रौतहट,१२ गते असार । कटहरिया – रौतहटको कटहरियामा निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । सो नगरपालिकाको वडा नम्बर ५ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा आज देखि शिविर सुरु भएको हो । दुुइ दिन सम्म चलने प्रजनन स्वास्थ्य शिविरको पहिलो दिन उदघटान समारोह आयोजन गरिएको थियो ।
शिविर बुुधवार र विहिवार दुुइ दिन चल्नेछ । उदघाटन समारोह कार्यक्रमलाइ सम्बोधन गर्दै कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालले रोग लाग्नुभन्दा अगाडी नै चेकजाँच गरि सुरक्षित रहनु स्वास्थ्यको लागि फाइदाजनक हुने भएकोले यो शिविरको आयोजन गरिएको बताए । यस बाट नगरभरिका महिलाहरु राम्ररी लाभान्वित हुनेछन् भने आफूलाइ पूर्ण विश्वास रहेको बताए ।
शिविरलाइ सफल पार्न सबैले सहयोग गर्नुुपर्नेमा जोड दिएका थिए । नगर प्रमुख जयसवालले नगरवासीको स्वास्थ्यको मध्यनजर गरि यो प्रजनन स्वास्थ्य शिविर आयोजन गरिएको उनको भनाइ थियो । कटहरिया नगरपालिकाको आयोजना र ए.डि.आर.ए बागमती सेवा समाज नेपालको आर्थिक सहयोगमा महिलाहरुको निम्ति प्रजनन रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर जारी रहेको छ ।
असार १२ र १३ गते संचालित हुने उक्त शिविरमा कटहरिया नगरपालिकाका नगर प्रमुख जयसवाल सँगै वडा नम्बर १ का वडा अध्यक्ष भूपेन्द्र महतो कोइरी,वडा नमबर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता,वडा नम्बर ६ का वडा अध्यक्ष जयराम चौधरी,स्वास्थ्य संयोजक शंकर प्रसाद यादव,सह संयोजक दिनेश प्रसाद यादव,सबै स्वास्थ्य चौकीका इन्चार्ज,स्वास्थ्य स्वंयम्सेवीका लगायतका व्यक्तीहरु सहभागी थिए ।
यस्तै स्त्रीरोग रोग विशेषज्ञ डा.निभुु साह, बागमती सेवा समाजका मनोपरामर्शदाता पुनम भट्टराइ,आडरा,बागमती सेवा समाज,कटहरिया पिएचसीका स्वास्थ्यकर्मीहको टिम लगायत सहभागी थिए । शिविरमा २५८ जना महिलाहरुलाई जाँच गरिएको थियो । जसमध्ये पाठेघर खसेको स्क्रिनिङ्ग १६८ जना लाइ गरियो जसमध्ये ६ जना पोजिटिभ देखिएको । भिआइए ८ जना,परिवार नियोजनको सेवा लिने ५४ जना रहेका थिए ।
मधेश ब्यूरो, १२ गते असार । रौतहट जिल्ला पूर्ण खोप सुनिश्चितता घोषण भएको छ । बुधबार गरुडामा एक कार्यक्रमका बिच जिल्लामा रहेको १८ वटा स्थानीय तहहरूले पालिका स्तरीय पूर्णखोप सुनिश्चितता तथा दिगो पन पालिका घोषण सम्पन्न भएपछि रौतहट जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगो पनि जिल्ला घोषण भएको हो । जिल्लामा रहेका १८ वटा स्थानीय तहले जन्मेदेखि १५ महिनासम्मका बालबालिकाले पूर्णखोप लगाएसँगै रौतहट जिल्ला खोप सुनिश्चितता जिल्ला घोषण गरिएको हो । मधेश प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री केशवरायको सहभागितामा बुधबार जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन प्रमाणीकरण घोषण कार्यक्रममा पूर्णखोप सुनिश्चतको प्रमाणपत्र रौतहटले पाएको छ । रौतहट जिल्लामा कुनै पनि बालबालिका पूर्णखोप लगाउन बाँकी नरहेको स्वास्थ्य कार्यालय रौतहट प्रमुख बिपिन साहले जानकारी दिएका हुन् । बालबालिकाले बिसिजी, रोटा, पिसिभी, डिपिटी, हेप– बि, एपआइपीभी, पोलियो दादरा, रुबेला, जापनिज जेइ लगायत १३ प्रकारका खोप लगाएको स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । कार्यक्रममा पूर्णखोप सुनिश्चितता घोषण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने १८ पालिकाका लाई सम्मान पत्र र प्रशंसापत्रले सम्मान गरिएको छ । अतिथीहरुलाइ पनि सम्मान गरिएको थियो ।
काठमाडौँ । जारी टी- २० विश्वकपको सेमिफाइनलका दुवै खेल आज हुदै छ । सेमिफाइनलमा भारत, अफगानिस्तान, दक्षिण अफ्रिका र इङल्याण्ड पुगेका छन् ।
सुपर आठको समुह एक बाट भारत र अफगानिस्तान सेमिफाइनलमा पुगेका छन् भने अस्ट्रेलिया र बंगलादेश बाहिरिएका छन् । त्यस्तै समुह २ बाट दक्षिण अफ्रिका र इङल्याण्ड सेमिफाइनलमा पुगेका छन् भने वेस्ट इन्डिज र अमेरिका बाहिरिएका छन् ।
अब सेमिफाइनलका दुवै खेल विहिबार हुने छन् । बिहिबार बिहान पहिलो सेमिफाइनल खेल दक्षिण अफ्रिका र अफगानिस्तानबीच हुने छ । ट्रीनाडस्थित ब्रायन लारा स्टेडियममा हुने पहिलो सेमिफाइनल खेल आज नेपाली समय अनुसार विहान ६: १५ बजेदेखि शुरु हुने छ ।
दक्षिण अफ्रिका सुपर आठमा तिनै खेल जितेर सेमिफाइनलमा पुगेको हो भने अफगानिस्तानले अस्ट्रेलिया र बंगलादेशलाई हराउदै सेमिफाइनलमा पुगेको हो । यस विश्वकपमा दुवै देशको यात्रा रोचक रहेको छ । दक्षिण अफ्रिकाले अहिलेसम्म अपराजित रहेपनि सबै खेलमा संघर्षपूर्ण जित हासिल गर्दै सेमिफाइनलसम्म पुगेको छ भने अर्को तर्फ अफगानिस्तानले समुह चरणमा न्यूजील्याण्ड र सुपर आठमा अस्ट्रेलियालाई पराजित गरेर सेमिफाइनलमा पुगेको छ ।
त्यस्तै दक्षिण अफ्रिका १० बर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको छ । यस आघ इ२०१४ को विश्वकपमा दक्षिण अफ्रीका सेमिफाइनलमा पुगेको थियो । त्यसअघि २००९ को विश्वकपमा सेमिफाइनलमा पुगेको थियो । दक्षिण अफ्रीका विश्वकपमा अहिलेसम्म सेमिफाइनलभन्दा अगाडी बढ्न सकेको छैन ।
त्यस्तै अफगानिस्तान भने इतिहास बनाउदै पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ ।
दक्षिण अफ्रिका र अफगानिस्तानबीच अहिलेसम्म २ टी -२० खेल भएका छन् । जसमा दुवै खेल दक्षिण अफ्रिकाले जितेको छ ।
त्यसैगरी दोस्रो सेमिफाइनल खेल भारत र इङल्याण्डबीच हुने भएको छ । गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ ।
भारत यस विश्वकपमा अपराजित हुदै सेमिफाइनलसम्म पुगेको छ भने इङल्याण्डले पनि अहिलेसम्म उत्कृष्ट खेल देखाउदै सेमिफाइनलमा पुगेको छ । इङल्याण्ड समुह चरणमा अस्ट्रेलियासँग र सुपर आठमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो । भारतले २००७ को टी- २० विश्वकपको पहिलो संस्करण जितेपछि अहिलेसम्म विश्वकप जित्न सकेको छैन । २०१४ मा उपविजेता बनेको भारत पछिल्लो विश्वकपमा सेमिफाइनलबाट बाहिरिएको थियो । त्यस्तै इङल्याण्डले भने २०१० र २०२२ को विश्वकप जितेको थियो ।
भारत र इङल्याण्डबीच अहिलेसम्म २३ टी- २० खेल भएका छन् । जसमा भारतले १२ र इङल्याण्डले ११ खेल जितेका छन् । न्युज कारखाना
विराटनगर । बाढी पसेपछि बन्द भएको विराटनगर विमानस्थल खुलेको छ ।
वर्षा रोकिएको र बाढीको पानी सुकेसँगै विमानस्थलको उडान अवतरण सुरु गरिएको विराटनगर विमानस्थल कार्यालयले जनाएको छ ।
बस्तीबाट ओभरफ्लो भएर विराटनगर विमानस्थलको १ नं गेटबाट बाढी पसेपछि बुधबार बिहानैदेखि विमानस्थल बन्द गरिएको थियो । बस्तीबाट ओभरफ्लो भएर पसेको बाढीले विमानस्थल जाने बाटो अवरुद्ध बनेको थियो । विमानस्थलको पार्किङ क्षेत्रमा र हेलिप्याडमा समेत बाढीको पानी पसेर डुबानमा परेको थियो ।
तर, विमानस्थलको धावनमार्गमा बाढी नपसेको हुनाले वर्षा र बाढीको प्रभाव कम हुनासाथ विमानस्थलबाट उडान र अवतरण सुरू गरिएको छ । न्युज कारखाना
रौतहट । प्रभु साह नेतृत्वको आम जनता पार्टी निकट आम दलित मोर्चाले जनता अवास कार्यक्रम अन्तर्गत निर्माणाधीन घरहरुको भुक्तानीको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।
मोर्चाका कार्यकर्ताहरुले गौर स्थित पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरेर धर्नामा बसेका छन ।
मोर्चाका अध्यक्ष एवं जनता अवास कार्यक्रम संघर्ष समिति मौलापुरका संयोजक ठागा दासको नेतृत्वमा भुक्तानीको माग गर्दै निरन्तर आन्दोलन गर्दै आएका छन। संघर्ष समितिले पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरेर धर्ना बस्नेपछि सरोकारवाला आज दुईपक्षीय बार्ता भईरहेको छ ।
निर्माण भईसकेका घरको भुक्तानी गर्ने र त्यसको अनुगमन गर्ने तयारी भईरहेको छ । मधेस प्रदेशका सांसद तथा जनता अवास कार्यक्रम रौतहटका संयोजक जयचन्द पटेलले निर्माण भईसकेका घरको अनुगमन गरेर भुक्तानी गर्नुपर्नेमा सहमती जनाएका छन् ।
पटेलसहित सरोकारवाला एवं आन्दोलनरत पक्षका बीचमा छलफल भएको आम विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले बताएका छन् । पटकपटक आन्दोलन गर्दा पनि यस अघिको मधेस सरकारले पीडित जनताको आवाज नसुनेको गुनासो गरेका छन।
ठेकदारहरुले कैयौं घर निर्माण भईरहेकै अवस्थामा अधुरो छोडेको छ।
रौतहटको कटहरिया ८ बगही, मौलापुर नगरपालिका अन्तर्गत पतौरा ,मर्यादपुर, पथरा, बुधरामपुर लगायतका गाउँमा जनता अवास कार्यक्रम अन्तरगत निर्माण भईसकेको घरको भुक्तानी गर्न बाँकी रहेको संघर्ष समिति संयोजक दाशले बताएका छन।
आम दलित मोर्चाका अध्यक्ष एवं संघर्ष समितिका संयोजक ठागा दासको नेतृत्वमा यस अघि रौतहटका सिडियो हिरालाल रेग्मीलाई ज्ञापनपत्र समेत बुझाएको थियो । जनता अवास कार्यक्रम अन्तरगत निर्माण भईसकेका घरको भुक्तानी एवं अधुरो छोडिएका घरको निर्माण सम्पन्न गर्नुपर्ने, पथरा बुधरामपुरको भकुवा खोलामा अधुरो पुलको काम सम्पन्न गर्नुपर्ने लगायतका माग गरिएको छ ।न्युज कारखाना
सिरह । सिरहा जिल्लाको सिरहा नगरपालिका–१५ बुधौरास्थित सीमा ईलाकाबाट भारततर्फ तस्करी गर्न लागिएको मदिरा सशस्त्र प्रहरीले बरामद गरेको छ ।
असार ११ गते राती १२ वटा साईकलमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा सो मदिरा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मार्डरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको फौजले बरामद गरेको हो ।
बरामद मदिरामा विभिन्न ब्राण्डको ह्विस्की र बियरसहित साना ठूला गरी १ हजार ४२ वटा बोतल र सोफी ब्राण्डको ६० कार्टुन रहेको छ ।
मदिरा नियन्त्रणमा लिने क्रममा तस्कर समुह र सशस्त्र प्रहरी बीच खोसाखोस हुँदा करीव १ सय बोतल मदिरा फुटेर नष्ट भएको छ । बरामद मदिरा तथा साईकल आवश्यक कारवाहीको लागि जम्मा ३ लाख ३५ हजार रुपैयाँ कायम गरी सम्बन्धित निकायमा बुझाईएको छ ।न्युज कारखाना
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा बिहीबार मात्र सार्वजनिक गर्ने भएको छ ।
यस अघि बुधबार नतिजा सार्बजनिक गर्ने तयारी गरेको भएपनि प्राविधिक काम नसकिएकाले विहिबार नतिजा सार्बजनिक गर्ने भएको हो ।
नतिजा प्रकाशनका लागि विहिबार बिहान बोर्ड बैठक बोलाइएको छ ।
कार्यालयले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताएका छन् । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने भएको छ ।
गत चैत १५ गतेदेखि २७ गतेसम्म भएको परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए । न्युज कारखाना
डडेल्धुरा । पर्शुराम नगरपालिका-१ जोगबुढा घर भई आलिताल गाउँपालिका-३ डाँडाखर्कमा बाख्रा पालन गरी बस्ने ५५ वर्षीय भोज नाथलाई एकनाले भरूवा बन्दुक १ थानसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । न्युज कारखाना
काठमाडौँ । सहकारी संस्थाका बचत रकम दुरूपयोगबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले गोरखा मिडियामा रकम गएका नौं सहकारीको विवरण मागेको छ ।
संसदीय विशेष समितिको बुधबार बसेको बैठकले गोरखा मिडियामा गएको भनिएका सहकारीहरुको कागजात माग गर्ने निर्णय गरिएको समितिका सभापति सूर्य थापाले जानकारी दिएका छन् ।
समितिले आइडियल यमुना बहुउद्देश्यीय संस्था, इमेज बचत तथा ऋण सहकारी संस्था, सहारा बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरू बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको कागजात माग गर्ने निर्णय गरेको हो।
यीमध्ये पोखराको सूर्यदर्शनलगायत केही सहकारीबाट गोरखा मिडियामा बचत रकम आएको आरोप छ । ग्यालेक्सी टेलिभिजन सञ्चालक संस्था गोरखा मिडिया हो । रवि लामिछाने ग्यालेक्सी टिभीको प्रबन्धक थिए ।
समितिका सभापति थापाका अनुसार अनुसूची २ मा रहेका ९ वटा सहकारीका पछिल्लो साधारण सभाको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरीवेक्षण समिति र त्यसको प्रतिवेदनलगायत माग गरिएको छ ।
समितिले विभिन्न सहकारीमार्फत् गोरखा मिडियामा प्रबाह भएको रकमको स्थितिसहित ६ बुँदासहित कागजात माग गर्ने निर्णय गरेको छ । न्युज कारखाना
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको महाधिवेशन नजिकिदै गर्दा नयाँ नेतृत्वका लागि दौडधुप जारी रहेको छ । अध्यक्ष माधवकुमार नेपाल अध्यक्षमा दोहोरिने इच्छा व्यक्त गरिरहदा उनलाई वरिष्ठ नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले चुनौती दिने भएका छन् ।
यसैबीच अध्यक्षको दौडमा रहेका खनाल र महासचिव भुसालले छलफल गरेका छन् । खनाल निवास डल्लुमा भएको छलफलमा मिलेर जाने सहमति भएको दाबि गरिएको छ । खनाल र भुसाल एक ठाउमा आएमा अध्यक्ष नेपाललाई भुसालले अध्यक्षमा चुनौती दिनसक्ने बुझिएको छ । औपचारिक रुपमा खनालले भुसाललाई समर्थन गरेको जानकारी नदिएपनि उनले भुसाललाई अगाडी सार्ने रणनीति बनाएको बुझिएको छ ।
असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा १९ पदाधिकारीसहित १९९ सदस्यीय कार्यसमिति चयन हुदै छ । विद्यमान कमिटीमा ३५० सदस्यीय कार्यसमिति रहेकामा आकार घटाउन लागिएको हो । करिब एक हजार चार सय महाधिवेशन प्रतिनिधि पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित गरिएको जनाइएको छ ।
महाधिवेशन आयोजक समितिका ४५० केन्द्रीय नेतालाई स्वतः महाधिवेशन प्रतिनिधि छनोट गरिएको छ । कुल एक हजार ८४९ महाधिवेशन प्रतिनिधिको व्यवस्था गरिएकामा त्यसको पाँच प्रतिशत अर्थात् ९५ प्रतिनिधि मनोनयन गरिने बताइएको छ ।
तत्कालीन नेकपा एमालेबाट विभाजित भएपछि गठन गरिएको एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन गर्न लागेको भए पनि एमालेकै निरन्तरता भएको भन्दै दशौँ महाधिवेशन गर्न लागेको जनाएको छ । पार्टीको वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रममा पारित गर्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।न्युज कारखाना