काठमाडौँ । अस्ट्रियाले नेदरल्याण्डसमाथि जित हसुल गर्दै जारी युरोकपको नक आउट चरणमा पुगेको छ । गएराती सम्पन्न खेलमा अस्ट्रियाले नेदरल्याण्डसलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
अस्ट्रियाको जितमा रोमानो स्मिड र मार्सल सबिटाइजरले एक एक गोल गरेका थिए भने एक गोल नेदरल्याण्डसका डोनयल मालेनले आत्मघाती गोल गरेका थिए । त्यस्तै नेदरल्याण्डसका लागि कोडी गाक्पो र मेम्फिस डिपेले एक एक गोल गरेका थिए ।
तस्तै समुह डी अन्तर्गत नै गएराती सम्पन्न अर्को खेलमा फ्रान्स र पोल्याण्ड गोल रहित बराबरी खेलेका छन् । बराबरीपछि दुवैले एक एक अंक बाँडेका छन् ।
अब समुह डी बाट अस्ट्रिया ३ खेलमा ६ अंकसहित शिर्ष स्थानमा रहदै नक आउट चरणमा पुगेको छ भने फ्रान्स दोस्रो स्थानमा रहदै नक आउट चरणमा पुगेको छ । त्यस्तै नेदरल्याण्डस ४ खेलमा ४ अंकसहित तेस्रो स्थानमा छ भने भने आउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
त्यस्तै ३ खेलमा एक बराबरी र २ खेलमा हर बेहोरेको पोल्याण्ड भने समुह चरणबाटै बाहिरिएको छ ।न्युज कारखाना
काठमाडौँ । जारी युरोकपको समुह सी बाट इङल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा पुगेका छन् ।
गएराती सम्पन्न खेलमा इङल्याण्ड र स्लोभेनिया गोल रहित बराबरीमा रोकिएका छन् भने डेनमार्क र सर्बिया पनि गोल रहित बराबरीमा रोकिएका थिए ।
यी बराबरीपछि इङल्याण्ड समुह सी मा ३ खेलमा ५ अंकसहित शिर्ष स्थानमा रहदै नक आउट चरणमा पुगेको छ । त्यस्तै डेनमार्क र स्लोभेनिया भने ३-३ को बराबरी अंक र गोल अन्तरपनि बराबर भएपछि दुवैबीच भएका पछिल्ला खेलको हेड टू हेडको आधारमा डेनमार्क दोस्रो स्थानमा रहदै नक आउटमा छनौट भएको छ । त्यस्तै स्लोभेनिया तेस्रो स्थानमा रहेपनि नक आउट चरणमा भने स्थान बनाएको छ । तेस्रो स्थानमा रहने ६ समुहका शिर्ष चार देशले नक आउट चरणमा स्थान बनाउने छन् ।
त्यस्तै समुह सी बाट सर्बिया भने ३ खेलमा २ अंक हासिल गरेपनि बाहिरिएको छ ।न्युज कारखाना
पथरी, मोरङको पथरीशनिश्चरे नगरपालिकाको १५ औँ नगरसभा सम्पन्न भएको छ । सभाले ८५ करोड ४१ लाख ८ हजार बजेट प्रस्तुत गरेको नगर प्रवक्ता नविनजंग कार्कीले जानकारी दिए ।
आर्थिक वर्ष २०८१÷०८२ मा नगरको प्रशासनिक भवन निर्माण, फोहोर व्यवस्थापन, श्रमिक हित कोष सहितका कार्यक्रम अघि सारिएको छ । प्रशासनिक भवन निर्माणका लागि ४ करोड ७० लाख, फोहोर व्यवस्थापनका लागि १ करोड, श्रमिक हित कोषका लागि ५ लाख रकम समेत विनियोजन गरेको छ ।
यस वर्ष वडागत सिलिङ वडा नं. १ मा ६३ लाख ५९०, वडा नं. २ मा ६२ लाख ९० हजार २७०, वडा नं. ३ मा ६३ लाख ६९ हजार ३००, वडा नं. ४ मा ६३ लाख ४६ हजार ३८०, वडा नं. ५ मा ६४ लाख ९८ हजार ९८०, वडा नं. ६ मा ६४ लाख ९१ हजार ५८०, वडा नं. ७ मा ६१ लाख ८१ हजार ९००, वडा नं. ८ मा ६२ लाख ३१ हजार ७००, वडा नं. ९ मा ६१ लाख ०८ हजार ६२० र वडा नं. १० मा ६१ लाख ८० हजार ६८० बिनियोजन भएको छ ।
नगरसभाले आर्थिक विधेयक २०८१ स्वीकृत गरेको छ । अघिल्लो वर्षको तुलनामा करको दर वृद्धि नगरेको तर व्यावसायिक कर घटाइएको र ३०० प्रतिशत लाग्दै आएको घरनक्सा जरिवाना २५० प्रतिशतले घटाएर ५० प्रतिशतमा झारेको नगर प्रमुख मोहन प्रसाद तुम्बापोले जानकारि दिए ।
यसअघि २५ करोड बेरुजु आएकोमा यसवर्ष १८ करोड घटाएको लेखा अधिकृत पिताम्बर वस्तीले जानकारी दिए । भुलबस देखिएको बढि बेरुजुमा असुल गर्नुपर्ने बेरुजु नरहेको वस्तीको भनाइ छ । ससर्त अनुदानमा आएको बजेट खर्चका लागि रकमै नपठाएको, करारका कर्मचारीको तलब लगायतको बेरुजु देखिएकाले आतिनुपर्ने अवस्था नरहेको वस्तीले बताए ।
सभाले शिक्षामा १ करोड ५७ लाख, स्वास्थ्यमा १ करोड २ लाख ६ हजार, कृषिमा १ करोड, पशुपंक्षि तथा मत्स्य विकासमा ३० लाख, सहकारी क्षेत्रमा ४ लाख, लघु उद्यममा ८ लाख, रोजगार सेवा केन्द्रमा ३ लाख महिला बालबालिका जेष्ठनागरिक अपाङ्गता लक्षित क्षेत्रमा १९ लाख २८ हजार, युवा तथा खेलकुदमा २५ लाख र बाँकी रहेको बजेट पूर्वाधार निर्माण मर्मत सम्भार तथा विपद् व्यवस्थापनको क्षेत्रमा विनियोजन गरिएको उल्लेख छ ।
नगरभित्रका ७० वर्ष माथिका जेष्ठ नागरिकका लागि कोशी प्रदेश भित्रका अस्पतालसम्म पुग्न निःशुल्क एम्बुलेन्स सेवा, नगरवासीको उपचारका क्रममा रगत किन्दा लाग्ने सम्पूर्ण खर्च नगरले व्यहोर्ने लगायत २६ वटा निर्णय नगरसभाले गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।न्युज कारखाना
काठमाडौँ । जारी टी- २० विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । सेमिफाइनलमा भारत, अफगानिस्तान, दक्षिण अफ्रिका र इङल्याण्ड पुगेका छन् ।
सुपर आठको समुह एक बाट भारत र अफगानिस्तान सेमिफाइनलमा पुगेका छन् भने अस्ट्रेलिया र बंगलादेश बाहिरिएका छन् । त्यस्तै समुह २ बाट दक्षिण अफ्रिका र इङल्याण्ड सेमिफाइनलमा पुगेका छन् भने वेस्ट इन्डिज र अमेरिका बाहिरिएका छन् ।
अब सेमिफाइनलका दुवै खेल विहिबार हुने छन् । बिहिबार बिहान पहिलो सेमिफाइनल खेल दक्षिण अफ्रिका र अफगानिस्तानबीच हुने छ । ट्रीनाडस्थित ब्रायन लारा स्टेडियममा हुने पहिलो सेमिफाइनल खेल नेपाली समय अनुसार विहान ६: १५ बजेदेखि शुरु हुने छ ।
दक्षिण अफ्रिका सुपर आठमा तिनै खेल जितेर सेमिफाइनलमा पुगेको हो भने अफगानिस्तानले अस्ट्रेलिया र बंगलादेशलाई हराउदै सेमिफाइनलमा पुगेको हो । यस विश्वकपमा दुवै देशको यात्रा रोचक रहेको छ । दक्षिण अफ्रिकाले अहिलेसम्म अपराजित रहेपनि सबै खेलमा संघर्षपूर्ण जित हासिल गर्दै सेमिफाइनलसम्म पुगेको छ भने अर्को तर्फ अफगानिस्तानले समुह चरणमा न्यूजील्याण्ड र सुपर आठमा अस्ट्रेलियालाई पराजित गरेर सेमिफाइनलमा पुगेको छ ।
त्यस्तै दक्षिण अफ्रिका १० बर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको छ । यस आघ इ२०१४ को विश्वकपमा दक्षिण अफ्रीका सेमिफाइनलमा पुगेको थियो । त्यसअघि २००९ को विश्वकपमा सेमिफाइनलमा पुगेको थियो । दक्षिण अफ्रीका विश्वकपमा अहिलेसम्म सेमिफाइनलभन्दा अगाडी बढ्न सकेको छैन ।
त्यस्तै अफगानिस्तान भने इतिहास बनाउदै पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ ।
दक्षिण अफ्रिका र अफगानिस्तानबीच अहिलेसम्म २ टी -२० खेल भएका छन् । जसमा दुवै खेल दक्षिण अफ्रिकाले जितेको छ ।
त्यसैगरी दोस्रो सेमिफाइनल खेल भारत र इङल्याण्डबीच हुने भएको छ । गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ ।
भारत यस विश्वकपमा अपराजित हुदै सेमिफाइनलसम्म पुगेको छ भने इङल्याण्डले पनि अहिलेसम्म उत्कृष्ट खेल देखाउदै सेमिफाइनलमा पुगेको छ । इङल्याण्ड समुह चरणमा अस्ट्रेलियासँग र सुपर आठमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।
भारतले २००७ को टी- २० विश्वकपको पहिलो संस्करण जितेपछि अहिलेसम्म विश्वकप जित्न सकेको छैन । २०१४ मा उपविजेता बनेको भारत पछिल्लो विश्वकपमा सेमिफाइनलबाट बाहिरिएको थियो । त्यस्तै इङल्याण्डले भने २०१० र २०२२ को विश्वकप जितेको थियो ।
भारत र इङल्याण्डबीच अहिलेसम्म २३ टी- २० खेल भएका छन् । जसमा भारतले १२ र इङल्याण्डले ११ खेल जितेका छन् ।
न्युज कारखाना
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले वैदेशिक रोजगारी क्षेत्रका पीडितहरुलाई न्याय दिलाउन माग गर्दै आज दशौ दिन पनि नाराजुलुश सहित काठमाडौंको ताहाचल स्थित वैदेशिक रोजगार विभाग घेराउ गरेको छ ।
नवौं दिनसम्म वैदेशिक रोजगार विभाग अगाडी धर्ना एवं घेराउ गर्दै आएका आन्दोलनकारीले सरकारले आफूहरुको माग सम्बोधन नगरेको भन्दै सरकारका बिरुद्धमा चर्को नारावाजी समेत गरेका छन् । वैदेशिक रोजगार विभागको कार्यालय अगाडी निरन्तर नाराजुलुश भईरहेको छ । सरकार र विभागको बिरुद्धमा नाराजुलुश गर्दै विभाग घेराउ गरिए पनि सरकारले नसुने जस्तै गरिरहेको छ ।
सरकारले आफूहरुको माग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने उनीहरुले जनाएका छन् । आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले सरकारले आफूहरुको माग सम्बोधनमा ढिलाई गरेकाले आन्दोलनलाई थप कडा बनाउँदै अगाडी बढने बताए । चर्कोगर्मीका बीचमा विगत नौं दिनदेखी वैदेशिक रोजगार क्षेत्रका पीडितलाई न्याय दिनुपर्ने माग सहित निरन्तर आन्दोलन भईरहेको भए पनि सरकारले कानमा तेल हालेर बसेको टिप्पणी उनले गरेका छन् ।
आईटी आर्मीले वैदेशिक रोजगारीमा जाने कामदारसँग लिएको अबैध रकम फिर्ता गराउन तथा यस क्षेत्रका विविध समस्याहरु समाधान गर्नुपर्ने माग गर्दै विभाग घेराउ एवं धर्ना दिइएको हो ।
आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी आन्दोलनकारीको छ । आईटी आर्मीका अध्यक्ष साहका अनुसार विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेंटलाई कारवाही गर्नुपर्ने, बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्दार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने, फ्री – भिसा फ्री – टिकट व्यवहारतः लागू गर्नुपर्ने, नीजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको बताए ।
यस अघि आईटी आर्मीले ११ बुँदे माग सहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका साथै विभागलाई ज्ञापन पत्र समेत बुझाईसकेको छ ।
जनकपुर,११ गते असार । जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्रदेशका सबै सक्रिय पत्रकारहरुको बीमा गर्ने भएको छ । प्राधिकरणले मङ्गलबार नेपाल पत्रकार महासंघ धनुषा शाखाको शास्त्री सभाहलमा आयोजना गरिएको कार्यालयको गतिविधि सार्वजनिकीकरण कार्यक्रममा उक्त विषयमा जानकारी दिईएको हो । कार्यक्रममा बोल्दै प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले चालु आर्थिक वर्षमा बजेट अभावले गर्दा पत्रकार महिलाहरुको बीमा कार्यक्रम प्रभावित भए पनि आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेटमा मधेश प्रदेशका सम्पूर्ण सक्रिय पत्रकारका लागि एक लाखको स्वास्थ्य बीमा र सात लाखको दुर्घटना बीमाका लागि पुग्ने गरी ३० लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिए । आगामी आर्थिक वर्षको प्रारम्भदेखि नै प्रेस प्रतिनिधि परिचयपत्र, पत्रकारिता अध्ययन छात्रवृति, खोज पत्रकारिता सम्बन्धि अनुसन्धान, सञ्चार डायरी, अनलाइन मिडियाहरुलाई लोककल्याणकारी विज्ञापन, सञ्चारकर्मी तथा सञ्चारमाध्यमहरुको सबलिकरण सम्बन्धी कार्यक्रमहरु अगाडि बढाउने अध्यक्ष यादवले बताए । उनले सञ्चारमाध्यमहरुको अवस्था अत्यन्त कमजोर रहेको बताउँदै उनले लोककल्याणकारी विज्ञापनका लागि विनियोजित बजेट कम रहेको भनी गुनासो आएपछि मुख्यमन्त्री, गृह, सञ्चार तथा कानुन मन्त्री र अर्थमन्त्रीले बजेट थप्ने प्रतिवद्धता व्यक्त गरेको जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्र कुमार यादवले कानुनी जटिलता र कर्मचारी अभावले आमसञ्चार प्राधिकरण प्राधिकरणका कतिपय कामहरु प्रभावित हुँदैआएकोले अविलम्ब त्यसको समाधान गरिने प्रतिवद्धता व्यक्त गरे । उनले सञ्चार क्षेत्रमा परिणाममुखि र अनुभूती हुने गरी कामहरु अगाडि बढाउन प्राधिकरण र काउन्सिलले काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्राधिकरणले हालसम्म गरेका गतिविधिहरुबारे प्रशासकीय प्रमुख जय कुमार राउतले चालु आर्थिक वर्षमा आमसञ्चार प्राधिकरणले प्रदेशका पत्रपत्रिका, टेलिभिजन, एफएम रेडियो गरी २४२ सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन लागेको जानकारी गराए । कार्यक्रममा मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास, नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष राजेश कर्ण, प्रेस स्वतन्त्रता सेनानी राम भरत साह, वरिष्ठ पत्रकार विश्वमणि खनाल, पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामतले सुझाव सहित प्रस्ततिकरणमाथि टिप्पणी गरे । कार्यक्रममा अधिकृत सन्तोष कुमार साहले सञ्चालन तथा कम्प्युटर अधिकृत प्रसन्न राज कर्णले स्वागत मन्तब्य व्यक्त गरे ।
११ गते असार । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर १ पौराई स्थित सडक खण्डबाट प्रहरीले ६ लाख भन्दा बढी मुल्य बरावारको औषधि बारामद गरेको छ। प्रहरी चौकी पौराई बाट खटी गएको गस्ती टोलीले महोतरी बाट काठमाडौँ जादै गरेको मधेश प्रदेश ०३-००१ ख ७९९५ नम्बरको बस चेक जाच गर्ने क्रममा बसको डिकीमा राखेको ११ कार्टुन औषधि फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक दिलिप घिमिरेले जानकारी दिएका छन्। डिकीमा लुकाएर लैजादै गर्दा बारामद भएको ६ लाख ४ हजार ८ सय मुल्य बरावारको औषधि राजश्व कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको छ।
राैतहट,११ गते असार । रौतहटको फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत कार्यालय नगई चन्द्रनिगाहपुरमा बसेर चेक काट्ने गरेको भन्दै जनप्रतिनिधिहरुले विरोध गरेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रमान प्रधान फतुवा विजयपुर नगरपालिकाका नियमित रुपमा नबसी हप्ताको एक दुई दिन पुगेर चन्द्रपुरमा रहेको डेरामा बसी कार्यालय संचालन गर्ने गरेका छन् । पटक पटक फतुवा विजयपुर नपाको हाकिम बनेका प्रधानले नगरको बजेट अधिवेशन गराउन सकेका छैनन् । जनप्रतिनिधिबिच फुट ल्याएर पटक पटक हाकिम बनेका प्रधान कटहरिया नगरपालिकाका पनि हाकिम हुन् । दुई नगरपालिका सम्हाले पनि कुनै नगरपालिकाको कार्यालयमा नबसी प्रधान चपुर डेराबाटै दुई नगरपालिका हाकिरहेका छन् । कटहरिया नगरपालिकाको कार्यालयमा पनि प्रधान नआउँदा स्थानीयमा असन्तुष्टि बढेको छ । कटहरिया नगरपालिकाको पनि सबै काम प्रधानले चपुरबाटै गर्दै आएका छन् ।
काम गराउन हाकिम प्रधानले चन्द्रपुरमा राखेको कोठासम्म नै नगर प्रमुखहरु पुग्ने गरेका छन् । फतुवा विजयपुर नगरपालिका ९ का वडाध्यक्ष राकेश यादवले कार्यवाहक नगर प्रमुख अम्बेया खातुनसित मिलेर सम्पन्न नभएको कामको पनि बिल र भरपाई मिलाएर चेक काट्ने काम गरिरहेको आरोप लगाएका छन् । कावा नगर प्रमुख, हाकिम र लेखापाल मिलेर कामै नगरी गुपचुपमै कैयौ योजनाको बजेट सिध्याइसकेको आरोप वडाध्यक्ष यादवले लगाएका छन् । वडाध्यक्ष यादवले नगरबासीले कावा नगर प्रमुख खातुन र हाकिम प्रधानको कामको भन्डाफोर गरी आन्दोलन गर्नुपर्ने जरुरी भएको बताएका छन् ।
राैतहट,११ गते असार । जनता आवास कार्यक्रमअन्तर्गत निर्माणाधीन घर तथा पुलको भुक्तानीका लागि पीडितहरु धरनामा बसेका छन् । रौतहटको मौलापुर नगरपालिकाका पीडितहरुले रकमको माग गर्दै धरनामा बसेका हुन् ।
मौलापुर नगरपालिका ६ का लखिन्द्र यादवले प्रदेश सरकारको लापरवाहीका कारण निकै समस्या भएको बताएका छन् । प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण कार्य अधुरा राखी निर्माण कार्य बन्द गरेको तथा स्थानीय भकुवा खोलामा पुल निर्माण कार्यलाई वर्षौँदेखि रोकेको बताएका छन् । प्रदेश सरकारको कामले सयौँलाई घरमा बस्न समस्या भएको तथा दुई गाउँलाई आवतजावतमा पनि कठिनाइ भएको स्थानीयको भनाइ छ । स्थानीय संघर्ष समिति गठन गरी प्रदेश सरकारविरुद्ध धरना दिन सुरु गरेका छन् । अधुरा घरहरु निर्माण हुनुपर्ने, घरको भुक्तानी हुनुपर्ने तथा भकुवा खोलामा निर्माण अलपत्र पारिएको पुलको पनि निर्माण सम्पन्न गर्नुपर्ने माग राखी स्थानीयहरु आन्दोलनमा उत्रिएका हुन् ।
स्थानीयवासीको माग जायज भएकोले आफूहरुले ऐक्यबद्धता जनाउँदै धरनालाई समर्थन गरेको आम जनता पार्टी (आजपा) का महासचिव अमर साहले बताएका छन् । गरिबहरुको घरमा बस्न पाउनुपर्ने अधिकारलाई प्रदेश सरकारले कुन्ठित पारेको आरोप आजपा महासचिव साहको रहेको छ । भकुवा नदीमा करिब दश वर्ष पहिले निर्माण सुरु भएको तर आधा निर्माण भएपछि रोकिएको बताउँदै लखिन्द्र यादवले पुलको निर्माणको लागि विभिन्न कार्यालयमा पटक पटक धाएको भए पनि कतैबाट कुनै सुनुवाई नभएको बताउँछन् ।
पूर्वाधार कार्यालय, जिल्ला समन्वय समिति लगायत विभिन्न कार्यालयहरुमा बारम्बार धाएर पनि कुनै प्रगति नभएको, पहिले नै पटक पटक काम सम्पन्न गर्न ज्ञापनपत्र बुझाइसकेको भए पनि कुनै प्रगति नहुँदा बाध्य भएर आन्दोलन गर्नु परेको यादव बताउँछन् ।
रौतहट,११ गते असार । रौतहटको पिप्रा पोखरियामा बर्थिङ्ग सेन्टर निर्माण हुने निश्चित् भएको छ । कटहरिया नगरपालिका वडा नम्बर ८ कम्पाउण्ड वाल निर्माणका कार्य सुुरु भएसँगै बर्थिङ्ग सेन्टर निर्माण हुने पक्का भएको हो ।
सो वडाको पिप्रा पोखरिया र बलुआ टोलको ठिक बिचमा पर्ने उक्त ठाउँमा पर्खाल निर्माणको लागि आज देखि बिधिवत् रुपमा सुुरु गरिएको हो । उक्त ठाउँमा बर्थिङ्ग सेन्टर निर्माणका लागि पहिले कम्पाउण्ड वाल बन्न लागेको वडा अध्यक्ष समिश बिक्रम शाहले जानकारी गराएका हुन् । त्यसको लागि स्थानिय समाजसेवी जोतनारायण यादवले हिन्दू धर्मशास्त्र अनुसार पूजापाठ गरि काम सुुचारु गराएका हुन् ।
उक्त ठाउँमा बन्ने बर्थिङ्ग सेन्टरको घेराबेराका लागी पर्खाल निर्माण सुरु भएको छ । चारैतीरबाट पर्खाल निर्माण हुनेछ । दुुइ वटा गेट सहितको १३० मिटर लम्बाई,६ फिट उचाई र १० इञ्च चौडाई रहेको पर्खाल निर्माणको काम उपभोक्ता समितिले सुरु गरेको हो । कटहरिया नगरपालिकाको नगर स्तरीय योजना बाट नगर प्रमुख अजय प्रकाश जयसवालले उपलब्ध गराएको ४५ लाख बजेटमा निर्माण हुन लागेको हो ।
सो कम्पाण्ड वालको २०८१ असार मसान्त सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको वडा अध्यक्ष शाहले जानकारी दिनुभयो । शाहका अनुसार कम्पाण्ड वाल निर्माण हुने चरणमै बर्थिङ्ग सेन्टर निर्माणका लागि शिलान्यासको काम हुने बताए । सो वडामा बर्थिङ्ग सेन्टर नहुँदा स्थानियहरुलाइ सास्ती खेप्नुु परेको थियो । अब उपरान्त उक्त समस्या हटने भएको छ । बर्थिङ्ग सेन्टर निर्माण हुने भएपछि स्थानियहरु हर्षित भइ वडा अध्यक्ष शाहलाइ धन्यवाद ज्ञापन गरेका छन् ।