काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सय रुपैयाँको नोटमा चुच्चे नक्शा राख्ने निरन्य सस्तो लोकरिझ्याई भएको टिप्पणी गरेका छन् ।
अध्यक्ष थापाले सीमा मिचिएको बारे बोल्न नसक्ने, इपिजी बारे कुरा गर्न डराउने, जलस्रोतमा भरतीय एकाधिकार कायम गराउने सरकारले नेपाली नोटमा चुच्चे नक्शा राख्ने निर्णय गर्नु सस्तो लोकरिझ्याई भएको टिप्पणी गरेका हुन् ।
उनले भनेका छन्-
सिमा मिचिएकोवारे चुईक्क बोल्न नसक्ने,भारत रिसाउँछ भनेर ईपिजीवारे कुरा गर्न डराउने,नेपालको जलश्रोतमा भारतीय एकाधिकार कायम गराईदिने वर्तमान सरकारले नेपाली नोटमा चुच्चेनक्सा राख्ने निर्णयगर्नु सस्तो लोकरिझ्याईँ मात्र हो । कुटनीति सस्तो लोकप्रियताको विषय होइन ।न्युज कारखाना
काठमाडौँ । टी- २० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टिमको बिदाइ गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि विश्वकप खेल्ने क्रिकेट टिमको विदाई गरिएको हो ।
नेपाली राष्ट्रिय टोली आइतबार अमेरिकातर्फ प्रस्थान गर्दै छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि नेपाली टिम आइतबार दुई चरणमा त्यसतर्फ जाने तालिका रहेको छ । नेपाली टिम आइतबार बिहान २.३० बजे र दिउँसो गरी दुई चरणमा जाने क्यानले जानकारी दिएको छ ।
विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनौट गरेको छ । नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।
टी-२० विश्वकपमा नेपाल समुह डी मा रहेको छ । यस समुहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस रहेका छन् ।
विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।न्युज कारखाना
काठमाडौँ । काठमाडौँ महानगरले लोकसेवा आयोगको शुल्क तयारी कक्षा संचालन गर्ने भएको छ ।
महानगरले एक सूचना प्रकाशित गर्दै महानगरभित्र स्थायी बसोवास भएका, योग्य उम्मेदवारका लागि लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने जानकारी दिएको हो ।
महानगरले आवश्यक प्रमाण पत्रसहित सात दिनभित्रआवेदन दिन आव्हान गरेको छ ।
महानगरले आवेदनसँग नागरिकताको फोटोकपी, स्थायी बसोवास गरेको प्रमाण पत्र, खरिदार र नासु स्तरको कक्षाका लागि कक्षा १२ पास गरेको प्रमाण पत्र र अधिकृतका लागि स्नातक तहको शैक्षिक प्रमाण पत्र पेस गर्न आग्रह गरेको छ । न्युज कारखाना
काठमाडौँ । इजरायलले हमासलाई युद्धविराम र बन्धकहरूको रिहाइको पछिल्लो प्रस्तावको जवाफ दिन एक हप्ताको समय दिएको छ ।
इजरायल र हमासबीच शान्ति वार्ता सञ्चालन गर्ने इजिप्टका मध्यस्थकर्ताहरूले यस्तो जानकारी दिएका हुन् । इजरायलले हमासको प्रस्ताव स्वीकार नगरे गाजाको रफाह क्षेत्रमा जमिन आक्रमण गर्ने बताएको छ ।
हमासका एक शीर्ष अधिकारीले यो शान्ति प्रस्तावलाई सकारात्मक दृष्टिकोणका साथ अध्ययन गरिरहेको बताएको मध्यस्थकर्ताहरुले बताएका छन् ।
हमासका अधिकारी होसम बद्रनले इजरायलका प्रधानमन्त्री नेतन्याहुले रफाहमा सैन्य कारबाही अघि बढ्छ भनेर बारम्बार भन्दै सम्झौताको सम्भावनालाई हानी गरेको आरोप लगाएका छन्।
यसैबीच विश्व स्वास्थ्य सङ्गठनले इजरायलले रफाहमा आक्रमण गरेमा ठूलो जनधनको क्षति हुने र मानवीय सङ्कट झन् गम्भीर हुने चेतावनी दिएको छ ।न्युज कारखाना
काठमाडौँ । भारतमा जारी लोकसभा निर्वाचनमा भारतीय नेशनल कांग्रेसले उत्तर प्रदेशको चर्चित सिट रायबरेली र अमेठीका लागि उम्मेदवारहरूको नाम घोषणा गरेको छ ।
कांग्रेसले राहुल गान्धीलाई रायबरेली सिटबाट चुनावी मैदानमा उतारेको छ । रायबरेली सिटका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
राहुल गान्धीले रायबरेली सिटबाट चुनाव लड्ने यो पहिलो पटक हो । उनले शुक्रबार मनोनयन दर्ता गरेका छन् । अब उनको प्रतिष्पर्धा भाजपाका दिनेश प्रताप सिंहसँग हुने भएको छ ।
गत लोकसभा चुनावमा उनलाई सोनिया गान्धीले पराजित गरेकी थिइन् । सोनिया गान्धी सन् २००४ देखि २०२४ सम्म रायबरेली सिटबाट सांसद भइन् । यसपटक सोनिया गान्धीले रायबरेलीबाट चुनाव नउड्ने निर्णय गरिन् । सोनिया गान्धी अहिले राज्यसभाकी सांसद बनेकी छन् ।
राहुल गान्धी सन् २००४ मा अमेठी सिटबाट सांसद निर्वाचित भएका थिए । त्यसपछि उनी यस सिटबाट लगातार सांसद चुनिए । तर २०१९ मा भाजपाकी स्मृति इरानीले यस सिटमा राहुल गान्धीलाई हराएकी थिइन् ।
तर, २०१९ लोकसभा चुनावमा राहुल गान्धीले केरलाको वायनाड सिटबाट पनि चुनाव लडे र त्यहाँबाट जितेर संसदमा पुगेका थिए । यसपटक पनि राहुल गान्धी वायनाडबाट चुनाव लडिरहेका छन् । यो सिटमा मतदान भइसकेको छ ।
त्यस्तै १९९९ पछि यो पहिलो पटक हो कि गान्धी परिवारका कुनै सदस्यले अमेठीबाट चुनाव लडेका छैनन् । सन् १९९९ मा सोनिया गान्धीले अमेठी सिटबाट राजनीतिमा प्रवेश गरेकी थिइन् । यसपछि सन् २००४ मा सोनिया गान्धीले रायबरेली सिटबाट चुनाव जितिन् । यस वर्ष राहुल गान्धी अमेठी सिटबाट सांसद निर्वाचित भएका थिए ।
२०१९ बाहेक, कांग्रेसले 19७७ र १९८८ मा पनि अमेठी सिटमा हारेको छ, जब यस सीटमा उम्मेदवार गान्धी परिवारबाट थिएनन् । अमेठी र रायबरेलीलाई गान्धी परिवारको सिट मानिन्छ। फिरोज गान्धी सन् १९५२ र १९५७ मा यस सिटबाट सांसद निर्वाचित भएका थिए । इन्दिरा गान्धी १९६७ मा रायबरेलीबाट चुनाव लडेर लोकसभा पुगेकी थिइन् । इन्दिरा गान्धीले सन् १९७१ मा रायबरेली सिट जितिन् । तर, सन् १९७७ मा आपतकालपछि उनले यो सिट गुमाएकी थिइन् । सन् १९८० मा इन्दिरा गान्धीले रायबरेलीबाट फेरि चुनाव जितिन् । तर यी चुनावमा उनले आन्ध्र प्रदेशको मेडक सिटबाट पनि जितिन् ।
गान्धी परिवारको राजनीतिक सुरुवात अमेठीबाट सन् १९८० मा भएको थियो। त्यसपछि सञ्जय गान्धी यही सिटबाट जितेर संसदमा पुगेका थिए । सञ्जय गान्धीको मृत्युपछि राजीव गान्धी सन् १९८१ मा यही सिटबाट संसदमा पुगेका थिए । उनी आफ्नो मृत्युसम्म यही सिटबाट सांसद निर्वाचित भए । तर, १९९१ देखि १९९९ सम्म गान्धी परिवारका कुनै पनि सदस्यले यस सिटमा उम्मेदवारी दिएनन् ।
यस पटक कांग्रेसले अमेठीबाट गान्धी परिवारका नजिकका मानिने किशोरीलाल शर्मालाई उम्मेदवार बनाएको छ । उनले भाजपाकी स्मृति इरानीको सामना गर्ने छन् । त्यस्तै कांग्रेसकी प्रियंका गान्धी भने उम्मेदवार नबन्ने भएकी छन् ।न्युज कारखाना
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनको पराजय पछि समग्र पार्टीको स्थापना कालदेखिकै समीक्षा गर्ने भएको छ ।
शुक्रबार बसेको सचिवालयको बैठकले पार्टीको समग्र समीक्षा गर्ने निर्णय गरेको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिएका छन् ।
साथै रास्वपाले महामन्त्री ढकाललाई समग्र समिक्षाको जिम्मेवारी दिदै असार १ गते प्रतिवेदन तयार गरि सचिवालय बैठकमा पेश गर्न निर्देशन दिएको छ ।
महामन्त्री ढकाल सहितको टोलीले जेठको दोस्रो सातादेखि पार्टीको अवस्था र सुधार गर्नुपर्ने विषय पहिल्याउन देशभर अध्ययन भ्रमण गरेर प्रतिवेदन बनाउने भएका छन् । महामन्त्री ढकालले पेस गरेको प्रतिवेदनका आधारमा पार्टीले नयाँ दिशा तय गर्ने भएको छ ।
साथै रास्वपाले बैशाख २९ गतेका लागि बोलाएको केन्द्रीय समितिको बैठक समेत स्थगित गरेको छ ।
न्युज कारखाना
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार वैशाख २३ गते गण्डकी प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गत चैत २५ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका मुख्यमन्त्री अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभामा वैशाख २३ गते विश्वासको मत लिने भएका हुन् ।
मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते दिनको ३ बजे प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने सूचना प्रदेशसभाको सचिवालयमा दर्ता गराएका छन् । न्युज कारखाना
- काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको ‘राजपुर गाउँपालिका’ र दाङ् जिल्लाको ‘इस्मा गाउँपालिका’ लाई प्रति स्थानीय तह १०/१० लाख रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।
महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको महानगर विपद व्यवस्थापन समितिको वैठकले, आगलागीका कारण घर, गोठ, पशु चौपाया र धन सम्पत्तिको क्षति व्यहोरेका स्थानीयको संकटपूर्ण जीवनमा तत्काल राहत उपलब्ध गराउन, खाद्यान्न, औषधोपचार, खानेपानी अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको हो । यो रकम महानगरपालिकाको विपद व्यवस्थापन कोषबाट पठाइनेछ । पालिकाहरुले महानगरपालिकासँग सहयोग माग गरेका थिए ।
गुल्मी जिल्लाको राजपुर गाउँपालिका वडा नं. ७ को हाटबास क्षेत्रमा वैशाख १६ गते आगलागी भएको थियो । आगलागीमा परेर २५ वटा घर र ३५ वटा गोठ जलेर नष्ट भएका छन् ।
यस्तै, वैशाख ८ र ९ गते इस्मा गाउँपालिकाका विभिन्न स्थानमा आगलागी भएको थियो । यसबाट २८ वटा घर, ५१ वटा गोठ, १३ वटा भैँसी, ७८ वटा बाख्रासहित धन सम्पत्ति, पशु चौपायाको क्षति भएको छ । सहयोग रकम गाउँपालिकाहरुको प्रकोप व्यवस्थापन कोषमा पठाइनेछ ।
महानगरपालिकाले यस अघि महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।
जरलहवा टोलमा वैशाख १२ गते बुधबार दिउँसो १ बजेदेखि आगलागी सुरु भएको थियो । आगलागीमा परेर ९१ वटा कच्ची घर र ९ वटा अर्धपक्की घर गरेर १ सय घर जलेका छन् । यसबाट ४५५ जना व्यक्ति प्रभावित भए । सोही आगलागीले ५ वटा बाख्रा, २ वटा सुँगुर जलेर नष्ट भए । न्युज कारखाना
काठमाडौँ । वेस्ट इन्डिजले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ ।
आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि वेस्ट इन्डिजले रोभमन पावेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
विश्वकप खेल्ने वेस्ट इन्डिजको टिममा रोभमन पावेल (कप्तान), अल्जारी जोसेप (उपकप्तान), जोन्सन चार्लेज, रोस्टन चेज, शिमरन हिटमेयर, जासन होल्डर, शाइ होप, अकील होसैन, समर जोसेप, ब्राण्डन किंग, गुडाकेश मोती, निकोलस पुरन, आन्द्रे रसेल, शेरफान रुथेरफोर्ड र रोमारियो शेफर्ड रहेका छन् ।
हाल नेपाल टूरमा आएको वेस्ट इन्डिज ए टिमबाट विश्वकप खेल्ने टोलिमा जोन्सन चार्लेज, रोस्टन चेज र गुडाकेश मोती गरि तीनजना परेका छन् ।
घरेलु मैदानमा हुने यस विश्वकपमा वेस्ट इन्डिज समुह सी मा रहेको छ । यस समुहमा वेस्ट इन्डिजसहित अफगानिस्तान, न्यूजील्याण्ड, पिएनजी र युगाण्डा रहेका छन् । वेस्ट इन्डिजले विश्वकपमा पहिलो खेल पिएनजीसँग जुन २ मा खेल्ने तालिका रहेको छ ।न्युज कारखाना
काठमाडौं, २२ वैशाख। आगामी आइतबारदेखि सुरु हुने नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भएको छ।
एसएस एभेन्ट्स प्राली र नेपाल खेलकुद महासंघ (नेकोस)को संयुक्त आयोजनामा उक्त प्रतियोगिता शनिबारदेखि तीन दिनसम्म हुँदै छ। शुक्रबार नक्सालमा पत्रकार सम्मेलन आयोजना गर्दै आयोजकले यस संस्करणको समूह विभाजनसँगै ट्रफी र जर्सी सार्वजनिक गरेको हो। एएस एभेन्ट्स प्रालीका निर्देशक सुमित रौनियार, प्रतियोगिता निर्देशक प्रबिन जोशी र नेकोसका महासचिव धरमबहादुर लामाले संयुक्तरुपमा ट्रफी सार्वजनिक गरेका हुन्। 
तीन वर्षपछि पुनः सञ्चालनमा आउन लागेको यस संस्करणमा कुल १५ कर्पोरेट हाउसले प्रतिस्पर्धा गर्नेछन्। यी टोलीलाई कुल चार समूहमा विभाजन गरिएको छ। तीन समूहमा चार टोली रहनेछन् भने एक समूहमा तीन टोलीमात्र प्रतिस्पर्धा गर्ने प्राविधिक संयोजक विनयकुमार झाले जानकारी दिए। शुक्रबार नै ड्र सार्वजनिक गरिएको हो। जसअनुसार समूह ‘ए’ मा माच्छापुच्छ्रे बैंक, क्लाउड फ्याक्ट्री, एनआइसी एसिया बैक र प्राइम बैंक तथा समूह ‘बी’ मा आइसिएफसी फाइनान्स, जगदम्बा ग्रुप, सिप्रदी र कुमारी बैंक छन्।
समूह ‘सी’ मा सूर्य नेपाल, आइएमइ ग्र्रुप, नेपाल बैंक र एनसेल लिजेन्ड्स तथा समूह ‘डी’ मा एनसेल इलाइट्स र सुबिसी गरी तीन टोलीले मात्र प्रतिस्पर्धा गर्नेछन्। प्रत्येक समूहबाट शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछन्। पाँच ओभरमा खेलाइने प्रतियोगिता मूलपानी क्रिकेट मैदान (माथिल्लो) मा सञ्चालन हुनेछ। प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन हुँदै छ। यस सिजनको विजेता र उपविजेताले ट्रफी र गिफ्ट ह्याम्पर पाउनेछन्। 
यस संस्करणको विजेताले आगामी सिजन फ्रि इन्ट्री पाउने भएकम छन्। प्लेयर अफ दी टुर्नामेन्ट, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, बेस्ट फिल्डर र बेस्ट विकेटकिपरले पनि पुरस्कार पाउनेछन्। आयोजकका अनुसार सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी, हिट बोर्ड र फेयर प्ले अवार्ड पनि प्रदान गरिने भएको छ। सन् २०१४ सुरु भएको कर्पोरेट सुपर सिक्सेसको छैटौं सिजनसम्म एसएस एभेन्ट्सले नै आयोजना गर्दै आएको थियो।
सातौं सिजनदेखि नेकोस जोडिएको हो। छैटौं संस्करण सन् २०२० मा नै आयोजना भए पनि कोरोना महामारी र आर्थिक संकटका कारण सातौं सिजन भने लामो समयसम्म हुन सकेन। प्रतियोगिता प्रत्यक्ष प्रशारण हुने आयोजकले जनाएको छ। सो प्रतियोगितामा नेपाल क्रिकेट संघ(क्यान) को प्राविधिक सहयोग रहने एसएस इभेन्ट्स प्रालीका निर्देशक रौनियारले जानकारी दिए।न्युज कारखाना