२०८३ श्रावण २२
२०८३ श्रावण २२

काठमाडौं, २१ वैशाख । फ्राइडे रिलिजअन्तर्गत आजबाट नेपाली चलचित्र ‘मनसरा’ प्रदर्शनमा आएको छ। बुधबारदेखि नै अग्रिम बुकिङ खुला भएको चलचित्र आजबाट रिलिज भएको हो।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्रले प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको थियो। प्रिमियरमा पाएको प्रतिक्रियाले निर्माणपक्ष उत्साही देखिएको छ।

क्यूएफएक्सले अग्रिम बुकिङ खुला गर्दा देशभरका आफ्ना आउटलेटमा ‘मनसरा’लाई ६९ शो दिएको थियो। काठमाडौंमा २८ र मोफसलमा ४१ शो प्रदान गरिएको छ।

सोसल ड्रामा सिनेमामा प्रविण खतिवडा, दयाहाङ राई, मिरुना मगर र मेनुका प्रधान मुख्य भूमिकामा छन्। न्युज कारखाना

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज आइपिएलमा मुम्बई इण्डियन्स र कोलकोता नाइट राइडर्सबीच खेल हुदै छ । मुम्बईस्थित वान्खडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।

जारी आइपिएलमा मुम्बई इण्डियन्सले खराब प्रदर्शन गरेको छ । मुम्बईले  अहिलेसम्म १० खेलमा केवल ३ जित हासिल गरेको छ भने ७ खेलमा हार बेहोरेको छ । मुम्बई अहिले अंक तालिकामा नवौं स्थानमा रहेको छ । मुम्बईको अब प्लेअफमा पुग्ने सम्भावना लगभग सकिएको छ ।

त्यस्तै कोलकोता नाइट राइडर्सले भने यस सिजनमा अहिलेसम्म ९ खेलमा ६ खेल जितेको छ भने ३ खेलमा हार बेहोरेको छ ।  कोलकोता १२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

मुम्बई इण्डियन्स यस सिजनमा हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ र राम्रो शुरुवात गर्न सकेको छैन । मुम्बईका लागि कप्तान पाण्डेय, रोहित शर्मा, इशान किसन, जसप्रित बुमराह, तिलक बर्मा लगायतका भारतीय खेलाडीको भूमिका प्रमुख हुने देखिन्छ । त्यस्तै मुम्बईमा मोहमद नावी, टिम डेविड र डेवाल्ड ब्रेभिस, रोमारियो शेफार्ड जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

त्यस्तै कोलकोता श्रेयस अय्यरको कप्तानीमा आइपिएल खेल्दै छ । कोलकोताका लागि यस सिजनमा उनको भूमिका महत्वपूर्ण हुने देखिन्छ । विवादपछि भारतीय क्रिकेट बोर्डको सेन्ट्रल कन्ट्रयाक्टमा नपरेका श्रेयसले आइपिएलको प्रदर्शनबाट बोर्डलाई जवाफ दिने प्रयास गर्ने छन् । त्यस्तै उनी बाहेक गत आइपिएलबाट उदाएका रिंकु सिंह, नितिश राना जस्ता भारतीय खेलाडी कोलकोताका लागि महत्वपूर्ण हुनसक्छन् ।

त्यस्तै फिल साल्ट, सुनिल नारान, आन्द्रे रसेल, रह्मुनुल्लाह गुर्बाज जस्ता विदेशी खेलाडीको प्रदर्शन महत्वपूर्ण हुने देखिन्छ । कोलकोताले यसअघि २०१२ र २०१४ मा उपाधि जितेको छ भने २०२१ मा उपविजेता बनेको छ । गत सिजनमा कोलकोता सातौं स्थानमा आएको थियो ।
न्युज कारखाना

काठमाडौं, २१ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ। पार्टी कार्यालयमा दिउँसो साढे ४ बजे बस्ने गरी बैठक बोलाइएको छ।

बैठकमा इलाम–२ को उपनिर्वाचनको समीक्षा गरिने बताइएको छ। वैशाख १५ गते इलाम–२ को उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएको थियो।

बैठकमा संसद्को बर्खे अधिवेशन, समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्ययोजनाबारे छलफल हुने रास्वपाले जनाइएको छ।न्युज कारखाना

काठमाडौं, २१ बैशाख । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ। महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्ने भएको हो।

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्ने छ। बैठकमा ज्येष्ठ नागरिक सम्बन्धी विद्यमान कानुन, उनीहरूका लागि राज्यका तर्फबाट भएका व्यवस्था, बुढ्यौली जनसंख्या तथा वृद्धाश्रम/ज्येष्ठ नागरिक मिलन केन्द्रको वर्तमान अवस्था सम्वन्धमा छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा विपद् व्यवस्थापन सम्बन्धमा गृह मन्त्रालयबाट भएका काम कारबाही, विपद् जोखिम न्यूनीकरणका लागि तयारी तथा भावी कार्ययोजनाबारे छलफल हुनेछ। यस्तै बैठकमा विपद् व्यवस्थापन सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट भएका काम कारबाही, तयारी तथा भावी कार्ययोजनाबारे छलफल गर्ने कार्यसूची छ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक दिउँसो १ बजे बस्दै छ। अर्थमन्त्री वर्षमान पुनलाई बोलाइएको बैठकको कार्यसूची आगामी बजेट २०८१/०८२ का सम्बन्धमा पूर्वबजेट छलफल र विविध विषय रहेको छ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि आज बस्दै छ। दिउँसो २ बजे बस्ने बैठकमा समितिबाट हुने अनुगमनका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
न्युज कारखाना

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले राजस्थानलाई एक रनले पराजित गरेको हो ।

सनराइजर्सले दिएको २०२ रनको लक्ष्य पछाएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २०० रन मात्र बनाएपछि खेल सनराइजर्सले एक रनले जितेको हो ।

यस अघि सनराइजर्सले पहिला ब्याटिंग गर्दै २० ओभरमा ३ विकेट गुमाएर २०१ रन बनाएको थियो ।

यो जितपछि सनराइजर्सको १० खेलमा ६ जित र ४ हारसहित १२ अंक भएको छ र अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ ।

त्यसैगरी राजस्थानको भने यस सिजनमा यो दोस्रो हार हो । १० खेलमा ८ जितसहित १६ अंक हासिल गर्दै राजस्थान शिर्ष स्थानमा रहेको छ ।
न्युज कारखाना

श्रीवास्तव,राैतहट,२० गते वैशाख । आम जनता पार्टी (आजपा)ले विहीवार भन्सार विभाग घेराउ गरेको छ । भन्सार कानुनमा रहेको ४५ प्रतिशत रकम सूचकलाई दिइने प्रावधानविरुद्ध आजपाले चौथो चरणको आन्दोलन सुरुआत गर्दै विहीवार भन्सार विभाग घेराउ गरेको हो ।Open photo प्रभु साह नेतृत्वको आजपाको भ्रातृ संगठन आम सम्पर्क मञ्चले गत बैसाख १२ गते भन्सार विभागमार्फत सरकारलाई बुझाएको सचेतनापत्रमा घोषित कार्यक्रमअनुसार भन्सार विभाग घेराउ गरेको हो ।Open photo भन्सार कानुनमा रहेको प्रावधानले डिउटीमै रहेका प्रहरी, सशस्त्र प्रहरी र कर्मचारी मिलेर ४५ प्रतिशत राजस्व लिँदै आएको आजपाको आरोप छ ।Open photo यही प्रावधानलाई आजपाले लुटकारी प्रावधान र राजस्वमारा कानुनी प्रावधान भन्दै आएको छ । कानुन हटाउँदा निकै ठुलो परिमाणमा राजस्वमा वृद्धि हुने आजपाको ठहर छ । चौथो चरणको पहिलो दिनको कार्यक्रममा आजपा तथा मञ्चका कार्यकर्ताहरुले भन्सार विभाग घेराउ गरेका थिए । Open photoगत ६ महिनादेखि संघर्ष गरिरहेको आजपाको कुरा सरकारले सुनिरहेको छैन । रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र रुपमा निर्वाचित साँसद प्रभु साहले संसदमा पनि आवाज उठाउँदै आएका छन् । आजपाले राजस्वमारा कानुन हटाउँदा देशको समृद्धिमा योगदान पुग्ने तर्क दिँदै आएको छ ।

सप्तरी , बैशाख २० । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सप्तरीको महादेवा गाउँपालिका-१ चिम्टीका अग्निपीडितहरूलाई घर बनाइदिने घोषणा गर्नु भएको छ ।‌ अग्निपीडितलाई भेट्न बिहिबार घटनास्थल पुगेका मुख्यमन्त्री यादवले प्रदेश सरकार जनता आवासको मोडेलमा पीडित परिबारलाई घर बनाइदिने घोषणा गर्नु भएको हो । उहाँले भन्नु भयो , ‘प्रदेश सरकार सुखदुःखमा तपाईहरुको साथमा छ, आजकलमै निर्णय गरेर यहाँ आगोमा जति घर जलेको छ त्यति घर प्रदेश सरकारले बनाइदिनेछ।’ बिहिबार दिउँसो काठमाडौँबाट राजविराज विमानस्थल पुगेका मुख्यमन्त्री सिधै घटनास्थल पुगेका थिए । घटनास्थल निरिक्षणको क्रममा अग्निपीडितहरूले मुख्यमन्त्री समक्ष आफ्नो दुखेसो पोखेका थिए । मंगलबार चिम्टीमा भएको आगलागीमा परेर त्यहाँका ४७ बढी परिवार घरविहीन बनेका छन् । निरिक्षणको क्रममा बन तथा वातावरण मन्त्री भरत साह, प्रदेश सभा सदस्य मनिष सुमन, किरण साह, माला कर्ण, मधेश सरकारका पुर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साह सहितको उपस्थिति रहेको थियो ।

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यूसंग नेपालका लागि यूरोपेली संघ (ईयू) की महामहिम राजदूत भेरोनिक लोरेज्नोले शिष्टाचार भेट गर्नुभएको छ । उपराष्ट्रपति यादव र ईयूका राजदूत लोरेज्नोबीच लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज (बिहीबार) शिष्टाचार भेट भएको हो । भेटमा शुभकामना आदानप्रदानपछि द्विपक्षीय सम्बन्ध,जलवायु परिवर्तन लगायतका विषयमा महत्वपूर्ण छलफल भयो । उपराष्ट्रपति यादवले नेपाल र युरोपेली संघ (ईयू) बिच सन् १९७४ यता कायम रहेको घनिष्ठ, सौहार्द्रपूर्ण एवम् मैत्रीपूर्ण सम्बन्धबाट आफू सन्तुष्ट रहेको उल्लेख गर्दै नेपालले ईयूसँगको साझेदारीलाई उच्च महत्व दिँदै आएको बताउनु भयो । ‘यो वर्ष हामीले नेपाल र ईयूबीच कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण वार्षिकोत्सव मनाइरहेका छांै । यस सुखद उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछु ’ उहाँले भन्नुभयो, ‘ईयू नेपालको प्रमुख विकास साझेदार हो । स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाई र ग्रामीण विकासमा ईयू समर्थित कार्यक्रमहरू हाम्रा लागि उपयोगी र महत्वपूर्ण छन् । मलाई आशा छ अगामी दिनहरुमा सहयोगको दायरा र परिमाण नेपालका उत्पादनशील क्षेत्रहरूमा विस्तार र वृद्धि हुँदै जाने छन् ।’ विशेषगरी कर्णाली प्रदेशमा ईयूको सहयोग अन्तरगतका आयोजनाले ती दुर्गम क्षेत्रका सर्वसाधारणलाई धेरै फाइदा पुगेको उहाँले बताउनु भयो । ‘नेपाल र ईयूले लोकतन्त्र, स्वतन्त्रता र बहुपक्षीयताको महत्व जस्ता साझा मूल्यहरूमा विश्वास राख्दछ ’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘महामारी र जलवायु परिवर्तन लगायत विश्वले पछिल्लो समय सामना गरिरहेको प्रकृतिका चुनौतीहरूले बहुपक्षीय सहकार्य पहिलेभन्दा बढी आवश्यक भएको संकेत गरेकोले यी विषयमा थप सहकार्य गर्न नेपाल तत्पर छ ।’ उहाँले नेपाललाई राजनीतिक रूपान्तरणको वर्तमान चरणमा पुग्न अन्तर्राष्ट्रिय समुदायबाट धेरै सद्भाव र समर्थन प्राप्त भएको पनि बताउनु भयो । ‘नेपालको ऐतिहासिक राजनीतिक उपलब्धिहरू कायम राखी मुलुकको आर्थिक आकांक्षा पूरा गर्न ईयूले आफ्नो बहुमूल्य सहयोग जारी राख्ने विश्वास व्यक्त गर्दछु ’ उहाँले भन्नुभयो, ‘मलाई आशा छ, तपाईं (महामहिम) को कार्यकालमा नेपाल–ईयू सम्बन्ध थप सुदृढ, प्रगाढ एवं बलियो हुने र नेपाललाई प्राप्त हुने विकास सहयोगको निरन्तरतामा सकारात्मक प्रभाव पर्नेछ । ’ भेटमा नेपालका लागि यूरोपेली संघ (इयू) की राजदूत भेरोनिक लोरेन्जोले नेपालको संस्कृति धेरै विकसित रहेकोमा प्रशंसा गर्दै ईयूले सामाजिक समावेशीकरण र शिक्षा क्षेत्रमा काम गर्न चाहेको बताउनु भयो । ‘ नेपालले लगानी र आर्थिक बृद्धि गरी कृषिसहित विभिन्न क्षेत्रको विकासमा जोड दिनु सकारात्मक हो । नेपालमा ईयूको सहयोग निरन्तर रहने छ ’ उहाँले भन्नुभयो, ‘यसै महिना ईयूले भारतमा रहेका सय भन्दा बढी कम्पनीलाई सहभागिता गराई ‘बिजनेस फोरम’ सम्मेलनको आयोजना गर्ने तयारी गर्दैछ । ’ उहाँले नेपालमा ईयूले धेरै पछाडि परेको सुदूर पश्चिम, कर्णाली तथा मधेश प्रदेशमा आफ्नो सहयोगलाई केन्द्रित गरेको बताउनु भयो ।

आजमिति २०८० साल वैशाख २१ गते शुक्रबार तदअनुसार मे ३ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु कृष्ण पक्ष दशमी तिथी, शतभिषा नक्षत्र, । ब्रम्हा योग छ । चन्द्र राशि कुम्भ । यो शुभ योग हो ।

 

अभिजित् मुहूर्त: बिहान ११:३५ देखि १२:२८ सम्म,

• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:२३

• सुर्यास्त: बेलुका ०६:३८ बजे

 

वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ ।

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

 

आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ ।

शुभ रगं ः रातो

शुभ अंक ः ४

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

 

आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ ।

शुभ रगं ः पहेलो

शुभ अंक ः २

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

 

 

आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।

शुभ रगं ः हरियो

शुभ अंक ः ४

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

 

 

आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला ।

शुभ रगं ः चाँदी

शुभ अंक ः ७

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

 

आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।

शुभ रगं ः सुन्तला

शुभ अंक ः ७

 

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

 

आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।

शुभ रगं ः सुन्तला

शुभ अंक ः ७

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

 

 

 

आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।

शुभ रगं ः पहेलो

शुभ अंक ः १

 

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।

शुभ रगं ः सेतो

शुभ अंक ः ८

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

 

 

आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।

शुभ रगं ः खैरो

शुभ अंक ः २

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

 

आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । अ राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।

शुभ रगं ः रातो

शुभ अंक ः ८

 

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

 

 

आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।

शुभ रगं ः निलो

शुभ अंक ः ७

 

 

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।

शुभ रगं ः पहेलो

शुभ अंक ः ९

 

 

 

राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।

 

राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्। उनि वैदिक ज्योतिषका विज्ञ मानिन्छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

काठमाडौं, २० बैशाख । ३७ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४९ उपसचिवको काज, सरुवा तथा पदस्थापन गरिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार नवनियुक्त उपसचिव तथा पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कामकाज तथा सरुवा गरेको हो।

२० जना मन्त्रालयको अतिरिक्त समूहमा रहेका नवनियुक्त उपसचिवलाई विभिन्न नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत एवम अन्य विभिन्न निकायमा पदस्थापन तथा कामकाजमा खटाएको छ। बाँकी २८ जना विभिन्न नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र अन्य निकायमा कार्यरत उपसचिवको सरुवा तथा कामकाजमा खटाइएको हो।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।