२०८३ श्रावण २२
२०८३ श्रावण २२

इलाम, १७ बैशाख । इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ २ हजार ६ सय १८ मतले अग्रता लिएका छन्।

पछिल्लो मत परिणामअनुसार नेम्वाङले ८ हजार ८ सय ९८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले ६ हजार २८० मत ल्याएका छन्।

स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ४ हजार ६३४ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार ३०५ मत पाएका छन्।

हालसम्म २१,८१० मत गनिएकाे छ, जसमध्ये २६१ मत बदर भएकाे छ।न्युज कारखाना

काठमाडौं, १७ बैशाख  । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

 

जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६५ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ २८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९३ पैसा रहेको छ।

 

आज बेलायती पाउन्ड एकको खरिददर १६६ रुपैयाँ १९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ९४ पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३२ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ३२ पैसा र बिक्रीमा ९७ रूपैयाँ ७६ पैसा कायम गरिएको छ ।

 

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ४० पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ४४ पैसा, चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३६ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४४ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६६ पैसा तथा बिक्री दर ९ रुपैयाँ ७० पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, सोमबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४९ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ४८ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २२ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार २७ रूपैयाँ ९१ पैसा र बिक्रीदर २८ रूपैयाँ ०३ पैसा कायम गरेको छ ।

यसैगरी, सोमबारको लागि कुवेती दिनार एकको खरिददर ४३२ रुपैयाँ ०५ र बिक्रीदर ४३४ रुपैयाँ निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ।
न्युज कारखाना

वीरगन्ज, १८ वैशाख । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा लिएको छ ।

 

झण्डै डेढ वर्ष अगाडि काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मदको हत्यामा संलग्न भनिएका एक आरोपीलाई वीरगञ्जमा प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको हो ।

 

गोली प्रहारबाट घाइते हुनेमा भारतीय नागरिक बब्लु पासवान रहेको स्रोतको दाबी छ । उनको साथबाट प्रहरीले लागूऔषध समेत बरामद गरेको बुझिएको छ । पासवान नेपाल छिरेको भन्ने सूचनाका आधारमा खोजी गरिरहेको प्रहरीसँग जम्काभेट भएपछि उनले आक्रमण गर्न खोजेको पर्सा प्रहरीका एक जना उच्च अधिकारीले पुष्टि गरे ।

 

बब्लु पासवान व्यवसायी सुरेश केडियाको अपहरणमा जेल बसेर छुटेका व्यक्ति हुन् । २०७९ असोज ३ गतेका दिन काठमाडौंको गोठाटारमा अज्ञात समूहको गोली हालेर मोहम्मद मारिएका थिए ।न्युज कारखाना

नयाँदिल्ली, १७ बैशाख । भारतको छत्तीसगढको बेमेटारामा पार्किङ गरिएको ट्रकलाई पिकअपले ठक्कर दिएको छ ।

 

सो भयानक दुर्घटनामा परी ८ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

 

भारतीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा ५ महिला र ३ बालबालिका रहेका छन् भने २३ जना घाइते भएका छन् ।

 

भारतीय प्रहरीका अनुसार जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई रायपुर एम्समा रिफर गरिएको छ । दुर्घटना बेमेत्रा थाना क्षेत्रको काथिया गाउँमा भएको हो ।

 

जानकारीका अनुसार सिमगा नजिकैको तिरैया गाउँमा छठी कार्यक्रममा सहभागी हुन पिकअपमा ४०–५० जना गएका थिए । फर्कदै गर्दा राति करिब २ः३० बजे यो दुर्घटना भएको हो । घाइते ११ जनालाई बेमेत्रा जिल्ला अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । जबकि ८ जनाको शव र १२ घाइतेलाई सिमगा सामुदायिक स्वास्थ्य केन्द्रमा राखिएको छ । न्युज कारखाना

डोटी, १७ बैशाख । डोटीमा एक पुरुषको शव फेला परेको छ।

जोरायल गाउँपालिका-६ दह स्थित बाटो नजिक सोही ठाउँ बस्ने ६४ वर्षीय यज्ञबहादुर छेडाल आइतवार मृत अवस्थामा फेला परेका हुन्। दहदेखि होलिसैन जाने गोरेटो बाटोदेखि अन्दाजी २५ फिट तल खोल्सोमा छेडाल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। सम्बन्धमा इलाका प्रहरी कार्यालय बिपिनगर डोटीबाट आवश्यक अनुसन्धान भइरहेको छ।
न्युज कारखाना

काठमाडौं, १७ बैशाख । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसले गर्दा सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। कोशी, मधेश र लुम्बिनी  प्रदेशका केही र बाँकी भागको थोरै स्थानमा हावाहुरीको सम्भावना छ।

गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको  सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

यस्तै लुम्बिनी र कोशी प्रदेशका तराईका केही  र बाँकी भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ।न्युज कारखाना

काठमाडौं, १७ बैशाख । बझाङ-१ (क) मा पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्।

नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ७ हजार ४ सय ८८ मत प्राप्त गर्दै अग्रता लिँदा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ७ हजार २ सय ३९ मत ल्याएका छन्।

त्यसै गरी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले २ हजार ८ सय ९४ मत प्राप्त गरेका छन्। नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले २ हजार १ सय ०२ मत प्राप्त गरेका छन्।न्युज कारखाना

 

महोत्तरी, १५ बैशाख ।  महोत्तरीका पत्रकार विशाल बस्नेतलाई समाचार संकलनको क्रममा गरेको दुर्ववहारलाई लिएर पत्रकार संमद्व संस्थाहरुले निन्दा गरेका छन ।

एविसी टेलिभिजन महोत्तरी संवाददाता तथा न्यजकारखाना महोत्तरी प्रतिनिधि बस्नेतलाई नदीजन्य उत्त्खननको रिपोर्ट संकलन गर्ने क्रममा भएको दुर्व्यवहारलाई लिएर आधा दर्जन संस्थाहरुले भत्सर्ना गरेका हुन ।

 

नेपाल पत्रकार माहासंघ महोत्तरी शाखा, बर्दिवास नगरपत्रकार संजाल, चुरे नदी प्रणाली संरक्षण सरोकार पत्रकार समाज लगायतका संस्थाहरुले
सार्वजनिक सरोकारका विषयमा चिन्ताचासो लिने जिम्मेवार व्यक्तिमाथि असामाजिक तत्वबाट भएको दुर्ववहार अस्वीकार्य, निन्दनीय र दण्डनीय भएको भन्दै आपत्ती जनाएका हुन ।

गत शुक्रवार समाचार संकलनको क्रममा रातु नदीको ड्याम नजिकै जिल्ला समन्वय समितिका संयोजक सुमनलाल कर्णसहित पुगेका पत्रकार बस्नेतको संचार समाग्री खोस्ने र हस्तक्षेप गर्ने आफुलाई प्रकाश खडका भन्ने ब्यक्तिले गरेका थिए ।

यसले जनताको सुसूचित हुने हक तथा स्वतन्त्र र बाधारहित ढंगले समाचार संकलन गर्ने पत्रकारको हकमाथि समेत कुठाराघात भएको संस्थाहरुले ठहर गरेका छन ।

 

चुरे नदी प्रणाली संरक्षण सरोकार पत्रकार समाजले चुरे तथा चुरे नदी प्रणालीबाट ढुङ्गा, गिट्टी, बालुवालगायतका प्राकृतिक स्रोतको अवैध र जथाभाबी दोहन गर्नेहरूको मनोबल केही समययता संगठित तथा सामाजिक अपराध समेतलाई प्रश्रय दिनेगरी उच्च हुँदै गएको दुर्भाग्यपूर्ण भएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

विज्ञप्तिमा कम लगानीमा अत्यधिक नाफा हुने यस्तो अवैध कार्यमा संलग्न भएकाहरूमध्ये अधिकांशले कानुन, नियम तथा मापदण्ड नपछ्याउने र नियमन गर्ने निकाय र संयन्त्रलाई प्रभावित गर्नेदेखि डरधाक एवम् त्रासमा राख्ने नानाथरीका काम गर्दै आएको उल्लेख गरिएको छ ।

यसैगरी नेपाल पत्रकार माहासंघ महोत्तरीले पत्रकार बस्नेतप्रती भएको आक्रमणको कडा निन्दा गर्दै राजनीतिक तथा सामाजिक बलप्रभाव भएकाहरूकै प्रत्यक्ष परोक्ष संलग्नतामा नदीजन्य पदार्थको अनुचित दोहन भइरहेकाले यसलाई रोक्न तथा कानुनसम्मत बनाउन राज्यसंयन्त्र चुकिरहेको अवस्थाप्रती गम्भीर चिन्ता ब्यक्त गरेको छ ।

 

संविधान तथा कानुनअनुसार प्राकृतिक स्रोतको व्यवस्थापन तथा नियमनसम्बद्ध कार्य गर्ने अधिकारप्राप्त जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्णकै सामु   पत्रकार विशाल बस्नेतलाई बर्दिवासको किसाननगरस्थित उत्खनन्स्थलमा समाचार संकलन गर्नबाट रोक्न दुष्प्रयास गरिएको थियो ।

 

आफूलाई मनकामना क्रसर उद्योगका सञ्चालक बताउने प्रकाश खडकाले एबिसी टेलिभिजनलगायत विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार बस्नेतको क्यामरा खोस्ने, गालीगलौज तथा धम्की दिने लगायत अत्यन्त अभद्र र अराजक हर्कतप्रती बर्दिवास नगर पत्रकार संजालले समेत दु: ख ब्यक्त गरेको छ ।

सजिलोगरी धनार्जन गर्ने माध्यम बनेको नदीजन्य पदार्थको अवैध दोहनका विषयमा समाचार वा जानकारी वितरण निषिद्ध गर्नेगरी गुन्डागर्दीमा उत्रिएका खडका मौजुदा दण्डहीनताको स्थितिको उपज भएको पत्रकार संवद्व संस्थाहरुले ठहर गरेका छन ।

नदीजन्य पदार्थको दोहनजस्ता कुकृत्यलाई क्यामरामा कैद गरिरहेका पत्रकार बस्नेतमाथि उत्तेजना, आवेग र आक्रामक भई झम्टिन खोजेका र शारीरिक तथा भौतिक क्षति पुर्याउने नियत नै राखेका खडकालाई तत्काल नियन्त्रणमा लिई कानुनअनुसार दण्डसजाय दिलाउन अभियोजन गर्न  पनि माग गरिएको छ ।

 

साथै, उत्खनन्स्थल अवलोकन गर्न पुगेका जिसस महोत्तरीका प्रमुख कर्णमाथि समेत क्रसर व्यवसायी भन्ने खडकाले अपमानजनक व्यवहार गरेकोमा विज्ञप्तिमा घोर निन्दा गरिएको छ ।न्युज कारखाना

काठमाडौ, १७ बैशाख । तेस्रो लगानी सम्मेलन आज पनि काठमाडौँमा जारी रहनेछ ।

 

होटल सोल्टीमा हिजो देखि सुरू भएको लगानी सम्मेलनको उद्घाटनपछि  पहिलो दिन दुईवटा विशेष सत्र सञ्चालन  भएका थिए । ‘नेपालमा लगानी अवसरको खोजी’ र ‘नेपालमा लगानी भएका आयोजनाको सफलता’सम्बन्धी दुईवटा सत्र पहिलो दिन राखिएको थियो ।

 

आज दोस्रो दिन तीनवटा समानान्तर सत्र (प्यारालल सेसन) र हरेक सत्रमा तीनवटा समूहगत छलफल (प्यानल डिस्कसन)हुने बोर्डको कार्यालयले जनाएको छ ।

दोस्रो दिनको पहिलो सत्रमा नवीकरणीय ऊर्जाको सम्भावना, नविनतम वित्तीय परिदृश्य, हरित तथा जलवायु उत्थानशील क्षेत्रमा लगानीको अवसर गरी तीन प्यानलमा छलफल हुनेछ ।

 

त्यस्तै, दोस्रो सत्रमा हरित वित्त तथा दिगो लगानी, पर्यटन क्षेत्रमा लगानी, र नेपालको निर्यात प्रवर्द्धनका लागि कृषि प्रशोधनमा आधारित आपूर्ति शृङ्खलाबारे छलफल हुनेछ । तेस्रो सत्रमा उत्पादन क्षेत्र नवप्रवर्तन विकास, लगानी तथा व्यवसायिक सहजीकरण र सूचना प्रविधि क्षेत्रबारे छलफल गरिने जनाइएको छ ।

१६ सय सहभागी हुदै

लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता सुनिश्चित भएको छ । लगानी बोर्डका अनुसार सम्मेलनका लागि दुई हजार चार सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो । विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनका लागि आएका छन् । सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागिता सुनिश्चित भइसकेको छ ।

त्यसैगरी, चीनका दुई सय ६५, भारतका एक सय ४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स (युएई) का १३ र जर्मनीका १० जना सहभागी हुँदैछन् । दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ नौ जना सम्मेलनमा सहभागी हुन लागेका लगानी बोर्डले जनाएको छ । पाकिस्तानबाट आठ, सिङ्गापुरबाट ६, कतार र घानाबाट पाँच÷पाँच, साउदी अरब, फ्रान्स र बहराइनबाट चार÷चार जनाको सहभागिता रहने जनाइएको छ ।

त्यसैगरी, स्विजरल्यान्ड, फिनल्यान्ड, रुस, अस्ट्रिया, श्रीलङ्का र कोलम्बियाका तीन÷तीनजना सम्मलेनका लागि नेपाल आउँदैछन् । फिलिपिन्स, कुवेत, क्यानडा, मौरिसस, बेलारुस र बेल्जियमबाट दुई÷दुईजना सम्मेलनमा सहभागी हुने सुनिश्चित भएको छ । त्यसैगरी, इजिप्ट, नर्वे, इटाली, सेनेगल, नेदरल्यान्ड, पोल्यान्ड, इन्डोनेसिया, ताजकिस्तान, दक्षिण अफ्रिका, रोमानिया, मेक्सिको र साइप्रसबाट पनि सम्मेलनमा सहभागिता रहने छ । आयरल्यान्ड, स्लोभेनिया, भियतनाम, बोस्निया, मोरक्को, टर्की, भानुआटु, मौरिटानिया र हङकङबाट पनि सम्मेलनका सहभागी हुने सुनिश्चित भएको बोर्डले जनाएको छ ।

१५० परियोजना प्रस्तुत गरिँदै

लगानी लगानी सम्मेलनमा १५० परियोजना प्रस्तुत गरिने भएको छ ।  सम्मेलनमा उर्जा क्षेत्रका सबैभन्दा बढी ३१, यातायात क्षेत्रका १९, खानी तथा खनिजजन्य क्षेत्रका १३, पर्यटन क्षेत्रका १३, कृषिका १४, उत्पादन क्षेत्रका ५, औद्योगिक पूर्वाधार तथा व्यापारसम्बन्धी ७, स्वास्थ्य तथा शिक्षा क्षेत्रका ३, सञ्चार तथा सूचना प्रविधि क्षेत्रका २, पानी आपूर्तिका ४ र सहरी विकास क्षेत्रका ६ वटा परियोजना प्रस्तुत गरिदै गरिने भएको छ ।  निजी क्षेत्रबाट प्रस्तुत ३१ वटा परियोजना पनि बाह्य लगानीका लागि समावेश गरिएको छ ।
न्युज कारखाना

आजमिति २०८० साल वैशाख १७ गते सोमवार तदअनुसार अप्रिल २९ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु कृष्ण पक्ष पञ्चमी विहान ८:११ बजेसम्म तत्पश्चात षष्ठी तिथी, पुर्वषाढा नक्षत्र, । सिद्द योग छ । चन्द्र राशि धनु। यो शुभ योग हो ।

 

अभिजित् मुहूर्त: बिहान ११:३५ देखि १२:२७ सम्म,

• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:२७

• सुर्यास्त: बेलुका ०६:३७ बजे

 

वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ ।

 

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

 

आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।जोश, जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । कामको थालनी हुनेछ । समाज सेवामा मन लाग्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । अरुलाई प्रभावित पारेर काम बन्ने समय छ ।

 

शुभ रगं ः पहेलो

 

शुभ अंक ः ७

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

 

आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मि त्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ । प्रेम तथा परिवारमा सामान्य विवाद भने हुन सक्छ, सतर्क हुनुहोला ।

शुभ रगं ः खैरो

शुभ अंक ः १

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

 

आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।

शुभ रगं ः कालो

शुभ अंक ः ३

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

 

आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ । साथीभाइसँग जमघट तथा व्यवसायमा नयाँ अनुभब मिल्न सक्छ।

शुभ रगं ः वैजनी

शुभ अंक ः ५

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । छोटो दूरीको लाभदायक यात्रा तथा शैक्षिक क्षेत्रमा सफलता मिल्ने समय छ।जोश, जाँगर र हिम्मत बढ्ने छ ।समग्रमा दिन राम्रो छ ।

 

शुभ रगं ः सुन्तला

शुभ अंक ः ७

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

 

समय मध्यम छ । धन वचत गर्नुहोस् र आर्थिक स्थिति सुधार गर्नुहोस्। पठनपाठनमा ध्यान बिग्रनसक्छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । साथीसँग सम्बन्ध बलियो बनाउनुहोस् र आत्मीयता देखि संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्। घर झगडाबाट बच्नुहोला ।

 

शुभ रगं ः रातो

शुभ अंक ः १

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

 

समय राम्रो छ । चिताएको कामले तीव्रता लिनेछ । कला, साहित्यमा रुची बढ्ने छ । बैदेशिक कार्य अघि बढ्ने छ । घर, जग्गाको कारोबारमा सफलता मिल्ने समय छ । रोकिएको धन हात पर्ला । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।

शुभ रगं ः निलो

शुभ अंक ः ३

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

 

समय राम्रो छ । स्वास्थ्य सबल रहनेछ । वित्तीय योजना बनाउनुहोस्। माया, प्रेममा आत्मीयता र सहजताको साथमा संबंध अघि बढ्नेछ। परिवारसँग समय बिताउनुहोस् , काममा ध्यान दिनुहोस् र आराम गर्नुहोस्।

 

• शुभ रंग: रातो

• शुभ अंक – ८

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । स्वास्थ्यमा समस्या,सहकर्मीबाट विरोध र महत्वपूर्ण कार्यमा व्यवधान आउनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।

शुभ रगं ः चाँदी

शुभ अंक ः ७

 

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ । राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।

 

शुभ रगं ः रातो

शुभ अंक ः ७

 

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

 

 

समय ठिकै छ । ध्यान र आराम लिनुहोस्। योग र मेडिटेशन गर्नुहोस्।आर्थिक संगठन र वित्तीय योजना बनाउनुहोस्। प्रेम आत्मीयता र सहजताको साथमा संबंध विकसित गर्नुहोस्। जोश, जाँगर र उमंग बढ्नसक्छ. । आर्थिक कारोवारमा आशाजनक सफलता पाइएला । परिवारसँग समय बिताउनुहोस् , विवादबाट वच्नुहोस।

 

 

शुभ रंग: सेतो

• शुभ अंक – २

 

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।

शुभ रगं ः रातो

शुभ अंक ः ४

 

 

राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।

 

 

राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्। उनि वैदिक ज्योतिषका विज्ञ मानिन्छन् ।

न्युज कारखाना

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।