ गते काठमाडौं सेतिदेवीमा एक महिलाको हत्या गरी फरार रहेका म्याग्दी घर भएका समर बहादुर सार्कीलाई पक्राउ गरेर सार्वजनिक गरेको हो।

उनले सेतिदेवी, तौथली कुष्टरोग आरोग्य आश्रमको शौचालयभित्र म्याग्दी कुहु घर भएकी २३ वर्षीया सुनमाया किसान (सार्की)को हत्या गरेका थिए। सुनमायाले मोबाइलमा ठूलो स्वरले कुरा गरेको विषयमा विवाद भएपछि झगडा हुँदा समर बहादुरले हत्या गरेको खुलेको अपराध अनुसन्धान कार्यालयका डिएसपी सुरक्षा केसीले बताए।
जानकारी दिए ।

बैशाख १६ गते काठमाडौंको चाल्नाखेल क्षेत्रबाट पक्राउ परेका समर बहादुरलाई कारबाहीको लागी प्रहरी वृत्त कीर्तिपुर पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ। न्युज कारखाना

काठमाडौँ । अर्बपति व्यापारी एलन मस्क अहिले चीनको राजधानी बेइजिङमा छन् । रिपोर्टका अनुसार, मस्कले चिनियाँ अधिकारीहरूलाई ड्राइभिङ डाटा विश्वव्यापी प्रयोगको लागि उपलब्ध गराउन मनाउन प्रयास गर्नेछन् ।

मस्कको इलेक्ट्रिक कार निर्माता टेस्लाले चीनमा स्थानीय रूपमा ड्राइभिङ डाटा सङ्कलन गरेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार टेस्ला यो डाटा विश्वव्यापी रूपमा उपलब्ध गराउन चाहन्छ र यसलाई आफ्नो स्वायत्त कारहरूको एल्गोरिदम तालिम दिन प्रयोग गर्न सक्छ ।

विश्लेषकहरूका अनुसार चीनमा ड्राइभिङको जटिल अवस्थाले स्वायत्त सवारी साधनहरूको एल्गोरिदमलाई प्रशिक्षण दिन महत्त्वपूर्ण साबित हुन सक्छ ।

तर मस्कले चीनबाट यस्तो डाटा मागेका छन् जब अमेरिकाको सरकारले टिकटकको मूल कम्पनी बाइटडान्सलाई टिकटक बेच्न दबाब दिइरहेको छ ।

अमेरिकी सरकारले टिकटक मार्फत अमेरिकी जनताको व्यक्तिगत जानकारी चीनले प्रयोग गर्न सक्ने आशंका व्यक्त गरेको छ । विश्वको सबैभन्दा ठूलो कार उत्पादन गर्ने कम्पनी टेस्लाले अहिले प्रतिस्पर्धाको सामना गरिरहेको छ ।

रिपोर्टका अनुसार टेस्लाले आफ्ना कुल कर्मचारीलाई १० प्रतिशतले घटाउने भएको छ । यसको एउटा कारण सवारी साधनको बिक्री कम हुनु पनि मानिन्छ ।न्युज कारखाना

काठमाडौं, १६ बैशाख । फेसबुकमार्फत सम्पर्क गरी हवाई टिकट मिलाई दिने भन्दै ठगी गर्ने युवतीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ५ बस्ने सुनिता लामिछाने रहेकी छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टीलीले पक्राउ गरेको हो। सामाजिक सञ्जाल फेसबुकमार्फत विभिन्न व्यक्तिलाई सम्पर्क गरी हवाई टिकट मिलाई दिने भनि ठगी गर्नेगरेको उजुरी परेपछि खोजतलासका क्रममा काठमाडौंको गोकर्णेश्वरस्थित नमुना बस्तीबाट प्रहरीले  उनलाई पक्राउ गरेको हो।

उनले बागबजारमा झोइन्ट भिजन ट्राभल्स एण्ड टुर्स  सञ्चालन गर्दै गरेको पाइएको छ। उनलाई कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।न्युज कारखाना

काठमाडौं, १६ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच रहेको बताएका छन्।

काठमाडौंको चन्द्रागिरीमा मर्स्याङ्दी-काठमाडौं २२० केभी प्रशारण लाइन तथा मातातीर्थ २२० केभी सबस्टेशन आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद्युतीकरण घोषणा गर्नेगरी सम्पूर्ण तयारी भइरहेको बताए।

उत्पादित जलविद्युत देशभित्रै खपत गर्नेगरी विद्युत खपत वृद्धिसम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्बाट पारित गराएर कार्यान्वयनमा ल्याइरहेको उनको भनाइ थियो। नेपालको विकासमा यो एउटा ठूलो टर्निङ प्वाइन्ट भएको प्रधानमन्को भनाइ छ।

विद्युत खपतको महत्वपूर्ण मानिएको यातायात क्षेत्रमा अहिले विद्युतीय सवारीसाधन प्रयोग देशभर विस्तार भइरहेको र पेट्रोलियम पदार्थको आयातमा पनि गिरावट ल्याएको उनले बताए।

प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको नकारात्मक प्रभावका कारण नेपालका सुन्दर हिमालहरू प्रभावित भएको बताए। जलविद्युत उत्पादनमा पनि जलवायु परिवर्तनको प्रभाव परेको उनको भनाइ छ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।