रौतहट,७ गते असार । चन्द्रपुर नगरपालिकाले एक कार्यक्रम आयोजना गरी आर्थिक वर्ष ०८१/८२ को बजेट प्रस्तुत गरेको छ। नगरपालिकाले आफ्नै सभाहलमा आयोजित १३औं नगरसभामा उपमेयर जयमाला चौधरीले चन्द्रपुर नगरपालिकाको आर्थिक वर्ष ०८१/८२ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको हो । उपमेयर चौधरीले राजस्व बाँडफाँटबाट प्राप्त रकम संघ र प्रदेशको रकमका साथै संघीय सरकारबाट समानीकरण अनुदान, ससर्त अनुदान चालू/पुँजीगत, विशेष अनुदान पुँजीगत र समपूरक अनुदान , प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण, ससर्त अनुदान शेष अनुदान र समपूरक अनुदान पुँजीगतको तथा आन्तरिक स्रोतहरू भूमिकर/मालपोत, घरबहाल कर, लगायतका विभिन्न शीर्षकबाट प्राप्त हुने तथा गत आर्थिक वर्षको मौज्दातसहित १० करोड गरी कुल १ अरव ८ करोड १० लाख बजेट प्रस्तावित गरेकी हुन् । उनले नीति, कार्यक्रम तथा बजेटमा पर्यटन, कृषि, शिक्षा र स्वास्थ्यलाई प्रमुखता दिँदै यस आर्थिक वर्षमा यी महत्वपूर्ण विषयका साथै चन्द्रपुरको धार्मिक, ऐतिहासिक र पर्यटकीय विकासको क्षेत्रमा समेत उल्लेख्य सकारात्मक कदम उठाउने बताएका छिन् । अधिवेशनको उद्घाटन रौतहट क्षेत्र न.४ का सांसद देव प्रसाद तिमल्सिना,मधेस प्रदेशका उध्योग तथा पर्यटन मन्त्री युवराज भट्टराई(समिर) तथा नगरपालिकाका मेयर संजय काफ्लेले संयुक्त पानसमा बत्ति बालेर गरेका थिए । उद्घाटन सत्रमा बोल्दै सांसद तिमल्सिनाले स्थानिय सरकारले नै आफ्नो नगर बनाउने हुँदा शिक्षा,स्वास्थ,कृषी तथा पुर्वाधारको बिषयमा विशेष जोड दिन आग्रह गरे । उनले शिक्षा क्षेत्रमा रौतहट पछी परेकोले स्थानिय तहले शिक्षा क्षेत्रलाई माथी उकास्न विशेष भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिए । बजेट बनाउदा पिछडिएका बर्ग तथा क्षेत्रलाई ध्यानमा राखी बनाउनु पर्ने उनको आग्रह थियो । यस्तै कार्यक्रममा उध्योग तथा पर्यटन मन्त्री युवराज भट्टराईले तिनै तह नमिले सम्म नगरको बिकाश सम्भव नहुने हुँदा तिनै सरकारले समन्वय गरेर अगाडी बढ्नु पर्ने बताए । उनले आफ्नो पालिकाले के बनाउने र कसरी बनाउने, त्यसका लागि स्रोत कसरी जुटाउने र साेचेको लक्ष्य कसरी पाउनेसम्म योजना बनाउन सके मात्र नगरपालिले बिकाशको गती लिन सक्ने हुँदा यसमा ध्यान दिन आग्रह गरे । मधेस प्रदेशमा बजेट बिस्तार गर्दा बिचौलीया हावी भएको हुँदा यसलाई नियन्त्रण गर्न अवको मधेश सरकारले बिडिएस मार्फत कार्य गर्ने योजना बनाईसकेको बताए । साथै उनले आफ्नो कार्यकालमा नामको लागी तालिम नभई तालीम पछी रोजगार सृजना गर्ने ग्यारेन्टी रहने सुनाए । मधेश प्रदेश भित्र रहेका उध्योगी ब्यवसायिहरु संग सहकार्य गरी तालिम प्रदान गरी रोजगारी सृजना गर्ने आफ्नो लक्ष्य रहेको बताए । कार्यक्रमको समापन गर्दै नगरप्रमुख संजय काफ्लेले शिक्षा, स्वास्थ्य, कृषि, सडक, लगायतका पूर्वाधारहरुको विकासलाई प्रमुख प्राथमिकता दिएर अघि बढाउने विश्वास व्यक्त गरे ।
रौतहट,०७ गते असार । रौतहट कटहरिया नगरपालिकामा आज हाजरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । सो नगरपालिकाको वडा नम्बर १ मा रहेको श्री माध्यमिक बिधालय भसेढवामा प्रतियोगिता आयोजन गरिएको थियो । वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुशवाहाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
शुक्रवार कटहरिया नगरपालिका वडा नम्बर ४ को आयोजनामा भएको सो प्रतियोगितामा नगर भरिको ५ वटा मावि सामुदायिक बिधालयको सहभागिता रहेको थियो । बिधालयको तर्फ बाट ४/४ जना बिधार्थी प्रतियोगीहरु सहभागी रहेका थिए ।
सो हाजिर जवाफ प्रतियोगितामा श्री जनता मावि कटहरिया प्रथम,श्री मावि भसेढवा द्धितिय र श्री मावि बलिरामपुर तृतिय भएको थियो ।
उनीहरु तिनै बिधालयलाइ पुुरस्कार स्वरुप कपि,कलम, साइन्टिफिक कैलकुलेटर, औजार बकस प्रदान गरिएको थियो ।
यस्तै श्री मावि जमुनिया र श्री मावि बगहीलाइ सान्तवना पुुरस्कार दिइएको थियो । सान्तवना पुरस्कार स्वरुप कपि, कलम र औजार बक्स सहभागी चारै जनालाइ दिइएको थियो ।
विधार्थीहरुको चौतर्फी विकासका गर्ने उदेश्यले कार्यक्रम आयोजन गरिएको वडा अध्यक्ष चन्दन कुशवाहाले बताएका छन् । बिद्यार्थीहरुको उच्च मनोबल बढाउन आफूले सधै यस्ता कार्यक्रमहरु लाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाए ।
कार्यक्रममा सहभागी मध्ये बाट वक्ताहरु श्री मावि भसेढवाका प्रअ राममंगल यादव,श्री जनता मावि कटहरियाका प्रअ सचिन्द्र यादव र श्री मावि बगहीका प्रअ सरोज कुमार साहले धेरै राम्रो कार्यक्रम आयोजन गरेकोमा वडा अध्यक्ष कुशवाहालाइ धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष कुशवाहाले कटहरिया नगरपालिकामा बुुक फ्रि फ्राइडे बनाउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा बिधालयका शिक्षक प्रतिनिधीहरु १० जना लाइ दोसल्ला ओढाएर वडा अध्यक्ष कुशवाहाले सम्मान गरेका थिए ।
सो अवसरमा कार्यक्रमका विशिष्ट अतिथी कटहरिया नगरपालिकाकी उप प्रमुख रिता देवी यादव,श्री मावि भसेढवाका विव्यस अध्यक्ष हरिलाल यादव,पूर्व सभापती रामएकवाल यादव,वडा प्रत्यासी दिपलाल यादव,पूर्व वडा अध्यक्षमा राजकुमार साह ,स्थानिय रामविर ठाकुर लगायत स्थानिय भद्रभलादमी,अभिभावक,शिक्षक शिक्षिका,बिधार्थीहरुको सहभागिता रहेको कार्यक्रमका सञ्चालक श्री मावि कटहरियाका नेपाली शिक्षक अचल शाहीले जानकारी गराएका हुन् । पछिल्लो समय मधेसकाे सान गमछाले सम्मान गर्ने क्रम बढेसँगै उक्त कार्यक्रममा अतिथिहरू करिब ७० जनालाई गमछा ओढाएर सम्मान गरिएको थियोे ।
संघको जिल्ला कार्य समितिको उपाध्यक्षमा दिपेन्द्र रजक, सचिवमा सुनिल रजक, सहसचिवमा शम्भु दास र कोषाध्यक्षमा प्रदिप कुमार दास निर्वाचित भएका छन् । त्यसगरी सदस्यहरुमा अमृता पासवान,जयनारायण पासवान,गोपाल महरा र आदित्य रजक निर्वाचित भएका छन् । त्यसैगरी संघको साधारण सदस्यहरुमा धर्मेन्द्र बैठा,सोहन कुमार रजक,गजेन्द्र कुमार,रजक,विगनेस पासवान,धर्मदेव पासवान,रिमा कुमारी रजक,अशोक दास,रुपेश बैठा,राम विवेक दास,सुरज महरा, जितेन्द्र दास,राम कृष्ण विक,पारस रजक,सरोज कुमार पासवान,र सुबा साहेब पासवान रहेका छन् भने सल्लाहकारमा धर्मेन्द्र पासवान,रामविनय पासवान,राजकुमार दास तत्मा र पुनित महरा रहेका हुन्। कार्यक्रममा संघका केन्द्रीय सचिव सिकेन्द्र पासवानले दलित समुदायको अवस्थालाई पनि परिवर्तन गर्न दलित समुदायका सञ्चारकर्मी तथा पत्रकारहरुको संख्यामा वृद्धि गर्नु तथा एकिकृत हुनुको विकल्प नरहेको बताउदै सो संघमा लागेका संचारकर्मीहरु लाई पनि नेपाल पत्रकार महासंघमा पनि समावेश गर्न जोडदार माग गर्नुभयो । त्यसैगरी सो कार्यक्रमका बिष्ट अथितिका रुपमा बोल्दै दलित विकास समितिका सदस्य राजकुमार दास तत्माले दलित माथि भइरहेको अन्याय अत्याचार र विभेदहरु प्रति निर्धक्क भइ बोल्न र सामना गर्न राष्ट्रिय दलित पत्रकार संघका पदाधिकारीहरुला आग्रह गरे।
विगत केही समय देखि पत्रकारिता क्षेत्रमा विभिन्न विकृति र विसंगति देखिरहेको भन्दै संघका पदाधिकारीहरुलाई कुनै पनि दवाब,र प्रभावमा न पर्न आग्रह समेत गरे। दासले आफू मधेस प्रदेश सरकारको एउटा अंग रहेकोले संघको लागि बजेट छुट्याउन आफुले पहल गर्ने र संघलाई हर क्षण साथ दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
कार्यक्रमको अध्यक्षता राष्ट्रिय दलित पत्रकार संघ नेपालका अध्यक्ष राजेश पासवान(निर्माणी)ले गर्नुभएको थियो भने प्रमुख अथितिको रुपमा संघका केन्द्रीय सचिव सिकेन्द्र पासवान,विशिष्ट अथितिमा दलित विकास समिति मधेस प्रदेशका सदस्य राजकुमार दास तत्मा र ईसि डिसिका अध्यक्ष धर्मेन्द्र पासवान,अथितिहरुमा मानव अधिकार कर्मी तथा दलित अधिकार कर्मी रामविनय पासवान, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झा,सामावादी प्रेस संगठनका केन्द्रीय सदस्य रमेश सुवेदी,नेपाल प्रेस युनियन मधेस प्रदेशका सदस्य संजिव मिश्र,नेपाल पत्रकार महासंघ बाराका नि.वर्तमान उपाध्यक्ष राकेश पाण्डे,नेपाल पत्रकार महासंघ सप्तरी का सदस्य तथा दलित सरोकार मन्च नेपालका कार्यक्रम संयोजक राजकुमार पासवान र दलित सरोकार मन्च नेपालकै कार्यक्रम अधिकृत अनुराधा दहालको समेत उपस्थिती रहेको थियो भने सो कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ नेपालमा आवद्ध सम्पूर्ण पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण अथितिहरुले आ-आफ्नो मन्तव्य व्यक्त गर्दै नव निर्वाचित कार्य समितिलाई बधाई तथा शुभकामना समेत व्यक्त गर्नु भयो।काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत सुपर आठका आज दुई खेल हुदै छ ।
आज सुपर आठको समुह २ अन्तर्गत वेस्ट इन्डिज र अमेरिकाबीच हुदै छ । बारबाडोसस्थित केंसिंगटन ओभलमा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदखि शुरु हुदै छ ।
सुपर आठमा अमेरिका र वेस्ट इन्डिजले आ-आफ्नो पहिलो खेलमा हार बेहोरेको छ । अमेरिका दक्षिण अफ्रिकासँग पराजित भएको थियो भने वेस्ट इन्डिज इङल्याण्डसँग पराजित भएको थियो । सेमिफाइनलको दौडमा दुवै देशका लागि यो खेल जित्नै पर्ने अवस्था रहेको छ । टी-२० अन्तर्राष्ट्रिय खेलमा दुवै देश पहिलो पटक आमने सामने हुदै छन् ।
त्यसैगरी आज दोस्रो खेल बंगलादेश र भारतबीच हुदै छ । एन्टीगास्थित सर भिभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८: १५ बजेदेखि शुरु हुने छ ।
सुपर आठमा भारतले आफ्नो पहिलो खेलमा जित हासिल गरेको छ । भारतले पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो । त्यस्तै बंगलादेशले भने पहिलो खेलमा अस्ट्रेलियासँग हार बेहोरेको छ । भारतले यो खेलमा जित हासिल गरेमा सेमिफाइनलको सम्भावना लगभग निश्चित हुने छ भने बंगलादेशल यो खेलमा हार बेहोरेमा सेमिफाइनलको सम्भावना कठिन हुने छ ।
बंगलादेश र भारतबीच अहिलेसम्म १३ टी-२० खेल भएका छन् । जसमा भारतले १२ खेल जितेको छ भने बंगलादेशले एक खेल जितेको छ ।न्युज कारखाना
काठमाडौँ । अभिनेत्री पुजा शर्माको प्रमुख भूमिका रहेको ‘दान्भी’ आजदेखि रिलिज भएको छ । शुक्रबार नै स्वर्गीय गायक भक्तराज आचार्यको बायोपिक फिल्म‘आचार्य’ पनि रिलिज गरिएको छ ।
‘दान्भी’मा अभिनेत्री पूजा शर्मा एक्सन अवतारमा प्रस्तुत भएका कारण उनका फ्यानहरुमा फिल्मप्रति खास कौतुहलता रहेको छ । ट्रेलरमा पुजाको एक्सनको प्रशंसा भएको थियो । फिल्मले देशभरका मल्टीप्लेक्सहरुमा राम्रो शोज पाएको छ ।
रुपेश तामाङको निर्देशनमा बनेको फिल्ममा पूजासहित कुन्साङ बोम्जन र किरण श्रेष्ठको पनि अभिनय छ । ‘दान्भी’मा हरि बहादुर घलेको छायांकन, रविना थापा मगरको कथा, संजोग कुवँर रानाको पटकथा तथा संवाद लेखन तथा अर्जुन पोखरेल, नरेश जोशी र केदारराज नेपालको संगीत छ । फिल्मको निर्माता देव मगर र अनुप गडाल हुन् । कार्यकारी निर्मातामा भने पवन राना मगर छन् ।
त्यस्तै ‘आचार्य’ भने स्वर्गीय गायक भक्तराज आचार्यलाई विशेष ‘ट्रिब्यूट’ दिनका लागि १३ वर्षपछि पुनः रिलिज गरिएको छ । प्रशान्त रसाइलीको निर्देशन तथा रोशन राईको निर्माण रहेको फिल्ममा सत्यराज आचार्य, सुनिल पोखरेल, दयाहाङ राई, अरुणा कार्की, सौगात मल्ल, विपिन कार्की आदिको अभिनय छ । न्युज कारखाना
झापा । झापा गाउँपालिका-१ सालमारा झोलुङ्गे पुल बगानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्राम ५ सय ५० मिलिग्रामसहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भएका ४० वर्षीय जुलमात हुसेन र २० वर्षीय तोसिफ आमल रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
चितवन, राप्ती नगरपालिका-५ शिखरडाँडास्थित चेपाङ मार्गबाट अवैध लागूऔषध गाँजा १५ किलो ३ सय ग्रामसहित सोही नगरपालिका-११ आपपानी बस्ने ४८ वर्षीय मन लामा तामाङलाई गएराति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । न्युज कारखाना
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बाँकेकी निर्मला कुर्मीको घटनाका पीडितको न्याय प्राप्तिको विषयलाई लिएर बाँकेकै रुबी खान लगायतका महिलाहरुको समूहले काठमाडौँमा गरेको अनशन तथा प्रदर्शनको विषयमा गम्भीर ध्यानाकर्षण भएको भएको जनाएको छ ।
शुक्रबार आयोगका प्रवक्ता सहसचिव डा.टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै खानको अनसन र उनीसँग भएको सहमतिको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । निर्मला कुर्मीको अपहरण तथा सम्पत्ति कब्जा भएको विषयमा न्याय प्राप्तिको मागसहित बाँकेकै रुबी खान लगायतको महिला समूहले २०७८ सालदेखि काठमाडौँमा प्रदर्शन गर्दै आएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले निरन्तर अनुगमन गरिरहेको र सोही विषयमा आयोगको लुम्बिनी प्रदेश शाखा कार्यालय नेपालगञ्जमा पर्न आएको उजुरी अनुसन्धानको क्रममा रहेको जानकारी पनि अयोगले गराएको छ ।
‘अनुगमनका क्रममा उक्त घटनाका सम्बन्धमा मिति २०७८-७-२ मा गृह मन्त्रालय अन्तर्गत छानवीन समिति गठन भएको र उक्त समितिको प्रतिवेदनमा दोषीलाई प्रकाउ गरी अनुसन्धान अघि बढाउन सिफारिश भएको जानकारी प्राप्त हुन आएको छ । यस अतिरिक्त सरकरी प्रतिनिधि र प्रदर्शनकारीबीच पूर्व सम्झौताहरु भएतापनि कार्यान्वयन हुन नसकेको देखिन आएको छ । पूर्व सिफारिश कार्यान्वयन समेतका माग राखी मिति २०८१-०२-२५ देखि रुबी खान काठमाडौँमा अनसनरत रहेको सन्दर्भमा वीर अस्पतालमा पुगी आयोगको टोलीले मिति २०८१-३-५ मा समेत अनुगमन गरी जानकारी लिएको छ’ गृह मन्त्रालयलाई आयोगले लेखेको पत्रमा भनिएको छ ‘उक्त घटनाको सम्बन्धमा प्रदर्शनकारी र गृह मन्त्रालयबीच भएका सम्झौताहरु एवं उल्लेखित प्रतिवेदनको कार्यान्वयनमा भएका प्रगतिबारे ७ दिन भित्र जानकारी उपलब्ध गराईदिन हुन नेपालको संविधानको धारा २४९ र राष्ट्रिय मानव अधिकार आयोग ऐन २०६८ को दफा २१उपदफा १ बमोजिम अनुरोध छ’ ।न्युज कारखाना
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले वैदेशिक रोजगारी क्षेत्रका पीडितहरुलाई न्याय दिलाउन काठमाडौंको ताहाचल स्थित वैदेशिक रोजगार विभाग आज पनि घेराउ गरेको छ ।
आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा विभिन्न मागहरु गर्दै वैदेशिक रोजगार विभाग घेराउ गरिएको हो । वैदेशिक रोजगारीमा जाने कामदारसँग लिएको अबैध रकम फिर्ता गराउन तथा यस क्षेत्रका विविध समस्याहरु समाधान गर्नुपर्ने माग गर्दै विभाग घेराउ एवं धर्ना दिइएको हो ।
आईटी आर्मीका अध्यक्ष साहका अनुसार विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेंटलाई कारवाही गर्नुपर्ने, बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्दार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने, फ्री – भिसा फ्री – टिकट व्यवहारतः लागू गर्नुपर्ने, नीजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको बताए । यस अघि आईटी आर्मीले ११ बुँदे माग सहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका साथै विभागलाई ज्ञापन पत्र समेत बुझाईसकेको छ ।
‘लाखौं लाख युवासँग खरबौं रकम ठगी भइरहेको छ । ५, १० हजारको नाममा २ लाख, ५ लाख, १० लाख गरी लाखौंलाख अवैध असुली भइरहेको छ । विगत लामो समयदेखि भइरहेको असुलीलाई हामी रोक्न चाहन्छौं । असुली भएको रकम फिर्ता गराउन चाहन्छौं’ साहले भने ।
संविधानको धारा ३३ मा रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरिएपनि अहिलेको भगौडा दलाल वर्गको यो लुटकारी शासन सत्ताले युवाहरुलाई रोजगारीको अवसर दिन नसकेको तर देशभित्रको उद्योगहरुमा विदेशी कामदारहरुले अवसर पाइरहेको उनले बताए ।
साथै, उनले युवाहरुले विदेशमा दुःख गरेर कमाएको रकम अवैध रुपमा हुण्डीमार्फत दुरुपयोग भइरहेको पनि बताए । नेपालका नेता, प्रशासक र अवैध व्यापारीहरुले हुण्डीमार्फत पैसा ल्याएर आफ्नो कालोधन विदेशमा थुपार्ने काम गरिरहेको उनको आरोप छ । नेताहरु विना लगानी मेनपावरको शेयर होल्डर बनिरहेको पनि उनले बताए । यस्ता प्रकारका दुष्चक्र अन्त्य हुनु्पर्ने आईटी आर्मीको माग छ ।
‘हाम्रा युवाहरुलाई आज मरुभूमिमा मर्न बाध्य बनाइएको छ । ती युवाहरुको खुनपसिनाले आर्जित रेमिट्यान्सलाई नेपालका भ्रष्ट नेताहरु, यहाँका प्रसाशकहरु र अवैध व्यापारीहरुले आफ्नो कालो धनलाई सट्टापट्टाको अस्त्रको रुपमा प्रयोग गरिरहेको सन्दर्भ छ’ उनले भने । असुरक्षित श्रम स्वीकृतिका कारण विदेशमा ज्यान गुमाउने युवाहरुको मृत्यूलाई उनले ‘राज्यद्वारा गरिएको हत्या’ का रुपमा परिभाषित गरे । यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।
आईटी आर्मीका उपाध्यक्ष सुमन यादवले विदेश पठाउने नाममा धेरै अनियमितता, भ्रष्टाचार र ठगी भइरहेको बताए । अहिलेसम्म यी मुद्दामा कुनै राजनीतिक दलहरुले आवाज नउठाइदिएकाले आफूले सशक्त रुपमा आवाज उठाउँन विभाग घेराउ गरेको उनले बताए ।
आईटी आर्मीका उपत्यका अध्यक्ष टाईसन लामाले नेपालमा सदियौंदेखि वैदेशिक रोगजारीमा पठाउने परम्परा चलिरहेको र कुनै न कुनै रुपमा यसमा नेताहरुको संलग्नता रहेको बताए । नेताहरुले मेनपावरको माध्यमबाट युवाहरुलाई लुटिरहेको उनले बताए । न्युज कारखाना
काठमाडौँ । मुगुको छाँयानाथ रारा नगरपालिका-१४ लुम खोलाबाट भरूवा बन्दुक १ थानसहित सोही नगरपालिका-१४ बाम गाउँ बस्ने ५३ वर्षीय धन बहादुर बडुवाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै खोटाङको रावाबेशी गाउँपालिका-६ राईसिंहे बस्ने ४५ वर्षीय दिल बहादुर राईलाई भरूवा बन्दुक १ थान र सोही बन्दुकमा प्रयोग हुने छर्रासहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जाल्पाबाट खटिएको प्रहरीले उनको गोठ तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा बन्दुक फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । न्युज कारखाना
काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको आयात भएको छ ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षको ११ महिनामा आयातमा १.८४ प्रतिशतले गिरावट आएर १४ खर्ब ५३ अर्ब ७० करोडको आयात भएको हो ।
त्यस्तै गत बर्षको तुलनामा चालु आर्थिक वर्ष निर्यात ३.०१ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्मम १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँको वस्तु निर्यात हुँदा गत आर्थिक वर्ष सोही अवधिमा १ खर्ब ४३ अर्ब ५८ करोढ रुपैयाँको वस्तु निर्यात भएको थियो ।
आयात र निर्यात घटेसँगै व्यापार घाटा पनि १.७२ प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ व्यापार घाटा हुँदा चालु आर्थिक वर्षको सोही अवधिमा १३ खर्ब १४ अर्ब ४४ करोड रुपैयाँ पुगेको हो ।
विदेशी मुलुकबाट आयात हुनेमा डिजेल, पेट्रोल, एलपीजी ग्यास छन् । ११ महिनामा सबैभन्दा बढी १ खर्ब २९ अर्ब २० करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ । त्यस्तै यस अवधिमा ६२ अर्ब ८७ करोड रुपैयाँ बराबरको पेट्रोल आयात गरिएको छ । त्यस्तै ५१ अर्ब ७ करोड २६ लाख बराबरको एलपीजी ग्याँस आयात भएको विभागले जनाएको छ ।
त्यस्तै मुलुकबाट निर्यात हुनेमा सबैभन्दा बढी गलैंचा, अलैंची,फलाम तथा स्टिल रहेका छन् । चालु आर्थिक वर्षको ११ महिनमा ९ अर्ब ७३ करोड १८ लाख रुपैयाँ बराबरको गलैंचा निर्यात भएको छ भने ७ अर्ब ४७ करोड श्ररुपैयाँ बराबरको अलैंची निर्यात भएको छ । त्यस्तै ६ अर्ब १६ करोड ६० लाख बराबरको स्टिल निर्यात भएको विभागले जनाएको छ ।
न्युज काखाना