२०८३ श्रावण १४
२०८३ श्रावण १४

काठमाडौं । चोरीमा संलग्न रहेको अभियोगमा चार जनालाई काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा वैतडी डोगडा केदार गाउँपालिका-२ घर भई काठमाडौं कलंकी बस्ने २३ वर्षीय निराजन महरा, भारत हावडा घर भई काठमाडौं संकटा बस्ने २८ वर्षीय सुजित कर, भारत मोतिहारी घर भई काठमाडौं ओमवहाल बस्ने ३० वर्षीय सेफ अलि आलम र काभ्रे भुम्लु गाउँपालिका-३ घर भई काठमाडौं कलंकी बस्ने २२ वर्षीया मोनिका लामा रहेका छन् ।

टोखा नगरपालिका-७ बसुन्धरा नमुनाटोल डेरा गरी बस्ने स्याङ्जा घर भएकी ४८ वर्षीया पुष्पा भण्डारी उपाध्यायको कोठाबाट सुनका विभिन्न गरगहना तथा नगद गरी २५  लाख ४ हजार ९ सय रूपैयाँ बराबरको धनमाल गत जेठ २७ गते दिउँसो चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

साथै अनुसन्धानको क्रममा जेठ २७ गते काठमाडौं कलंकी डेरा गरी बस्ने मनिष पौडेलको कोठाबाट ल्याप्टप तथा महत्वपूर्ण कागजपत्रहरू, काठमाडौं महाराजगंजस्थित विशेष प्याकुरेलको घरबाट नगद, ल्याप्टप तथा अन्य कागजपत्रहरू र असार २ गते दिउँसो काठमाडौं नागार्जुन स्युचाटार बस्ने आकाश खड्काको डेरा कोठाबाट ल्याप्टप तथा अन्य धनमाल समेत चोरी भएको खुल्न आएको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको जनाएको छ ।न्युज काखाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा आर्थिक बर्ष २०८१/८२ का लागि विभागहरुले प्रस्ताव गरेका कार्यक्रम र वार्षिक बजेटका विषयमा छलफल भइरहेको छ ।

विभागले विषयगत समितिमा छलफल गरेर छलफलका लागि बजेट तथा कार्यक्रम पेश गरेका हुन् । बैठकमा विषयगत समितिका संयोजकहरु थिए । प्रस्तावमाथि सबै वडाध्यक्षको पृष्ठपोषण लिनका लागि आज सबै वडाध्यक्षहरुलाई छलफलमा आमन्त्रण गरिएको, समितिका संयोजक डंगोलले जानकारी दिइन् ।

हिजो प्रशासन विभाग, कृषि तथा पशुपन्छी विभाग, सूचना प्रविधि, वातावरण व्यवस्थापन विभाग, आन्तरिक लेखा परीक्षण एकाइ, खरिद एकाइ, हनुमान ढोका दरबार संरक्षण कार्यक्रमसहितका विभागका प्रस्तावमाथि छलफल भयो । आज सहरी योजना आयोग, सामाजिक विकास विभाग, सार्वजनिक निर्माण विभागसहित विभाग, आयोजना तथा सचिवालयका प्रस्तावमाथि छलफल हुनेछ ।

नगर सभाको १५ औँ अधिवेशनअन्तर्गत सभामा नीति पेश भइसकेको छ । अधिवेशनको अर्को बैठक असार १० गते बस्ने कार्यक्रम छ । बैठकमा आर्थिक तथा विनियोजन विधेयकहरु पेश हुनेछन् ।न्युज कारखाना

काठमाडौं । वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-१६ बौद्ध नयाँबस्ती बस्ने ३४ वर्षीया गोमा रानी थोकरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

थोकरले आकर्षक तलबको प्रलोभन देखाई २ जना पीडितहरूबाट १० लाख ३६ हजार रूपैयाँ लिई सम्पर्क विहीन भएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं नयाँ बानेश्‍वरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जनाएको छ ।न्युज कारखाना

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानविरुद्ध १० दिनको उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।

शुक्रबार आज बिहान बसेको समितिको बैठकले १० दिनको उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

गत आइतबार बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।
न्युज कारखाना

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ शनिबार इरान जाने भएका छन् ।

एसिया सहयोग संवाद (एसिया कोअपरेसन डायलग) को परराष्ट्र मन्त्रीस्तरीय १९औँ बैठकमा भाग लिन श्रेष्ठ इरान जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्री श्रेष्ठले असार १० गते इरानको राजधानी तेहरानमा हुने बैठकमा भाग लिने छन् भने बैठकको साइटलाइनमा परराष्ट्रमन्त्री श्रेष्ठ विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रले जानकारी दिएको छ ।

त्यस्तै मन्त्रीस्तरीय बैठक अघि तेहरानमा असार ९ गते हुने एसिया सहयोग संवादको वरिष्ठ अधिकारीहरूको बैठकमा मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगर सहभागी हुनेछन् ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठ असार १२ गते काठमाडौं फर्कने परराष्ट्रले जनाएको छ ।न्युज कारखाना

काठमाडौँ । बलिवुड अभिनेता अनुपम खेरको मुम्बईस्थित वीरा देसाईको अफिसमा चोरी भएको छ ।

कार्यालयको लेखा विभागको सेफ बाकस लिएर चोरहरु फरार भएको अभिनेता खेरले जानकारी दिएका छन् । यति मात्र होइन, चोरहरूले फिल्मको नेगेटिभ बक्स पनि साथमा लगेको उनले बताएका छन् । सीसीटीभी फुटेजमा चोरहरू अटोमा बसेको देखिएको र मुम्बई प्रहरीमा उजुरी दिएको बताए ।

अनुपम खेरले बताएका छन्- ‘हिजो राति मेरो वीर देसाई रोडको अफिसमा दुईजना चोरले मेरो अफिसको दुई वटा ढोका तोडेर लेखा विभागको पूरै सेफ (जुन सायद तोड्न सकेनन्) र हाम्रो कम्पनीले निर्माण गरेको फिल्मको नेगेटिभ सामान चोरेर लगेका थिए । हाम्रो कार्यालयले एफआईआर दर्ता गरेको छ । सीसीटीभी क्यामेरामा दुवैजना सामान बोकेर अटोमा बसेको देखिएकाले छिट्टै चोरहरु समातिने प्रहरीले आश्वासन दिएको छ । भगवानले उनिहरुलाई सद्बुद्धि दिउन ।

चोरहरूले ताला तोडेर नगद सहित करिब ४.१५ लाख भारु बराबरको सामान चोरेको प्रहरी अधिकारीले बताए । न्युज कारखाना

काठमाडौँ । अमेरिकी राष्ट्रपतिको निर्वाचनको मैदानमा रहेका डोनाल्ड ट्रम्पलाई एक व्यक्तिले ५ करोड डलर चन्दा दिएका छन् ।

अर्बपति टिमोथी मेलनले एक्लैले ट्रम्पको राष्ट्रपति चुनाव अभियानमा ५० मिलियन डलर चन्दा दिएको विषय अहिले चर्चामा रहेको छ ।

ट्रम्पको लागि काम गर्ने ‘MAGA Inc’ नामक कोषले संघीय निर्वाचन आयोगलाई गत महिना विभिन्न व्यक्तिहरुबाट ६५ मिलियन डलर भन्दा बढी चन्दा लिएको बताएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार पिट्सबर्गस्थित मेलोन बैंकिङ परिवारका उत्तराधिकारी टिमोथी मेलनले ट्रम्पलाई ५० मिलियन डलर दान गरेका छन् । त्यस्तै अर्बपति लिज र डिक उइलेनले एक मिलियन डलर दान गरेका छन् ।

अमेरिकी मिडियाका अनुसार न्युयोर्क हश मनी केसमा ट्रम्पलाई दोषी ठहर गरेको एक दिनपछि मेलनले यो चन्दा दिएका हुन् ।

मेलनले स्वतन्त्र राष्ट्रपति पदका उम्मेदवार रोबर्ट एफ केनेडी जूनियरलाई २० मिलियन डलर चन्दा दिएका छन् ।

मेलनले दिएको चन्दाको सहयोगमा पछिल्ला केही हप्ताहरूमा ट्रम्पको टोलीले चुनावी अभियानमा राष्ट्रपति बाइडेनले भन्दा बढी खर्च गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।न्युज कारखाना

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत सूचना प्रवाह गरेर सर्वसाधारण जनतालाई भ्रमित तुल्याउने र समाजमा नकारात्मक भाष्य सिर्जना गर्न खोज्नेहरूले देश र जनतालाई माया नगर्ने बताएका छन् ।

नेपाल बुद्धिजीवी सङ्गठन छैटौँ राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सिर्जनात्मक र सकारात्मक सोचसहित जनतामा आशा प्रवाह गरेरमात्र समाजलाई सही दिशातर्फ लैजान सकिने बताए ।

“सबै नेता उस्तै हुन्, यहाँ केही हुँदैन भन्ने भाष्य गलत हो, जसले नकारात्मक भाष्य बनाएका छन्, उनीहरूमा देश र जनताप्रति माया छैन, रहँदैन,” प्रधानमन्त्री प्रचण्डले भने, “इतिहासमा योगदान गर्ने शक्तिहरूको पक्षमा सकारात्मक तवरले सन्देश प्रवाह हुनुपर्छ, गर्नुपर्छ । तपाईँ बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुस्, डटेर लेख्नुहोस्, कुनै अप्ठ्यारो मान्नु पदैन ।”

नेपालको राजनीतिक परिवर्तनमा बुद्धिजीवीहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले संसारभर जनतालाई कतापट्टि डोर्‍याउने भन्ने सवालमा बुद्धिजीवीहरूको निर्णायक हुने भएकाले त्यसतर्फ लाग्नुपर्नेमा जोड दिए । उनले भने, “क्रान्ति, शान्ति प्रक्रिया र संविधान निर्माणमा बुद्धिजीवीको योगदान रहेको छ । हिजो विचार निर्माण र सङ्गठन निर्माणमा बुद्धिजीवीहरूको सक्रियता थियो, आज पनि उत्तीकै छ ।”

क्रान्तिपछि भएका महत्त्वपूर्ण कामहरूलाई नजरअन्दाज गरेर परिवर्तनविरोधी भाष्य निर्माण गर्न खोजीएको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यस्ता गतिविधिको खुलेर विरोध गर्न र प्रतिवाद गर्नुपर्ने आवश्यकता औंल्याए । उनले बुद्धिजीवीहरूको जिम्मेवारी समाजमा सकारात्मक भाष्य निर्माण गरेर आशाको सन्देश प्रवाह गर्नु रहेको बताए ।

बुद्धिजीवीहरूले जनमतलाई समाजवादी दिशातिर डोर्‍याउन भूमिका खेल्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले क्रान्तिका उपलब्धि जोगाउन र समाजवादको वैचारिक आधार तयार पार्न सबैले आ–आफ्ना क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले बृहत्तर पार्टी एकताका निम्ति आफू लागिपरेको जानकारी दिँदै जतिसुकै अप्ठ्यारो परिस्थिति आए पनि समाजवादको आधार निर्माण गर्न आफू दृढ सङ्कल्पित भएर लागेको स्पष्ट पारे ।न्युज कारखाना

काठमाडौँ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानत दिने ट्रायल कोर्टको आदेशकोबिरूद्ध प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्ली उच्च अदालतमा रिट दायर गरेको छ ।

ईडीले यस मुद्दाको तुरुन्त सुनुवाई गर्न माग गर्दै रिट दायर गरेको छ भने उच्च अदालतले ईडीको याचिका सुन्न तयार भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

यो सुनुवाइपछि मात्रै अरविन्द केजरीवाल आज रिहा हुने कि नहुने स्पष्ट हुनेछ ।

केजरीवललाई राउज एभिन्यू अदालतले विहिबार जमानतमा रिहा गर्ने आदेश दिएको थियो । दिल्लीको रक्सी नीति घोटालाको मनी लान्ड्रिंग मुद्दामा अदालतले जमानत दिएको थियो । विहिबार प्रवर्तन निर्देशनालय (ईडी) ले जमानत विरुद्ध अपील गर्न ४८ घण्टाको समय मागेको थियो तर राउज एभिन्यू अदालतले सो अस्वीकार गर्दै शुक्रबार उच्च अदालतले यो विषयमा हेर्न सक्ने बताएको थियो ।

अदालतले दिल्लीका मुख्यमन्त्रीलाई १ लाख रुपैयाँको जमानत बुझाउन भनेको छ । यसअघि सर्वोच्च अदालतले केजरीवाललाई लोकसभा चुनावका लागि २१ दिनको अन्तरिम जमानत दिएको थियो । केजरीवाल सर्वोच्च आदेश अनुसार जुन २ मा जेलमा हाजिर भएका थिए ।न्युज कारखाना

 रौतहट । रौतहट स्थित सशस्त्र प्रहरीले ६ महिनाको अवधिमा स्रोत नखुलेको ३३ लाख भन्दा बढी रुपैया सहित हुण्डी कारोबारमा संलग्न ५ जना मानिसलाई पक्राउ गर्नुका साथै तीनवटा मोटरसाइकल बरामद गरेको छ ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बंकुलको टोलीले बिहीवार भारतबाट आउने मानिसहरूको चेकजाँच गर्ने क्रममा बंकुल छेउबाट स्रोत नखुलेको १४ लाख ८० हजार नगदसहित एकजना भारतीय नागरिक लाई पक्राउ गरेको छ ।

मोटरसाईकलको सीट मुनि लुकाएर उक्त सुपैया ल्याएका भारत बिहार मोतीहारी जिल्ला घोडासहन थानाक्षेत्र अन्तर्गत झरौखर जमुनियाका ३० बर्षीय गजेन्द्र राय यादव लाई पक्राउ गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एस्पी बिक्रम हुमागाईंले बताएका छन।

बरामद मोटरसाईकलको २ लाख रुपैयाँ मूल्याङ्कन गरी नगद १४ लाख ४० सहित यादव लाई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको एस्पी हुमागाईंले जानकारी दिएका छन।

२०८० माघ ५ गते ५ लाख ९४ हजार सहित एकजना मानिसलाई मोटरसाईकल सहित सशस्त्र प्रहरीले पक्राउ गरेको थियो।२०८० पुस २० गते ५ लाख ११ हजार,८७५ रुपैया सहित दुई मानिस एकथान मोटरसाईकल, सोही महिनाको ५ गते भारतीय रुपैया ५ लाख अर्थात नेपाली ८ लाख रुपैयाँ सहित एकजना मानिस लाई पक्राउ गरेको थियो।

माघ महिना देखि हालसम्म सशस्त्र प्रहरीले रौतहटको बिभिन्न ठाउँबाट कुल ३३ लाख ८५ हजार,८७५ रुपैया सहित ५ जना हुण्डी कारोबारमा संलग्न मानिसलाई पक्राउ गरेको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहट द्वारा जारी सूचनामा उल्लेख गरिएको छ । न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।