२०८३ श्रावण १४
२०८३ श्रावण १४

राैतहट,९ गते असार ।
आगजनीको घटनाको दोषीलाइ पक्राउ नगरेको भन्दै पीड़ित पक्षले आइतवार गरुडामा प्रहरीको बिरुद्ध प्रदर्शन गरेको छन । गएको जेष्ठ २७ गते रौतहटको बृन्दाबन नगरपालिका वड़ा नम्बर ४ मा रहेको वड़ा अध्यक्ष श्यामनंदन यादवको गाई फर्ममा गरिएको आगजनीको घटनामा संलग्न भएकोलाइ पक्राउ पुर्जी जारी हुदा पनि इलाका प्रहरी कार्यालयले पक्राउ गर्न नसकेको भन्दै पीड़ित पक्षका समर्थकहरुले प्रहरीको विरुद्ध चर्को नारावाजी गर्दै विरोध प्रदर्शन गरेका हुन ।
बृन्दाबन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मी सहित १४ जना माथि दिएको जाहेरीको आधारमा पक्राउ पुर्जी जारी भएपनि राजनितिक संरक्षणको कारण प्रहरीले आरोपितलाइ जोगाउने प्रयास गरिरहेको पीड़ित वड़ा अध्यक्ष यादवले आरोप लगाएका छन !
बृन्दाबन नगरपालिका वड़ा नम्बर १ रमौली बैरिया बागमती नदीको गिट्टी बलुबाको टेण्डर गरिएपनि नगर प्रमुख कुर्मिले अबैध रुपमा आफ्नो भतीजोलाइ कोटेशनमा उत्खनन गर्न लगाउँदा स्थानियहरुले गरेको विरोधको रिस इबिले मेरो गाई फर्ममा आगजनी गराएको दावीको पीड़ित पक्षको रहेको छ ।
नगरपालिकाले बैशाख महीनामा करीब ३ करोड़मा ठेक्का गरेकोमा ठेकेदारलाइ उत्खनन गर्न नदीई नगर प्रमुख कुर्मीले आफ्नो समधी नाता पर्ने बैजू पटेललाइ २८ लाखमा टेण्डर दिएर उत्खनन गर्न लगाउँदा स्थानीयले त्यसको बिरोध गर्दा दुवै पक्ष विबाद भएको थियो उनले भने त्यही बिबादको कारण मेयरले आफ्नो पक्षका समर्थकलाइ पठाएर गाई फर्ममा आगो लगाएको हो । आगजनी बाट ५४ लाखको क्षति भएको जाहेरबालाको दावी रहेको छ ।
उत्खननको विबाद समाधान गर्न जिल्ला प्रशासन कार्यालयमा दुवै पक्ष बिच २८ लाख बरावरको उत्खनन गर्न दिने र एकसाभेटर प्रयोग नगर्न नपाउने र त्यसको अनुगमन गर्न ४ सदस्य अनुगमन समिति बनाइएकोमा त्यसको बिपरीत कार्य गर्दा स्थानीयले अवरोध गर्दा बिबाद उत्पन्न भएको स्थानीय मुकेश यादवले बताएका छन ! जेसीबीको सत्ता हेक्साभेटर प्रयोग गरेपछि भएको बिबादमा हेक्साभेटरमा सामान्य तोड़फोड़ भएको विषयमा प्रहरीले राजनितिक दलको दवावमा आगजनीको घटनाका दोषीलाइ जोगाउन दोहोरो मुद्दा दायर गरेको यादवले बताए !
मेयर पक्षले १८ जना माथि दिएको जाहेरी प्रहरीले दर्ता गरेपछि बिबाद बल्झिएको हो ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक रामेश्वर तवतीले प्रदर्शनकारी बिच मुद्दाको बिषय लिएर कुनै किसिमको छलफल नभएको बताएका छन । जिल्ला प्रशासन कार्यालयमा ज्ञापनं पत्र बुझाएर आएपछि भेटघाट मात्र भएको उनले बताए । जाहेरी दर्ताको विषयमा कुनै किसिमको प्रतिक्रिया दिन नमिल्ने उनले जनाए ।

राैतहट, ९ गते असार । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वड़ा नम्बर १ पौराई स्थित पूर्व पच्छिम महेन्द्र राजमार्गमा प्रहरीले ठूलो परिमाणमा सुपारी बरामद गरेको छ । झापाबाट नेपालगंज तर्फ जादै गरेको प्रदेश १ -०१ -००१ ख ४२९३ नम्बरको बसलाइ रोकर चेकजाच गर्ने क्रममा १ हजार किलो सुपारी बरामद गरिएको हो । नियमित चेकजाच गर्ने क्रममा बस रोकर चेकजाच गर्दा बसको पछाडि डिकीमा राखिएको ३३ बोरा सुपारी कसको हो भने शोधपूछ गर्दा कसैले दावी गर्न नसक्दा उक्त परिणाम बरावरको सुपारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक दिलीप घिमिरेले जानकारी दिएका छन । प्रहरी चौकी पौराईबाट खटिगएको टोलीले बरामद गरेको ८ लाख ५० हजार मूल्य बरावरको १ हजार किलो सुपारी आवश्यक कार्यवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाइएको प्रहरीले जनाएको छ ।

काठमाडौं, ९ असार । आम जनता पार्टीको भातृ संगठन आईटी आर्मीले वैदेशिक रोजगारमा ठगिएका पीडितलाई न्याय दिलाउनको लागि आन्दोलन जारी राखेको छ । आज (आइतबार) आन्दोलनको ८औं दिनपनि आईटी आर्मीले आन्दोलनलाई जारी राखेको छ ।Open photo विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र एजेन्टटलाई कारवाही गर्नुपर्ने, बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अलपत्र परेकाहरुको उद्दार गर्नुपर्नेलगायतका माग राखेर आईटी आर्मी आन्दोलित छ ।Open photo आइटी आर्मीले जनपक्षीय मुद्दा उठाउँदै आन्दोलन गरेकोमा यसपटक भने वैदेशिक रोजगारीको नाममा भएको ठूलो ठगीको विरुद्धमा आन्दोलन छेडेको हो । उसले असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाही गर्नुपर्ने, फ्री– भिसा फ्री– टकट व्यवहारतः लागू गर्नुपर्ने, निजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्नेजस्ता प्रमुख मागहरु अघि सारेको छ ।Open photo तर, ती मागप्रति राज्य उदासिन बनेकोमा भने आन्दोलनकारीहरु आक्रोशित बनेका छन् । त्यही आक्रोश पोख्नको लागि आज उनीहरुले सांकेतिक विरोधस्वरूप हातमा कालो पट्टी बाँधेर संघर्षलाई अगाडि बढाएका छन् । Open photoबेरोजगारको खुलेआम व्यापार भईरहेको र ठगहरुसामू वर्तमान सरकार लाचार भएको स्थितिमा पीडितलाई न्याय दिलाउन आईटी आर्मीले लिएको पहलकदमी सराहनीय रहेको आजपाका अध्यक्ष प्रभु साहको विश्वास छ । Open photoउनले देशमा अहिले दलाल भगौडाहरुको हालीमुहाली रहेको र लोकतन्त्रको ठाउँमा दलतन्त्र हाबी भएको टिप्पणी गरेका छन् ।

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज इरान जाने भएका छन् ।

एसिया सहयोग संवाद (एसिया कोअपरेसन डायलग) को परराष्ट्र मन्त्रीस्तरीय १९औँ बैठकमा भाग लिन श्रेष्ठ इरान जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्री श्रेष्ठले असार १० गते इरानको राजधानी तेहरानमा हुने बैठकमा भाग लिने छन् भने बैठकको साइटलाइनमा परराष्ट्रमन्त्री श्रेष्ठ विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रले जानकारी दिएको छ ।

त्यस्तै मन्त्रीस्तरीय बैठक अघि तेहरानमा असार ९ गते हुने एसिया सहयोग संवादको वरिष्ठ अधिकारीहरूको बैठकमा मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगर सहभागी हुनेछन् ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठ असार १२ गते काठमाडौं फर्कने परराष्ट्रले जनाएको छ ।न्युज कारखाना

काठमाडौँ । फ्रान्स र नेदरल्याण्डस जारी युरोकपमा गोलरहित बराबरी खेलेका छन् । गएराती सम्पन्न समुह डी अन्तर्गतको खेलमा फ्रान्स र नेदरल्याण्डस गोल रहित बराबरी खेलेपछि एक एक अंक बाँडेका छन् ।

अघिल्लो खेलमा नाकमा चोट लागेका फ्रान्सका किलीयन एम्बाप्पे भने यस खेलमा खेलेका थिएनन् ।

यो बराबरीपछि समुह डी मा नेदरल्याण्डसको २ खेलमा ४ अंक भएको छ र समुहमा शिर्ष स्थानमा छ भने फ्रान्सको पनि २ खेलमा ४ अंक नै रहेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ ।

अब फ्रान्सले समुह चरणको अन्तिम खेलमा जुन २५ मा पोल्याण्डसँग खेल्ने छ भने नेदरल्याण्डसले सोहि दिन अस्ट्रियासँग खेल्ने छ ।न्युज कारखाना

काठमाडौँ । नेपालका तीन क्रिकेटरले क्यानडामा हुने ग्लोबल टी-२० प्रतियोगिता खेल्ने भएका छन् । जसमा कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले  ग्लोबल टी- २० खेल्ने भएका हुन् ।

रोहितले टोरन्टो नेशनलबाट खेल्ने छन् भने सन्दीप र दिपेन्द्रले भ्यान्कोभर नाइटसबाट खेल्ने भएका हुन् ।

गत सिजनमा सन्दीप सुर्रे जागुअर्स र दिपेन्द्र मोन्टरियल टाइगर्सबाट खेलेका थिए ।

यस सिजनको ग्लोबल टी-२० जुलाई २५ देखि अगस्त ११ सम्म क्यानडाको ओन्टारियोमा हुदै छ ।

यो ग्लोबल टी-२० को चौथो सिजन हो । यस अघि  २०१८ मा भ्यान्कोभर नाइट्स, २०१९ मा विनिपेग ह्वाक्स र २०२३ मा मोन्टरियल टाइगर्सले उपाधि जितेका थिए ।न्युज कारखाना

काठमाडौँ । युक्रेनले जारी युरोकपमा स्लोभाकियालाई पराजित गरेको छ । शुक्रबार सम्पन्न खेलमा युक्रेनले स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

युक्रेनको जितमा मिकोला शापारेनको र रोमान यारेमचुकले एक एक गोल गरेका थिए । त्यस्तै स्लोभाकियाका लागि इभान स्चारान्जले एक गोल गरेका थिए । १-० गोलले पछि परेको युक्रेनले खेलमा कमब्याक गर्दै जित निकालेको छ ।

पहिलो खेलमा रोमानियासँग ३-० ले हारेको युक्रेनले दोस्रो खेलमा जित निकाल्दै समुह इ मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ । यो जितपछि युक्रेन समुहमा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै स्लोभाकियाको पनि २ खेलमा ३ अंक रहेको छ र तेस्रो स्थानमा रहेको छ ।

अब युक्रेनले समुह चरणको अन्तिम खेल बेल्जियमसँग जुन २६ मा खेल्ने छ भने स्लोभाकियाले रोमानियासँग सोहि दिन खेल्ने तालिका छ ।न्युज कारखाना

काठमाडौँ । दक्षिण अफ्रिकाले इङल्याण्डलाई पराजित गरेको छ । जारी टी-२० विश्वकप अन्तर्गत सुपर आठको खेलमा दक्षिण अफ्रिकाले इङल्याण्डलाई ७ रनले पराजित गरेको हो ।

दक्षिण अफ्रिकाले दिएको १६३ रनको लक्ष्य पछाएको इङल्याण्डले २० ओभरमा ६ विकेट गुमाउदै १५६ रन बनाएपछि दक्षिण अफ्रिका ७ रनले विजयी भएको हो ।

यस अघि पहिला ब्याटिंग गर्दै दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाउदै १६३ रन बनाएको थियो ।

यो जितपछि दक्षिण अफ्रीकाले सुपर आठमा लगातार दुई खेल जितेको छ र सेमिफाइनल नजिक पुगेको छ । यस विश्वकपमा दक्षिण अफ्रिकाको यो लगातार छैटौं जित हो ।

त्यस्तै इङल्याण्डले भने सुपर आठको दोस्रो खेलमा एक जित र एक हार बेहोरेको छ ।

अब सुपर आठको अन्तिम खेलमा दक्षिण अफ्रिकाले सोमबार वेस्ट इन्डिजको सामना गर्ने छ भने इङल्याण्डले आइतबार राती अमेरिकासँग खेल्ने छ ।न्युज कारखाना

राैतहट,०७ गते असार । रौतहटको कटहरिया नगरपालिका ५ निवासी रामाशंकर महतोको खेतमा सयपत्री फूल फुलिरहेका छन् । सयपत्री फुलेको दृश्यले गरुडा–कटहरिया मार्गमा हिँड्ने जो कोहीलाई आकर्षित गर्दछ । देहातमा अहिले सयपत्री फूललाई बेमौसमी मानिन्छ तर महतोले चारकट्ठा खेतमा गज्जबै देखिने गरी फूल फुलाएका छन् । अहिले बाटो भएर हिँड्ने जो कोहीलाई लाग्न सक्छ – यो व्यावसायिक फूल खेती हो । Open photoचार कट्ठामा कोही घरमा पूजा गर्न र खेतको शोभाको लागि फूल रोप्दैन । जहाँ छरछिमेकको खेतमा चैते धान तथा तिल र मुङदाल लहराइरहेको छ त्यहीँ महतोले आफ्नो खेतमा अरुभन्दा फरक किसिमले सयपत्री फूल फुलाउन सफल भएका छन् । Open photoचार कट्ठामा सत्रपत्री लगाएका महतोले गत बैसाख महिनामा मात्र डेढ लाख रुपैयाको फूल बेचेका छन् । एक महिना बेचेर डेढ लाख रुपैयाको आम्दानी गरेका महतो भन्छन् – जेठ र असार महिनामा फूल बेचेको हिसाब गरेको छैन । तर अपेक्षा गरेको जस्तो फूल बिक्री भएको छैन । अहिले फूलको बिक्रीको सिजन छैन । विवाह, सार्वजनिक कार्यक्रमको चटारो र धार्मिक मेलाहरु लाग्ने सिजनमा भने फूलको लागि मारामार हुन्छ । Open photoसम्भवतः यसैले अपेक्षा गरेको जस्तो फूलको बिक्री नभएको हुन सक्छ । फूलको बिक्रीको लागि खासै कुनै पहल गर्न नसकेको र कटहरिया बजारमा एउटा बिक्री केन्द्र खोलेर व्यवसाय गर्दै आएको महतो भन्छन् । फूलको खासै बजार अहिले छैन । फूललाई सहरी क्षेत्रसम्म पु¥याउन सकिएको छैन । यसले गर्दा खेतमै फूल सुक्न थालेको छ । फूल खेतमै सुक्दा आफूलाई निकै घाटा भएको महतो बताउँछन् । Open photoस्थानीय सरकारले फूलको बजारीकरणमा सहयोग गरेको भए धेरै सहयोग हुन्थ्यो तर स्थानीय सरकारलाई यस प्रकारको व्यावसायिक खेतीप्रति कुनै चासो नै नभएको गुनासो रहेको छ । कटहरिया नगरपालिकामा खपत हुने फूल चाहिँ मुख्य गरी कटहरिया बजारमा रहेको पसलबाट सर्वसाधारणले किन्न थालेकोमा भने आफूलाई खुसी लागेको महतो बताउँछन् । फूलखेती गर्नको लागि धैर्य र लगानी दुवै चाहिएको हुन्छ । मंसिर पुसदेखि फूलखेती गर्दा फागुनदेखि असारसम्म फूल लाग्ने हुन्छ । Open photoयसरी सामान्यतया अन्य बालीको तुलनामा फूलखेतीके केही बढी समय चाहिने र लगानी उठ्ने कुनै निश्चित नै नहुने महतोको अनुभव छ । फलफूल र तरकारीका साथै खाद्यान्न जस्तो दैनिक उपभोग्य वस्तुको रुपमा फूल आवश्यक नभएको कारण यसको बिक्री अपेक्षाभन्दा कम भएको महतो बताउँछन् । छोरा, छोरी र पत्नीसहित परिवारका सम्पूर्ण सदस्य मिलेर फूल खेती गर्ने गरेका महतोले फूलखेती गर्न भारतबाट सिकेका हुन् । पहिले इँटा उद्योगमा मजदुर रहेका महतोले आफैँले फूलको व्यावसायिक खेती गर्ने हुनसम्म आफ्नै किसिमले संघर्ष गरेका छन् । इँटा उद्योगमा दिन र रात काम गर्दा पनि परिवार चलाउन र सम्मान पाउन निकै गाह्रो थियो । भारतको सीमावर्ती बजार घोडासहनमा परिचितले फूलखेती गरेको देखेर सिकेका र त्यहीँबाट प्रभावित भएका महतोलाई मौसमअनुसार फूलखेती गर्न आउँछ तर बजार भने अन्य फूलको छैन । त्यसैले महतोले मौसमअनुसार फुल्ने सयपत्री फूलकै खेती गर्दछन् । गत चार वर्षदेखि फूलखेती गर्दै आएका महतोले अहिले चार कट्ठामा दुई किसिमको सयपत्री फुलाउन सफल भएका छन् । अहिले रातो र सेता गरी दुई खेतमा दुई किसिमको सयपत्री फुलाएका महतो भन्छन् – सर्वसाधारणलाई सेतोभन्दा रातो फूल धेरै मन पर्ने रहेछ । Open photoबाटोमा हिँड्नेहरुले पनि एकछिन रोकिएर कम्तीमा सेल्फी खिचेर जाने गरेका छन् । हेर्दै आकर्षक लाग्ने फूलखेतीमा लगानीको तुलनामा आम्दानी धेरै छ । अन्य बालीको तुलनामा परिश्रम धेरै गर्नुपर्छ तर सबै फूल बिक्री हुने हो भने आम्दानी पनि निकै हुने महतोको भनाइ छ तर फूल लागेर ढकमक्क भइसकेपछि पनि बिक्री नहुने हो भने फूलको सौन्दर्यले मात्र पेट पाल्न सकिने रहेनछ । फूलखेतीले अहिलेसम्म खासै असन्तुष्टि नदिए पनि अपेक्षाअनुसार आम्दानी नभएको र फूल खेर जाँदा मनमा दुःख लाग्ने गरेको महतो बताउँछन् । बेमौसमी फूलको बीउ कलकत्ताबाट ल्याउने गरेको महतो बताउँछन् । कलकत्ताबाट निकै महँगोमा फूलको बीउ ल्याएर खेती गर्ने गरेको बताउँदै महतो भन्छन् – कम्तीमा नगरपालिकाले पुष्पखेतीलाई सकारात्मक दृष्टिकोणले हेरिदिए पुग्छ । लगातार चार वर्षदेखि फूलखेती गरिरहेको कारण विस्तारै सर्वसाधारणलाई थाहा हुँदै गएको र बेला मौका फूल तथा मालाको आवश्यकता पर्दा आफूलाई सम्पर्क गर्ने गरेको बताउँदै महतो भन्छन् – गाउँ समाजमा हुने सामाजिक तथा धार्मिक कार्यक्रमहरुमा पनि खेतबाटै सोझै फूल र माला माग्नेहरु बढिरहेका छन् । विस्तारै फूलको बेपारमा वृद्धि हुने आत्मविश्वास महतोमा रहेको छ । नयाँ किसिमको खेती गरी आफ्नो साहस र परिश्रमले पहिचान बनाउँदै गएका फूलखेती गर्ने किसान महतो आफैँमा एक उदाहरण बनेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।