२०८३ श्रावण २०
२०८३ श्रावण २०

सिरहा।जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डित र पत्रकारहरु बीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ। सोमबार जिल्ला प्रहरी कार्यालय सिरहाको सभा हलमा सप्पन्न कार्यक्रममा नयाँ एसपी रमेश पंडितले पत्रकारहरुसँग छलफल गरि तस्करी न्युनीकरण ,लागूऔषध ओसार पोसार निर्मुल पार्ने र सचेतनाका लागि विशेष अभियान सुरु गर्ने, अवैध उत्खनन राेक्न स्थानीय तहसँग समन्वय गरि कार्य अगाडि बढाउने , गलत आचरणका प्रहरीलाई तुरुन्त कारवाही गर्ने ( आजै एक जनालाई कारवाही गरेकाे) ,गलत मुद्दामा सुक्ष्म अनुसन्धान गरि अगाडि बढ्ने , विचौलियाहरुकाे प्रभावमा नपर्ने जस्ता प्रतिबद्धता जनाए। कार्यक्रममा केही तत्वहरुले निजि स्वार्थको लागि पत्रकारलाई टारगेट बनाउदा सिरहामा पत्रकार सुरक्षित छैन भने जस्ता विषय लगायत जिल्लामा भइरहेको गतिविधि बारे पत्रकारहरुले जानकारी गराइएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासघ सिरहाका पुर्व अध्यक्ष दिनेशवर गुप्ता , महासघका अध्यक्ष मनोज बनैता , उपाध्यक्ष गणेश साह , सचीव शिव दयाल यादव , सह सचिव राजेन्द्र महतो, कोशाध्यक्ष बिरेन्द्र नेपाल लगायत विभिन्न मिडियामा कार्यरत सिरहाका करीब दुई दर्जन भन्दाबढी पत्रकारहरुको उपस्थित रहेको थियो।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

संघीय संसद सचिवालयले सूचना जारी गर्दै राष्ट्रपति पौडेलले आज बस्ने संसदको संयुक्त बैठकमा अपराहन्न ३ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

नेपाली कांग्रेसले संसद अवरोध गरिरहेका कारण मंगलबार सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमनै अन्योलमा परेको छ ।

कांग्रेसले सहकारी प्रकरणमा मुछिएको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको गठनको माग राख्दै संसदमा अवरोध गरिरहेको छ ।न्युज कारखाना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुदै छ ।

जेठ २ गतेसम्म चल्ने यो बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण, देशभर पार्टी सङ्गठनको अवस्था, जनवर्गीय सङ्गठनका कार्य प्रगति, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे छलफल गरिने बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरुको जिम्मेवारी तोकिनेछ ।

बैठकले महाधिवेशन प्रतिनिधि छनोटका लागि मापदण्ड तय गर्ने बैठकमा सङ्गठन बिस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल हुने भएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव घनश्याम भुसालले साङ्गठनिक प्रतिवेदन पेस गर्ने बैठकमा पार्टीको समाजवादी कार्यक्रम, विधान हेरफेरका लागि तयार गरिएको मस्यौदामा छलफल हुनेछ ।

विधानमा पार्टीको नेतृत्वमा ७० वर्ष उमेरको हदबन्दी हटाउन, युवा सहभागिता वृद्धि गर्न, केन्द्रीय कमिटीको आकार सानो बनाउने विषयलाई अनुमोदन गरिने जनाइएको छ ।

नयाँ विधानका आधारमा आगामी असार १६ देखि २० गतेसम्म पार्टीले काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको छ । न्युज कारखाना

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्ने भएको छ ।

कांग्रेसले संसदीय कार्यसमितिको बैठक सोमबार अपराहन्न १ बजे संसदीय दलको बैठक अपराहन्न २ बजे बस्ने बैठक स्थगित भएको थियो । अब बैठक आज संसदीय कार्यसमिति बिहान ८ बजे र संसदीय दलको बैठक बिहान ९ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको छ ।

बैठकबाट कांग्रेसले मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पेश गर्ने सरकारको नीति तथा कार्यक्रम अवरोध गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको आरोप लगाउदै संसदीय छानबिन समितीको माग गरेर संसद अवरुद्ध गरिरहेको छ । न्युज कारखाना

पर्सा ३१ बैशाख। पर्साको धोबिनी गाउँपालिकामा नयाँ निमित प्रमुख प्रशासकीय अधिकृत संजय यादव हाजिर भई कार्यभार समालदै अाज एक समहारोहका बिच जनप्रतिनिधि र कर्मचारीहरु बिच परिचयात्मक कार्यक्रम तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ।धोबिनी गाउँपालिकाको सभा हलमा भएको परिचयात्मक तथा स्वागत कार्यालयमा अध्यक्ष मदन प्रसाद चौहान ,उपाध्यक्ष मन्जु देबी पटेल लगायत जनप्रतिनिधि र कर्मचारीहरु फुलमाला अबिर लगाई स्वागत गरेका थिए। परिचयात्मक तथा स्वागत कार्यक्रममा जनप्रतिनिधि, कार्यपालिका सदस्य र कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।निमित प्रमुख प्रशासकीय अधिकृत यादवले बिगत ७ वर्ष देखि गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुखको पदमा कार्यरत रहेको थियो। हाल अाज बाट निमित प्रमुख प्रसाशकिय अधिकृतको पद भार ग्रहन गर्दै गाउँपालिकाको कार्यभार समाहल्दै गाउँपालिकाको काम कारवाही नियमसंगत अगाढी बढने तथा विकासले गति पाउँनेमा आफु बिश्वस्त रहेको प्रतिक्रिया दिनु भएको छ । यो गाउँपालिकाको अवस्था म राम्रो शीत अगालेको छु यसमा धेरै नै समस्या छ तर अब पहिलाको जस्तो हुदैन जनप्रतिनिधि हरु र कर्मचारीहरुको साथ र सहयोग पाएपछी गाउँपालिकाको बिकास र जनता हरुको कामकाज सहज र छिटो , छरितो हुने बताए ।स्वागत कार्यक्रममा गाउँपालिका अध्यक्ष चौहानले भने हामी हरुलाई जनता हरुले जिताएर जनप्रतिनिधि बनाएका छन , जनता हरुको बिकासका काम गर्नु पर्छ।चुनावको बेला जनता हरुलाई दिएको बच्चा पूरा गर्नु पर्छ।यदि हामी हरुले अापसमा केही सानो तिनो कुरामा बिबाद उतपन गरेपछी जनता हरुको बिकासको काममा बाधापुगने अध्यक्ष चौहानले बताए । धोबिनी गाउँपालिकाको बिकासको लागि हामी जनप्रतिनिधि र कर्मचारी हरु एक जुट भएर अगाडि बढनमा जोड दिनुभएको थियो।साथै नयाँ निमित प्रमुख प्रसाशकिय अधिकृत यादव लाई गाउँपालिकामा राम्रो काम गर्न सहित बधाई समेतदिनु भएको थियो। कार्यक्रममा वडाअध्यक्ष अबास मियाँ चुरिहार, बन्धु साह तेली, मनाउर मियाँ ,किसोर पटेल, नेपाली कांग्रेसका नेता श्यामकिसोर पटेल, कार्यपालिका दिनेश प्रसाद कलवार,सदस्य मदन सहनी , कमल ठाकुर, र गाउँपालिकाको कर्मचारी पपु पटेल , प्रदिप पटेल , केशराज प्रसाद कुर्मी , रबिभुसन पटेल , अजय साह लगायत महिला सदस्य ,गाउँपालिका सदस्य ,कर्मचारी ,लगायत हरुको सहभागीता रहेको थियोे ।कार्यक्रम संचालन शिक्षा प्रमुख बृजकिसोर त्रिपाठीले गरेका थिए।

राैतहट,३१ गते वैशाख । रौतहटको गढीमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा भएको छ । आज एक कार्यक्रमका बिच पूर्ण खाेप सुनिश्चितता घाेषणा गरिएको हाे । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रौतहटका सभापति एवम् खाेप समन्वय समिति राैतहटका संयाेजक रामअयोध्या यादवले पूर्ण खाेप घाेषणा गर्नु भयो । पूर्ण खाेप घाेषणा पश्चात् गढिमाई नगरपालिकाका नगर प्रमुख श्याम यादवलाई प्रमुख अतिथि यादवले पूर्ण खाेप घाेषणा भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । पूर्ण खोप घोषणा कार्यविधी अनुरुप निर्देशिकाको सम्पूर्ण प्रक्रिया पुरा गरि सबै खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको जनाइएको छ । १६ महिना देखी ५९ महिना सम्मको बाल बालिकालाइ पाउनु पर्ने खोप सुनिशिचता भए पछि नगरपालिकालाइ पूर्ण खोप सुनिशिचता नगरपालिका घोषणा गरिएको छ ।

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।

हाल कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्ग हावा हुरी सहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी , बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा मधेश र बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राती कोशी र मधेश प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।न्युज कारखाना

आजमिति २०८१ साल जेठ १ गते मंगलबार तदअनुसार मे १४ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल पक्षको सत्तमी तिथी, तिष्य नक्षत्र, । गण्ड योग । चन्द्र राशि कर्कट । यो अशुभ योग हो ।

 

अभिजित् मुहूर्त: बिहान ११:३४ देखि १२:२७ सम्म,

• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:१५

• सुर्यास्त: बेलुका ०६:४५ बजे

 

वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ ।

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

 

आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला ।

शुभ रगं ः रातो

शुभ अंक ः ८

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

 

 

आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।

शुभ रगं ः हरियो

शुभ अंक ः २

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

 

 

आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।

शुभ रगं ः खैरो

शुभ अंक ः १

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज समय शुभ छ । परिवारजन र मित्रको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।

शुभ रगं ः चाँदी

शुभ अंक ः ५

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।

शुभ रगं ः कालो

शुभ अंक ः ३

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।

शुभ रगं ः हरियो

शुभ अंक ः ४

 

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।

शुभ रगं ः सुन्तला

 

शुभ अंक ः ७

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

 

आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । अ राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।

शुभ रगं ः रातो

शुभ अंक ः ८

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।

शुभ रगं ः चाँदी

शुभ अंक ः ७

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ ।

शुभ रगं ः निलो

शुभ अंक ः ३

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ ।

शुभ रगं ः कालो

शुभ अंक ः ४

 

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।

शुभ रगं ः पहेलो

 

शुभ अंक ः ७

 

 

 

 

 

राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।

 

 

राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्। उनि वैदिक ज्योतिषका विज्ञ मानिन्छन् ।

न्युज कारखाना

 

काठमाडौं । वित्तीय संघीयता अन्तर्गत प्रदेश तथा स्थानीय तहमा सार्वजनिक वित्तीय व्यवस्थापनका लागि नेपालमा कानूनी र संस्थागत सुधारले निरन्तरता पाएपनि यो मध्यम गतिमा रहेको विश्व बैंकद्वारा सार्वजनिक नेपाल वित्तीय संघीयता अध्ययनको दोस्रो संस्करण (२०८१) ले देखाएको छ ।

विशेषगरी संघीय राजस्व संकलन घटेका कारण आर्थिक वर्ष २०७९/८० मा प्रदेश तथा स्थानीय सरकारका लागि उपलब्ध वित्तीय स्रोतमा आएको कमीसँगै आर्थिक वर्ष २०७३/७४ मा वित्तीय संघीयताको सुरूवात भएयता पहिलो पटक प्रदेश तथा स्थानीय तहले वित्तीय घाटाको सामना गरेका छन् । तीनै तहका सरकारमा वित्तीय संघीयता र सार्वजनिक वित्तीय व्यवस्थापन लगायत राजस्व संकलन सुदृढ बनाउने उद्देश्यले सार्वजनिक वित्तीय व्यवस्थापन सुधारका प्रयास र वित्तीय संघीयताको मार्गचित्र निर्माण
तथा कार्यान्वयनमा समन्वय गर्न अर्थ मन्त्रालय मातहत वित्तीय संघीयता समन्वय महाशाखा स्थापना गरिएको छ ।

“यस अध्ययन प्रतिवेदनले नेपालको वित्तीय संघीयतामा भएका प्रगतिको विस्तृत समीक्षा गरेको छ । प्रतिवेदनले दिएका सुझावहरू हाम्रो राष्ट्रिय विकासको दूरदृष्टिसँग राम्रो तादात्म्यता मिल्नुका साथै प्रदेश तथा स्थानीय सरकारहरूलाई प्रभावकारी रूपमा आ-आफ्ना जिम्मेवारी वहनका लागि टेवा पुर्याउन वित्तीय हस्तान्तरणलाई सहज बनाएका छन् । प्रतिवेदनले तीनै तहका सरकारको जिम्मेवारलाई स्पष्टता प्रदान गरी वित्तीय संघीयता अगाडि बढाउन हामीबाट भइरहेका प्रयासलाई समेत सुसूचित र थप सहयोग गरेको छ ,” मुख्य सचिव डा. बैकुण्ठ अर्यालले भने ।

नेपाल वित्तीय संघीयता अध्ययनको पहिलो संस्करणमा आधारित रही यस दोस्रो संस्करण (२०८१) ले नेपालमा वित्तीय संघीयताका प्रमुख स्तम्भहरूको गहन विश्लेषण गरेको छ । ती स्तम्भहरूमा राजस्व जिम्मेवारी तथा प्रशासन, खर्च जिम्मेवारी तथा प्रशासन, अन्तर–सरकारी वित्त हस्तान्तरण, ऋण तथा पूँजी लगानी, र प्राकृतिक स्रोतबाट प्राप्त हुने वित्तीय राजस्व छन् । यस संस्करणले अन्तर–सरकारी वित्त हस्तान्तरण प्रणालीलाई स्तरोन्नति गर्न र प्रमाणमा आधारित निर्णय प्रक्रिया तथा पारदर्शिता अभिवृद्धि गर्न प्रदेश तथा स्थानीय तहको तथ्यांक समावेश गर्ने एउटा एकीकृत सार्वजनिक वित्तीय व्यवस्थापन कार्यसम्पादन डाटाबेस स्थापना गर्न विशिष्ट सुझाव दिएको छ ।

“प्रतिवेदनले अन्तर–सरकारी वित्त हस्तान्तरण प्रणालीको संस्थागत व्यवस्थालाई थप आवश्यकतामा आधारित र समयसापेक्ष बनाउन एवं वित्तीय संघीयताको उपलब्धि सुधार गर्न प्रदेश तथा स्थानीय सरकारको वित्तीय स्वायत्तता अभिवृद्धि गर्नुपर्ने आवश्यकतामाथि जोड दिएको छ,” राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले भने ।

प्रतिवेदनले वित्तीय संघीयता र सार्वजनिक वित्तीय व्यवस्थापनको कार्यसञ्चालनका लागि प्रदेश तथा स्थानीय तहको संस्थागत व्यवस्थालाई सुदृढ बनाउन र सेवा प्रवाहमा सुधार ल्याउन प्रदेश तथा स्थानीय सरकारहरूले बजेटको विश्वसनीयता बढाउन गर्नुपर्ने कार्यहरूका बारेमा समेत सुझाव दिएको छ ।

“वित्तीय संघीयता प्रदेश तथा स्थानीय सरकारहरूका लागि दिगो सेवा प्रवाहको एउटा महत्वपूर्ण आधार हो । यसका निम्ति संघीयताको मर्म अनुरूप प्रदेश तथा स्थानीय तहमा पर्याप्त वित्तीय स्रोत र खर्च गर्ने निर्णय क्षमता हुनु आवश्यक छ,” माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले भने । “विश्व बैंक वित्तीय संघीयतालाई थप सुदृढ बनाउन अन्य विकास साझेदारहरूसँगको निकट सहकार्यमा नेपाल सरकारलाई सहयोग गर्न प्रतिबद्ध छ ।”न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।